२० मिनेटमा एचआइभी परिक्षण


online
अमेरिकी वैज्ञानिकहरुले घरमै बसेर २० मिनेटमा एचआइभी परिक्षण गर्नसक्ने प्रविधिको विकाश गरेका छन् ।
ओराक्विक इन होम नामको उक्त प्रविधिबाट अब प्रभावकारी रुपमा सरल रुपमा घरमै बसीबसी रक्त परीक्षण गरेर एड्सको भाइरस भए नभएको पत्ता लगाउन सकिनेछ । फुड एण्ड ड्रग प्रशासनले मान्यता दिएपछि यो प्रविधि सार्वजनिक प्रयोगमा आउने बताइएको छ ।

यस्तो प्रविधि विकाश गर्ने ओराश्योर नामको कम्पनीका अनुसार यसबाट एचआइभी परिक्षण अन्य विधिबाट भन्दा विश्वासिलो र सहज हुनेछ । कम्पनीका अनुसार यसले संक्रमण घटाउन मात्र नभै धेरै संक्रमितलाई छिटो उपचार तथा स्याहारसुसार सम्भव बनाउनेछ । विभिन्न आवश्यक केमिकल्सयुक्त यो प्रविधिबाट एचआइभी परिक्षणका लागि सर्वसाधारणले केबल ६० डलर तिरे पुग्नेछ ।

प्रकाशित मिति: Sunday, May 20, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses