• मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरञ्जन
  • तपाइको
  • जानकारी
  • सञ्जिवनी
विश्व धुम्रपान विरुद्धको दिवस ।
सुर्तीजन्य पदार्थ नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप रोकौं भन्ने नाराका साथ बिश्बभर मनाइदै छ ।

बिश्वमा हरेक बर्ष ६० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थ सेवनकै कारण हुने गरेको बिश्व स्वास्थ्य संगठनले जनाएको छ ।

अरुले खाएको चुरोटको धुँवाको असरबाट ग्रसीत भई हरेक वर्ष ६ लाखभन्दा बढिको मृत्यु हुने गरेको छ ।

नेपालमा एक वर्षमा करिब १५ हजार मानिसको सुर्तिजन्य पदार्थको सेवनबाट मृत्यु हुने गरेको छ ।

सुर्तीजन्य पदार्थका कारण क्यान्सर, दम, खोकि,  निमोनिया, मुटुसम्बन्धि रोगहरु लाग्ने बिभिन्न अध्ययनले देखाएको छ ।

धुम्रपान स्वास्थ्यको लागी हानिकारक भएकाले यसलाई नियन्त्रण गर्न नेपाल सरकारले सन् २००३ मा बिश्व स्वास्थ्य संगठनको माहासन्धिमा हस्ताक्षर गरि २००६ मा संसदबाट अनुमोदन गराएको थियो ।
गएको बर्षदेखि सार्वजनिक स्थलमा चुरोट तथा सुर्ती सेवनमा रोक लगाएको छ ।

मानव स्वास्थ्यमा हानि गर्ने भएकाले सुर्तीजन्य पदार्थको नियन्त्रण गर्न छुट्टै ऐन तथा नियमावली बनाई लागु गरिएको छ ।
फेसबुकलगायत सामाजिक संजालमा धेरै अश्लिल र कसैलाई अपमानित गरेर फोटो र अरु सामग्री ट्याग गर्ने प्रवृत्ती बढीरहेको छ । तर यसो गर्नु अपराध हो तेसकारण तपाई पनि आपराधिक गतिबिधिबाट टाढै रहनुहोला नत्र यस्कै कारणले तपाई पनि जेल जान पर्ला।
अत्यधिक क्याल्सीयम क्याप्सुल प्रयोग गर्र्दा हृदयघातको जोखिम बढ्ने एक अध्ययनले देखाएको छ ।
जर्मनीका बैज्ञानिकहरुले यस्तो तथ्य बाहिर ल्याएका छन् । धेरैजसो बढी उमेरमा व्यक्तिहरु हड्डी दह्रो पार्न र हड्डी भाचिँने समस्याबाट बच्नका लागि क्याल्सियम क्याप्सुलको प्रयोग  गर्छन् ।

२३ हजार ९८० विरामीलाई आधार मानेर गरिएको अध्ययनले यस्तो देखाएको जर्मनी बैज्ञानिकले दाबी गरेका छन् । हृदयघातका विरामीमध्ये ८६ प्रतिशतले क्याल्सियम क्याप्सुल प्रयोग गर्ने गरेको अध्ययनले देखाएको छ ।


जर्नल हर्ट नामक पत्रिकामा प्रकाशित अध्ययन प्रतिवेदनमा सावधानीपुर्वक औषधी प्रयोग गर्दा भने हृदयघातको खतरा त्यति धेरै नहुने उल्लेख छ ।
त्यसका लागि नियमित खानेकुरा र क्याल्सियम क्याप्सुलको मात्रामा सन्तुलन कायम गरिनुपर्ने उनीहरुको सुझाव छ ।

चायाँ रहित तथा सलक्क परेको (सिल्की) कपालकाे चाहना सबैमा हुन्छ । लामो कपालको चाहना सबैलाई नहुन सक्छ तर सुन्दर कपालको चाहना भने सबैमा हुन्छ । चाहे महिला हुन् वा पुरुष केशको सुन्दरता व्यक्तित्वमा निखार ल्याउनका लागि निकै महत्वपूर्ण हुन्छ । तर सबैको केश आफुले चाहेजस्तो सुन्दर नहुन सक्छ ।

केशको सरसफाइ तथा आहारविहारमा ध्यान दिन नसक्दा कपालको सुन्दरता गुम्ने मात्र होइन केश झर्ने, फुल्ने तथा चायाँ आउने लगायतका समस्या उत्पन्न हुन्छन् ।

कपाल सुन्दर तथा स्वस्थ बनाउन बाहिरी पोषण वा सरसफाइ जति महत्वपूर्ण छ भित्री पोषण वा व्यक्तिको आहारविहारको सन्तुलन पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

सौन्दर्य विज्ञ तथा चिकित्सकहरुका अनुसार त्यस्ता केही चिजहरु छन् जसको नियमित भोजन गर्न सकियो भने केश सुन्दर र स्वस्थ बन्दछ । केशको सुन्दरता र स्वास्थ्यका लागि आवश्यक खानेकुराहरु निम्न छन् :


१.ग्रिन टी : यसमा तौल घटाउन सहयोग गर्ने मात्र होइन पोलीफिनोल नामको तत्वले कपाललाई चम्किलो पार्ने र चायाँ हटाउने गर्छ ।

२.बदाम : ओमेगा ३ तथा पोलीफेनोल नामका तत्वले कपाललाई पोषण प्रदान गर्दछन् ।

३. हरिया सागपात : भिटामिन ए र आइरन तत्व भएकाले हरिया सागपातको भोजनले कपालमा पर्याप्त चिल्लो पदार्थ उत्पादन गरी कपाललाई पर्याप्त प्राणवायु प्रदान गर्दछ ।

४. सिमी तथा अन्य गेडागुडी : यसमा हुने भिटामिन बी लगायतका तत्वले कपाल उमार्ने हेयर फोलिकल्सलाई स्वस्थ बनाउँछ ।

५. भटमास, अण्डा तथा पनीर : यी खाद्यपदार्थमा हुने प्रोटिनले कपाललाई स्वस्थ राख्न आवश्यक केराटिन नामको प्रोटिन बनाउन सहयोग गर्छन् ।

६. आँप, किबी, सुन्तला, कागती लगायतका फलफुल : भिटामिन सी युक्त यी फलफुलले कपालको फाइबर उत्पादनमा सहयोग गर्छन् ।

online
अमेरिकी वैज्ञानिकहरुले घरमै बसेर २० मिनेटमा एचआइभी परिक्षण गर्नसक्ने प्रविधिको विकाश गरेका छन् ।
ओराक्विक इन होम नामको उक्त प्रविधिबाट अब प्रभावकारी रुपमा सरल रुपमा घरमै बसीबसी रक्त परीक्षण गरेर एड्सको भाइरस भए नभएको पत्ता लगाउन सकिनेछ । फुड एण्ड ड्रग प्रशासनले मान्यता दिएपछि यो प्रविधि सार्वजनिक प्रयोगमा आउने बताइएको छ ।

online
 डिप्रेसन केबल मनोरोग मात्र होइन । प्याराथाइर्वाइड हर्मोनको गडबडी तथा भिटामिन बी(१२ को कमी पनि डिप्रेसनका लागि जिम्मेवार छन् । तर पछिल्लो अध्ययनले के देखाएको छ भने भिडामिन डी को कमी पनि डिप्रेसनको कारण बन्न सक्छ ।

वैज्ञानिकहरुका अनुसार अनुसन्धानबाट यो प्रमाणित भएको छ की भिटामिन डी को कमीले डिप्रेशन हुनसक्छ र डिप्रेसन भैसकेको मान्छे भएमा भिटामिन डी को कमी हुँदा समस्या अझै चर्को बन्नजान्छ ।

अमेरिकाको युनभर्सिटी अफ टेक्सास का वैज्ञानिकहरुले करीब पाँच वर्ष लगाएर गरेको अनुसन्धानबाट यस्तो निष्कर्ष निकालेका हुन् ।
 विश्व प्रेस स्वतन्त्रता दिवस । स्वतन्त्र प्रेसको ग्यारेन्टीको माग गर्दै विश्वभर यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको जगेर्ना , श्रमजीवी पत्रकारहरुको हित भन्ने नाराका साथ मनाइदैछ । श्रमजीवी पत्रकारको हक तथा हितको सुरक्षा र प्रेस स्वतन्त्रताको ग्यारेन्टीको माग गर्दै पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले विहान प्रभात फेरी गरेको छ ।
भृकुटीमण्डपबाट सुरु भएको प्रभात फेरी रत्नपार्क पुगेर पुनः भृकुटीमण्डपमा आई समापन भएको थियो ।
त्यसक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले नया संविधानमा प्रेस स्वतन्त्रतालाई कुण्ठीत गर्ने प्रयत्न हुन सक्ने भन्दै सचेत रहनुपर्नेमा जोड दिनुभयो । 
महासंघले दिवसको अवसरमा यसवर्षको कृष्णप्रसाद भट्टराई पत्रकारिता पुरस्कार जगदिश शर्मा तथा उमा सिंह साहसिक पत्रकारिता पुरस्कार उमेश शाहलाई प्रदान गर्ने भएको छ ।
 राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ।

दिवसको अवसरमा कम्पूटर एसोसियसन अफ नेपाल क्यानलगायत सूचना तथा सञ्चारसंग सम्बन्धित संघ संस्थाहरुले बिबिध कार्यक्रम गरी मनाउदै छन् ।

व्यापक बन्दै गएको सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित र व्यवसायिक बनाउँदै लैजाने विषयमा बिभिन्न कार्यक्रम गरिदैछ ।

अहिलेको शताब्दी सूचना तथा सञ्चार प्रविधिको भएको बताउदै प्रधानमन्त्री बाबुराम भट्टराई, विज्ञान तथा प्रविधि मन्त्री कल्पना धमलाले यसको विकासमा लाग्न दिवसले प्रेरणा दिओस भन्दै शुभकामना दिनुभएको छ । दिवसको अवसरमा क्यानले विहान राजधानीमा प्रभात फेरी गरेको छ ।

१ सय २३ औ अन्तराष्ट्रिय मजदुर दिवस ।
संसारका मजदुरहरु एक हौ भन्ने नाराकासाथ नेपालमा पनि विभिन्न दल निकट मजदुर संगठनहरुले विभिन्न कार्यक्रमहरु गरेका छन् ।

एकीकृत नेकपा माओवादी निकट अखिल नेपाल टे«ेड युनियन महासंघको संस्थापन र बैद्यपक्षले छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेको छ ।

संस्थापन पक्षले खुलामञ्चमा कार्यक्रमको आयोजना गरेको छ भने वैद्य पक्षिय मजदुरहरुले वसन्तपुरमा छुट्टै कार्यक्रम राखेको छ ।

कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेस स्वतन्त्रले शान्ति बाटीकामा सभाको आयोजना ग¥यो ।

एमाले निकट नेपाल ट्रेड युनियन महासंघ जिफन्टले भृकुटीमण्डपमा कार्यक्रम गरिरहेको छ ।

मे दिवसका अवसरमा प्रधानमन्त्री बाबुराम भटराई, माओवादीका अध्यक्ष प्रचण्ड, काग्रेस सभापति शुशील कोइराला, एमालेका अध्यक्ष झलनाथ खनाल लगाएतले शुभकामना सन्देश जारी गरि मजदुर अधिकार प्राप्त गर्न निरन्तर संघर्षमा लाग्ने प्रतिबद्धता जनाएका छन् ।

अमेरीकाको सिकागो सहरमा सन १८८६ मा मजदुहरुले आन्दोलन गरि दैनिक ८ घण्टा काम गर्ने समय कायम गरेको संझनामा सन १८८९ देखि विश्वभर यो दिवस मनाउन शुरु गरिएको हो । 


रगतको परिक्षणबाट स्तन क्यान्सर लाग्ने वा नलाग्नेबारे पत्ता लगाउन सकिने बैज्ञानिकहरुले बताएका छन् ।
बेलायतमा गरीएको अध्ययनले जीनमा फेरबदल भइरहने महिलाहरुलाई स्तन क्यान्सर हुने सम्भावना बढी हुने देखाएको छ ।
नयाँ सामग्री पुराना सामग्री मूलपेज
View all
Get your own
Henkhama The Earth
अन्य लिङ्क
  • नेपालीबाट युनिकोड रुपान्तरण

  • हेन्खामा ब्लग

  • अति अावश्यक लिङ्क

एफएम रेडियो
  • नेपाल एफएम
  • रेडियो कान्तिपुर
  • उज्यालो अनलाइन
ताजा अपडेट
पेजमेनु
  • मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरन्जन
  • तपाइको चौतारी
  • विविध
पपुलर पोष्ट
आर्काइभ
  • ►  2010 (4)
    • ►  November (1)
    • ►  December (3)
  • ►  2011 (68)
    • ►  February (2)
    • ►  March (4)
    • ►  April (1)
    • ►  July (10)
    • ►  August (22)
    • ►  September (6)
    • ►  October (5)
    • ►  November (10)
    • ►  December (8)
  • ▼  2012 (94)
    • ►  January (5)
    • ►  February (10)
    • ►  March (11)
    • ►  April (3)
    • ▼  May (10)
      • स्तन क्यान्सर
      • आज मे १ तारिख,
      • आज मे २ तारिख
      • आज मे ३
      • भिडामिन डी को कमीले डिप्रेसन गराउँछ
      • २० मिनेटमा एचआइभी परिक्षण
      • सुन्दर केशका लागि कस्तो भोजन ?
      • क्याल्सीयमको खतरा !
      • बेलैमा सचेत बन्नुस है
      • आज मे ३१ तारिख
    • ►  June (3)
    • ►  July (14)
    • ►  August (8)
    • ►  September (3)
    • ►  October (6)
    • ►  November (2)
    • ►  December (19)
  • ►  2013 (19)
    • ►  January (5)
    • ►  February (2)
    • ►  March (9)
    • ►  April (1)
    • ►  May (1)
    • ►  August (1)
  • ►  2014 (14)
    • ►  February (1)
    • ►  June (6)
    • ►  December (7)
  • ►  2015 (30)
    • ►  January (6)
    • ►  March (7)
    • ►  April (1)
    • ►  June (1)
    • ►  August (1)
    • ►  September (3)
    • ►  December (11)
  • ►  2016 (28)
    • ►  January (13)
    • ►  February (7)
    • ►  March (8)
  • ►  2017 (1)
    • ►  February (1)
  • ►  2018 (2)
    • ►  August (1)
    • ►  October (1)
©: सञ्जिवनी २०१५

| मूलपेज | सञ्जिवनी | नेपाली युनिकोड | सम्पर्क |