थोरै खाएर आफ्नो जीवनलाई खतरामा

मानव शरीर सञ्चालनका लागि क्यालोरीको आवश्यकता पर्छ। क्यालोरी शरीरलाई चाहिने एक प्रकारको पदार्थ हो जसले शरीरलाई शक्ति प्रदान गर्छ। आवश्यकताभन्दा धेरै क्यालोरी शरीरमा जम्मा भयो भने त्यसले मोटोपन बढाउँछ। मोटाइले सुन्दरतालाई मात्र होइन स्वास्थ्यलाई पनि असर पुर्‍याउँछ। मोटाउनु राम्रो होइन भन्दै आफूलाई मन लागेको खानेकुरा खान छोड्ने कुरा पनि राम्रो होइन। सन्तुलित भोजनले शरीरलाई ठीक अवस्थामा राख्छ भन्ने तथ्यलाई धेरैले नबुझेका कारण अहिले कतिपय मोडल तथा कलाकारले थोरै खाएर आफ्नो जीवनलाई खतरामा पार्ने गरेका छन्।

बढ्दो सहरीकरण, भौतिक आविष्कार तथा सुविधाबाट मानिसको दैनिकी सरल बन्दै गएको  छ। ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा मोटोपन बढेको तथा त्यही मोटोपनका कारण रोग बढेको पाइन्छ। उच्चस्तरको खानपान तथा न्यून शारीरकि व्यायाम मोटोपन बढ्ने प्रमुख कारण हो। कसै-कसैले यसलाई वंशानुगत गुणका रूपमा व्याख्या गरेका छन्। केही हदसम्म मोटोपनको कारण वंशानुगत पनि हुनसक्छ तर शरीरलाई चाहिनेभन्दा बढी खाने अनि दोष अरूलाई दिने बानीले आफूलाई नै असर गररिहेको हुन्छ भन्ने कुरा बुझ्नुपर्छ। हामीले घरभित्र गर्ने नियमित कार्य तथा केही व्यायामले मात्र पनि शरीरलाई सन्तुलित राख्छ। अर्कातर्फ मोटोपन शरीरको पाचन प्रणालीमा पनि भर पर्छ। एउटै प्रकारको खाना खाने तथा एउटै दैनिकीमा चल्ने दुई जना मानिस दाँज्दा पनि एउटाको शरीर मोटो तथा अर्काको शरीर पातलो एवं फुर्तिलो हुनसक्छ।


हाम्रो शरीरमा बढी भएको क्यालोरी खर्च गर्नु नै मोटोपनबाट बच्ने उपाय हो। यसका लागि भारी शारीरकि व्यायाम नै गर्नुपर्छ भन्ने छैन। सकारात्मक सोच, दृढ एवं आत्मअनुशासनका साथै उचित व्यायाम गर्ने बानी बसाल्नुपर्छ। हिँजोआज युवतीहरू दुब्लाउने प्रयासमा कठोर डायटिङ गर्छन्। यसको दीर्घकालीन प्रभाव हानिकारक हुन्छ। कठिन डायटिङ गर्ने युवतीहरूबाट जन्मने शिशु विकलाङ्ग, सुस्तमनस्थिति, कमजोर, रोगी तथा प्रतिरोध क्षमताका कमी हुने सम्भावना हुन्छ। त्यसकारण प्रत्येक व्यक्तिले आफ्नो शरीरको तौल, उचाइ तथा स्वास्थ्यस्थिति सुधार गर्न खाना खाने विधि तथा व्यायाम गर्ने विधिको निश्चित नियम बनाउनुपर्छ।


व्यायाम सुरु गर्नुअघि शरीरलाई तताउनुपर्छ। यसको उद्देश्य शरीरलाई चोटपटक लाग्न नदिनु, अघिको व्यायामका लागि शरीरका मांसपेशीहरूलाई खुकुलो पार्नु हो।

नाकबाट लामो श्वास लिने र मुखबाट बाहिर फाल्ने। 

दौड सुरु गर्नुअघि एक दुई सय पाइला हिँड्ने वा जगिङ गर्ने बानी बसाल्नुपर्छ।

वार्मिङ अपपछि ३० मिनेटसम्म निरन्तर अथवा १०/१० मिनेट गरी तीन चरणमा व्यायाम गर्नुपर्छ।

खाली पेटमा अथवा धेरै खाएर कहिल्यै व्यायाम गर्नु हुँदैन।

व्यायाम गर्दा शरीरको धेरै पानी खर्च हुन्छ। यसका लागि अधिकतम पानी पिउनुपर्छ।

व्यायामलाई नियमितता दिनुपर्छ। उमेर सुहाउँदो व्यायाम गर्नु राम्रो हुन्छ। यसले शरीरमा लचकता ल्याउँछ भने दैनिक गतिविधिका काममा चुस्तता महसुस गर्न सकिन्छ। 

अफिसमा लिफ्ट छ भने त्यसको प्रयोग नगरेर भर्‍याङ नै प्रयोग गर्नु उपयुक्त हुन्छ।

गाडीलाई आफ्नो अफिसभन्दा केही टाढा पार्क गर्नु राम्रो मानिन्छ।

टीभी च्यानललाई रिमोटले परविर्तन गर्नुभन्दा आफैं उठेर परविर्तन गर्नु राम्रो हुन्छ।

घर सफा गर्ने, ओछ्यान बदल्ने, सिरक पट्याउने काम पनि व्यायाम हो। यसले पैसा खर्च गरेर व्यायाम गरिरहनुपर्ने आवश्यकता रहँदैन।

शरीरको व्यायमका लागि नृत्य गर्नु अथवा पौडी खेल्नु राम्रो मानिन्छ।

बिहानको खाजा तथा रातमा पनि कम खाना खानुपर्छ।

रातिको भोजभतेरमा जाँदा स्न्याक्स बढी खाएको अवस्थामा दाल-भात एकदमै कम खानु राम्रो हुन्छ।

ल एक गिलास तातोपानीमा मह, कागती तथा अदुवाको रस मिसाएर बिहानै खाली पेटमा खादा मोटोपन नियन्त्रण  हुन्छ। 

लिस्ट बनाएर सपिङ गर्दा अनावश्यक सामग्री खरदि गरिँदैन। यसले अनावश्यक खानेकुरा खानुपर्ने बाध्यताबाट बच्न सकिन्छ।


सफ्ट डि्रङ्कको सट्टा सादा पानी पिउनु स्वास्थ्यका दृष्टिले राम्रो मानिन्छ।


बोसोयुक्त मासु तथा रातो मासु खानुभन्दा माछा खानु उपयुक्त हुन्छ। माछाको तेल स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। यसले हृदयाघातको सम्भावनालाई घटाउँछ।

खाना पकाउने तरिका परविर्तन गर्नु राम्रो हुन्छ। खानेकुरा फ्राई गर्नुभन्दा उसिनेर पकाउनुपर्छ।

खाना मज्जासँग चपाएर खानुपर्छ। लामो समय लगाएर खानाको आनन्द लिनु नै स्वास्थ्य र स्वादका लागि राम्रो मानिन्छ। 

आफ्नो खानाको मात्रा घटाउन सानो भाँडाको प्रयोग गर्नुपर्छ। डिनर प्लेटको सट्टा सलाद प्लेट प्रयोग गर्दा खानाको मात्रा कम हुन्छ।

दहीको सेवन प्रशस्त गर्नुपर्छ। यसले प्रोटिनलाई घटाउन सहयोग पुर्‍याउँछ।

प्रकाशित मिति: Friday, February 11, 2011

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses