कुनै पनि मानिसले के खानु पर्छ र के खानु हुन्न भन्ने विषयमा आफ्नै खालका तर्क र सिद्धान्त छन् । यिनै कारणले हामी माझ विभिन्न प्रकारका खाद्यवस्तु उपलब्ध भएका हुन् । व्यत्तिले स्वाद, विश्वास र धार्मिक भावनाले आफ्नो आहारा रोजेको देखिन्छ । यो पूणतः व्यतिगत निर्णय हो ।
कसैले शाकाहारी त कसैले माँसाहारी आहार रोजेका हुन्छन् । तर वैज्ञानिक पक्षलाई ध्यानमा राखेर विचार गर्ने हो भने लगभग हरेक व्यक्तिले आफ्नो खाने बानी सुधार्नुपर्ने हुन सक्छ ।
रगतको समूहले पनि मानिसको आहाराको प्रकृति फरक पार्छ र व्यक्तिको स्वास्थ्यमा रक्तसमूह अनुसारको आहाराले विशेष महत्व राख्छ ।
रक्तसमूह अनुसारको खानाः
रक्तसमूह ओ (O)
यस समुहका व्यत्तिले मासु, तरकारी, फलफूल आदि खानामा बढि जोड दिनुपर्दछ । साथै गहु मकै तथा दुग्धजन्य पदार्थ सकभर खानुपर्ने वैज्ञानिकले सुझाव दिएका छन् । रक्तसमुह ओ का व्यक्तिले केफिन र अल्कोहलबाट बच्नुपर्छ । यी खाद्यबस्तुले यस समुहका व्यक्तिको पाचन प्रणालीलाई प्रभाव पार्ने गर्छ । केफिनले एडनालिन र नारान्डनालिनको मात्रा बढाउने भएकाले समूह ओ का मानिसमा यी तत्वको मात्रा धेरै बढी हुन्छ । यी तत्व ती व्यक्तिमा पहिले नै अधिक हुने गर्छ । यसैगरी, यस समुहको रगतलाई अन्य रक्तसमूहको दाजोमा बढी स्वस्थ चिल्लो चाहिन्छ । यिनीहरुको थाइराइड पनि अलि सुस्त हुन्छ । यसै कारणले साबधानी अपनाउनु पर्ने खाद्यवस्तुमा बन्दागोभी, काउली, तोरीको साग पर्छ । यी खाद्यवस्तुले थाइराइडको सक्रियता कम पार्छ । तर ती खाद्यवस्तुलाई पकाएर उमालेर खान सकिन्छ ।
रक्तसमूह ए (A)
यस समुहका मानिसमा जन्मजात तुलनात्मक रुपमा पाचक रसको कमी हुन्छ । खाना पचाउने अम्ल आमाशयमा पर्याप्तमात्रामा नहुदा यिनीहरुले पशुजन्य प्रोटिन वा चिल्लो सजिलै पचाउन सक्दैनन् । यदि समुह ए का मानिसमा मासु खाने बानी छ भने उनीहरुलाई त्यो पचाउन गाह्रो भएको महसुस हुनेछ । पाचन प्रणाली कमजोर हुने भएकाले यस समुहका मानिसले तरकारी, फलफूल पनि ताजा खानामा जोड दिनुपर्छ । शरीरको प्रतिरक्षा प्रणालीलाई सबल बनाउन यसो गर्नु जरुरी हुन्छ ।
रक्तसमूह बी (B)
रक्त समुह बी भएकाले मकै, टमाटर, गहु, बदाम, तिल आदि खानामा विचार पु¥याउनु पर्छ । यी खाद्यवस्तु तिनीहरुको शरीरमा पच्न गाह्रो हुने भएकाले थकान लाग्ने, रगतमा ग्लुकोजको मात्रा कम हुने तथा पानीको मात्रा बढ्ने लक्षण देखिन्छ । सुगुर र कुखुराको मासु खानु हुदैन । यी खाद्यवस्तुले रगलमा असर पार्ने खतरनाक ल्याक्टिन शरीरमा उत्पादन गर्छ । यस समुहका मानिसले मज्जासंग फलफूल र तरकारी खान सक्छन् । ओलिभको तेल, आलसको तेल, बदाम आदि खान मिल्छ तर सूर्यमुखीको तेल उपयुक्त हुदैन । खाद्यवस्तुको कुरा गर्दा रक्तसमुह बी का मानिस अधिक स्वतन्त्र हुन्छ ।
रक्तसमूह एबी (AB)
यस समुहका मानिस ए र बी को मिश्रित गुण हुन्छ । रक्तसमूह एबी का मानिसको आमाशयमा कम अम्ल हुन्छ तर उनीहरुमा बी को गुण हुने भएकाले मासु पचाउन सक्ने क्षमता हुन्छ । यस समुहका मानिसले केफिन र अल्कोहल उपभोग गर्नु हुदैन ।
यसरी रक्तसमूह अनुसार आफ्नो आहारा निर्धारण गरेमा हामीलाई वास्तवमै स्वस्थ रहन मद्दत पुग्छ ? वैज्ञानिकहरुका अनुसार हामीले खाएको खाद्यवस्तुले रगतको समूह अनुसार रासायनीक प्रतिक्रिया देखाउदछ । यदि हामीले आफ्नो रक्तसमूहअनुसारको आहारा खायौ भने शरीरले त्यसलाई राम्रोसंग पचाउछ । आजसम्म रक्तसमूहअनुसारको आहाराका सम्बन्धमा धेरै अनुसन्धान भएको छैन । रक्तसमूह जे भए पनि आफू खुसी खाना खाने मानिसलाई पर्ने प्रभावको बारेमा विस्तृत अनुसन्धान आवश्यक छ ।
एक अनुसन्धानले जनाए अनुसार विशेष रक्तसमूहका मानिसले यसअनुरुपको खाना खाने गरेमा उसको रगतमा हानिकारक कोलेस्ट्रोल कम गर्न सहयोग पुग्छ ।
कफीको सन्तुलित सेवनले मानिसको स्वास्थ्यमा लाभ पूराउने विभिन्न अध्ययनले पुष्टि गरेकाे छ। कफीले सरीरका भित्री प्रणालीका लागि तथा बाहिरी अंग छालाका लागि समेत लाभदायी हुने विज्ञहरु बताउँछन् ।
कफीले छालाको स्वास्थ्यमा पूराउने फाइदा निम्न छन् :
१. कफी एन्टी अक्सिडेन्ट तत्वको भरपर्दो श्रोत हो । यो तत्वले छालामा चाउरीपना, बुढ्यौलीका लक्षण देखिनबाट रोक्दछ । साथै एन्टीअक्सिडेन्टले छालाको कोषको क्षयिकरणको दर पनि घटाउनुका साथै विभिन्न खाले प्रदुषक तत्वबाट छालामा हुने हानीबाट समेत सुरक्षा प्रदान गर्दछ । कफीमा हुने एन्टी अक्सिडेन्टले छालाको प्राकृतिक सुरक्षा प्रणालीलाई मजबुत बनाउँछ ।
२.कफीको नियमित सेवनले घाममा हुने परावैजनी किरणबाट छालामा पर्ने हानीबाट समेत जोगिन सघाउ पुग्ने वैज्ञानिकहरु बताउँछन् । परावैजनी किरणले छालालाई नराम्रो असर पूराएर क्यान्सर जस्ता जटिल रोग समेत निम्ताउने जोखिम हुन्छ । तर कफीमा भएको क्याफाइन तत्वले छालालाई विकिरणबाट सुरक्षा कवच प्रदान गर्छ । यसका साथै क्याफाइनले डिएनए क्षयिकरणको दर पनि घटाउँछ । यसका साथै कफीले छालामा क्यान्सर प्रतिरोधी क्षमताको समेत विकाश गर्न मद्दत पूराउँछ ।
३. छालालाई मुलायम र चम्किलो बनाउन पनि कफीले मद्दत पूराउँछ । कफीमा हुने तत्वले नष्ट भएको तन्तुको पुननिर्माणमा सहयोग गर्छ । कोषको पुनः वृद्धिमा सघाउँछ र छालामा कोलाजेन फाइबरको तह बढाउँछ । यसका कारण छालाको लचिलोपना बढ्नुका साथै चम्किलो पनि बन्दछ ।
४. रक्तसंचारलाई स्वस्थ तथा दुरुस्त बनाउनका लागि समेत कफीले भूमिका खेल्दछ । कफीमा हुने तत्वले रक्तनलीमा रगतको संचारलाई स्वस्थ तवरबाट संचालन गर्न सहयोग गर्दछ जसका कारण छालाका कोषिकामा पर्याप्त अक्सिजन तथा उर्जा पुग्दछ र छाला स्वस्थ बन्दछ ।
हाम्रो शरीरले नै हामीलाई स्वास्थ्य बिग्रिन थालेको पूर्व सूचना दिन्छ । उक्त चेतावनीलाई मनन गरेर सावधानी अपनाउने हो भने रोगको जटिलता कम हुन्छ र छिटै निको हुन्छ तर लापरवाही गर्ने हो भने रोगले निकै दुख दिन्छ । यस्तै एउटा समस्या तनाब पनि हो ।
तनाबलाई प्रारम्भिक मानसिक स्वास्थ्य समस्याको रुपमा लिइन्छ। यदि यस्ता तनाबका पूर्व संकेतलाई वेवास्ता गरियो भने समस्या बढ्छ र सरीरमा उच्च रक्तचाप, हृदयाघात, डिप्रेसन जस्ता विभिन्न स्वास्थ्य समस्याको घर बन्दछ ।
ती पूर्वसूचना वा संकेतहरु निम्न छन् । जसबाट हामीले बुझ्नुपर्छ की म तनावमा फसिरहेको छु :
१- यदि अनौठा खालका एकै प्रकारका सपनाहरु पटकपटक दोहोरिए भने बुझ्नुपर्छ की आफुलाई पक्कै कुनैखाले तनावले सताइरहेको छ । घरमा आगो लागेको, बस छुटेको जस्ता सपनाहरु देखेर सपनामै ऐठन पर्ने समस्या तनावको सूचक हो ।
२- मांसपेशी कडा हुनु तनावको दोश्रो लक्षण हो । मांसपेशी खुम्चिने, बाउँडिने र कहिलेकाहीँ निकै दुख्ने समस्या दोहोरियो भने तनावले सताएको कुरा बुझ्नुपर्छ ।
३- आँखा फर्फराउनु पनि तनावको एक लक्षणको रुपमा लिइन्छ ।
४- दाँतले पनि तनावको सूचना दिन्छ । जो मान्छेले सपनामा दाँत किट्छ, चपाउँछ त्यो मान्छे तनावमा परेको छ भन्ने कुरा बुझ्नुपर्छ ।
५- महिलाको हकमा महिनावारी अनियमित हुनु पनि तनावको लक्षण हो । बढि रक्तश्राव हुनु तथा पीडा हुनु पनि तनावका लक्षण मानिन्छन् ।
६- कपाल बढि झर्नु र खश्रो खैरो बन्दैजानु पनि तनावको लक्षणको रुपमा लिइन्छ ।
७- पेट दुख्नु, अपच हुनु, पेट कराउनु जस्ता लक्षणलाई पनि तनावका पूर्वसंकेतका रुपमा लिइन्छ ।
८- रुघाखोकीले बढि मात्रामा सतायो भने पनि बुझ्नुपर्छ तनावले पिरोलिरहेको छ । तनावयुक्त मानिसको प्रतिरोधी क्षमता बढि हुन्छ र उसलाई चिसोले समाउने खतरा बढि हुन्छ ।
नरिवलको पानी पिउनाले गर्भवती महिलामा बिहानपख हुने बान्ता रोक्न सघाउ पूराउँछ । नरिवलको पानीमा हुने विभिन्न प्रकारका लवणहरु, भिटामिन सी लगायतका तत्व गर्भवती महिला र गर्भको बच्चालाई निकै फाइदा पूराउँछन् ।
नरिवलको पानी नियमित पिउने महिलामा मुत्रनलीको संक्रमणको खतरा पनि कम हुन्छ । यसले ढुसी पैदा गर्ने व्याक्टेरियालाई मारिदिन्छ ।
त्यसैले पिसाब सम्बन्धी समस्या भएका महिलाले पनि दैनिक नरिवलको पानी पिउनु निकै उत्तम मानिन्छ ।
सरीरमा पानीको आपूर्तिलाई सन्तुलित गर्न र विषाक्त तत्वलाई बाहिर ल्याउन नरिवलको पानीले सहयोग पूराउँछ ।
नरिवलको पानीले वजन नियन्त्रण अर्थात् मोटोपन घटाउन सहयोग गर्छ । नरिवलको पानी पिउनाले सरीरमा जमेको अनावश्यक बोँसो घटाउनुका साथै रगतमा कोलेस्टेरोलको मात्रा पनि कम गर्छ ।
नरिवलको पानीको नियमित सेवन गर्नाले छाला स्वस्थ तथा सुन्दर बन्छ ।
नरिवलको पानी पिउनुको अर्को फाइदा भनेको यसले योनीको संक्रमण लगायतका कारणबाट योनीमा हुने जलनलाई कम गर्छ । यदि पिसाब पोल्ने समस्या छ भने त्यसबाट मुक्ति पाउन नरिवलको पानी पिउनु उत्तम उपाय मानिन्छ ।
सधैं हाँसीखुसी रहने बालबालिका ठूलो भएपछि धनी बन्छन् । प्रसन्न रहने किशोरहरूले वयस्क भएपछि बढी कमाउँछन् ।
यो अनुसन्धान अमेरिकामा १५ हजार किशोर र बालबालिकामा गरिएको हो । अनुसन्धानमा पाइए अनुसार, जसमा सकारात्मक प्रभाव वा सन्तुष्टि उच्च हुन्छ, पछि गएर उनीहरूको आम्दानी बढी हुन्छ । सकारात्मक प्रभाव खुसी नाप्ने प्राविधिक उपाय हो ।
युनिभर्सिटी कलेज लन्डनका डा. जान एमानुएल डे नेवे र युनिभर्सिटी अफ बारबिकका परा. एन्ड्रयु ओसवाल्डको नेतृत्वमा यो अनुसन्धान गरिएको हो । अनुसन्धान अनुसार, खुसी रहने व्यक्ति बढी धनी हुने पाइयो किनभने प्रशन्न व्यक्तिलाई डिग्री मिल्ने, काम मिल्ने सम्भावना बढी हुन्छ । यस्तै, खुसी रहने व्यक्तिलाई उदास रहने उसका सहकर्मीहरूको दाँजोमा बढुवा मिल्ने सम्भावना समेत बढी हुन्छ ।
बढी खुसीको ठूलो वित्तीय प्रभाव हुन्छ । जस्तै, २२ वर्षको उमेरमा जीवन सन्तुष्टिमा एक अंकको वृद्घि (पाँचको स्केलमा) को सम्बन्ध २९ वर्षको उमेरमा वर्षेनि करिब दुई हजार डलर बढी कमाइसँग हुन्छ ।
अनुसन्धानकर्ताहरूले कतिपय परिवारमै गएर पनि अध्ययन गरे । उनीहरूले भनेका छन्, एउटै परिवारमा समान पालनपोषण गरिएका बालबालिकामा पनि तिनको खुसीको अनुपातमा आम्दानीमा भिन्नता पर्दो रहेछ भनेर कान्तिपुर लेख्छ ।
एपेन्डिसाइटिस एउटा आकस्मिक अवस्था हो । यसमा एपेन्डिक्स भन्ने अङ्ग सुन्निएको अवस्थामा हुन्छ । कहिलेकाहीँ त फुटिसकेको पनि हुन सक्छ ।एपेन्डिक्स मानव शरीरमा पेटभित्र दाहिने कम्मरको अलि माथि सानो आन्द्रा र ठूलो आन्द्रा जोडिएको भागको पछाडिपट्टि रहेको अङ्ग हो । यसको उपचार हुन नसके एपेन्डिक्स फुटेर पेरीटोनाइटिस भएर मृत्यु हुने गरेको पाइन्छ । सन् १८८६ मा रेगीनाल्डले पहिलोपल्ट एपेन्डिसाइटिसका बारेमा तथ्य बाहिर ल्याएको पाइन्छ ।
कारणहरु एपेन्डिक्स एउटा पाइपजस्तो अङ्ग हो । यसको ल्युमेन बिस्तारै विभिन्न कारणहरुबाट बन्द हुन थाल्छ, र यो सुनिन्छ । सुन्निएपछि यसले एपेन्डिक्सको भित्तामा चाप दिन्छ । जुन चापका कारण भित्तमा रहेका रगतका नसाहरु बन्द हुँदै जान्छन् र पीप जम्न थाल्छ । यस्तो अवस्थामा पनि एपेन्डिक्सलाई अपरेशन गरी ननिकालिएमा यो फुट्न जान्छ,जसको कारण संक्रमण रगतको माध्यमबाट सम्पूर्ण शरीरमा फैलिएर मानिसको मृत्यु हुन्छ।
एपेन्डिसाइटिस पश्चिमी मुलुकमा बढी देखिएको छ । यसको कारण पश्चिम देशहरुमा मासुको बढी प्रयोग हुन सक्ने वैज्ञानिकहरु बताउँछन्।वंशाणुगत रुपमा पनि एपेन्डिसाइटिस हुने सम्भावना बढी हुने गरेको पाइन्छ ।
रोगका लक्षणहरु देखा पर्ने समयको आधारमा एपेन्डिसाइटिसलाई दुई प्रकारमा विभाजन गर्नु उपयुक्त हुन्छ । एकमा एपेन्डिक्स सुन्निने क्रम बिस्तारै हुन्छ, जुन पछि आफै ठीक भएर पनि जान सक्छ । यसको फुट्ने सम्भावना अत्यन्त कम रहन्छ भने प्रकार दुईमा एपेन्डिक्स सुन्निने क्रम अन्यन्त तीव्र हुन्छ, जुन चाँडै फुट्ने गर्दछ ।
लक्षणहरु
१. दुखाइः नाइटोवरिपरिबाट शुरु भएको दुखाइ बिस्तारै दाहिने कम्मरको माथि सर्न थाल्छ ।
२. उल्टी हुनुः एक वा दुईपटक उल्टी हुन सक्छ ।
३. साधारणतया १०० डिग्री फरेनहाइटसम्मको साधारण ज्वरो देखिन्छ ।
४. कहिलेकाहीँ पिसाबमा रगत देखिन पनि सक्छ ।
५. कब्जियत, झाडापखाला अत्यन्त न्यून देखिन्छ ।
परीक्षण
स्वास्थ्यकर्मीहरुले विभिन्न चिकित्सकीय परीक्षण गरेर एपेन्डिसाइटिस भए–नभएको पत्ता लगाउनुहुन्छ ।अल्ट्रासाउन्ड, एक्स–रे, सिटी स्क्यान रोग पत्ता लगाउन सहयोगी हुन्छन्।विभिन्न किसिमका स्कोरिङ प्रणाली प्रयोग गरी रोगको अवस्था पत्ता लगाइन्छ । यसले एलभाराडो ज्यान्सकी आदि ।
यसको उपचार अप्रेशन मात्र भएको हुदा जति सक्दो छिटो अस्पतालमा लग्ने बेवस्था गर्नुपर्छ ,अन्येथा बिरामीको ज्यान जान सक्दछ जसमा त्यो appendix लाई काटेर निकालिन्छ । साभार नर्स नेपाल फेसबुक पेज