आज मे १ तारिख,


१ सय २३ औ अन्तराष्ट्रिय मजदुर दिवस ।
संसारका मजदुरहरु एक हौ भन्ने नाराकासाथ नेपालमा पनि विभिन्न दल निकट मजदुर संगठनहरुले विभिन्न कार्यक्रमहरु गरेका छन् ।

एकीकृत नेकपा माओवादी निकट अखिल नेपाल टे«ेड युनियन महासंघको संस्थापन र बैद्यपक्षले छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेको छ ।

संस्थापन पक्षले खुलामञ्चमा कार्यक्रमको आयोजना गरेको छ भने वैद्य पक्षिय मजदुरहरुले वसन्तपुरमा छुट्टै कार्यक्रम राखेको छ ।

कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेस स्वतन्त्रले शान्ति बाटीकामा सभाको आयोजना ग¥यो ।

एमाले निकट नेपाल ट्रेड युनियन महासंघ जिफन्टले भृकुटीमण्डपमा कार्यक्रम गरिरहेको छ ।

मे दिवसका अवसरमा प्रधानमन्त्री बाबुराम भटराई, माओवादीका अध्यक्ष प्रचण्ड, काग्रेस सभापति शुशील कोइराला, एमालेका अध्यक्ष झलनाथ खनाल लगाएतले शुभकामना सन्देश जारी गरि मजदुर अधिकार प्राप्त गर्न निरन्तर संघर्षमा लाग्ने प्रतिबद्धता जनाएका छन् ।

अमेरीकाको सिकागो सहरमा सन १८८६ मा मजदुहरुले आन्दोलन गरि दैनिक ८ घण्टा काम गर्ने समय कायम गरेको संझनामा सन १८८९ देखि विश्वभर यो दिवस मनाउन शुरु गरिएको हो । 

प्रकाशित मिति: Wednesday, May 02, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses