सन्तानका रूपमा छोरीको चाहना राखेको भए महिलाले आहारामा गुलियोको मात्रा बढाउनुपर्छ । अनि छोरोको आश गरेको भए नुनिलो बढी खानुपर्छ ।
युनिभर्सिटी अफ पि्रटोरियाका वैज्ञानिकहरूले अनुसन्धानपछि यो निष्कर्ष निकालेका हुन् । अनुसन्धान प्रतिवेदनमा आमाको आहारासमेत शिशुको लिंग निर्धारणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख छ ।
अनुसन्धानअनुसार जो महिला दैनिक आहारामा गुलियो बढी सेवन गर्छन्, उनीहरूलाई छोरी हुने सम्भावना बढ्छ । अर्कोतर्फ भोजनमा बढी नुनिलो कुरा सेवन गर्ने महिलाले छोरा पाउने सम्भावना अत्यधिक हुन्छ । वैज्ञानिकहरूले शिशुको लिंग निर्धारणमा गुलियो र नुनको मात्रा कतिकति हुनुपर्छ भन्नेचाहिँ खुलाउन सकेका छैनन् ।
गर्भावस्थाका बेला सोडायुक्त पेयपदार्थको सेवन गर्ने महिलामा पि्रम्याच्योर डेलिभरीको जोखिम बढ्छ । बि्रटेनमा भएको अनुसन्धानपछि यो कुरा बाहिर आएको हो । विशेषज्ञहरूका अनुसार सोडायुक्त सफ्ट ड्रिंकमा आर्टिफिसियल स्विटनर्स (नक्कली गुलियो) को उपयोग गरिन्छ । यस कारण यस्तो पेयमा बानी परेका महिलाले समयअगावै बच्चा जन्माउने आशंका बढ्छ ।
अध्ययनअनुसार जुन पेयपदार्थमा एस्पार्टटैम्सजस्तो गुलियोको उपयोग गरिन्छ त्यो गर्भमा रहेको शिशुका लागि खतरनाक सावित हुन सक्छ । अनुसन्धानकर्ताहरूले यसका लागि करिब ६० हजार यस्ता महिलामाथि अनुसन्धान गरे, जसले गर्भावस्थाको समय बढी मात्रामा कोल्ड ड्रिंक सेवन गरेका थिए । बि्रटिस स्वास्थ्य विशेषज्ञहरूको सुझावअनुसार गर्भावस्थामा महिलाहरूले केमिकलयुक्त खाद्य वा पेयपदार्थ उपयोग गर्नुहुन्न ।
यस्तै, अर्को गुलियो पदार्थ (स्विटनर) मेथेनोलको सेवनका कारणसमेत डेलिभरीका लागि सामान्यभन्दा बढी समय लाग्न सक्छ । कृत्रिम गुलियोका आलोचकहरूको भनाइअनुसार यो 'नर्भ टाक्सिन' जस्तै हुन्छ, जसको सेवनले शरीरमा फार्मिक एसिड निर्माण हुन्छ । यति मात्र नभई, र्फमलडिहाइड नामक रसायनसमेत बन्छ । यो रसायन सामान्यतः मृतशरीर सुरक्षित राख्न उपयोग हुन्छ ।
उपर्युक्त पेयपदार्थलाई परहेज गरेर गर्भवतीहरूमा समयअगावै बच्चा जन्मिने घटनालाई ३८ प्रतिशतसम्म कम गर्न सकिने अनुसन्धानबाट पुष्टि भएको छ । यस्तै जो महिला दिनहुँ चार वा चारभन्दा बढी सोडायुक्त क्यान रित्याउँछन्, उनीहरूमा यो खतरा ७८ प्रतिशतसम्म बढ्न सक्छ ।
लुगा किनेर संकेत
गर्भाधानको बढी सम्भावना भएको दिन प्रायः महिलाहरू मन पर्ने लुगा किनेर यो कुराको संकेत गर्छन् । मिन्नेसोटा विश्वविद्यालयमा गरिएको अनुसन्धानअनुसार जुन दिन गर्भधारणको सम्भावना धेरै बढी हुन्छ त्यो दिन महिलाहरू नजानीकनै यस्तो उत्पादनको बढी चयन गर्छन्, जसले उनीहरूलाई बढीभन्दा बढी राम्री देखाओस् । अन्य आकर्षक महिलालाई पराजित पार्ने विचारले उनीहरूले त्यस्तो गरिरहेका हुन्छन् ।
अनुसन्धानअनुसार गर्भधारणको बढी सम्भावना भएका बेला महिलाहरू अन्य सुन्दर महिलाको तस्बिर देखे तीभन्दा बढी सुन्दरी देखिन लाभिन्छन् । त्यसैले लुगाफाटा र अन्य प्रसाधन किन्न रुचाउँछन् । उनीहरूले त्यस्तो गर्नुको प्रमुख कारण आफ्ना पुरुष साथीलाई आकषिर्त गर्नु रहेको अनुसन्धानमा उल्लेख छ ।
भनिन्छ, मुख शरीरको प्रवेशद्वार र ऐना हो । टम्म मिलेका अनार दानाजस्ता सेता दाँत अनि गुलाफी गिजाले सौन्दर्यका लागि मात्र नभई शरीरमा भएका विभिन्न प्रक्रियालाई राम्ररी सञ्चालन गर्न ठूलो भूमिका खेलेको हुन्छ । स्वस्थ दाँत र गिजाले प्रत्यक्ष रूपमा व्यक्तित्व, पाचनमा फाइदा पुर्याउनुका साथै रक्तनली, मुटु, फोक्सो, कलेजो, मृगौला, मस्तिष्क, प्यान्त्रिmयाजलगायत शरीरका सम्पूर्ण अंगमा पनि त्यसबाट फाइदा नै पुग्छ ।
दाँत सड्नाले संक्रमण हुन गई सेलुलाइटिस, पिनास, दिमागमा क्याभर्नस साइनस, थ्रोम्बोसिस तथा खाद्य र सास नली थिचिन गई मृत्युसमेत हुन सक्छ । धारिला, नमिलेका दाँत, घाउखटिरा, फोहोर तथा सुर्ती, सुपारी र मदिराजन्य पदार्थ सेवनले मुखको क्यान्सर हुने गर्छ । मुखबाट सास फेर्नु पनि शारीरिक समस्या भएकाले बच्चामा अनुहार असामान्य हुन सक्छ, दाँतको विकास र बनावटमा समस्या आउँछ । रगतमा अक्सिजनको कमी हुन सक्छ, रक्तचाप, मुटुका रोग निम्तिन सक्छन् । गिजा तथा मुखबसम्बन्धी रोग भएका व्यक्तिमा अन्यको तुलनामा श्वासप्रश्वाससम्बन्धी रोग, मुटुसम्बन्धी रोग, बाथज्वरो, अनियन्त्रित मधुमेह, हड्डी कमजोर हुने, हृदयाघात, मस्तिष्कघात हुने सम्भावना बढी हुन्छ । गर्भवती महिला भए शारीरिक तथा मानसिक रूपले कमजोर र समय नपुग्दै बच्चाको जन्म हुने खतरा हुन्छ ।
गिजाको रोग भए मुटुको रोग लाग्ने तथा मुटुरोगको लक्षण मुखमा पनि देखिन सक्छ । मुटुरोग र हृदयाघात हुँदा अनुहारको बायाँ भाग, तल्लो बंगारा, गिजा, चिउँडो र त्यसको वरिपरि पीडा हुने सम्भावना रहन्छ । सन् १९९० देखि नै मुटुरोग र गिजाको रोग सम्बन्धका बारेमा अनुसन्धान हुँदै आएका छन् । मुख फोहोर भएकामा मुटुरोग, हृदयाघात, स्ट्रोक, पक्षाघात र इन्डोकाडाइटिस हुने गर्छ । त्यसैमा जन्मँदादेखि नै मुटुको समस्या, बाथरोग, प्रोस्थेटिक भल्भ भएका बिरामीले मुखको सरसफाइ र दन्तउपचारमा ध्यान नदिँदा सबक्युट ब्याक्टेरियल इन्डोकाडाइटाइटिस रोग लाग्न सक्छ । आयरल्यान्डस्थित बि्रस्टोल विश्वविद्यालयको खोजले मुखमा पाइने स्ट्रेप्टोकोकस ब्याक्टेरियाको मुटुरोगसँग बलियो सम्बन्ध देखाएको छ । स्ट्रेप्टोकोकस ब्याक्टेरिया रक्तसञ्चारमा पुग्दा पीएडीए प्रोटिन बनाई प्लेटलेट्सलाई एकापसमा टाँसिन र जम्न लगाई मुटुरोग पैदा गराइदिन्छ ।
ब्याक्टेरिया, इन्डोटक्सिन र ब्याक्टेरियाको अन्य उत्पादन गिजा र गिजामा भएको पकेट खल्तीबाट रक्तसञ्चारमा पुगी सुनिन थाल्छ । त्यसले रक्तनलीका कोष बढ्ने र सुन्निने भई रक्तनली साँघुरो बन्छ । कलेजोलाई रगत जम्न आवश्यक पर्ने तत्त्वहरू थप उत्पादन गर्न लगाउँछ । ब्याक्टेरियाले रक्तनलीको भित्री तहमा आक्रमण गरी इन्डोथेलियल कोषलाई बिगार्छ । गिजामा हुने पेरियोडेन्टल प्याथोजेनले प्लेटलेट्स जम्मा हुने, रक्तनलीमा लेदो वा प्लक बन्न बढावा दिई अवरोध उत्पन्न गराउँछ ।

बि्रटिस जर्नलको स्कटिस हेल्थ सर्भेले अनियमित र कमपटक दाँत सफा गर्ने तथा फोहोर मुख राख्ने मुटुरोगी ७० प्रतिशत थप जोखिम हुने देखाएको छ । दैनिक २ पटक दाँत ब्रस गर्नाले सम्भावित मुटुरोगको रोकथाम गर्न सकिने निष्कर्ष उक्त जर्नलको छ । त्यस्तै क्यालिफोर्निया विश्वविद्यालयले ७ हजारभन्दा बढीमा गरेको खोजमा दाँतको सरसफाइमा ध्यान नदिनेमा हृदयाघात बढी हुने हेल्थ इकोनोमिक्समा प्रकाशित छ । सन् १९९६ देखि २००४ सम्म प्रत्येक २, २ वर्षको अन्तरालमा कतिपटक दाँत माझेको, कतिपटक
दन्तचिकित्सककहाँ गएको, हृदयाघात, स्ट्रोकको लक्षण देखिए नदेखिएका आधारमा गरिएको खोजमा दाँत तथा मुखको सरसफाइप्रति सचेतमा हृदयाघात कम देखिएको र त्यसमा पनि पुरुषभन्दा महिलामा बढी खतरा भएको पाइएको छ । मुटुरोगको प्रमुख कारणमा धूमपान र मोटोपना भए तापनि मुखमा जम्मा भएका ब्याक्टेरिया रक्तप्रवाहमा गई मुटुरोग ल्याउने गरेका थुप्रै प्रमाण फेला परेका छन् । ७० प्रतिशत सम्भावना न्यून गर्न दिनको २ पटक दाँत सफा गर्न सुझाएका छन् । मुखमा जीवाणु कम गराउने र हटाउने उपाय भनेको दाँत सफा राख्ने वा माझ्ने नै हो । दिनमा २ पटक खाना खाएपश्चात् तलमाथि गरी दाँत माझौं र अन्य समयमा कुल्ला गरी शरीरमा लाग्न सक्ने अनगिन्ती रोग, मुटुरोग र हृदयाघातलाई पर राखौं ।

नाक बन्द हुनु, नाकबाट पानी बग्नु, घाँटी खसखस हुनु, हाच्छिउँ आउनु, स्वर भारी हुनु, थकाइ लाग्नु, कहिलेकाहीँ ज्वरो आउनु वा टाउको दुख्नुजस्ता समस्याले रुघाखोकी लागेका व्यक्तिलाई सताउँछन् । यस्ता लक्षण तीन दिनदेखि १० दिनभित्र कम हुन्छन् ।
'चिसो याममा रुघाखोकी बढी पाइने गरे पनि रुघाखोकीसँग मौसमको कुनै सम्बन्ध हुँदैन,' 'चिसो याममा मानिसहरू झ्यालढोका थुनेर घरभित्रै बस्ने गर्छन्, त्यसैले भाइरस संक्रमण बढी हुन्छ ।
रुघाखोकी माथिल्लो सास नलीको भाइरल संक्रमण हो । यो दुई सयभन्दा बढी प्रकारको भाइरसले गर्दा हुन्छ । हरेकपटक शरीरमा नयाँ प्रकारको भाइरसले आक्रमण गरेर रुघाखोकी हुने गरेको छ । अमेरिकन लङ्स एसोसिएसनका अनुसार स्कुल जाने र प्राथमिक कक्षामा पढ्ने बच्चालाई एक वर्षमा तीनदेखि १२ पटकसम्म रुघाखोकी लाग्ने गरेको छ । किशोरावस्था र युवावस्थामा वर्षभरिमा दुईदेखि चार पटकसम्म रुघाखोकी लाग्छ ।
अमेरिकास्थित नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सस डिजिज (एनआईएआईडी) का अनुसार २० वर्षदेखि ३० वर्ष उमेर समूहसम्मका महिलालाई पुरुषको दाँजोमा बढी रुघाखोकी लाग्छ । बालबालिकासँग महिलाकै निरन्तर सम्पर्क हुने गरेका कारण त्यस्तो भएको हो ।
रुघाखोकी मुख्यतः हावाका माध्यमले एक व्यक्तिबाट अर्कोमा सर्छ । रुघाखोकी भएका व्यक्तिले खोकेपछि वा नाकलाई छोएपछि अर्को व्यक्तिलाई स्पर्श गरे उसलाई पनि सर्छ । कसैका अगाडि खोक्दा पनि छेउको मान्छेलाई सर्न सक्छ । रुघाखोकीको भाइरस कलम, किताब, कम्प्युटरको कि-बोर्ड, ढोकाको ह्यान्डल, गिलासजस्ता सामानमा घन्टौंसम्म बस्ने गर्छन् । यस्ता वस्तुबाट समेत यो संक्रमण एकअर्कामा फैलने गर्छ । खोकी वा हाच्छिउँ यो संक्रमण फैलिनुको प्रमुख कारण हो ।
एनआईएआईडीका अनुसार रुघाखोकीको उपचारै छैन । तर केही घरेलु उपाय अपनाए यसबाट बच्न सकिन्छ । हाम्रो शरीरको रोग प्रतिरोधक क्षमताले भाइरसलाई नष्ट गर्न संघर्ष गरिरहेका बेला रुघाखोकी, टाउको दुखाइ, ज्वरोजस्ता लक्षण देखिन्छन् । मौसम बदलिँदा यो समस्या बढी हुन्छ ।
रुघाखोकी संक्रमणबाट जोगिनका लागि केही खानुअघि साबुनपानीले हात धुन बिर्संनुहुँदैन । संक्रमित व्यक्तिले आफ्नो तौलिया, रुमाल आदि अरूले नचलाऊन् भनेर बेग्लै राख्नुपर्छ ।
'यो स्वतः निको हुने रोग हो, बढी लक्षण देखिए घरेलु उपचार प्रभावकारी हुन्छ,' 'आफैं बाठो भएर औषधि पसलबाट किन्ने गरिएको रुघाखोकीको औषधि दुई वर्षभन्दा कम उमेरका बालबालिकाका लागि घातक हुन सक्छ ।' बालबालिकालाई एस्पिरिन र एस्पिरिनयुक्त औषधि खुवाउन हुन्न।अमेरिकास्थित फुड एन्ड ड्रग एडमनिस्ट्रेसन (एफडीए) ले पनि दुई वर्षमुनिका बालबालिकालाई चिकित्सकको सल्लाहविना किन्न पाइने रुघाखोकीको औषधि नदिन चेतावनी दिने गरेको छ । यस्ता औषधिले बालबालिकाको रुघाखोकी उपचार गर्न सक्दैनन्, तिनलाई चिसो लाग्नबाट बचाउन पनि सक्दैनन् । यस्ता औषधिको सेवनले मुटुको चाल तीव्र हुने, जीउ काम्नेजस्ता साइड इफेक्टले हुन सक्छन् ।
रुघा लाग्दा पानीको बाफ लिनु प्रभावकारी हुन्छ । ताजा हावामा सास फेर्नुपर्छ । जाडो मौसममा घरभित्र प्रायः हिटर बालिन्छ, कोठा सधैंजसो बन्द राखिन्छ । यसैले रुघाखोकीका भाइरसको संख्यामा वृद्घि हुन्छ । यसैले बिहान केही समय खुला हावामा हिँड्ने गर्नुपर्छ । रुघाखोकी लागेका बेला शरीरले आराम खोज्छ । आराम गर्दा शरीरको रोगप्रतिरोधी प्रणालीले रुघाखोकीका भाइरससँग मज्जाले संघर्ष गर्न सक्छ, अनि निको हुन्छ ।सामान्य रुघाखोकीमा एन्टिबायोटिकको कुनै भूमिका हुँदैन । 'ब्याक्टेरियाले उत्पन्न रोगमा मात्र एन्टिबायोटिकको सेवन प्रभावकारी हुन्छ, रुघाखोकी भाइरसले हुने रोग हो ।' कहिलेकाहीँ पिनास (साइनो साइटिस) र कानका बीचमा हुने संक्रमणले पनि रुघाखोकीमा जस्तै लक्षण उत्पन्न गर्छ । यस्तो बेला नाक, कान, घाँटी (ईएनटी) रोग विशेषज्ञको सल्लाहअनुसार उपचार गर्नुपर्छ । पिनासका कारण अनुहारमा पीडा हुने, पहेंलो वा हरियो सिँगान आउने, ज्वरो आउनेजस्ता संक्रमण हुन सक्छन् । यस्तोमा चाहिँ एन्टिबायोटिकसमेत उपयोग गर्नुपर्ने हुन सक्छ, तर चिकित्सकको सल्लाहले ।
रुघाखोकी सामान्य घरेलु प्रक्रियाले निको नभए, १ सय २ डिग्रीभन्दा बढी ज्वरो आए, जीउ कामे, टाउको बढी दुखे, घाँटी बांगिए, वाकवाकी लागे, वान्ता भए, सास फेर्न असजिलो भए, छाती दुखे तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ । 'यो घाँटीको स्टेप्टोकोकल संक्रमणका कारण हुन सक्छ र यसमा एन्टिबायोटिकको सेवन आवश्यक हुन सक्छ,' ।
कहिलेकाहीँ भने रुघाखोकी गम्भीर रोगको लक्षणसमेत हुन सक्छ । रुघाखोकी लागेका बालबालिकाले सास फेर्न असजिलो भए वा तिनले छिटोछिटो सास फेरे फोक्सोको संक्रमण भई निमोनिया भएको हुन सक्छ । 'यो चाहिँ प्राणघातक स्थिति हो,' , 'यस्तो बेला प्रभावितलाई जतिसक्दो चाँडो अस्पताल पुर्याउनुपर्छ ।'
खोकी किन लाग्छ ?
हाम्रा दुवै फोक्सोले तीन लिटरदेखि चार लिटरसम्म वायु ग्रहण गर्न सक्छन् । हामीले प्रत्येकपटक सास फेर्दा साढे तीन सयदेखि पाँच सय मिलिलिटरसम्म वायु ग्रहण
गर्छौं । त्यो हावा नाकबाट फोक्सोसम्म पुग्ने बाटो लामो र जटिल हुन्छ । त्यसरी पुगेको हावामा उपस्थित अक्सिजन रगतसँग मिलेर सम्पूर्ण शरीरमा फैलिन्छ । श्वासप्रश्वास प्राणालीको सम्पूर्ण पाइपलाइन म्युकस मेम्ब्रेनले बनेको हुन्छ । सामान्य एलर्जी वा संक्रमण हुँदा यो झिल्लीले प्रतिक्रियास्वरूप केही द्रव्यको स्राव गर्छ । यसले श्वासप्रणालीमा एउटा बाहिरी तत्त्व (फरेन बडी) ले जस्तै काम गर्छ र खोकी लाग्न सुरु हुन्छ । श्वासप्रश्वास तन्त्रलाई पुरानो अवस्थामा फर्काउन यस्ता पदार्थलाई बाहिर फ्याँक्ने गर्नाले खोकी लाग्छ ।
रुघाखोकी र घाँटीको खसखसबाट कसरी जोगिने ?
चिसो र सुख्खा हावामा ननिक्लिने : चिसो याममा हावामा बाफको मात्रामा कमी हुन्छ । यो सुख्खा हावा सुन्निएको घाँटीका लागि पीडादायक हुन्छ । यो स्थितिबाट जोगिन कुनै ठूलो मुख भएको भाँडोमा पानी राखेर त्यसलाई हिटरमा राख्नुपर्छ वा कोठामा ह्युमिडिफायर लगाउनुपर्छ । अनि कोठामा बाफ उड्न थाल्छ । यसले हावामा बाफको स्तर बढ्छ र प्रभावित व्यक्तिले आराम अनुभव गर्छन् ।कुल्ला गर्ने (गार्गल): घाँटी सुन्निए केही निल्दा पनि दुख्न थाल्छ । यसबाट बच्न आधा लिटर पानीमा एक चम्चा नुन हाली उमालेर दिनमा तीन/चारपटक गार्गल गर्नुपर्छ । यसले घाँटी सुन्निन कम हुन्छ । बाहिरी वातावरण र प्रदूषणका कारण केही व्यक्तिको घाँटी बारम्बार बिगि्ररहन्छ । यस्तो अवस्थामा माथिको प्रक्रिया उपयोगी हुन्छ । गार्गल राति सुत्नुअघि र बिहान उठेपछि गर्नुपर्छ । मनतातो तरल पदार्थ खाइराख्ने: हर्बल चिया, सुप, मनतातो पानी यसमा सबैभन्दा उपयुक्त हुन्छ । यस्तो कुरा पिउनाले घाँटी सुक्न पाउँदैन ।चिसो, अमिलो वा पिरो वस्तु नखाने: यस्ता कुरा खानाले घाँटी झन् सुन्निन्छ । त्यसैले घाँटी निको नभएसम्म यस्ता वस्तुबाट जोगिनु नै राम्रो । रुघाखोकी लागेका बेला स्वादिष्ट र ट्वाक्क स्वाद भएका वस्तु खाने इच्छा हुन्छ । तर स्वस्थ्यप्रद आहार सबैभन्दा आवश्यक हो ।