हाँसीखुसी रहने बालबालिका 'धनी'

सधैं हाँसीखुसी रहने बालबालिका ठूलो भएपछि धनी बन्छन् । प्रसन्न रहने किशोरहरूले वयस्क भएपछि बढी कमाउँछन् ।

यो अनुसन्धान अमेरिकामा १५ हजार किशोर र बालबालिकामा गरिएको हो । अनुसन्धानमा पाइए अनुसार, जसमा सकारात्मक प्रभाव वा सन्तुष्टि उच्च हुन्छ, पछि गएर उनीहरूको आम्दानी बढी हुन्छ । सकारात्मक प्रभाव खुसी नाप्ने प्राविधिक उपाय हो ।

युनिभर्सिटी कलेज लन्डनका डा. जान एमानुएल डे नेवे र युनिभर्सिटी अफ बारबिकका परा. एन्ड्रयु ओसवाल्डको नेतृत्वमा यो अनुसन्धान गरिएको हो । अनुसन्धान अनुसार, खुसी रहने व्यक्ति बढी धनी हुने पाइयो किनभने प्रशन्न व्यक्तिलाई डिग्री मिल्ने, काम मिल्ने सम्भावना बढी हुन्छ । यस्तै, खुसी रहने व्यक्तिलाई उदास रहने उसका सहकर्मीहरूको दाँजोमा बढुवा मिल्ने सम्भावना समेत बढी हुन्छ ।

बढी खुसीको ठूलो वित्तीय प्रभाव हुन्छ । जस्तै, २२ वर्षको उमेरमा जीवन सन्तुष्टिमा एक अंकको वृद्घि (पाँचको स्केलमा) को सम्बन्ध २९ वर्षको उमेरमा वर्षेनि करिब दुई हजार डलर बढी कमाइसँग हुन्छ ।
अनुसन्धानकर्ताहरूले कतिपय परिवारमै गएर पनि अध्ययन गरे । उनीहरूले भनेका छन्, एउटै परिवारमा समान पालनपोषण गरिएका बालबालिकामा पनि तिनको खुसीको अनुपातमा आम्दानीमा भिन्नता पर्दो रहेछ भनेर कान्तिपुर लेख्छ ।

प्रकाशित मिति: Friday, June 06, 2014

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses