भ्रष्टाचार हुने मुलुकहरुमा नेपाल १ सय ५४ औँ स्थानमा

नेपाल भ्रष्टाचार हुने मुलुकहरुको सुचिमा  १ सय ५४ औँ स्थानमा रहेको पाइएको छ ।

विश्वका १८३ देशमा गरिएको अध्ययनअनुसार नेपाल १ सय ५४ औ स्थानमा परेको हो ।

भ्रष्टाचार विरोधी अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले आज राजधानीमा  सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क २०११ मा नेपालले कुल १० अङ्कमा गरिएको मुल्याङकनमा नेपालले मात्र २ दशमलब २ अङ्क प्राप्त गरेको छ ।

अध्ययन प्रतिवेदनअनुसार अफगानिस्तानपछि दक्षिण एसियामा बढी भ्रष्टाचार हुने देश नेपाल नै भएको छ भने भूटान सबभन्दा कम भ्रष्टाचार हुने मुलुकमा परेको  छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपालमा व्यापक भ्रष्टाचार रहेको निष्कर्ष समेत निकालेको छ ।
प्रतिवेदनमा सरकार सुशासन कायम गर्न संवेदनशील हुन नसकेको, राजनीतिक दल र राजनीतिक नेतृत्वमा भ्रष्टाचार नियन्त्रण गर्नेसम्बन्धमा आवश्यक प्रतिवद्धता एवं इच्छाशक्ति नदेखिएको उल्लेख गरिएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन अनुशार विश्वमा सबैभन्दा बढी भ्रष्टाचार हुने देशमा उत्तरकोरियालाई देखाईएको छ भने सबैभन्दा कम भ्रष्टाचार हुने देशमा न्युजिल्यान्ड रहेको छ ।


प्रकाशितः मंसिर १६, २०६८

प्रकाशित मिति: Friday, December 02, 2011

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses