• मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरञ्जन
  • तपाइको
  • जानकारी
  • सञ्जिवनी

तामझामका साथ पर्यटन बर्षको शुभारम्भ गरे पनि लक्ष्य अनुसार पर्यटक भित्रिएनन् । नेपाल सरकारले सन् २०११ मा १० लाख पर्यटक  भित्र्याउने लक्ष्य लिए पनि वर्षको अन्त्यसम्ममा संख्यात्मक हिसाबले ७५ प्रतिशत मात्रै सफलता पाएको छ ।

अध्यागमन विभागको तथ्यांकअनुसार यो वर्ष जनवरीदेखि नोभेम्बरसम्ममा ५ लाख १ हजार २ सय ६४ पर्यटक भित्रिए भने डिसेम्बरको २७ दिनमा ३६ हजार ६ सय ९८ पर्यटक आए ।

चार दिनअघि प्राप्त तथ्यांकअनुसार हवाइमार्गबाट ५ लाख ३७ हजार ९ सय ६२ पर्यटक आएका छन् । पर्यटन मन्त्रालयका अनुसार स्थलमार्गबाट समेत आउने विदेशी पाहुनाको संख्या जोड्दा साढे ७ लाख पुग्न सक्छ । एघार महिनामा स्थलमार्ग भएर आउनेको संख्या १ लाख ६६ हजार पुगेको छ । सन् २०१० को १२ महिनामा हवाइमार्गबाट ४ लाख ४८ हजार ७ सय ६९ पाहुना नेपाल आएका थिए । जुन त्यतिबेलासम्मकै उच्च थियो । अहिले झन्डै २१ दशमलब ५ प्रतिशत वृद्धि भएको छ ।

सांख्यिक दृष्टिले लक्ष्यमा पुग्न नसकिए पनि सरकारी पक्षले पर्यटन वर्षलाई सफल मानेको छ । पर्यटक संख्या बढ्नुमा विद्हरू शान्ति स्थापना हुनुलाई एउटा अर्को कारक मान्छन् । त्यस्तै २०११ मा पर्यटन क्षेत्रबाहेकका निकायलाई अभियानमा सहभागी गराउन सक्नु पनि सफलताको आधार हो ।
  
उपलब्धि जस्त :-
-  भ्रमण वर्ष घोषणापछि एकै वर्षमा १० नयाँ अन्तर्राष्ट्रिय विमान कम्पनी आए । र सन् २००९ मा भ्रमण वर्षको घोषणासँगै नयाँ थपिने र पहिलेदेखि उडान गरेका कम्पनीले उडान संख्या बढाए । 

-सरकारले पनि बढीभन्दा बढी पर्यटक ल्याउने उद्देश्यले २०१० मा भारतसँग हवाइसेवा सम्झौता संशोधन गर्दै दुवै पक्षले साताको ३३ हजार सिट क्षमता उडान गर्न पाउने व्यवस्था गर्‍यो ।

- नेपाल/चीनबीचको सम्झौताअनुसार साताको १४ उडान गर्न पाउने व्यवस्था छ । त्यस्तै २००९ को मध्यदेखि र २०१० अन्तिमसम्म आइपुग्दा नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनीको संख्या २७ पुगेको थियो । यो वर्ष अक्टुबरदेखि भारतीय विमान कम्पनी इन्डिगोले सेवा सुरु गरेदेखि हाल २८ विदेशी विमान कम्पनीले वाषिर्क साढे २२ लाख सिट सुविधा दिइरहेका छन् । अकुपेन्सी राम्रो हुने भएकाले अन्तर्राष्ट्रिय विमान कम्पनी नेपाल उडानका लागि आकषिर्त भएको भनाई छ । 


- त्रिभुवन विमानस्थलको तथ्यांकअनुसार सन् २०११ को नौ महिनामा अन्तर्राष्ट्रिय हवाइ आवागमन १७ दशमलब ७९ प्रतिशत र यात्रु चाप १२ दशमलब ४७ प्रतिशतले बढेको छ ।

- पर्यटन वर्षलाई लक्षित गर्दै होटल क्षेत्रमा अर्बौं रुपैयाँ लगानी हुनु यसको अर्को महत्त्वपूर्ण उपलब्धि हो । पर्यटन उद्योग महाशाखाका अनुसार द इम्प्िलमेन्टिङ एक्सपर्ट ग्रुपले सिनामंगलस्थित एयरपोर्ट होटल र पुल्चोकस्थित रेडरोज अपार्टमेन्ट होटलका लागि १ अर्ब रुपैयाँ लगानी गर्‍यो । त्यस्तै नेपालगन्जमा झन्डै ४० करोडको लगानीमा सिद्धार्थ भ्यु होटल सञ्चालनमा आएको थियो । लुम्बिनीमा पनि जापानी लगानीकर्ता कासाई ग्रुपले ४६ कोठे तीनतारे होटलका लागि ५० करोड खर्च गरेको छ । धनगढीको होटल डिभोटी र महेन्द्रनगरको ओपेरा होटल पनि पर्यटन वर्षमा आउने पर्यटकलाई लक्षित गरी निर्माण गरिएको थियो । यी दुई होटलको कुल लगानी १ अर्ब रुपैयाँ छ । तारे होटलले पर्यटन वर्षमा आउने पाहुनालाई विशेष आतिथ्य महसुस गराउन कोठाको संरचना बदल्ने, नयाँ फर्निचर जडान गर्नेलगायतका काम गरेका थिए । यसबापत होटलहरूले कोठा शुल्क २५ प्रतिशतसम्म बढाएको छ।

- राष्ट्र बैंकका अनुसार यस वर्ष विदेशी पर्यटकबाट उठ्ने आम्दानीमा झन्डै ३० प्रतिशतले वृद्धि भएको छ । आउने पर्यटकको संख्या बढ्नु, डलर बलियो हुनु, होटलहरूको कोठाको शुल्क बढ्नुले पर्यटन क्षेत्रको आम्दानीलाई उच्च बनाएको छ। आर्थिक सर्वेक्षण २०६७/६८ का अनुसार अघिल्लो वर्ष पर्यटन क्षेत्रबाट सरकारले २७ अर्ब रुपैयाँ आम्दानी गरेको थियो । यसपालि आएका भारतीय पर्यटकका कारण नेपालले भारतसँगको व्यापार सन्तुलनमा पनि राहत पाउने छ । जति बढी भारतीय पाहुना यहाँ घुम्न आउँछन्, उनीहरूले नेपालका लागि भारतीय रुपैयाँको सञ्चितीलाई बढाउँछन् । सरकारका लागि यो उपलब्धि हो ।

- पर्यटन व्यवसायीहरू यस वर्ष ग्रामीण पर्यटन विकास गरेको दाबी गर्छन् । खासगरी भ्रमण वर्षमा 'होमस्टे' धेरै गाउँहरूमा सुरु भएको र तीमध्ये केही निकै व्यावसायिकसमेत भइसकेका छन् । पर्यटन बोर्डअनुसार सिरुबारी, घान्द्रुक, बन्दीपुर, तामाङ हेरिटेज, सिलुङ, बरपाक, दोलखालगायत क्षेत्रमा होमस्टे विकास भइसकेको छ । तर यी सबै ठाउँको मुख्य पाहुना आन्तरिक पर्यटक नै  छ । अन्तर्राष्ट्रिय पर्यटक पुर्‍याउन यस्ता स्थानको आक्रामक प्रवर्द्धन जरुरी रहेको छ ।  


- भ्रमण वर्षले हस्तकलाको व्यवसायमा सकारात्मक प्रभाव पार्‍यो ।'पर्यटक वृद्धिका कारण हस्तकलाको बजार अहिले निकै राम्रो भएको छ,' बहुआयामिक प्रभाव पर्ने यो उद्योगले रोजगारीको अवसरसमेत बढाएको छ ।' विश्व पर्यटन संगठनका अनुसार नेपालमा आउने प्रत्येक पर्यटकले सरदर १२ जनालाई रोजगारी दिन्छन् ।

- बाह्य मुलुकमा नेपालबारे 'ट्राभल एड्भाइजरी' सकारात्मक बनाउनुले २०११ को महत्त्वलाई पुष्टि गरेको छ। नेपाल प्रवर्द्धनका लागि बेलायत र अमेरिकामा राजदूतावासले गरेको मेट्रो बस प्रचार अभियानले राम्रो प्रतिफल दिएको छ ।' यसले गर्दा यो वर्ष नेपाल आउने पर्यटकमा बेलायतीको संख्या साढे ७ प्रतिशतले बढेको छ ।

एकातिर सरकारका पर्यटन व्यवसायसँग सम्बन्धित संयन्त्रहरू भ्रमण वर्ष सफल रहेको दावा गरिरहेका छन् भने अर्कातिर विज्ञहरू भ्रमण वर्ष भने पनि त्यस्तो उल्लेखनीय उपलब्धि केही नभएको तर्क गर्छन् । लक्ष्यअनुसार १० लाख पर्यटक ल्याउन नसक्नुमा राजनीतिक अस्थिरता, हतारमा पर्यटन वर्षको घोषणा र नेपाल वायुसेवा निगमको अस्तव्यस्ततालाई प्रमुख कारण मानेका छन् ।

केके कमजोरी भए त भ्रमण वर्षमा ? जस्तै :- 
- पर्यटन वर्षमा सरकारले मुख्य गरी भारतीय र चिनियाँ पर्यटक बढाउने लक्ष्य लिएको थियो जसमध्ये दुई लाख ६२ हजार भारतीय र १ लाख चिनियाँ पर्यटक ल्याउने योजना थियो । तर समयमै यी दुई गन्तव्यमा प्रवर्द्धनको काम हुन नसक्दा लक्ष्यअनुसार पाहुना आएनन् ।


- पर्यटकको बसाइ अवधि १६ दिन पुर्‍याउने र उनीहरूले गर्ने दैनिक खर्चलाई ४३ अमेरिकी डलरबाट दोब्बर बनाउने २०११ को अर्को उद्देश्य पनि पूरा हुन सकेन । प्राकृतिक रूपमा भएका कुरा मात्र बिक्री भइरहेको र बसाइ लम्ब्याउनलाई कुनै नयाँ गतिविधि मूलधारमा ल्याउन नसक्दा यो लक्ष्य पूरा नभएको हो । कुनै नयाँ आयाम थप्न नसक्नु हाम्रै कमजोरी हो ।' पर्यटकले यहाँ आएर गर्ने दैनिक खर्च औसत ५० अमेरिकी डलर मात्र रहेको व्यवसायी बताउँछन् । आर्थिक सर्वेक्षणअनुसार हाल घुम्न आउने पर्यटकहरू औसत १२.६७ दिन नेपाल बस्छन् । 


- पर्यटन वर्षकै कारण पहिचान भएका गन्तव्यसम्म व्यवसायीले पर्यटक पुर्‍याउन सकेनन् जब कि सरकारले २०११ मा आउने कुल पर्यटकमध्ये ४० प्रतिशतलाई नयाँ गन्तव्य र गतिविधि दिने लक्ष्य पनि लिएको थियो । यस्ता गन्तव्यमा दर्जनौं महोत्सवहरू पनि सञ्चालन भए । महोत्सवलाई व्यवसायीकरण गर्न नसक्दा प्रवर्द्धन हुन नसकेको बुझाई छ ।

- नयाँ गन्तव्य पहिचान गर्ने र त्यसको प्रवर्द्धनको पूरै जिम्मेवारी लिनुपर्ने पर्यटन बोर्डभित्रको राजनीतिक चलखेल र कर्मचारीको अराजकताको असर गन्तव्य प्रवर्द्धनमा परेको छ । निजी पर्यटन व्यवसायीले कर्मचारीले बोर्डको जागिरलाई विदेश घुम्ने अवसरका रूपमा मात्र लिएको निजी पर्यटन व्यवसायीको आरोप छ । 'नयाँ गन्तव्य जान्छु भनेर माग आए मात्र  प्याकेज बनाउने नत्र 'बोर्डले कुनै गन्तव्यलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन नसक्दा हामीले मात्र जोखिम उठाउने कुरा हुँदैन भन्ने पर्यटन व्यवसायीको  भनाई छ।' 


- बोर्डभित्र पर्यटन क्षेत्र विकासका लागि काम गर्न विभिन्न विभाग बनाइएको छ । 'तर एकअर्कामा समन्वय नै छैन,' बोर्डकै एक कर्मचारी भन्छन्, 'यस्तोमा हाजिर हुने र्फकने काम मात्र भइरहेको छ ।' राजनीतिक चलखेलका कारण बोर्डको सञ्चालक समितिदेखि प्रमुख कार्यकारी छनोटको काममा ढिलाइ भइरहेको छ । 

२ वर्ष अगाडी तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल प्रधानमन्त्री रहदा राजधानिको टुडिखेलमा एक कार्यक्रको आयोजना गरी प्रमुख राजनितिक दलहरुले पर्यटन बर्ष २०११ सफल पार्न बन्द हड्ताल नगर्ने प्रतिबद्धता जनाएका थिए ।  राजनीतिका विषयमा मतान्तर गरिरहेका दलहरूका शीर्ष नेताले एकै ठाउँ उभिएर पर्यटन विकासका लागि देखाएको ऐक्यबद्धता उदाहरणीय थियो । त्यसपछिको करिब ६ महिना मुलुकमा पर्यटकीय गतिविधिलाई प्रभाव पार्ने गरी कुनै बन्द/हडताल भएनन् । तर २०११ को दोस्रो ६ महिनाको अवधिमा मुलुकका विभिन्न स्थानमा ५० को संख्यामा बन्द/हडताल भएका छन् । सबै बन्द र चक्काजामका घटनामा बढीमा ५ प्रतिशत मात्र दुर्घटना, हत्यालगायतका मुद्दामा कारबाही माग गर्दै सर्वसाधारण सम्मिलित छन् । पच्चानब्बे प्रतिशत घटना दलहरूले आफ्ना निहित स्वार्थपूर्तिका लागि जनतालाई नै दुःख दिने गरी आह्वान गरेको प्रहरी अधिकारीहरूले बताएका छन् ।यसरी प्रतिबद्धता कार्यान्यवन हुन भने सकेको छैन । पर्यटन बर्ष सांख्यिक  हिसाबले लक्ष्य पूरा नभए पनि पर्यटन बर्ष सफल भएको टिप्पणी हुने गरेको छ ।  

प्रकाशितः पुष १६,२०६८

source http://onlinekhabar.com विश्वमा केही सडकहरु यस्ता छन् जसमा यात्रा गर्दा प्रकृतिको मज्जा लुट्न पाइन्छ । प्राकृतिक सुन्दरता प्राप्त गर्नेमात्र होइन यी सडकहरुको यात्रा निकै खतरनाक तथा साहसिक समेत मानिन्छ । विश्वका सबैभन्दा बढि रोमाञ्चक तथा खतरनाक दशवटा सडककको नाम यसप्रकार छ ।
१. बोलिभियाको नर्थ युंगास रोड : यसलाई मृत्युको सडक भनेर पनि चिनिन्छ । राजधानी लापाज र कोरिओको क्षेत्र जोड्ने यो सडक ४३ माइल लामो छ ।
 MeRry ChriStmas DaY


आज डिसेम्बर २५ तारिख । जिसस क्राइस्टको जन्मदिनको संझनामा हरेक वर्ष डिसेम्बर २५ लाई क्रिसमस डे भनी संसारभर रहेका इसाई धर्मावलम्बीहरुले मनाउने गरेका छन् ।
२०११ वर्ष अघि आजकै दिन क्राईस्टको जन्म भएको हो ।
आफ्नो इन्टरनेट साइटबाट आपत्तिजनक सामग्रीहरु हटाउन भारतको एक अदालतले गुगल, फेसबुक, याहु लगायत २२ वटा सामाजिक सञ्जालहरुलाई आगामी फेबु्रअरि ६ सम्मको अल्टिमेटम दिएको छ ।
वेवसाईटमा राखिएका सामाजिक संस्कार विरोधी र धर्म विरोधी सवै सामग्री हटाउन दिल्लीको एक अदालतले आदेश दिएको हो ।


बैज्ञानिकहरुले सौर्यमण्डल बाहिर पृथ्वी जस्तै देखिने २ वटा ग्रह पत्ता लागेको बताएका छन । फेला परेका ग्रहको नाम केप्लर ट्वान्टी  इ’ र केप्लर ट्वान्टी  एफ ’ राखिएको छ ।
सौर्यण्डलबाट धेरै टाढा रहेका ती ग्रहहरुले सूर्य जस्तै एक तारालाई परिक्रमा गर्ने गरेको बैज्ञानिकहरुले बताएका छन ।

४० प्रतिशत क्यान्सर जीवशैलीका कारण लाग्ने बेलायतको एक अध्ययनले ठहर गरेको छ ।
क्यान्सर भएका मध्ये ४०मा चुरोट, मादक पदार्थ र अखाद्य बस्तुको प्रयोग सहित जीवनशैलीका कारण रोग लागेको अध्ययनले देखाएको हो ।
बेलायतलमा १ लाख ३० हजार मध्ये आधा जसो जीवशैलीकै कारण क्यान्सरको रोगी भएको बीबीसीले जनाएको छ ।
नेपाल भ्रष्टाचार हुने मुलुकहरुको सुचिमा  १ सय ५४ औँ स्थानमा रहेको पाइएको छ ।

विश्वका १८३ देशमा गरिएको अध्ययनअनुसार नेपाल १ सय ५४ औ स्थानमा परेको हो ।

भ्रष्टाचार विरोधी अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले आज राजधानीमा  सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क २०११ मा नेपालले कुल १० अङ्कमा गरिएको मुल्याङकनमा नेपालले मात्र २ दशमलब २ अङ्क प्राप्त गरेको छ ।

अध्ययन प्रतिवेदनअनुसार अफगानिस्तानपछि दक्षिण एसियामा बढी भ्रष्टाचार हुने देश नेपाल नै भएको छ भने भूटान सबभन्दा कम भ्रष्टाचार हुने मुलुकमा परेको  छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपालमा व्यापक भ्रष्टाचार रहेको निष्कर्ष समेत निकालेको छ ।
प्रतिवेदनमा सरकार सुशासन कायम गर्न संवेदनशील हुन नसकेको, राजनीतिक दल र राजनीतिक नेतृत्वमा भ्रष्टाचार नियन्त्रण गर्नेसम्बन्धमा आवश्यक प्रतिवद्धता एवं इच्छाशक्ति नदेखिएको उल्लेख गरिएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन अनुशार विश्वमा सबैभन्दा बढी भ्रष्टाचार हुने देशमा उत्तरकोरियालाई देखाईएको छ भने सबैभन्दा कम भ्रष्टाचार हुने देशमा न्युजिल्यान्ड रहेको छ ।


प्रकाशितः मंसिर १६, २०६८

आज नेपालमा पनि विविध कार्यक्रम गरेर २४ औं विश्व एड्स दिवस मनाईएको छ ।
एच आई भिको नयाँ संक्रमण, भेदभाव तथा एड्सका कारणले हुने मृत्युलाई शुन्यमा पु¥यायौ भन्ने नाराका साथ विभिन्न संघसंस्थाहरुले प्रभातफेरी, रक्तदान, अन्तरक्रिया कार्यक्रमहरुको आयोजना गरेका हुन् ।
दिवसकै अवसर पारेर राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले एड्स रोग नियन्त्रणका लागी भन्दै रणनिति सार्वजनिक गरेको छ ।
एच आई भि एड्स हुनै नदिने तथा एड्सका कारणवाट मृत्युलाई शुन्यमा पार्न लक्ष्य रणनितिमा लिईएको छ ।

मलाई के–के–के–के भनि रहन्छ ।।
म पढि रहेको बेला फोटो खिच्दिरहन्छ।।
सरले छोडेर गए पनि पर्खिरहन्छ ।।
साथी त यस्तो होस्, मैले भनेको मानिरहन्छ।।
चिया पिउँदा पनि हसाई रहन्छ ।।
बाटोमा हिड्दा पनि रमाईलो गरीरहन्छ।।
कहिलेकाहि क्लास मिस हुदा पनि..
मिस कल मारी रहन्छ ।।
जस्ले जे भने पनि मेरो बारेमा उस्ले...
मलाई सजग गराई रहन्छ ।।।
मेरो ग्रुप मध्ये सबै भन्दा बेकामे चाहि मै रहेछु ।।।
यहि त हो बिद्यार्थी जिवन ......।।




सिस्नु घरिया 
नेपाली नाम : सिस्नु ।
वैज्ञानिक नाम : Urtica dioica
स्थानीय नाम : घ्रानम/छ्योक्मा
पाइने स्थान : खोटाङका अधिकांश क्षेत्रहरुमा ।
उपयोगी भाग : जरा, पात र मुन्टा ।
औषधीय गुण तथा स्थानीय प्रयोग : शरीरमा रगतको कमी, पिसाब रोग र अन्य चोटको लाग्ाि जराको रस बनाई सेवन गर्ने धुलो तातोपानीसँग सेवन गरिन्छ । पात मुन्टा फूल-फलको तरकारी बनाएर खाने गरिन्छ । यसको तरकारी उच्च रक्तचाप चिनी रोगीलाई अति उपयोगी हुन्छ । जनावरले टोकेको÷कोरेको ठाउँमा यसको पात/जरा पिसेर लेप लगाइन्छ । भाँचिएको मर्किएको ठाउँमा जरा हाडजोराको बोक्रासँग कुटेर लेप लगाई काम्रो बाँध्ने चलन छ ।



अमेरिकाले एक हाइपरसोनिक बम बाहकको सफल परिक्षण गरेको छ जुन ध्वनीको गतिभन्दा ५ गुणा तिब्र गतिमा उड्न सक्छ ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ताका अनुसार बम बाहक विमानको परिक्षण हवाइको एक मिसाइल परिक्षण केन्द्रबाट गरिएको थियो ।
जुन २ हजार ३ सय किलोमिटर टाढाको क्वाजालिन क्षेत्रमा आधा घण्टा भन्दा पनि कम समयमा पुगेको थियो ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले शनिबार मंगल ग्रहमा अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट रोबोटिक यान प्रक्षेपण गरेको छ ।
क्युरियोसिटी नामको रोबोट सहितको यान फ्लोरिडाको केप क्यानवेरल प्रक्षेपण केन्द्रबाट एटलस रकेटको माध्यबद्धारा प्रक्षेपण गरिएको हो ।

युवा बैज्ञानिक लुजेन्द्र ओझाले मंगलग्रहमा पानी रहेको ठाउँलाई नेपाली नाम दिएका छन् ।
ती ठाउँका नाम जोमसोम, दिपायल, पोखरा, काठमाण्डौ, फेवा, सगरमाथा, रारा, बेगनास र तिलिचो रहेका छन् ।

अमेरीकामा रहेको युनिभर्सिटी अफ एसिजोनामा अध्ययनरत नेपाली बिद्यार्थी लुजेन्द्रले मङगल ग्रहका ११ वटा ठाउमा पानी छ भनेर शोधपत्र तयार पार्नुभएको थियो ।
ओझाले शोधपत्रको निष्कर्षलाई गएको ११ जुलाई २०११ मा नाशाले पुष्टि गरि सकेको छ ।

यस्तै वैज्ञानिकहरुले जिवको अस्तित्व सम्भव भएका विभिन्न ग्रह तथा उपग्रह छनोट गरेका छन् । वैज्ञानिकहरुले गरेको वर्गिकरण अनुसार शनी ग्रहको उपग्रह टाइटन तथा बाहिरी ग्रह ग्लिस ५१८ जी पृथ्वीबाहिर जिवको अधिकतम सम्भावना भएका ठाउँको रुपमा परेका छन् । यी दुबै पृथ्वीभन्दा २०।५ प्रकाशवर्ष टाढा छन् । एक प्रकाशवर्ष बराबर १० खर्ब किलोमिटर हुन्छ ।


अन्तरिक्ष जिवविज्ञान नामक पत्रिकामा छापिएको अध्ययन प्रतिवेदन अनुसार बाहिरी ग्रहको वर्गिकरणका क्रममा वैज्ञानिकहरुले पृथ्वीसागको समानता तथा बसोबासका लागि उपयुक्तता गरी दुइ वटा मापदण्ड निर्धारण गरेका थिए । ब्रम्हाण्डको कुनै ग्रह वा उपग्रहमा पृथ्वीमा जस्तो बस्नलायक वातावरण छ की छैन रु र बाहिरी ग्रहको विद्यमान वातावरणमा पृथ्वीमा भन्दा फरक कुनै प्रकारका जिवको अस्तित्व सम्भव हुन्छ की हुादैन रु भन्ने दुइ मुख्य प्रश्नको आधारमा बाहिरी ग्रहको वर्गिकरण गरिएको अध्ययनमा संलग्न अमेरिकी वैज्ञानिक डाक्टर डर्क सुल्झ माकुचले बताए ।

जिवको अधिकतम सम्भावना रहेका ग्रह तथा उपग्रहमा ग्लीज र टाइटनपछि मंगल, चन्द्रमा, युरोपा, वृहस्पति, शनी र शुक्र छन् ।

अहिलेसम्म पृथ्वीबाहेक अरु ग्रहमा जिवको अस्तित्व भेटिएको छैन । तर पछिल्लो समयमा सौर्यमण्डलभित्रका ग्रह उपग्रह तथा बाहिरी ब्रम्हाण्डमा समेत खोजअनुसन्धान तिब्र भएको छ । जसले पृथ्वी बाहेकका ग्रह उपग्रहहरुमा कुनै जिव अस्तित्वमा रहेको भए त्यसको खोज गर्नेछ ।

नासाले सन् २००९ मा केप्लर स्पेस टेलिस्कोप अन्तरिक्ष कक्षमा स्थापित गरेको थियो । जसले अहिलेसम्म १ हजार ग्रह तथा उपग्रह पत्ता लगाएको छ जसमा जिवनको अस्तित्व सम्भव हुन सक्छ । भविष्यमा कुनैपनि ग्रह उपग्रहमा रहेका जैविक पदार्थबाट निस्कने उर्जा पत्ता लगाउने टेलिस्कोप समेत बन्ने र त्यसले ब्रम्हाण्डका अरु भागमा जिवनको अस्तित्वको खोजी सहज हुने वैज्ञानिकहरुको भनाई छ ।

वैज्ञानिकहरुले वृहस्पती ग्रहको उपग्रह युरोपा मा पानी रहेको भरपर्दो प्रमाण फेला पारेको दाबी गरेका छन् ।

सन् १९८९ मा प्रक्षेपण गरिएको ग्यालिलियो अन्तरिक्षयानले खिचेका तस्वीरहरुको विश्लेषणबाट युरोपा उपग्रहको सतहमुनि पानीका कुवाहरु रहेको तथ्य फेला परेको हो । निकै कम तापक्रमका कारण बरफ अवस्थामा रहेको युरोपाको सतहभन्दा ३ किलोमिटर तल सानासाना ताल रहेका र तालमा रहेको तातो पानीबाट उडेको बाफ सतहका केही क्षेत्रमा छिद्र बनाएर बाहिर निस्किएको वैज्ञानिकहरुको भनाइ छ ।

नेचर जर्नलमा छापिएको अनुसन्धान प्रतिवेदनमा युरोपामा तरल पानी भेटिएपछि त्यहाँ जिवनको सम्भावना हुनसक्ने उल्लेख छ ।

जमिनको सतहभन्दा केही तल पानीका ताल भेटिएबाट सतहको बरफ र भित्रको पानी सक्रिय रुपमा एक आपसमा मिसिने गरेका र त्यसो हुँदा भूमिगत कुवामा बस्ने जिवजन्तु तथा वनस्पतीको लागि आवश्यक खनिजहरु पर्याप्त मात्रामा प्रसार हुनसक्ने वैज्ञानिकहरुको भनाइ छ ।

ग्यालिलियो अन्तरिक्षयानले ल्याएका तस्वीहरुको विश्लेषण गरी पछिल्लो नतिजा तयार पार्ने वैज्ञानिक टोलीका प्रमुख तथा टेक्सास विश्वविद्यालयका प्राध्यापक ब्रीटनी स्कमिडिटले यस्ता तथ्यहरुका कारण युरोपा र यसको भूमिगत समुद्रमा जिवको अस्तित्व सम्भव देखिएको बताएका छन् ।
वैज्ञानिकहरुले युरोपाको सतह किन चर्किएको छ भनेर वर्षौँदेखि अध्ययन गर्दै आएका थिए । अमेरिका र युरोपले संयुक्त रुपमा वृहस्पतीको उपग्रह युरोपाको अध्ययन गर्दै आएका छन् । थप अध्ययनको लागि सन् २०२० सम्ममा अर्को अन्तरिक्षयान युरोपामा पठाउने उनीहरुको लक्ष्य छ ।



आज नोभेम्वर १४ तारिख, विश्व मधुमेह दिवश नेपालमा पनि विविध कार्यक्रम गरी मनाईएको छ ।
विश्वमा हरेक  वर्ष ७० लाख मधुमेहका नयाँ विरामी थपिने गरेको अनुमान छ । 
मधुमेहको उपचारका लागि प्रयोग गरिने इन्सुलिन सुईको आबिष्कारक रेडरिक बेन्टिङको जन्मदिनका दिन, विश्वका १ सय ६० भन्दा वढि राष्ट्रले यो दिवस मनाउँदै आएका छन् । 
रगतमा आवश्यक्ताभन्दा बढि चिनीको मात्रा हुनुलाई मधुमेह भनिन्छ । 

 काठमाण्डौमा पानी परे देखि झनै जाडो बढिरहेकोछ । मौसममा आएको परिवर्तनसँगै छालाजन्य विविध समस्याले हामीलाई गाँज्न थालिसकेको छ । रोग लागेर औषधि गर्नुभन्दा रोगै लाग्न नदिनु बेस हुन्छ । 

त्यसैले चिसो मौसमको सुरुमै सावधानी अपनाउन सक्यौं भने यसको प्रभावबाट जोगिन सकिन्छ अनि आफ्नो प्रभावकारी व्यक्तित्वलाई पनि यथावत् राख्न सहयोग पुर्‍याउँछ । चिसो मौसममा छालालाई विशेष सुरक्षा दिनु आवश्यक हुन्छ ।

चिसो सुरु हुनासाथ छालाको चमकमा कमी देखिन थाल्छ । छाला रुखो, ज्यान नभएको, निस्तेज र कान्तिहीन मात्र हुँदैन यसले आपmनो आकर्षणसमेत गुमाउँछ ।

'चिसो हावाले छालाको आदर््रता सोस्छ,' 'यसकै असरस्वरूप छालामा समय अगावै बुढ्यौलीको प्रभाव -पि्र-म्याच्योर एजिङ) सुरु हुन्छ ।'

चिसो याममा हाम्रो छालाको तेलग्रन्थीको काम गर्ने गति धेरै सुस्त हुने भएकाले छाला रुखो हुन्छ । चिसोका कारण छालाको तेलग्रन्थीले पर्याप्त मात्रामा छालाबाहिर तेल पुर्‍याउन सक्दैन ।

चिसो हावाले छालामा रुखोपना बढाउँछ । तर यसभन्दा पनि बढी यसको प्रभाव छालाको पहिलो तह अर्थात् एपिडर्मिसमा पर्छ ।

अमेरिकन एकेडमी अफ डर्मेटोलजी
-एएडी) का अनुसार जब छालाको पहिलो तहमा खुम्चिन्छ अनि हाम्रो कोशिकामा टुटफुट हुन्छ । यो टुटफुट मसिनो रेखाका रूपमा छालामा देखिन्छ । यो फाइन लाइन हो र पछि चाउरीमा परिवर्तित हुन्छ । 'यसले गर्दा मौसम र उमेरको असर सबैभन्दा पहिले तपाईं/हाम्रो अनुहारमै देखिन्छ,', 'चिसोयाममा छालाको विशेष हेरचाह गरेर यो समस्याबाट धेरै हदसम्म टाढिन सकिन्छ ।'

चिसोयाममा मुख्य समस्या छालाको रुखोपना हो । 'तपाइर्ं जतिपटक आफ्नो छालालाई फेसवास वा साबुनले सफा गर्नुहुन्छ, त्यति नै पटक तपाईंको छाला रुखो हुन्छ,'र, 'सफा गर्दा छालाको प्राकृतिक नरमपन नष्ट हुन्छ, यसको असरले छाला रुखो र निस्तेज देखिन्छ । ओठ फाट्न थाल्छन्, कुर्कुच्चा फुट्न थाल्छन् ।'

यो मौसममा वातावरणमा नरमपन कम हुनाले छालाले आपmनो प्राकृतिक चमकलाई समेत गुमाउँछ । तैलीय छालामा समेत चिसो हावाको प्रभाव पर्छ । आपmनो छालाको किसिमअनुसार कोल्डक्रिम, मोइस्चराइजर लगाउनुपर्छ । 'सुख्खा छाला मुलायमपन चाहन्छ,', 'यो मौसममा छालाको स्याहारको एउटै मन्त्र हो- मोइस्चराइजर, मोइस्चराइजर र मोइस्चराइजर ।'

ओठको छाला धेरै पातलो हुन्छ । यसैले चिसोयाममा ओठको विशेष स्याहार गर्नु आवश्यक हुन्छ । ओठमा पेट्रोलियम जेल वा लिपक्रिम लगाउन बिर्सनु हुन्न ।

गर्मीजस्तै चिसोमा समेत छालाको रेखदेख उत्तिकै आवश्यकता हुन्छ । यस मौसममा समेत परावैजनी किरणले गर्मीयाम जत्तिकै तीव्र रूपमा छालामा हमला गर्ने भएकोले घाममा निस्किनुभन्दा ३० मिनेटअघि २५ देखि ४० एसपीएफको सनप्रोटेक्सन लोसन लगाउनुपर्ने हुन्छ ।

यो मौसममा चिसो हावा र रुम हिटरबाट निस्किने न्यानो हावाको मिश्रणले छालाको माथिल्लो तहको सबै प्राकृतिक नरमपनलाई सोस्छ । छालाको यही प्राकृतिक तेल छालाको प्राकृतिक पानी सन्तुलनलाई जोगाइराख्नका लागि एउटा अवरोधको काम गर्छ ।

'जब छाला टाइट हुन्छ, त्यतिखेर तपाइ थाहा पाउनुहुन्छ तपाईंको छाला सुख्खा भयो,'। त्यतिखेर छालाले चमक गुमाएको जस्तो देखिन्छ र रुखोपनाले गर्दा छालामा जलनसँगै चिलाउने समस्यासमेत देखिन सक्छ ।

के गर्ने ?
अनुहार र शरीरमा नियमित रूपमा उपयुक्त र गुणस्तरयुक्त क्रिम र मोइस्चराइजर लगाउनुस् । नरमपन छालाको रक्षाकवच हो । पहिले गाउँघरमा चिसोयाममा नुहाउनुअघि जीउमा तेलले मालिस गर्ने सल्लाह दिने गरिन्थ्यो । हाल नुहाएपछि भने बडी आयल लगाउन बिर्सनुहुन्न । एएडीका अनुसार नुहाएको तीन मिनेटभित्रै शरीरमा मोइस्चराइजर लगाउनुपर्छ । यसो गर्दा छालामा भएको पानीलाई मोइस्चराइजरले सुक्न दिँदैन ।

यस्तै, नुहाएपछि भने तौलियाले जीउ कस्सेर पुछ्नु हुन्न । यसले गर्दा छालाको नरमपन र प्राकृतिक तेल दुवै बाहिर निस्किन्छ । बढी तातो पानीले नुहाउँदा छाला अझ बढी सुख्खा हुने गरेको छ । तातो पानीले छालाको प्राकृतिक तेललाई विस्थापन गर्छ । यसैले मनतातो पानीले कम समय अर्थात् पाँचदेखि १० मिनेटमै नुहाइसक्नुपर्छ । नुहाउने क्रममा बढी समय तातो पानीमा बिताउनाले शरीरमा सुख्खापन बढ्न जान्छ ।
बाथरुम बन्द गरेर नुहाउँदा यसले शरीरलाई चाहिने आदर््रतालाई जोगाएर राख्छ ।

यस्तै, साबुनले छाला रुखो हुने भएको नरम प्रकृतिको साबुन प्रयोग गर्नुपर्छ । चिसोयाममा साबुनको कम प्रयोग गर्नुपर्छ । साबुनको सट्टा फेसवास, बडी वास वा सावर जेल राम्रो मानिन्छ । बास्नायुक्त साबुन वा यस्ता उत्पादनको प्रयोग नगर्नुस् । यस्ता उत्पादनमा रसायनको मात्रा बढी हुन्छ । यस्तो साबुन लगाउनुस् जसमा न्युट्रल पीएच भ्याल्यु होस् ।

अनुहारलाई हातले हल्कासँग सफा गर्नुस् । चिसोयाममा छालाको मृत कोषलाई हटाउनका लागि बलपूर्वक छिटोछिटो नदल्नुस् । मुख्यतः रुखो छाला भएकाहरूले यसो गर्नु हुँदैन । यसो गर्दा अनुहारमा छिट्टै चाउरीपन देखिन्छ ।

छालाको स्याहारसँगै खुट्टा र हातको स्याहार पनि त्यत्तिकै आवश्यक छ । समयसमयमा हातको सफाइ अर्थात् मेनिक्योर र खुट्टाको सफाइ अर्थात् पेडिक्योर गर्नुपर्छ ।

छालासँगै टाँस्सिने गरी ऊनजन्य कपडा लगाउनु हुँदैन । पहिले सुती कपडाको गन्जी जस्तो लुगा लगाएर मात्र ऊनका कपडा लगाउनुपर्छ ।

छालाका किसिम
रुखो वा सुख्खा छाला ः साबुनले अनुहार धँुदा रुखो छाला भए छाला तन्किएको अनुभव हुन्छ । यस्तो छाला पातलो हुन्छ जसमा हलुको प्वाल देखिन्छन् । यस्तो छालामा जलन, पाप्रा देखिनु, चिलाउने सम्भावना रहन्छ । मौसमको प्रभावसमेत सबैभन्दा बढी रुखो छालामै पर्छ । यस्तो छालाको राम्ररी स्याहार नगर्दा समयअगावै चाउरीपन देखिन थाल्छ ।

तैलीय छालाः यस्तो छाला टल्किने र स्लिपरी हुन्छ । यस्तो छालामा भने डन्डिफोर र ब्ल्याक हेड छिट्टै हुन्छ । खुला र ठूलो रोम छिद्र सजिलै देखिन्छ ।

मिश्रति छालाः सामान्यतः महिलाको छाला यस्तो हुन्छ । यो टाउको, नाक, चिउँडोमा टल्किने र गाला, अनुहारको बाँकी ठाउँमा सामान्य रुखो हुन्छ ।
छालामा आउने ज्यादै जटिल समस्याहरुमध्ये दुबी पनि एक हो । यो छाला क्रमशः सेतो भएर जाने रोग हो । यसमा छालाको रंग अन्य छालाको भन्दा क्रमशः कम रंगयुक्त हुँदै जान थाल्छ र पछि पूरै सेतो (Milky White) हुन्छ । 
कसरी हुन्छ ?
दुबी (Vitrlrgo) खास गरेर शरीरभित्र उत्पन्न हुने एन्टिबडी (Antibody) ले आफ्नो रंग बनाउने कोषहरु (Melanocyte) लाई आक्रमण गरी नष्ट पारेपछि सुरु हुन्छ ।

हास्नको लागि बाच्नु 
बाच्नको लागि हास्नु !!
.
बाच्नको लागि खानु 
खानको लागि बाच्नु !!
.
खानको लागि गर्नु
गर्नको लागि खानु !!
.
गर्नको लागि जान्नु
जान्नको लागि गर्नु !!
.
जान्नको लागी हुनु
हुनको लागी जान्नु !!
.
हुनको लागि नहुनु
नहुनको लागि हुनु !!
.
नहुनको लागि नहुनु
नहुनको लागि नहुनु !!

प्रकाशितः कार्तिक १८, २०६८

चन्द्रमामा वस्ती बसाउने सपना छिटै साकार हुनसक्ने सम्भावना बढेको छ । रुसका वैज्ञानिकहरुले गरेको पछिल्लो अनुसन्धानले यस्तो देखाएको हो ।
रुसी वैज्ञानिकहरुले चन्द्रमाको तस्वीरको अध्ययनका आधारमा आउँदो २० वर्षमा त्यहाँ बस्ती बसाल्न सम्भव रहेको दाबी गरेका छन् ।
चन्द्रमामा रहेका ओडारहरुले त्यहाँ हुने उल्कापिण्ड तथा विकिरणबाट जोगाउने भएकाले त्यस क्षेत्रमा बस्ती बसाल्न सम्भव हुन्छ । यस्ता ओडारका कारण घर बनाउँदा त्यहाँ जग खन्ने वा छानो हाल्ने काम गर्न आवश्यक नहुने भएकाले पनि वैज्ञानिकहरु खुसी छन् ।
रुसी कस्मोनोट तालिम केन्द्रका सहायक विज्ञान अध्यक्ष बोरिस क्रुसकोबले सन् २०३० सम्ममा चन्द्रमामा बस्ती बसाल्न सकिने बताउँछन् ।


कुनै युवतीलाई 'आई लभ यु' भनेर ठाउँको ठाउँ आफ्नो बनाउन सकिन्छ भन्ने ठान्नुहुन्छ भने तपाईं गलत बुझाइमा हुनुहुन्छ । त्यसैले मनको गाँठीकुरो खोल्न धेरै हतार नगर्नुस् । केही समय पर्खेर नै आफ्नो मायालाई अभिव्यक्ति दिनुस् ।


पछिल्लो अनुसन्धानले के दाबी गरेको छ भने प्रायः युवतीहरू छिटो अर्थात् दुईतीन महिनाकै सम्बन्धमा प्रेम प्रकट गर्ने युवकहरूमाथि विश्वासै गर्दैनन् । यस विपरीत युवतीहरू त्यस्ता युवकलाई महत्त्व दिन्छन् जो लामै सम्बन्धपछि मात्रै माया प्रकट गर्छन् ।

यो अनुसन्धान पर्सनालिटी र सोसल साइकोलोजी सम्बन्धी एउटा जर्नलमा प्रकाशित भएको हो । अमेरिकाको एउटा इन्स्िटच्युटद्वारा गरिएको सर्वेक्षणमा सोधिएको प्रश्नको जवाफबाट देखिएअनुसार पुरुषहरू महिलाको दाँजोमा ६ साता छिटो आफ्नो प्रेम प्रकट गर्ने गर्छन् । सामान्यतः पुरुषहरूले सम्बन्ध सुरु भएको ९७.३ दिनमा मायाबारे खुलेर कुरा गर्ने सर्वेक्षणमा उल्लेख छ ।

यसो हुनुको कारण युवतीहरूले 'आई लभ यु' सुन्ने चाहनाअनुसार युवकहरूलाई कुराएका भने होइनन् । 'छिटो प्रेम प्रकट गर्नुपछाडि पुरुषहरूको उद्देश्य के हुन सक्छ भने,' अनुसन्धानमा उल्लेख छ, 'उनीहरूमा यौन सम्बन्ध कायम गर्ने तीव्र इच्छा हुन्छ । त्यसैले महिलाहरू उनीहरूको विश्वसनीयता जाँच्न चाहन्छन् ।'


अधिकांश व्यक्तिको शरीरका विभिन्न भागमा जन्म समयदेखि नै छालामा विशेष चिनो हुने गर्छ । तर, अनुहारसहित शरीरको देखिने भागमा भएको यस्तो चिनोले पछि सौन्दर्यसम्बन्धी समस्या उत्पन्न गर्ने गरेको छ ।
'अधिकांश जन्मचिनो समयसँगै हराउँछन्,' धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र्र कर्ण भन्छन्, 'हाल प्रायः सबैजसो बर्थ मार्कको उपचार सम्भव छ । जस्तोसुकै बर्थ मार्क भए पनि हिनताबोधसँग बाँच्नुपर्ने स्थिति अब छैन ।'

आज अक्टोबर १५ तारिख अर्थात विश्व हात धुने दिवस, हात धोऔ– रोगबाट वचौ भन्ने नाराका साथ नेपालमा पनि विविध कार्यक्रमहरु भईरहेका छन् । 

स्वास्थ्य र भौतिक योजना तथा निर्माण मन्त्रालयको आयोजनामा जावलाखेलमा भईरहेको विशेष कार्यक्रमको उद्घाटन गर्दै स्वास्थ्यमन्त्रि राजेन्द्र महतोले सावुन पानीले हात धुनु सामान्य जस्तो लागे पनि यसमा विशेष ध्यान दिनुपर्ने वताउनुभयो ।

सावुन पानीले हात धुनाले नवजात शिशु मृत्युदरमा उल्लेख्य कमी आउने विश्वास व्यक्त गर्दै शिशु मृत्युदरमा कमी ल्याउन भन्दै सरकारले ५ वर्षिय अभियान सुरु गरेको जानकारी गराईएको थियो । 
आमाले सावुन पानीले हात धोएर शिशुहरुलाई खानेकुरा खुवाए ४४ प्रतिशत श्वासप्रश्वासको रोगवाट वचाउन सकिने तथ्यांक रहेको छ । 

३० हजार भन्दा बढी अध्ययन अनुसन्धानले धेरै रोग लाग्नुको मुख्य कारण हात नधोई खानेकुरा खानु हो भन्ने देखाएपछी प्रत्येक वर्षको अक्टोबर १५ लाई विश्व हात धुने दिवसका  रुपमा मनाउन थालिएको हो । नेपालमा भने यो दिवस आजदेखि १० दिनसम्म विविध कार्यक्रम गरी मनाइने भएको छ । 
सरसफाईको अभावमा नेपालमा १३ हजार र विश्वभर वर्षेनी १५ लाख बालबालिका ५ वर्ष नपुग्दै मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।  

खाना खानु अघि र खाइसकेपछि हात धुनुपर्छ भन्ने धेरैले सुनेको भएपनि नेपालमा १४ प्रतिशतले मात्रै सावनु पानीले हात धुने गरेका छन् । 

यस्तै आज सत्रौँ राष्ट्रिय कण्डम दिवस ‘ दोहोरो सुरक्षाका लागि कण्डममा पहुँच बढाऔं’ भन्ने नाराका साथ आज सत्रौँ राष्ट्रिय कण्डम दिवस मनाइँदैछ । 


असुरक्षित यौन सम्पर्कबाट एचआईभी सङक्रमित हुने मानिसहरुको सङख्या बढदै गएपछि कण्डमको सहज उपलब्धता  र पहँुच बढाउन नेपालमा २०५२ सालदेखि कोजाग्रत पूर्णिमा पछिको शनिबार राष्ट्रिय कण्डम दिबस मनाउन थालिएको हो । 

कण्डम बारे जनचेतना जगाउन आज देशभर व्यानर प्रदर्शन, सडक नाटक, कण्डम वितरण लगायतका कार्यक्रमरू गरिने राष्टिय एड्स तथा यौन रोग केन्द्रले जनाएको छ ।

हालसम्म विश्वमा तीन करोडभन्दा बढी व्यक्ति एचआइभी र एड्स सङ्क्रमित छन् । सन् २००९ को तथ्याङअनुसार नेपालमा भने ६३ हजार ५ सय २८ जना यसबाट सङ्क्रमित छन् ।


यस्तै, आज ४६ औं विश्व सेतो छडी सुरक्षा दिवस,  नेपालमा पनि विबिध कार्यक्रम गरी मनाइँदै छ ।

दिवसका अवसरमा नेपाल नेत्रहीन संघ, नेपाल अन्धा कल्याण संघ र परिलक्षित नेपालले हिजो देखि नै राजधानीमा कार्यक्रमहरु गरिरहेका छन् । 
नेपालमा ४ लाख दृष्टिबिहिन रहेको अनुमान गरिए पनि सेतो छडि प्रयोगकर्ता ३ हजार रहेको अनुमान गरीएको छ । 
नयाँ सामग्री पुराना सामग्री मूलपेज
View all
Get your own
Henkhama The Earth
अन्य लिङ्क
  • नेपालीबाट युनिकोड रुपान्तरण

  • हेन्खामा ब्लग

  • अति अावश्यक लिङ्क

एफएम रेडियो
  • नेपाल एफएम
  • रेडियो कान्तिपुर
  • उज्यालो अनलाइन
ताजा अपडेट
पेजमेनु
  • मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरन्जन
  • तपाइको चौतारी
  • विविध
पपुलर पोष्ट
  • रुघाखोकी र घाँटीको खसखसबाट कसरी जोगिने ?
  • दुबी रोग, उपचार
  • लसुनको फाइदा र बेफाइदा
  • एपेन्डिक्स भनेको के हो ? यस्का लक्षणहरु
  • नेपाल विद्युत प्राधिकरणको Loadshedding Schedule
  • स्मरण शक्ति बढाउने ५ उपाय
  • सुताइको सहस्य
  • जडिबुटी:सिस्नु घरिया र ऐंसेलु
  • थोरै खाएर आफ्नो जीवनलाई खतरामा
  • नमस्ते खोटाङ बृतचित्र
आर्काइभ
  • ►  2010 (4)
    • ►  November (1)
    • ►  December (3)
  • ▼  2011 (68)
    • ►  February (2)
    • ►  March (4)
    • ►  April (1)
    • ►  July (10)
    • ►  August (22)
    • ►  September (6)
    • ►  October (5)
      • आज अक्टोबर १५ तारिख
      • छालामा खैरो वा नीलो रंग
      • आई लभ यु भन्न नहतारिनुस्
      • चन्द्रमामा वस्ती
    • ►  November (10)
      • ...लागि बाच्नु
      • दुबी रोग, उपचार
      • जाडोमा छालाको स्याहार
      • विश्व मधुमेह दिवश नेपालमा पनि
      • मंगल ग्रहमा पानीको नाम लुजेन्द्र ओझाले जुराए
      • मंगल ग्रहमा रोबोटिक यान प्रक्षेपण
      • बम बाहक: जुन ध्वनीको गतिभन्दा ५ गुणा तिब्र गतिमा उ...
      • जडिबुटी:सिस्नु घरिया र ऐंसेलु
      • यहि त हो बिद्यार्थी जिवन ......।।
    • ▼  December (8)
      • आज डिसेम्बर १ तारिख, २४ औ बिश्व एड्स दिवस
      • भ्रष्टाचार हुने मुलुकहरुमा नेपाल १ सय ५४ औँ स्थानमा
      • ४० % जीवशैलीका कारण क्यान्सर
      • सौर्यमण्डलमा पृथ्वी जस्तै
      • नेटवर्किङ साइटहरुलाई फेबु्रअरि ६ सम्मको अल्टिमेटम
      • क्रिसमस डे
      • विश्वका दश सडक
      • आज नेपाल पर्यटन बर्ष सन् २०११ को अन्तिम दिन
  • ►  2012 (94)
    • ►  January (5)
    • ►  February (10)
    • ►  March (11)
    • ►  April (3)
    • ►  May (10)
    • ►  June (3)
    • ►  July (14)
    • ►  August (8)
    • ►  September (3)
    • ►  October (6)
    • ►  November (2)
    • ►  December (19)
  • ►  2013 (19)
    • ►  January (5)
    • ►  February (2)
    • ►  March (9)
    • ►  April (1)
    • ►  May (1)
    • ►  August (1)
  • ►  2014 (14)
    • ►  February (1)
    • ►  June (6)
    • ►  December (7)
  • ►  2015 (30)
    • ►  January (6)
    • ►  March (7)
    • ►  April (1)
    • ►  June (1)
    • ►  August (1)
    • ►  September (3)
    • ►  December (11)
  • ►  2016 (28)
    • ►  January (13)
    • ►  February (7)
    • ►  March (8)
  • ►  2017 (1)
    • ►  February (1)
  • ►  2018 (2)
    • ►  August (1)
    • ►  October (1)
©: सञ्जिवनी २०१५

| मूलपेज | सञ्जिवनी | नेपाली युनिकोड | सम्पर्क |