- सुस्मिता बस्नेत (नर्स)
रिमा गर्भवती हुँदाको कुरा हो। उनको पेटमा तीन महिनाको गर्भ थियो। पेशाले उनी नर्स हुन्। एक महिनादेखि टिचिङ अस्पतालको आई.सि. यू मा कार्यरत थिइन्।
आई.सि. यू बेड न:९ मा ब्रेन हेमरेज भएको बिरामी भर्खरै मात्र अप्रेसन थिएटरबाट रिसिव गरिएको थियो। झन्डै ८० के.जी जतिको देखिने ती . बिरामीको अवस्था नाजुक थियो। बिरामीलाई भेन्टिलेटरबाट श्वास फेराई राखिएको थियो भने ब्लड प्रेसर कम भएकाले प्रेसर बढाउने औषधि, रगत र स्लाइन पनि संगसंगै दिई राखिएको थियो। सबैजना मिलेर बिरामीलाई अप्रेसन ट्रलीबाट उचालेर आई.सि. यू बेडमा सारियो।
बिरामीलाई स्टेबल गरिसके पछि रिमा र मैले बिरामीको डाडमा घाउ नहोस् भनेर ओल्टाई कोल्टआइ तेल लगाईदियौं। रिमा बिरामीको कुरूवालाई भर्ना सम्बन्धी जानकारी दिदै थिइन्,म चाहिँ औषधिको लिस्ट तयार पार्दै थिएँ।
यतिकैमा बेडकै छेउ मा राखिएको मनिटरले बिरामीको मुटुको चालको गति शून्य देखाएपछि रिमा हत्त न पत्त बेडमाथि चढेर बिरामीको छाती थिच्न लागिन्। झन्डै १५ मिनेट जति छाती थिचेर औषधि दिएपछि बिरामीको मुटुको धड्कन पून : चल्न थाल्यो। यतिकैमा मेरो छेउमै उभिएकी रिमाले मलाई कोट्याउदै रिंगटा लाग्यो मात्र के भनेकि थिइन् लगत्तै भुइमा लडिन्।
बल्ल तल्ल रिमालाई उठाएर कुर्सीमा राख्यौ। भेइन खोलेर सलाइन दिएको केहि बेरपछि उनको होस आयो। ‘ब्लिडिङ भए जस्तो छ,’ उनले भनिन्। रिमाको कम्प्लिट अबोर्सन अर्थात् गर्भ तुहिएछ। स्त्रि रोग बिशेष़ज्ञ डाक्टरले जाँचिसके पछि रिमालाई कम्तिमा एक महिनाको लागि पूर्ण रेष्ट गर्न भन्नुभयो।
रिमाले एक महिनाको बिदा फारम भरेर इन्चार्ज दिदिलाई बुझाइन्। फारम देख्ने बित्तिकै दिदीले अलि कड्कदै भन्नुभयो,’ तिमीलाई थाहा थिएन र आई.सि.यू मा धेरै काम हुन्छ, मोटो मोटो बिरामी उचाल्ने सार्ने गर्नुपर्छ भनेर? फेरि गर्भवती हुँदाहुँदै किन आई.सि.यू आएकी? अहिले त्यसै त यहाँ स्टाफ कम छन्, म तिमीलाई यति लामो बिदा दिन सक्दिनँ। ‘रिमाले आँखा भरि आँसु बनाउदै भनिन्, ‘दिदि आई.सि. यू मा स्टाफ कम छन् भनेर सुपरभाईजरले मलाई यहाँ पठाउनु भएको। मैले त गर्भवती छु भनेर पनि भनेकी थिएँ।’
अबोर्सन हुने नर्समा रिमा पहिली थिइनन्। उनीभन्दा अघि अरू तीनजना साथीहरूको अबोर्सन भएको थियो। दुई जनाको डाडको हड्डी खिएको थियो त एक जनाको खुट्टाको नसामा रगत जमेकाले औषधि खाईरहनु परेको थियो। गर्भवती महिलाले फस्ट र सेकेन्ड ट्रिमेस्टरमा आफ्नो शरीरको विशेष़ ध्यान पुर्याउनुपर्छ। गर्हौ भारि बोक्ने, गह्रौ समान उचाल्ने जस्ता कामहरु गर्न हुँदैन।
अस्पतालहरुमा बिरामीको चाप र नर्सको अनुपातमा ठूलो अन्तर छ। स्वदेशमा काम नपाएर नर्सहरू बिदेसिएको सुनिन्छ भने अस्पतालहरू सकेसम्म कम जनशक्तिको प्रयोग गरेर मुनाफा कमाउन सिपालु देखिन्छन्। नर्सले गर्भवती हुँदा जम्मा एक महिनाको बिदा पाऊछिन् भने २ महिनाको सुत्केरी बिदा। यो त सरकारी अस्पतालको कुरा भयो प्राइभेट अस्पतालहरुको त कुरै छाडौ।
कामको भार त छँदै छ तोकिएको समयभन्दा बढी समय बिदा बसेमा जागिर च्वाट्। बच्चा जन्मिएपछि ६ महिनासम्म आमाको मात्र दुध खुवाउनु पर्छ भनेर सिकाउने नर्सहरू आफूचाँही २ महिनाबाटै ल्याक्टोजेन खुवाउन बाध्य छन्।
सात दिनको बिदा सकेर रिमा काममा फर्किन्। अबोर्सन भएको एकमहिना बित्दा पनि उनी कम्जोर देखिन्थिन् र ज्यादै मलिन पनि। उनलाई त डिप्रेसन भएछ। यो कुरा थाहा पाएर कार्य क्षमतामा आँच आउन सक्ने भनेर नर्सिङ प्रसाशनले रिमालाई राजीनामा दिन लगायो।
आउने फेब्रुअरीमा रिमा र उनको श्रीमान् अस्ट्रेलिया उड्दै छन् भन्ने थाहा पाएर म उनलाई भेट्न गएँ। रिमाले रूदै भनिन्,‘विदेश नगएर के गर्नु? मेरो पेशाले नै मेरो बच्चाको ज्यान लियो। अब जन्मने सन्तानलाई जानी जानी मृत्युको मुखमा धकेल्न चाहन्न।’
मसँग उनलाई सम्झाउन सक्ने कुनै शब्द थिएन।
हिजै मात्र स्काइपमा मेरो र रिमा को कुरा भएको थियो। उनको पेटमा त फेरि पनि ९ महिनाको गर्भ बसिसकेको रहेछ। उनी स्वस्थ र खुसी देखिन्थिन्। कुरा गर्ने क्रममा उनले भनिन्,’हेर् सुस्मिता, मैले बिदेशमा आएर नर्सिङ पेसाको महत्व र गरिमालाई बुझेँ। यहाँ त नर्सहरुलाई आम मानिसहरुले एन्जलको रुपमा हेर्दा रहेछन्। अस्पतालहरूले स्वास्थ्यकर्मीहरुको स्वास्थ्य, सुरक्षा र जव स्याटिस्फ्याक्सनलाई प्राथमिकतामा राखेको हुँदो रहेछ।
गर्भवती महिलालाई त अझ धेरै सुविधा हुन्छ। सबैले माया गर्छन् र सम्मान् पनि त्यतिकै। बच्चालाई दुध खुवाउन भनेर सबै जसो अस्पतालमा फिडिङ रूमको व्यवस्था गरिएको हुन्छ। अब त मैले त्यागिसकेको पेशालाई पनि फेरि अंगाल्ने निर्णय गरेकी छु। यतिमात्र होइन म त मेरो गर्भमा भएकी छोरीलाई पनि नर्स नै बन्न प्रेरित गर्नेछु।’
टिट… टिट… फोन काटिएछ। बिजुली गयो, वाइफाइ पनि गयो । मैले रिमालाई भन्न चाहेका कुराहरु सम्झिए,‘तिमि फेरि नर्स बन्न चाहेको कुरा सुनेर म धेरै खुसी भए। तर तिमीले अब नेपाल फर्कनु पर्छ। यहाँको रोगी बिरामीलाई तिम्रो खाँचो छ। बिदेसमा सिकेका कुराहरुलाई तिमी, म र हामी जस्ता नर्सहरु मिलेर स्वदेशमा लागू गर्नुपर्छ।
परिवर्तन एक व्यक्तिबाट नै सुरु हुने हो, यो एक रातमा हुने कुरा चाहिँ होइन तर असम्भव पनि त छैन।
साभार सेतोपाटी
धेरैबेर सम्म टिभी अथवा कम्प्युटरमा व्यस्त हुँदा, मध्यपान गरेर विहानीपख ह्याङ्गोभर हुँदा अनि घरव्यवहारको चिन्ताले गर्दा धेरैजसोलाई टाउको दुख्ने समस्याले सताइरहेकै हुन्छ। तर यसरी धेरै दिनसम्म लगातार टाउको दुख्ने समस्यालाई ‘माइग्रेन’ (migraine) भनिन्छ। माइग्रेनबाट ग्रसित हुनेहरूलाई विशेष गरी आधा टाउको दुख्ने गर्दछ। कहिले दाहिने टाउको दुख्छ भने, कहिले देब्रे! कहिले अगाडिको टाउको दुख्छ भने कहिले पछाडिको!
यसरी लगातार टाउको दुख्न थालेपछि विभिन्न थरीका औषधीहरू प्रयोग गर्ने गरिन्छ। तर यसरी नियमित रूपमा पेनकिलर तथा सिटामोलको प्रयोग गर्नाले टाउको दुख्ने समस्या झन् बढी हुँदै जाने नयाँ खोजले बताएको छ।
त्यसो भए यसको समाधान के त?
१. यौन सम्पर्क
न्यूरोलोजिस्टहरूका अनुसार माइग्रेन जस्तो लगातार टाउको दुख्ने समस्यालाई नियमित रूपमा यौन सम्पर्क गर्दा धेरै राहत मिल्दछ। अनुसन्धानमा संलग्न भएका आधाभन्दा बढी माइग्रेन ग्रसितहरूले यौन सम्पर्कपछि त्यसको लक्षणमा केहि कम आएको महशुस गरेका थिए। यौन सम्पर्क गर्नाले हाम्रो शरीरमा प्राकृतिक पेनकिलर ‘इण्डोरफिन’ (Endorphins) पैदा हुने गर्दछ र मांशपेसी दुख्ने, टाउको दुख्ने जस्ता समस्यालाई कम गर्दछ।
२. महङ्गा पेनकिलरको प्रयोग नगर्ने
‘प्लस’ अथवा ‘एक्स्ट्रा’ लेखेका पेनकिलरहरूबाट टाढै रहनुहोस्। यसको प्रयोगले छिटै टाउको दुखेको निको हुन्छ भन्ने धेरै मानिसहरूको धारणा रहेको हुन्छ, तर यस्ता औषधीहरूमा क्याफिन र कोडिन जस्ता रसायनहरूको प्रयोग गरिएको हुन्छ, जसले गर्दा हाम्रो शरीरलाई चाहिने हर्मोनहरूको विकासमा वाधा पुर्याउँदछ।
३. सिधा भएर बस्नु
टाउको दुख्यो भन्दैमा कुर्सीमा बसेर निहुरो पर्नु अथवा टाउको पछाडि पारेर बस्नु उचित हुँदैन। यसरी कुर्सीमा सी-आकार (C-shape) मा बस्दा हाम्रो टाउको ठाडो हुन जान्छ र घाँटी तन्किन जान्छ। यसरी घाँटी तन्किँदा मस्तिष्कका स्नायुहरू च्याप्पिने हुन्छ र टाउको दुख्न कुनै बेर लाग्दैन। त्यसैले कुर्सीमा बस्दा दुवै खुट्टाले सिधा भुइँमा टेक्नुहोस्, पिठ्युँ र घुँडालाई सिधा राख्नुहोस्, ढाडलाई पनि सिधा बनाउनुहोस् र अगाडि हेर्नुहोस्। यस्तो पोजिसनमा बस्दा शरीरको काम गर्ने प्रक्रियामा कुनै बाधा नपुग्ने चिकित्सक सल्लाह दिने गर्दछन्।
४. खानेकुरामा ध्यान दिने
यदि तपाईँलाई टाउको दुख्ने समस्याले सताइरहन्छ भने, ह्याम राखिएका बाह्य खानेकुराहरूको सेवन नगर्नुहोस्। यसमा ‘टाइरामाइन’ (tyramine) र ‘नाइट्रेट’ (nitrate) जस्ता तत्वहरू हुन्छन्, जसले मस्तिष्कमा रगतको चाप बढाउने काम गर्दछ। मस्तिष्कमा रगतको चाप बढेपछि टाउको दुख्नु स्वाभाविक नै हुन जान्छ। साँधेको, गाढेको, पोलेको र बफाइएको खानेकुराहरूमा पनि टाइरामाइन प्रशस्तै हुने गर्दछ, त्यसैले गाढेको अचार मीठो छ भन्दैमा नखानुहोला।
५. गेडागुडी धेरै खाने
गेडागुडीमा ‘म्याग्नेसियम’ जस्ता फाइदाजनक खनिजपदार्थ धेरै मात्रामा पाइन्छ, यसले शरीरका माशंपेसीहरूलाई आराम प्रदान गर्दछ। हाम्रो शरीरमा म्याग्नेसियमको मात्रा कमी भयो भने मस्तिष्कमा रगतको चाप कम हुने तथा रगतमा सुगरको मात्रा कम हुने हुन्छ, जसले गर्दा टाउको दुख्ने समस्या निम्त्याउने चिकित्सकहरूको धारणा रहेको छ। अनुसन्धानकर्ताहरूले खोज गरेअनुसार धेरैजसो माइग्रेन ग्रसितहरूमा म्याग्नेसियमको मात्रा कमी भएको देखिएको छ। म्याग्नेसियम प्रशस्तै पाइने अन्य खाद्यपदार्थहरूमा हरियो सागपात, गोलभेडा, आलु, जौ, फापर, आदि पनि पर्दछन्।
६. पर्फ्युमको प्रयोग
कडा बासना भएका पर्फ्युम, आफ्टरसेभ, साबुन, एयर फ्रेसनर तथा घरायसी सामान सफा गर्ने कुराहरूमा हाम्रो नाकमा भएका स्नायू कोषहरूलाई सक्रिय गराउने रसायनिक पदार्थहरू हुन्छन्। ती स्नायू कोषहरूको सिधा सम्बन्ध मस्तिष्कसँग हुने गर्दछ। कतिपय व्यक्तिहरूमा यसले गर्दा कडा टाउको दुख्ने समस्या हुन जान्छ। त्यसैले यदि फ्रेसनर प्रयोग गर्नुहुन्छ भने झ्यालबाट हावा छिर्न दिनुहोस् र रसायनबिहीन फ्रेसनरको प्रयोग गर्नुहोस्।
७. २०\२० नियमको पालना गर्ने
कार्यालयमा दिनैभरी कम्प्युटरको स्क्रीनमा हेरिराख्ने व्यक्तिहरूमा धेरैजसो टाउको दुख्ने समस्या देखापर्ने हुन्छ। त्यसको साथसाथै थकाइ लाग्ने र आँखा तिरमिराउने जस्ता शारीरिक समस्या पनि देखापर्न सक्छ। त्यसैले हरेक २० मिनेटमा कम्प्युटर स्क्रीनबाट आँखा हटाउनुहोस् र लगभग २० फिट पर २० सेकेण्डसम्म हेर्ने बानी बसाल्नुहोस्।
८. कपाललाई नकस्ने
कपाललाई बेस्सरी कसेर बाँध्दा तालुमा भएका स्नायू कोषहरू खुम्चिने गर्छन् र टाउको दुख्ने समस्या आउन सक्छ। त्यसैले, विशेष गरी महिलाहरूमा माइग्रेनको समस्या छ भने कपाल छोडेर राख्नुहोस् अथवा हलुका मात्रै बाँध्नुहोस्।
९. प्रशस्त पानी पिउने
पानीबिना कुन प्राणीको जीवन सम्भव छ होला र? मानिसहरूमा धेरैजसो शारीरिक समस्या तथा डरलाग्दा रोगहरूको कारण नै पानीको कमी हुनु हो। टाउको दुखिराखेको छ भने पनि १\२ गिलास सफा पानी आरामले पिउनुभयो भने पनि धेरै राहत पाउन सकिन्छ
१०. शरीरलाई प्रशस्त आराम
आफ्नो शरीरको स्वास्थ्यभन्दा महत्वपूर्ण अरू केहि पनि हुँदैन। त्यसैले प्रशस्त आराम गराउने । शरीर नै नरहे अरू के कुराको मतलब हुन्छ र? त्यसमाथि निन्द्रा भनेको त शरीरलाई नभई नहुने कुरा हो। दिनभरीको काम र व्यवहारले हामी शारीरिक तथा मानसिक दुवै तवरले थकित भइरहेका हुन्छौँ, त्यस्तो बेलामा शरीरलाई आरामदायी निन्द्राको खाँचो पर्दछ।
११. योग गर्ने
विहान उठेर विभिन्न योगका आसनहरू गर्नाले पनि टाउको दुख्ने समस्यामा कमी हुँदै जान्छ। योग गर्नाले शरीर तथा दिमागलाई आराम मिल्ने र आफ्नो दुखाइमा नियन्त्रण हुने पनि योगविदहरूको विश्वास रहेको छ।
१२. सहने बानी बसाल्ने
यदि तपाईँलाई माइग्रेन नै भएको हो भने, त्यसको दुखाईको बारेमा तपाईँलाई थाहै हुनुपर्ने! कुनै पनि पेनकिलर खाएपनि सञ्चो हुँदैन, न पानी पिएर ठीक हुन्छ, न मसाज गरेर! त्यसैले यसको सबैभन्दा उचित तर गाह्रो उपाय भएको ‘सहनु’ नै हो।
अनलाइनको साहारामा
वैज्ञानिकहरुले यस्तो प्रविधि पत्ता लगाएका छन् जसबाट मानिसको र्याल परीक्षण गरेर आयु पत्ता लगाउन सकिन्छ । अर्थात् अब तपाइँले आफु कति वर्षसम्म बाँच्छु भन्नका लागि आफ्नो र्याल परीक्षण गरे पुग्ने भएको छ ।
शोधकर्ताहरुका अनुसार र्यालमा हुने एन्टीबडी प्रोटिनको मात्राले मानिस कतिसम्म बाँच्दछ वा कति छिटो मर्दछ भन्ने कुराको निक्याैल गर्न सकिन्छ ।
यो निष्कर्षमा पुग्नका लागि शोधकर्ताहरुले सन् १९९५ मा ६३९ जना प्रौढ मानिसहरुको र्यालको नमूना संकलन गरेका थिए र त्यसलाई लगातार १९ वर्षसम्म परीक्षण गरेका थिए । त्यसक्रममा उनीहरुले र्यालमा पाइने सेक्रेटोरी इम्युनोग्लोबिन ए अर्थात् आइजिएको मात्राबाट मानिसको मृत्यु कहिले हुन्छ भन्ने कुराको अनुमान गर्न सफल भए ।
बेलायतको बर्मिंघम विश्वविद्यालयका शोधकता डाक्टर अन्ना फिलिप्सका अनुसार र्यालमा एन्टीबडीको मात्रा निकै घट्दै जानु भनेको मृत्यु नजिक आउँदैछ भन्ने कुारको प्रमाण हो । सरीरमा संक्रमण हुँदा सेता रक्तकोषले एन्टीबडीको उत्पादन गर्दछ जसले संक्रामक जिवाणु वा कोषिकालाई नष्ट गर्दछ ।
शोधकर्ताका अनुसार सरीरमा हुने संक्रमण, तनाव तथा अन्य खाले शारीरिक-मानसिक विमारीका कारण पनि यस्तो एन्टीबडीको मात्रामा घटबढ हुने भएकाले एन्टीबडीको मात्रा र मृत्युको भविष्यवाणीलाई अझ भरपर्दो बनाउनका लागि अन्य पक्षहरुसँग यसको सम्बन्धको गहन अध्ययन आवश्यक छ ।
अनलाइनको साहारामा
शोधकर्ताहरुका अनुसार र्यालमा हुने एन्टीबडी प्रोटिनको मात्राले मानिस कतिसम्म बाँच्दछ वा कति छिटो मर्दछ भन्ने कुराको निक्याैल गर्न सकिन्छ ।
यो निष्कर्षमा पुग्नका लागि शोधकर्ताहरुले सन् १९९५ मा ६३९ जना प्रौढ मानिसहरुको र्यालको नमूना संकलन गरेका थिए र त्यसलाई लगातार १९ वर्षसम्म परीक्षण गरेका थिए । त्यसक्रममा उनीहरुले र्यालमा पाइने सेक्रेटोरी इम्युनोग्लोबिन ए अर्थात् आइजिएको मात्राबाट मानिसको मृत्यु कहिले हुन्छ भन्ने कुराको अनुमान गर्न सफल भए ।
बेलायतको बर्मिंघम विश्वविद्यालयका शोधकता डाक्टर अन्ना फिलिप्सका अनुसार र्यालमा एन्टीबडीको मात्रा निकै घट्दै जानु भनेको मृत्यु नजिक आउँदैछ भन्ने कुारको प्रमाण हो । सरीरमा संक्रमण हुँदा सेता रक्तकोषले एन्टीबडीको उत्पादन गर्दछ जसले संक्रामक जिवाणु वा कोषिकालाई नष्ट गर्दछ ।
शोधकर्ताका अनुसार सरीरमा हुने संक्रमण, तनाव तथा अन्य खाले शारीरिक-मानसिक विमारीका कारण पनि यस्तो एन्टीबडीको मात्रामा घटबढ हुने भएकाले एन्टीबडीको मात्रा र मृत्युको भविष्यवाणीलाई अझ भरपर्दो बनाउनका लागि अन्य पक्षहरुसँग यसको सम्बन्धको गहन अध्ययन आवश्यक छ ।
अनलाइनको साहारामा
यदि आँप फलफूलको राजा हो भने अनारको भूमिका त्यो डाक्टरको जस्तै हुन्छ, जोसित तमाम रोगको औषधी छ। अनारको यही उपयोगिताका कारण 'एक अनार सय बिमार' भन्ने भनाइ प्रचलनमा छ।
अनारमा प्रचुर मात्रामा लाभदायक प्रोटिन, कार्बोहाइड्रेट, फाइबर, भिटामिन र खनिज पदार्थ पाइन्छ । एक सय ग्राम अनार खाँदा हाम्रो शरीरलाई करिब ६५ किलो क्यालोरी ऊर्जा प्राप्त हुन्छ । यसको प्रयोग थुप्रै आयुर्वेदिक औषधि बनाउनसमेत गरिन्छ ।
अनारमा रक्त सञ्चारसम्बन्धी रोगसँग जुध्ने क्षमता हुन्छ । यसले रक्तचाप घटाउँछ, सुन्निएको वा पोलेको अंगलाई बिसेक गर्छ, बात रोगको सम्भावना कम गर्छ । क्यान्सर रोकथाममा समेत यो फल सहयोगी मानिन्छ ।
अनारले महिलामा मातृत्वको सम्भावना र पुरुषमा पुरुषत्व बढाउँछ । यो गुणकारी फलबारे दुई सयभन्दा बढी अध्ययन/अनुसन्धान भएका छन् । इजराइलस्थित हाइफा विश्वविद्यालयका प्रा. एफाइम लास्कीले यो फलमा पाइने उपयोगी तत्त्वले शरीरको रोग प्रतिरोधी प्रणाली रक्षा गर्छ भनेर प्रमाणित गरेका छन् । उक्त अध्ययन अनुसार यसमा पाइने भिटामिन, खनिज तत्त्व र एन्टिअक्सिडेन्टले रुघाखोकी, फ्लुमा प्रत्यक्ष अनुभव गर्न सकिने किसिमले आराम पुर्याउँछ ।
अनारले छाला, स्तन र प्रोस्टेट ग्रन्थीको क्यान्सर तथा पेटको अल्सरको सम्भावनामा समेत कमी ल्याउँछ । अमेरिकी चिकित्सकहरूले उल्लेख गरेअनुसार यसको रसको सेवनले वृद्घावस्थामा हुने रोग अल्झाइमरको जोखिमसमेत कम पार्छ ।
वैज्ञानिकहरूले अनारमा रेड वाइन वा हरियो चियाको तुलनामा तीनदेखि चार गुणा बढी पालिफेलोन जस्तो एन्टिअक्सिडेन्ट पाएका छन् जसले फिर्याडिकल्सलाई बाँध्ने काम गर्छ ।
स्वास्थ्यका दृष्टिले यो निकै महत्त्वपूर्ण फल हो । स्वास्थ्यवर्धक गुणकै कारण यो हरेक रोगमा सेवन गरिन्छ । यसको नियमित सेवनले बुढो हुने प्रक्रिया पर सर्ने विश्वास गरिन्छ ।
प्रयोगहरूअनुसार एक वर्षसम्म अनार सेवनपछि 'आर्टेरियोस्क्लेरासिस' अर्थात् धमनीसम्बन्धी रोगीको गलाको धमनीको मोटाइ ३० प्रतिशतसम्म घट्यो । यस्तै उच्च रक्तचाप २१ प्रतिशतसम्म तल आयो र हृदयनजिकको धमनीमा तनावजन्य कठोरताले गर्दा मत्थर हुन गएको रक्त प्रवाहमा तीन महिनामै १७ प्रतिशतसम्म सुधार देखियो ।
अनलाइनको साहारामा
दिमागले तपाईको शरिरलाई कसरी व्युताँउछ भन्ने विषयमा वैज्ञानिकहरुले नयाँ अनुसन्धान गरेका छन् ।स्वीटजरल्यान्डको युनिर्भसिटी अफ वर्नका वैज्ञानिकहरुको एक अध्ययन टोलीले निन्द्राबाट तीब्र रुपमा व्युताउन जिम्मेवार मानिने एउटा संयन्त्रको आविश्कार गरेको दाबी गरेका छन् । उनीहरुको आविश्कारले निन्द्रा असन्तुलनको चिकित्सकीय उपचारका लागि नयाँ रणनीति र निस्कृय वा अचेत चरणहरुमा सचेतनाको रिकभरीलाई एउटा नयाँ दिशा तर्फ लैजाने विश्वास गरिएको छ ।
निन्द्रा असन्तुलनको सर्वबिबिधतालाई मनन गर्दै प्राध्यापक एन्टोनी एडाम्यान्टिडिस र उनको समूह अनुसन्धान परिणामले ल्याउने सम्भावित अर्थजनक उपलब्धीप्रति उत्साहित भएका छन् । अनुसन्धानकर्ता क्यारोलिना गुटिरेज, हेरिरा र एन्टोनीकोे समूहले भनेको छ, ‘मुसाको दिमागमा एउटा नयाँ चक्रको पहिचान भएको छ जसको सक्रियताले गहिरो निन्द्रामा सुतेको मानिसलाई सजिलै व्युताउन सकिन्छ ।’ शरिरको तापक्रम, भोक, तिर्खा लगायतलाई नियन्त्रण गर्ने हाइपोथालामस र थालामसको बीचमा रहने यस नयाँ चक्रलाई उनीहरुले उत्तेजित बनाउदा मुसाको निन्द्रा रोकिने गथ्र्यो ।
पछिल्लो समयमा न्युरो अनुसन्धानमा प्रयोग भएका ओप्टोजेनेटिक विधि (कोषलाई नियन्त्रण गर्न प्रकाशको प्रयोग विधि) प्रयोग गरेर सो चक्रले निन्द्रा असन्तुलनका लागि एउटा नयाँ थेरापीको लक्ष्य निर्धारण गरेका थिए ।
‘निदाउने वा प्रष्ट सचेतना नितान्तै सिमित भएकोले यो एउटा उत्साहजनक आविश्कार हो,’ एडामान्टिडिसले भने । उनीहरुको अनुसन्धानले निन्द्रा असन्तुलनका बिरामीलाई थप उपचार गर्न एउटा ब्रेकथ्रु हुने अनुसन्धानकर्ताहरुले बताएका छन् । समूहले स्पष्ट सचेत अवस्थाहरुबाट बिरामीहरुलाई बाहिर ल्याउन एउटा उपाय सृजना गर्न सक्ने विश्वास गरिएको छ । यस अनुसन्धानको अझै अध्ययन हुन बाँकी रहेको प्राध्यापक एन्टोनी बताउछन् ।
अनलाइनको साहारामा
धेरैले सामान्य रुपमा लिने गरेको जाडो अर्थात् चिसो मौसम स्वास्थ्यका लागि भने जोखिमयुक्त भएको चिकित्सकले जनाएका छन्। विज्ञहरुका अनुसार मंसिर अन्तिम सातादेखि चिसो ह्वात्तै बढ्दै गएको र यो जाडो तीन वर्षयताकै बढी भएको उनीहरूको दाबी छ।
चिसोकै कारणले विभिन्न रोग ह्वात्तै बढेको चिकित्सकले बताएका छन्। चिसो बढेसँगै दम, निमोनिया, टन्सिल, ब्रोङकेल आज्मा, रुघाखोकी, ज्वरो जस्ता रोग बढेका हुन्। चिसोकै कारण गत वर्षभन्दा दोब्बर श्वास/प्रश्वासका बिरामी बढेको टिचिङ अस्पताल महाराजगंजका श्वास/प्रश्वास बिभाग डा. करवीरनाथ योगीले बताउनु भयो। उनीहरु गम्भिर निमोनियाँ र दमका छन्।
चिसोका बिरामी गम्भिर अवस्थामा आउने गरेको वीर अस्पतालका बरिष्ठ फिजिसियन डा. धु्रव गैरेले बताउनु भयो। उहाँका अनुसार बिभागमा आउने बिरामी मध्ये ४० प्रतिशत चिसोसंग सम्वन्धित छन्। ‘घरेलु र स्थानीय उपचार नभएपछि मात्र अस्पताल आएको देखिन्छ’, उहाँले भन्नुभयो । ‘चिसोले श्वासनली, फोक्सोमा संक्रमण बढ्ने, अक्सिजन घट्ने, श्वास–प्रश्वास घट्ने, हातखुट्टा काम्ने समस्या देखिन्छ’,
अस्पतालमा आउने अधिकांश पालमा बसेका भुकम्प पीडित, बुढाबुढी र बालबालिका र पुराना दीर्घरोगी रहेको चिकित्सकले जनाएका छन्।
एउटा त जाडोको सिधा असर जुन हाइफोथर्मिया। जहाँ लगाउने लुगा, बस्ने घर, पानी प्रर्याप्त छैन र खाना प्रर्याप्त नपाएका व्यक्तिलाई चिसोले सजिलै आक्रमण गर्छ र मृत्यू हुन्छ। अस्पतालमा आउने अधिकांश पालमा बसेका भुकम्प पीडित, बुढाबुढी र बालबालिका र पुराना दीर्घरोगी रहेको चिकित्सकले जनाएका छन्। ‘ज्वरो आउने, खाना कम रुच्ने, टाउको जिउ दुख्ने साझा लक्षण देखिन्छ’ डा.गैरले भन्नुभयो।
चिसो व्यवस्थापन हुन नसक्दा उनीहरुमा समस्या बढी देखिएको डां गैरेको भनाइ छ। स्कुले बालबालिका बिहानै स्कुल जाँदा,बिद्यार्थी बसको छतमा चढेर कलेज जाँदा, बिद्यालयमा न्यानो व्यवस्थापन नहुनु र पालमा चिसो पस्नुले धेरैमा चिसोका असर परेको उहाँको दावी छ। आठै बजे स्कुल बसे कुरेर बस्नु पर्ने, बिद्यालय पोशाकले कडा चिसो छेक्ने अवस्था छैन’छतमा बसेर नियमित बिद्यालय गएका चार दिनमै उनीहरु बिरामी पर्ने गरेको उहाँले बताउनु भयो ।
चिसोकै कारण मुटु, हृदयघात र मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह, कोलस्ट्रोलका बिरामी बढेको ग्राण्डी अस्पतालका बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. ओम मुर्ति अनिलले बताउनु भयो। डा.अनिलका अनुसार औसत १० जना चिसोले उच्चरक्तचाप बढेर आउने छन्। उहाँले उपचार गरिरहेका बिरामी मध्ये दैनिक ५ जना रक्तचाप बढेर आकस्मिक कक्षमा पुगे मध्येका हुन्।
डा.अनिलका अनुसार स्वतः रगत जमाउने पदार्थ (कोकुलेशन)बढी सक्रिय हुने भएकाले रगतको नली साँघुरो हुन गई हृदयघात र मस्तिष्कघात हुन्छ। ‘मस्तिष्कमा जाने नलीमा रगत जमेमा मस्तिष्कघात, मुटुमा जाने नलीमा जमेमा हृदयघात हुन्छ’उनले भने। यी बिरामीको यकिन तथ्याङ्क नभएको उहाँले बताउनुभयो। डा. अनिलका अनुसार जाडोमा मुटु र मस्तिष्कमा जाने रक्तनलीमा रगत जमेर बाक्लो हुँदा रक्तचाप बढ्ने,हृदयघात तथा मस्तिष्कघात हुन जान्छ। मुटुका रोगीमा दम र दमका रोगीमा मुटुको समस्या हुने भएकाले चिसोकै बेला निमोनियाँ बढ्न गई गम्भिर बिरामी बन्न पुग्छन्।
चिसोले फोक्सो आफै खुम्चिनाले बढी अक्सिजन आवश्यकता पर्छ। त्यस्तो अवस्थामा पहिल्यै बिभिन्न कारणले कमजोर भएको मुुटुलाई रक्तसंचार गर्न थप दवाव पर्छ। यसले गर्दा मुटुमा समस्या उत्पन्न हुन्छ।
चिकित्सकका अनुसार चिसोमा बिरामीले बिशेष ख्याल नपुर्याउँदा गम्भिर बिरामी पर्न पुग्छन्। जाडोमा खानेकुरा बढी रुच्ने खाए अनुसार व्यायम नगर्ने, जाडोकै बहानामा रक्तनलीलाई हानि पुर्याउने मदिरा, चुरोट, चिल्लो जस्ता खानेकुरा सेवनले पनि यी रोग बढ्ने गरेका छन्।
मर्निङ वाक गर्ने पौराणिक मान्यता छ,तर चिसोमा मर्निङ वाक हानिकारक छ’डा. अनिलका अनुसार, मुटुका रोगीले क्षमता भन्दा बढी काम नगर्ने। दीर्घरोगीहरु चिसोमा मर्निङ वाक हिंड्न नहुने उनको सुझाव छ। चिसो र बिहानै भाइरल व्याक्टेरियल संक्रमण हुने भएकाले चिसोमा हिड्न नहुने कारण हो।
बालबालिका,बृद्धबृद्धा, मुटु,मिर्गौला,मधुमेह तथा अन्य दीर्घरोगी चिसोका थप जोखिममा भएकाले यो मौसममा उनीहरुले बिशेष ख्याल पुर्याउनु पर्ने चिकित्सकको सुझाव छ। बिरामीले सकेसम्म बिहानै मर्निङ वाक नहिंड्न,चिसोका बहानामा बढी भोजन नगर्ने, मदिरा, चुरोट भुलेर पनि नगर्ने, पुराना बिरामीले आफ्नो स्वास्थ्य परिक्षण नियमित गराउने, मधुमेह, रक्तचाप, कोलस्ट्रोल, तौल नियन्त्रणमा राख्नुका साथै दैनिक उचित व्यायम गुर्नु पर्ने चिकित्सकको सुझाव छ।
बिरामीलाई चिसोले छोएपछि संक्रमण बढ्ने भएकाले सकेसम्म बिहानै चिसोमा नहिंडन्, अन्य समयको भन्दा दोब्बर समय हिंडनु पर्ने सुझाव छ। ‘मर्निङ वाक गर्ने पौराणिक मान्यता छ,तर चिसोमा मर्निङ वाक हानिकारक छ’डा. अनिलका अनुसार, मुटुका रोगीले क्षमता भन्दा बढी काम नगर्ने। दीर्घरोगीहरु चिसोमा मर्निङ वाक हिंड्न नहुने उनको सुझाव छ। चिसो र बिहानै भाइरल व्याक्टेरियल संक्रमण हुने भएकाले चिसोमा हिड्न नहुने कारण हो।
डा.अनिलका अनुसार स्वतः रगत जमाउने पदार्थ (कोकुलेशन)बढी सक्रिय हुने भएकाले रगतको नली साँघुरो हुन गई हृदयघात र मस्तिष्कघात हुन्छ। ‘मस्तिष्कमा जाने नलीमा रगत जमेमा मस्तिष्कघात, मुटुमा जाने नलीमा जमेमा हृदयघात हुन्छ’उनले भने। यी बिरामीको यकिन तथ्याङ्क नभएको उहाँले बताउनुभयो। डा. अनिलका अनुसार जाडोमा मुटु र मस्तिष्कमा जाने रक्तनलीमा रगत जमेर बाक्लो हुँदा रक्तचाप बढ्ने,हृदयघात तथा मस्तिष्कघात हुन जान्छ। मुटुका रोगीमा दम र दमका रोगीमा मुटुको समस्या हुने भएकाले चिसोकै बेला निमोनियाँ बढ्न गई गम्भिर बिरामी बन्न पुग्छन्।
चिसोले फोक्सो आफै खुम्चिनाले बढी अक्सिजन आवश्यकता पर्छ। त्यस्तो अवस्थामा पहिल्यै बिभिन्न कारणले कमजोर भएको मुुटुलाई रक्तसंचार गर्न थप दवाव पर्छ। यसले गर्दा मुटुमा समस्या उत्पन्न हुन्छ।
चिकित्सकका अनुसार चिसोमा बिरामीले बिशेष ख्याल नपुर्याउँदा गम्भिर बिरामी पर्न पुग्छन्। जाडोमा खानेकुरा बढी रुच्ने खाए अनुसार व्यायम नगर्ने, जाडोकै बहानामा रक्तनलीलाई हानि पुर्याउने मदिरा, चुरोट, चिल्लो जस्ता खानेकुरा सेवनले पनि यी रोग बढ्ने गरेका छन्।
चिसोको संक्रमणमा छिटो उपचार नभएमा जटिल समस्या भई ज्यान समेत जान सक्ने भएकोले समयमै अस्पताल पुगेर उपचार गर्न चिकित्सकको सुझाव छ।
चिसोमा सार्वजनिक यातयात तथा भीडभाडमा जानेहरु पनि चिसोका भाइरल संक्रमणको जोखिममा हुने भएकाले यो मौसममा सकेसम्म त्यस्ता ठाउँ कम प्रयोग गर्ने र गरिहालेमा माक्सको प्रयोग,सरसफाईमा ध्यान पुर्याउनु पर्ने चिकित्सकको सुझाव छ। ‘बसको डण्डी छोइएको छ भने त्यहाँ पनि व्याक्टेरिया रहेको हुन सक्छ,नकिजको व्यक्तिबाट भाइरस सर्न सक्छ’डा अनिलले भने।
स्वास्थ्य खबरको सहायतामा
संसारमा माया भन्ने कुरा अजिबको हुन्छ । मानिसहरु एकले अर्कोलाई माया गर्छन् । तर थाहा हुँदैन कति खेर कसले धोका दिईरहेको छ । मुखमा राम राम भन्ने मायालुको बगली छुरा छिपेको जो कोहीले सजिलै देख्न सक्दैनन् ।
यदि तपाई कसैको मायामा पर्नु भएको छ र प्रेमिकाको मनको कुरा के हो भन्ने लागीरहेको छ भने हामी तपाईलाई सहयोग गर्छौ । अब तपाईले कुनै मनोवैज्ञानिक विमर्श बीना नै आफ्नो गर्लफ्रेन्डको केही व्यवहारबाटै थाहा पाउनु हुनेछ की उसले तपाईलाई धोका दिंदैछ कि माया ?
इन्डियाको एक यूनिर्भसिटीमा भएको रिसर्चले धोका दिदै गरेका युवती र युवकको अध्ययन गरेको छ । अध्ययनका अनुसार अनुसन्धानमा २३ प्रतिशत पुरुषहरुले धोका दिने गरेको खुल्न आएको छ भने १९ प्रतिशत महिलाहरुले पनि पुरुषलाई धोका दिने गरेको तथ्य खुल्न आएको छ ।
महिलाले धोका दिने प्रसंगमा अध्ययन गर्दा महिलाहरुले धोका पुर्व केही यस्ता व्यवहार देखाउने गरेको तथ्य सार्वजनिक भएको छ ।
धोका दिनु पूर्व युवतीले निम्न व्यवहारहरु गर्छन् :
मोबाइलः उसले एकछिन पनि अाफ्नो मोबाइल फोन छाड्ने छैन । फोनको पासवर्ड छिटो छिटो परिवर्तन गर्नेछ । उसले फोन पनि प्रायः तपाईको अगाडि प्रयोग गर्ने छैन । यसको मतलब बुझ्नुपर्छ उसले तपाईलाई केही लुकाउदैछिन ।
मेकअपः उसले अरुदिन भन्दा धेरै नै मेकअप गर्नेछिन् । पटक पटक ऐना हेर्नेछिन् । बाराम्बार पार्लर जानेछिन् । लुगा अलि नयाँ र सेक्सी देखिने लगाउने छिन् । यस्तो अवस्था फेला पार्नु भयो भने सोच्नुहोस् त्यहाँ केही हुन गइरहेको छ ।
साथीको कुराः पहिला कहिल्यै नसुनेको केटीसाथीको बारेमा उसले तपाईसँग कुरा गर्नेछिन् । उसले पाएको सुखको बारेमा तपाईसँग कुरा गर्न थाल्नेछिन् । पहिला भन्दा बढि नै उसको बयान गरेका कुराहरु तपाईले सुन्न सक्नु हुनेछ । यसको मतलब तपाईले बुझ्नुपर्छ की उ तपाईको जीवनसँगको सन्तुष्टी कम हुँदै गएको छ अब । उसले नयाँ नयाँ जीवनको बारेमा अथवा तपाईको भन्दा उन्नत प्रकृतिको जीवनको बयानबाट बुझ्नुपर्छ कुनैपनि बेला उसले तपाईलाई धोका दिन सक्छ ।
स्पेसको कुराः पहिला सल्लाह मिल्ने जोडीको बिचमा अब केही स्पेस चाहिएको जिद्धी उसले गर्न थाल्छ । तपाईले उसलाई स्वतन्त्रता नदिएको जस्ता कुराहरु उसले गर्न थाल्छ । कतिपय अवस्थामा तपाई चकित पर्न सक्नुहुन्छ की कहाँ निर गल्ती भयो ? यस्तो अवस्था बढ्न थाल्यो भने सोच्नुहोस् सम्बन्धमा केही चिसोपन बढेको छ ।
सम्पर्कः बाराम्बार तपाईसँग सम्पर्क रहने साथी विचमा एकाएक सम्पर्क कम हुँदै जान थाल्छ । पटक पटक फोन गर्नु पर्ने हुन सक्छ । एस.एम.एस, इमेल, फेसबुक, ट्वीटर लगायतबाट बिस्तारै न्युन सम्पर्क हुन थाल्यो भने तपाई गम्भीर हुन आवश्यक छ ।
घुम्नः माया प्रोमको शुरुवातमा जसरी दुई जना हात समाएर हिड्नु, एउटै आइसक्रीम शेयर गरेर खानु, एकै प्लेटमा खाना खानुमा जुन उस्तुकता हुन्छ । त्यो विस्तारै कमजोर हुँदै जानु मेसेजमा लव यू, मिस यू भन्ने जस्ता विलकुल आन्तरिक कुराहरुमा कमी हुँदै जान थाल्यो भने तपाईले बुझ्नुपर्छ सम्बन्धमा केही गडबडी हुनेवाला छ ।
शंका उपशंकाः सम्बन्धमा दुबै जना पार्टनको उत्तिकै समजदारी हुन आवश्यक छ । सम्बन्धमा जब दरार पैदा हुन थाल्छ तब तपाई प्रति उसले अरु अवस्थामा भन्दा बढि शंका गर्न थाल्नेछन् । उसले धोका दिदैछ भने तपाईले धोका दिदैछ जस्तो भान बनाउन उसले भएको नभएको शंका गर्न थाल्नेछन् । यो व्यवहारबाट तपाई गम्भीर हुन आवश्यक छ ।
बाहानाः तपाईले कुनै स्थानमा गएर डिनर, लन्च या यस्तै घुमघामको योजना बनाउनु भएको छ भने उसले अन्तिम अवस्थामा आएर कुनै बाहना गरेर प्लान परिवर्तन गर्न सक्छ । अपरझट कुनै नयाँ बाहाना बनाउन सक्छ । आफू सहभागी हुन सक्दै नसक्ने बताउन सक्छ । यसबाट तपाईले बुझ्नुपर्ने हुन्छ सम्बन्धमा केही भइरहेको छ ।
अनलाइनको साहारामा
अनलाइनको साहारामा
अनुहारको दाग हटाउने तरिका
-दुई चम्चा जौको धूलोमा कागतीको रस मिसाई पेस्ट बनाएर दाग भएको ठाउँमा लगाउने गर्नुपर्छ ।
-कागतीको रसमा ब्लिचिङ गुण हुन्छ । यसले कालो धब्बा हटाउन मद्दत गर्छ । यसका लागि कागती काटेर अनुहारमा दल्ने र केही समय त्यसै छोडी मनतातो पानीले धुने गर्नुपर्छ ।
-बदामलाई रातभरि भिजाउने र बिहान उठी यसको पेस्ट बनाई यसमा चन्दनको पाउडर मिसाएर बनाएको पेस्ट अनुहारमा दल्ने गर्नाले अनुहारका दाग बिस्तारै हराउँदै जान्छन् ।
-आलुलाई स्लाइस पारी काट्ने । यसलाई दाग भएको ठाउँमा दली सुक्न दिने र मनतातो पानीले धुने गर्नाले दाग हराउँदै जान्छ । आलुको पेस्ट बनाई यसमा मह मिसाएर अनुहारमा दली केही समय त्यसै छोडेर धुने गर्नाले अनुहारको दाग हराउँछ ।
-पाकेको मेवाको भित्री भागलाई अनुहारमा दलेर २० मिनेटपछि पखाल्ने गर्नाले अनुहारको दाग हराउँदै जानुका साथै अनुहार चम्किलो बन्दै जान्छ ।
-प्याजको रसले कटनको टुक्रा भिजाई दाग भएको ठाउँमा दल्ने र केही समयपछि धुने गर्नुपर्छ । साथै, एक चम्चा प्याजको रसमा दुई चम्चा मह मिसाई अनुहारमा दलेर २० मिनेटपछि पखाल्ने गर्नाले दाग हराउँदै जान्छ ।
-भुइँकटहरको जुसमा कपास डुबाई अनुहारमा दल्ने र २० मिनेटपछि पखाल्ने गर्नाले दाग हराउँदै जान्छ ।
-दूधमा ल्याक्टिक एसिड पाइन्छ । काँचो दूधमा कपास डुबाई अनुहारमा बिस्तारै दल्ने र केही समय त्यसै छोडेर सुकेपछि मनतातो पानीले धुने गर्नुपर्छ ।
-बेसारमा काँचो दूध र कागतीको रस मिसाई दाग भएको ठाउँमा लगाएर केही मिनेट त्यसै छोडी मनतातो पानीले पखाल्नुपर्छ ।
-हरेक रात सुत्नुअघि अनुहारमा जैतुनको तेल लगाउनुस् । यसले अनुहारलाई नरम बनाउँछ । यसले छालामा जमेको कालो दाग कम गर्न पनि मद्दत पुर्याउँछ ।
-केरा, मौसम, अन्डाको प्याकले अनुहारमा भएका दागहरू हटाउन मद्दत गर्छ ।
-तपाईंको छाला एकदमै तैलीय छ भने अन्डा र गहुँको पिठोको प्याक लगाउनुहोस् । यसले छालाको तेललाई नियन्त्रण गर्छ ।
अनुहारलाई चम्किलो पार्ने तरिका
-घ्यूकुमारीमा छालासम्बन्धी अनेक समस्या समाधान गर्ने गुण हुन्छ । यसका लागि अनुहारमा घ्यूकुमारी दलेर सुक्न दिई धुने गर्नुपर्छ । यसले छालालाई म्वइस्चराइज गर्न पनि मद्दत पुर्याउँछ ।
-गोलभेँडा, कागती र अन्डाको प्याक लगाउनाले डन्डीफोर, कालो धब्बा हट्नुका साथै छालामा चमक पनि आउँछ ।
-ओखरलाई कुटेर त्यसमा दही र केही थोपा बदामको तेल हाल्नुहोस् । यसलाई अनुहारमा लगाउनुहोस् । यसले छालामा चमक ल्याउँछ
-गोलभेँडा, कागती र महको प्याक लगाउनाले अनुहार चम्किलो हुन्छ ।
-घामले डढेर कालो भएको छालामा काँचो दूधले मसाज गर्दा फाइदा हुन्छ ।
-खैरो चिनी, कागती र नरिवलको तेल मिसाई मसाज गर्नाले सनबर्नको असर कम गर्न सकिन्छ ।
-काँक्रोको पेस्ट, मुल्तानी माटो र रोज वाटरको प्याक बनाएर लगाउँदा अनुहारमा चमक आउँछ ।
-एक चम्चा नुनमा आधा चम्चा खाने सोडा र एक चम्चा मह राखेर घोल्ने र त्यसले अनुहारमा मसाज गर्ने यसबाट पनि अनुहारको छालामा चमक आउँछ ।
अनलाइनको सहायतामा
थाइराइड भनेको एउटा ग्रन्थी हो । यो हाम्रो घाँटीको अगाडीको भागमा हुन्छ । रुद्रघण्टीको ठिक तल रहेको यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्छ । सोही हर्मोनलेनै हाम्रो शरिरको अंगको क्रियाकलापलाई नियन्त्रण गर्छ । थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो । त्यसैले यसलाई शरीरको एक्सिलेटर पनि भन्ने गरिन्छ । तर जब थाइराईड ग्रन्थीको प्रणालीमा बाधा उत्पन्न हुँदा विभिन्न स्वास्थ्य समस्या आउने गर्दछन् । तथ्यांकले लाखौं मानिस थाइराईडले प्रभावित भएको देखाउँछ ।
धेरैलाई आफूलाई थाइराईड भएको पत्तै हुदैन । यदि थोरै खाना खाँने गर्दा पनि ताैल बढिरहेको छ, साना साना कुराले पनि तनाव दिईरहेको , सन्तान प्राप्तिको लागि समस्या छ र पटक पटक गर्भ तुहिने समस्या छ भने हामीलाई थाइराइड पनि भएको हुनसक्छ । थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ । हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म् भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइरोडिज्म् भनिन्छ ।
यो शरीरको आफ्नै कारण (अटो इम्युन) ले हुने रोग हो । यसमा शरीरले एन्टिबडी बनाएर थाइराइडलाई काम गर्न दिँदैन । अथवा बढी काम गर्न दिँदैन । कहिलेकाहिं रुघाखोकी वा घाँटी दुख्ने भएमा र कतिपय अवस्थामा सुत्केरी समयमा पनि थाइराइड हर्मोनको गडबडी देखिन्छ । तर, केही समयपछि यो समस्या आफैं निको भएर जान्छ । कसैलाई मुटु र डिप्रेशनको औषधिका कारण पनि थाइराइडको समस्या हुनसक्छ । थाइराइड रोग जो सुकैलाई र जुनसुकै उमेरमा पनि हुनसक्छ । तर महिलामा बढी देखिन्छ । रोगको अनुपात हेर्दा १० जना महिलामा देखिएमा एक जना पुरुषमा देखिन्छ । महिलामा रोग प्रतिरोधात्मक क्षमतामा हुने गडबडीले यो रोग बढी भएको हो । बालबालिकामा वंशाणुगत कारणले हाइपो थाइरोडिज्म् रोग लाग्नसक्छ । यसले सबैभन्दा बढी प्रभाव बालबालिकामा पार्छ ।
यो रोग लागेमा बालबालिकाको दिमागको बृद्धिविकास रोकिन जान्छ र उनीहरु सुस्त मनस्थितिका हुन पुग्छन् । यदि महिलालाई गर्भावस्था वा सो भन्दा अघि थाइराइडको समस्या भएमा बच्चामा सर्ने जोखिम बढी हुन्छ । त्यसैले जन्मेको एक हप्ताभित्र बच्चाको थाइराइड परीक्षण गराउनु पर्छ । अर्को कुरा १३ देखि १४ बर्षका युवतीमा महिनावारी गडबड भएमा एकपटक थाइराइड परीक्षण गराउनु पर्छ । गर्भावस्थामा थाइराइडको समस्या देखिएमा औषधि सेवन गर्नुपर्छ ।
थाइराइडका लक्षण
अस्वाभाविक रूपमा ताैल बढ्नु
गलगाँड आउनु
तनाव
छिटो छिटो महिनावारी हुनु र अत्यधिक रक्तश्राव
कपाल झर्नु
छाला फुस्रो हुनु
मुटुको गति सुस्त हुनु
चाँडो थकाई लाग्नु
मुड छिनछिनमा परिवर्तन भईरहनु र कमजोर स्मरणक्षमता
चिसो लाग्नु
आवाजमा भारीपन बढ्नु
युवाहरुमा थाइराइडको समस्या भएमा केही समयका लागि खुट्टा नचल्ने लक्षण देखिन सक्छ । शरीरमा पोटासियम कम भएर यस्तो अवस्था देखिएको हो । तर यस्तो समस्या थाइराइडका कारण पनि हुन्छ भनेर बिचार पुर्याउनु पर्छ । रोगको समयमा पहिचान हुन नसक्दा धेरै समस्या भोग्नुपर्छ । थाइराइडका कारण बाँझोपनको समस्या पनि आउन सक्छ । थाइराइडले पुरुषमा यौनइच्छामा कमी र वीर्यमा कमी देखिन्छ भने महिलामा अण्डा उत्पादन गर्नमा कठिनाई र छिटो रजनोवृत्ति हुन सक्छ ।
थाइराइड हुनबाट बच्न कस्तो भोजन लिने ?
हाइपोथाइरोडिजम भएकालाई भर्जिन नरिवलको तेल लाभदायक हुन्छ । यसमा चेन फ्याटी एसिड हुन्छ जसले मेटाबोलेटिज्मलाई बढाएर वजन घटाउन मद्दत गर्छ ।
१. कृत्रिम चीनीको प्रयोगबाट बच्ने
२. बदाम लगायतका चिल्ला ड्राइफुट नखाने, धुमपानबाट बच्ने र पोषणका औषधीहरु नखाने
३. आवश्यक मात्रामा आयोडिन र भिटामिन ए को सेवन गर्ने । एक वयस्क व्यक्तिका लागि १ सय ५० माइक्रोग्राम आयोडिन प्रतिदिन लिन आवश्यक छ ।
४. बन्दा, काउली, ब्रोकोली जस्ता तरकारीबाट बनेका काँचो सलाद नखाने । यी तरकारीमा पाइने गोट्रोजेन्स नामको तत्वले थाइराइडलाई प्रभाव पार्छ । बरु पकाएर खानाले खासै असर गर्दैन ।
५. सामुद्रिक माछा प्रशस्त खाने । त्यस्तै हरियो पत्तेदार तरकारी र दुग्धजन्य पदार्थमा पनि प्रशस्त आयोडिन पाउन सकिन्छ ।
६. अण्डा, पहेलो पाकेको फलफूल र हरिखा सागसब्जीले भिटामिन एको मात्र परिपूर्ति गर्छ ।
७. गर्भवती महिलालाई प्रतिदिन २ सय २० माइक्रोग्राम आयोडिन आवश्यक पर्ने हुनाले यसमा विशेष विचार पुर्याउने ।
नियमित अाैषधी सेवनबाट थाइराइड निको हुन्छ ।
अनलाइनको साहारामा ।
तिते करेला खादा यसको स्वाद सबैलाई मन नपर्न सक्छ । तर, यहि तिते करेलामा भिटामिन ए, भिटामिन
बि १, भिटामिन बी २, भिटामिन सि, फाइबर, क्याल्सियम, पोटासियम, जिङक, फलाम, कपर तथा फोस्फोरस लगायतका गुणकारी भिटामिनहरु पाइन्छ । करेला विभिन्न रोगका लागि उपयोगी खानेकुरा हो ।
तिते करेलाको बारेमा केहि जानकारीः
१. श्वासप्रश्वास समस्यामा :
ताजा करेला दम, रुघाखोकीजस्ता श्वासप्रश्वासको समस्या भएकाहरुका लागि करेला निक्कै गुणकारी हुन्छ । यसको सेवनबाट यस्ता प्रकारका रोगिहरुलाई केहि राहत मिल्न सक्छ ।
२. लिभर टनिक :
दैनिक एक गिलास करेलाको जुसले कलेजोको समस्या समाधान हुन्छ । स्वास्थ्यमा परिवर्तन आएको हेर्न कम्तीमा पनि एक साता करेलाको जुस पिउनै पर्ने हुन्छ ।
३. रोग प्रतिरोधक :
पानीमा उमालेको करेलाको पात दिनहुँ खानाले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ ।
४. डण्डीफोरमा :
करेलाको सेवनले डण्डीफोर, दागलगायतका छालाको संक्रमण हटाउनुका साथै रगतमा भएको अनियमितता हटाउछ । कागती मिसाएको करेलाको जुस ६ महिनासम्म खाली पेटमा खानाले अनुहारको सुन्दरतामा निखार ल्याउछ ।
५. मधुमेह :
करेलाको जुसले टाइप टु मधुमेहलाई सबैभन्दा बढी लाभ मिल्छ । चिनिया र भारतीय प्राचिन चिकित्सा पद्दतिमा करेला लामोसमयदेखि प्रयोग हुँदैं आएको विश्वास गरिन्छ । हालै भएका अनुसन्धानले पनि यसलाई पुष्टि गरेको छ । इन्सुलिनको अभाव वा विकासका प्रतिरोधकका कारण कोषहरुले रगतबाट सुगरको मात्रा लिन असफल भएमा टाइप टु मधुमेह लाग्छ । दुवै अवस्थामा कोषहरु सुगर लिन असमर्थ रहन्छन् । किनासे नामका प्रोटिन सक्रिय नहुँदा कोषले सुगर लिन नसक्ने भएकाले करेलाले किनासेहरुलाई सक्रिय बनाउछन् । करेलामा रहेका केही रासायनिक तत्वहरुले पनि इन्सुलिनको जस्तै काम गर्छन्, जसले रगतमा सुगरको मात्रा कम गर्न मद्दत गर्छन् ।
६. कब्जियतमा :
यसमा भएका फाइबरहरुले खाना पचाउन मद्दत गर्छन् । यसले गर्दा कब्जियतको समस्या पनि हट्छ ।
७. मिर्गौला र ब्लाडर :
यसले मिर्गौला र ब्लाडरलाई स्वस्थ बनाउन मद्दत गर्छ । यसका साथै मिर्गौलाको पत्थरी हटाउन पनि सहयोग गर्छ ।
८. मुटुको रोग :
यो मुटुको समस्याका लागि पनि लाभदायी मानिन्छ । यसले शरीरमा भएको खराब कोलेष्टेरोल हटाई हृदयाघात हुने सम्भावना कम गर्छ । यसले रगतमा चिनीकोमात्र घटाई मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।
९. क्यान्सरमा :
करेलाको सेवनले क्यान्सरका कोष वृद्धि हुनबाट जोगाउछ ।
१०. तौल घटाउन :
यसमा भएका एन्टिअक्सिडेन्टले शरीरलाई स्वस्थ राख्छ । यसले मेटाबोलिजम र पाचन प्रणालीलाई सुधार गर्ने भएकाले चााँडो चाँडो तौल घटाउन यसले मद्दत गर्छ ।
११. छालाको समस्यामा :
करेलाको नियमित सेवनले छालालाई चम्किलो राख्न मद्दत गर्नुका साथै दागरहित बनाउन मद्दत गर्छ । छालाका रोग तथा संक्रमण हटाउछ । यसमा भएको भिटामिन सिले चाउरीपना हटाउछ ।
१२. कपाल चम्काउन :
करेलाको रसमा एक कप दही मिसाएर लगाउनुस् र केही समयपछि धुनुस, यसले कपालमा प्राकृतिक चमक आउछ । करेलाको जुसले कपाल झर्ने समस्या पनि हटाउछ । करेलाको जुसमा चिनी मिसाएर लगाउनाले कपाल झर्ने समस्या समाधान हुन्छ ।
अनलाइनको साहारामा ।
तुलसीलाई हिन्दूधर्मालम्वीहरुले विष्णुका रुपमा पूजा गर्ने गर्छन । हरेकका घरको आँगनमा तुलसी रोपिएको हुन्छ । तर, यसको उपयोग गर्न सके हाम्रो स्वास्थ्यमा निकै लाभदायक हुन्छ । हिन्दूधर्ममा जुन घरमा तुलसी रोपिएको हुन्छ त्यो घरमा सर्प, विच्छी जस्ता हानिकारक किराहरु आउँदैनन् भन्ने विश्वास गरिन्छ । यो धार्मिक कुरा हो । हामीले उठाउन खोजेको प्रसङ्ग हो– तुलसी प्रयोग तथा उपभोगले हाम्रो स्वास्थ्यमा पुर्याउने फाइदाका कुरा ।
१. ज्वरो र सर्दीका लागि तुलसीः तुलसीको ६५ पत्ता र आठ ओटा मरिचको दानालाई २५० मिलीलिटर पानीमा राम्रोसँग पकाएर छान्ने । यसमा दूध र चिनी राखेर चियाको रुपमा पिउँदा ज्वरो र सर्दी ठिक हुन्छ । फेरि २० तुलसी र ६ वटा मरिचको दाना मिलाएरु खाँदा पनि आराम मिल्छ ।
२.वान्ता रोक्न तुलसीः तुलसी पत्ताको रस र मह बराबरको मात्रा मिलाएर पिउनाले वान्ता रोकिन्छ । र रिंगटा लागेको पनि कम हुन्छ । १० ग्राम तुलसीको पत्ता १ ग्राम अलैंचीलाई मिलाएर पिस्नु र १० ग्राम चिनी राखेर खानुहोस् । यसले पित्तको कारण हुने वान्ता तुरुन्तै रोकिन्छ ।
३. दाँतको दुखाइका लागि तुलसीः तुलसी पत्ता, मरिच र कपुरलाई पिसेर दुखिरहेको दाँतकोबीचमा दबाएर राख्नुहोस् । अथवा तुलसी पत्ता र मरिचलाई मिसेर चक्की बनाएर दुखिरहेको दाँतमा राख्दा पनि आराम मिल्छ । तुलसी पत्ताको रस पानीमा मिलाएर हल्क तातो बनाएर कुल्ला गर्दा पनि दाँतको दुखाई, मुखबाट रगत आउन तथा दाँत सम्बन्धि सबै रोग निको हुन्छ ।
४. टाउकोको दुखाई पनि हटाउँछः टाउको दुखेको बेलामा तुलसी अचुक औषधि बन्न सक्छ । तुलसीको पत्ता पिसेर निधारमा लगाउँदा टाउको दुख्ने समस्या हट्छ ।
५. कलेजो सम्बन्धि समस्याः तुलसीको १०–१२ पत्तालाई तातो पानीमा धोएर दैनिक विहान खाने गरे कलेजो सम्बन्धि समस्या अन्त्य हुन्छ ।
६. मृगौलाको पथ्थरीः तुलसीले मृगौला स्वस्थ बनाउने काम गर्छ । यदी कसैको मृगौलामा पथ्थरी भएको छ भने उसले महमा तुलसी मिलाएर दैनिक खानुपर्छ । यसरी नियमित रुमा खाँदा ६ महिनामा फरक देखिन्छ ।
७. तानव मुक्त गराउन तुलसीः तुलसीको पत्तामा तनाव प्रतिरोधात्मक क्षमता हुन्छ । तनावलाई हटाउन तुलसीको १२ वटा पत्ता दैनिक २ पटक खानुपर्छ ।
८. छालाजन्य रोगः छालाजन्य रोगको निदानका लागि पनि तुलसी उपयोगी बन्न सक्छ । दाद, लुतो जस्ता छालाजन्य रोगको निदानका लागि प्रभावित छालामा तुलसी केही दिनसम्म लगाउँदा निको हुन्छ । तुलसीको ताजा पत्तालाई संक्रमित छालामा रगेड्दा यसले इन्फेक्सन फैलनबाट पनि जोगाउँछ ।
९. स्वास गनाउने समस्या हटाउँछः तुलसीको सुकेको पत्तालाई तोरीको तेलमा मिलाएर दाँत सफा गर्दा पनि स्वास गनाउने समस्या हटाउँछ ।
१०. कानको दुखाई चट्ः तुलसीको पत्तालाई तोरीको तेलमा भुटेर र लसुनको रस मिलाएर कानमा काल्दा कान दुखाई पनि अन्त्य हुन्छ ।
अनलाइनको साहारामा
१. ज्वरो र सर्दीका लागि तुलसीः तुलसीको ६५ पत्ता र आठ ओटा मरिचको दानालाई २५० मिलीलिटर पानीमा राम्रोसँग पकाएर छान्ने । यसमा दूध र चिनी राखेर चियाको रुपमा पिउँदा ज्वरो र सर्दी ठिक हुन्छ । फेरि २० तुलसी र ६ वटा मरिचको दाना मिलाएरु खाँदा पनि आराम मिल्छ ।
२.वान्ता रोक्न तुलसीः तुलसी पत्ताको रस र मह बराबरको मात्रा मिलाएर पिउनाले वान्ता रोकिन्छ । र रिंगटा लागेको पनि कम हुन्छ । १० ग्राम तुलसीको पत्ता १ ग्राम अलैंचीलाई मिलाएर पिस्नु र १० ग्राम चिनी राखेर खानुहोस् । यसले पित्तको कारण हुने वान्ता तुरुन्तै रोकिन्छ ।
३. दाँतको दुखाइका लागि तुलसीः तुलसी पत्ता, मरिच र कपुरलाई पिसेर दुखिरहेको दाँतकोबीचमा दबाएर राख्नुहोस् । अथवा तुलसी पत्ता र मरिचलाई मिसेर चक्की बनाएर दुखिरहेको दाँतमा राख्दा पनि आराम मिल्छ । तुलसी पत्ताको रस पानीमा मिलाएर हल्क तातो बनाएर कुल्ला गर्दा पनि दाँतको दुखाई, मुखबाट रगत आउन तथा दाँत सम्बन्धि सबै रोग निको हुन्छ ।
४. टाउकोको दुखाई पनि हटाउँछः टाउको दुखेको बेलामा तुलसी अचुक औषधि बन्न सक्छ । तुलसीको पत्ता पिसेर निधारमा लगाउँदा टाउको दुख्ने समस्या हट्छ ।
५. कलेजो सम्बन्धि समस्याः तुलसीको १०–१२ पत्तालाई तातो पानीमा धोएर दैनिक विहान खाने गरे कलेजो सम्बन्धि समस्या अन्त्य हुन्छ ।
६. मृगौलाको पथ्थरीः तुलसीले मृगौला स्वस्थ बनाउने काम गर्छ । यदी कसैको मृगौलामा पथ्थरी भएको छ भने उसले महमा तुलसी मिलाएर दैनिक खानुपर्छ । यसरी नियमित रुमा खाँदा ६ महिनामा फरक देखिन्छ ।
७. तानव मुक्त गराउन तुलसीः तुलसीको पत्तामा तनाव प्रतिरोधात्मक क्षमता हुन्छ । तनावलाई हटाउन तुलसीको १२ वटा पत्ता दैनिक २ पटक खानुपर्छ ।
८. छालाजन्य रोगः छालाजन्य रोगको निदानका लागि पनि तुलसी उपयोगी बन्न सक्छ । दाद, लुतो जस्ता छालाजन्य रोगको निदानका लागि प्रभावित छालामा तुलसी केही दिनसम्म लगाउँदा निको हुन्छ । तुलसीको ताजा पत्तालाई संक्रमित छालामा रगेड्दा यसले इन्फेक्सन फैलनबाट पनि जोगाउँछ ।
९. स्वास गनाउने समस्या हटाउँछः तुलसीको सुकेको पत्तालाई तोरीको तेलमा मिलाएर दाँत सफा गर्दा पनि स्वास गनाउने समस्या हटाउँछ ।
१०. कानको दुखाई चट्ः तुलसीको पत्तालाई तोरीको तेलमा भुटेर र लसुनको रस मिलाएर कानमा काल्दा कान दुखाई पनि अन्त्य हुन्छ ।
अनलाइनको साहारामा
यौन सम्पर्कको आनन्द उठाउने मामिलामा धार्मिक व्यक्तिहरूभन्दा नास्तिक व्यक्तिहरू बढी भाग्यमानी हुन्छन् । नास्तिककै यौनजीवन तुलनात्मक रूपमा राम्रो हुन्छ । अनुसन्धाताहरू यस्तै दाबी गर्छन् । धार्मिक मनोवृत्तिका व्यक्तिहरू यौनको समय प्रयोग गर्नबाट हच्किन्छन् रे, ।
अनुसन्धाताहरू भन्छन्, 'धार्मिक व्यक्तिहरू सुरुमा त यौनको नाम सुन्नासाथ हच्किएजस्तो गर्छन् । सहवासको नयाँ विधि प्रयोग गरेर मन लगाउन खोजे पनि उनीहरूको मस्तिष्कबाट पापधर्मको कुरा हट्दैन र यौनसम्पर्क गरिहाले पनि पछि अपसोस जनाउँछन् ।' नास्तिक व्यक्तिहरूचाहिँ खुलेर यौनबारे कुरा गर्छन् र त्यस्ता अनुभव एकअर्कासँग साटासाट गरिरहन्छन् । उनीहरू यौनसम्बन्धको कल्पना गर्छन् र त्यसलाई साकार पार्न प्रयासरत हुन्छन् । यसमा उनीहरूले आफ्नो पार्टनरको सहयोग पनि पाउँछन् ।
तर धार्मिक प्रकृतिका व्यक्तिहरूले यस्तो यौनानन्द उठाउन सक्दैनन् । उनीहरू यस्तो कर्म धर्म र नीतिअनुसार छैन भन्ने भ्रममा बसिरहेका हुन्छन् ।
एउटा अध्ययन अनुसार १९ प्रतिशत भारतीय दिनहुँ यौनक्रियामा लिप्त हुन्छन् । सातामा तीनदेखि पाँच पटकसम्म यौनसम्बन्ध गर्ने पुरुष र महिलाको संख्यामा वृद्घि भइरहेको छ । सर्वेक्षण अनुसार यौनको समय २० प्रतिशत भारतीय सक्रिय हुँदा रहेछन् । उक्त सर्वेक्षणमा एक हजार व्यक्तिसँग उनीहरूको यौनजीवनबारे प्रश्न गरिएको थियो ।
२६ प्रतिशतले सातामा दुईदेखि तीन पटकसम्म यौनजीवनको आनन्द उठाउने बताए । १५ प्रतिशतचाहिँ सातामा एक, दुई महिनामा दुईपटक मात्र यौनसम्पर्क राख्दा रहेछन् ।
गर्मी समयमा अंगुर खानाले तत्कालका लागि चिसोको अनुभव त गराउँछ नै साथै यसले शरीरलाई स्वस्थ राख्नका लागि पनि उत्तिकै भूमिका निर्वाह गर्छ । अंगुरको सेवनबाट अपच, थकान, कब्जियतलगायतका बिरामीका लागि तत्काल राहत मिल्छ । साथै यसको सेवनले आँखालाई मोतिबिन्दु जस्तो खतरनाक रोग लाग्नबाट समेत बचाउँछ । अंगुरमा भिटामिन ए, सी, बी ६ लगायत कयौं मिनरल्स, पोटासियम, प्रोटिन, क्याल्सियम, फस्फोरसलगायतका मानव स्वास्थ्यका लागि अत्यावश्यक तत्वहरु समेत प्राप्त हुन्छ । जसले मानव स्वास्थलाई स्वस्थ राख्न मदत गर्छ ।
अंगुरको सेवनबाट हुने केही फाईदाहरु:
दमको समस्या: दमको समस्या हुने मानिसहरुका लागि अंगुरको सेवनले निकै फाईदा पुर्याउँछ । अंगुरमा हुने पानीको मात्राले फोक्सोमा पानीको अभावलाई पुरा गर्छ जसले गर्दा दमको सम्भावनालाई कम गराउँछ ।
माइग्रेन: पाकेको अंगुरको रस खानाले माइग्रेन लगायतका समस्यामा आराम मिल्छ । प्रत्येक दिन बिहान एक गिलास अंगुरको जुस खानाले माइग्रेनमा फाईदा हुन्छ ।
मुटु रोग: अंगुरको नियमित सेवनले मानिसको रगतमा नाइट्रिक अक्साईडको मात्रलाई नियन्त्रण गर्छ । एक चम्चा कालो अंगुरको जुस र एसपिरिन औषधि घोलेर खाएमा हृदयघातको समस्या बाट जोगिन सकिन्छ । जसले गर्दा रक्तसञ्चार राम्रोसँग हुन्छ र हृदयघात हुने
समस्या न्युन हुन्छ । अंगुरको सेवनले स्तन क्यान्सर हुनबाट समेत जोगाउँछ । कालो अंगुरमा हुने फलोवोनाइड्स र एसपिरिनले रगत जम्न दिँदैन ।
कब्जियत: अंगुरमा पाइने अग्र्यानिक एसिडले पाचन प्रक्रियालाई नियमित गर्न र भोजनलाई पचाउनमा सघाउँछ । दैनिक ३५० ग्राम अंगुर सेवन गर्नाले पाचन प्रक्रियालाई नियमित र स्वस्थ राख्न मदत गर्छ । अंगुरमा ग्लुकोज पर्याप्त हुन्छ । यसले पाचन संयन्त्र बलियो बनाउने, शरिरमा स्फूर्ति जगाउने, कपाल, आँखा र छालाको सौन्दर्यमा पनि सहयोग गर्दछ ।
हड्डिका विमारीका लागि: अंगुर कपर र आइरनका लागि निकै राम्रो स्रोत मानिन्छ । जुन हड्डिका निर्माण र बलियो बनाउनका लागि निकै अत्यावश्यक हुन्छ । अंगुरको नियमित सेवन गर्नाले हड्डी खिइने लगायतका समस्यामा उपयोगी साबित हुन्छ ।
थकाई लागेमा: अंगुरको जुस पिउनाले शरीरमा आईरन र मिनरल्सको मात्र बराबर बन्छ । जसले गर्दा थकाई जस्ता समस्यालाई टाढा राख्ने गर्छ । एनिमिया जस्ता समस्याबाट छुट्कारा पाउनका लागि पनि अंगुरको सेवनले मद्दत गर्छ । साथै यसले दिमागलाई समेत क्रियाशिल बनाउन मद्दत गर्छ ।
सुगर: सुगरको समस्या हुनेहरुका लागि पनि अंगुर फाइदाजनक हुन्छ । अंगुरको सेवनले कोलेस्ट्रोल र यूरिक एसिड नियन्त्रणमा पनि सहयोग पुग्छ । अंगुरको सेवनले सुगरको मात्र घटाउँने हुँदा यसको नियमित सेवन सुगरका बिरामीका लागि उपयोगी हुन्छ । अंगुरमा भिटामिन, क्याल्सियम, पोटासियम, आइरनजस्ता पौष्टिकताले भरिएको हुन्छ । यसको नियमित सेवनबाट छालाको सौन्दर्यता, रुघाखोकीका समस्याबाट छुटकारा पाउनु जस्ता फाइदा हुन्छ ।
अल्जाइमर: अंगुरमा पाइने रेसवेराट्रल नामक तत्वले अल्जाइमरको रोगीका लागि फाइदा पुर्याउँछ । नियमित अंगुरको सेवनले दिमागलाई स्वस्थ बनाउन र मानिसको स्मरण शक्ति बढाउन सहयोग पुर्याउँछ ।
पेठको जलनः पेटमा गर्मी भएको बेला त्यसलाई शान्त पार्न राति २० दाना अंगुर पानीमा भिजाउने र बिहान त्यसको रसमा सखर मिसाएर खाएमा आराम हुन्छ । तर पेट खाली भएको अवस्था चाहिन्छ । यसका साथै भोजनपछि अंगुरको जुस खाने गर्नाले रगत बढाउन सहयोग गर्छ । पेटको वायु नियन्त्रण गर्न पनि सहयोग पुर्याउँछ ।
रक्तस्रावः रक्तस्रावको समस्या भएका व्यक्तिले एक गिलास अंगुरको जुसमा दुई चम्चा मह घोलेर खाने हो भने नियन्त्रणमा आउँछ ।
फंगल इन्फेक्सनः अंगुरमा पोलिफेनोलिक फाइटोकेमिकल कम्पाउण्डले क्यान्सर, अल्जाइमर्स, कोरोनरी डिजिज, फंगल इन्फेक्सन आदिमा पर्याप्त फाइदा दिन्छ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउँछ: अंगुरमा पाइने भिटामिन ए र सीको कारण मानिसको प्रतिरोधात्मक क्षमता बढाउन तथा रुघाखोकी लगायतका संक्रमणबाट हुने समस्याबाट छुट्कारा दिलाउँछ । अंगुरको नियमित सेवनले मोतिबिन्दु, किड्नी, छालाको समस्या, दाग धब्बा लगायतका समस्याबाट समेत छुट्कारा पाउन सकिन्छ । अंगुरले घाउ, खटिरा निको पार्न सहयोसहयोग गर्छ । अंगुरको रसले मुख धुने गरेमा डण्डिफोरजस्ता समस्या बाट छुटकारा पाइन्छ । नुन र मरिच घोलेर अंगुरको जुस खाएमा एसिडिटी र बान्ता आउने समस्यामा फाइदा पुग्छ ।
हाडे बदाम मध्यम खालको रुखमा फल्ने फल हो । यसका छिप्पिएका पातहरू साधारणया फुस्रा अथवा खरानी रंगका हुन्छन् । यसका फूलहरू सेतोमा रातो रंग मिसिएका हुन्छन् र झुन्डिएर फुल्छन् । फलहरू भने दुई भागमा विभाजित मखमली दाना भएका र कडा खोलयुक्त हुन्छन् । यसैभित्रको गुदीलाई हाडे बदाम भनिन्छ । यही गुदी र गुदीबाट आउने तेललाई विभिन्न औषधीय प्रयोजनका लागि प्रयोगमा ल्याइन्छ ।
हाडे बदामको गुण
बदामको गुदीमा पेट सफा राख्ने, पिसाब खुलाउने, शरीरलाई पोषण दिने, दुखाइ कम गर्ने, शरीरको भित्री भाग सुन्निएर वा चिलाएर दुखेको भए त्यसलाई निको पार्ने, नसाहरूलाई सक्रिय राख्ने क्षमता रहेको हुन्छ । बदामको तेल मीठो र शीतलता प्रदान गर्ने खालको हुनुको साथै यसमा मांसपेशीहरूलाई बाउँडिनबाट बचाउने क्षमता हुन्छ ।
पोषणका रूपमाः हाडे बदाम अत्यन्तै पोषिलो हुने भएकाले गर्भवती महिलाहरूका लागि एकदमै उपयुक्त शक्तिको स्रोत मानिन्छ । अझ प्रभावकारी नतिजाको लागि बदामलाई दूधमा भिजाएर एकचिम्टी केसर मिलाई प्रत्येक दिन खाँदा आमा तथा बच्चा दुवैलाई भरपूर पोषण मिल्छ ।
दिमागका लागिः दिमागलाई पोषण दिने स्रोतको रूपमा बदाम प्रख्यात छ । विभिन्न पोषक तत्वहरू तथा अत्यावश्यक चिल्लो पदार्थहरूले युक्त यस फलमा स्मरणशक्ति र बुद्धि बढाई दिमाग तेजिलो राख्ने गुण निहित हुन्छ । दिनदिनै ४ देखि ६ दाना बदामलाई पानीमा भिजाएर यी दानाहरूको सेवन गर्दा शरीर र दिमागका लागि अत्यन्त फाइदा हुन्छ ।
शरीरको शीतलताको लागिः पिसेको बदामलाई दूधमा पकाएर बनाएको खीरलाई शरीरमा शीतलता प्रदान गर्ने, थकान मेटाउने तथा दिमागलाई सुचारु राख्ने प्रभावकारी पदार्थ मानिन्छ ।
हेमोग्लोबिनको स्रोतः बदाममा हुने उच्च मात्राको ताम्र तथा लौहपदार्थले रगतमा हेमोग्लोबिन बढाउन सहयोग गर्छ ।
बढ्दै गएको उमेर संगै धेरै सुत्ने, गलत आचरण, अत्यधिक सहबास, कुनै पनि प्रकारको नशा, ध्रुम्रापन सेवन, अबेर सुत्ने अबेर उठ्ने, दिनमा सुत्ने या आबश्यक पोषक तत्वको कमी आदिले गर्दा समरण शक्ति कमजोर बनाउँछ, यदि तपाई पनि बार–बार बिर्सिने समस्या बाट ग्रस्त र हैरान भै रहनुभएको छ भने अपनाउनुस तल दिएका उपायहरु...
१. दालचीनीको धुलो पाउडर १० ग्राम मह ९कस्ती० मा मिलाएर चाटनुस, यसले कमजोर दिमागको राम्रो औषधी गर्छ । अदूवा, जीरा र मिश्री तिन चिज पिसेर सेवन गर्दा कमजोर समझना शक्ति भएकाकोलागि लाभदायक हुन्छ।
३. ओखरले पनि स्मरण शक्ति बढाउनमा फाईदा गर्छ । यसको नियमित सेवन फाइदा जनक हुन्छ । २० ग्राम ओखर र साथमा १० ग्राम किशमिश पनि लिन सक्नु हुन्छ ।
४. बदाम ५ वटा बेलुका पानीमा भिजाई बिहान बोक्रा निकाली पिसेर लिदो बनाउँनु, अनि त्यसमा २ चम्चा मह पनि मिसाउनु । अब एक गिलास तातो दूध्दमा बदामको पेस्ट राखेर हलाउनुस र सेवनगर्नुस । यो मिश्रित दुध्द पिएर दुई घण्टा सम्म केहि नखानुस् ।
५. ब्राह्मी दिमागको शक्ति बढाउने प्रख्यात जडिबुटी हो। हरेक दिन यसको एक चम्चा रस पिउदा लाभदायक हुन्छ, यसको ७ वटा पात चपाएर खाँदा पनि त्यहि लाभदायक हुन्छ, ब्राह्मीमा एन्टी ऑक्सीडेंट तत्व पाईन्छ जसलेदिमागको शक्ति बढाउँन थाल्छ ।
पछिल्लो समय उच्च रक्तचापको समस्या मानिसहरुमा बढ्दो छ । यदी तपाईं पनि यस समस्याबाट पीडित हुनुहुन्छ भने निम्न उपायहरु अपनाउन सक्नुहुन्छः
१) कुद्नेः हप्तामा एक घण्टा कुद्ने हो भने पनि त्यसले मानिसको आयुलाई ६ वर्ष बढाउने विभिन्न अध्ययनहरुले दाबी गरेको छ । शोधकर्ताहरुका अनुसार कुद्नुको विभिन्न स्वास्थ्यसम्बन्धी फाइदाहरु रहेका छन् । जसमध्ये शरीरले अक्सिजन लिने मात्रा बढाउने र रक्तचाप घटाउने पनि रहेको छ । हप्तामा एक पटक एक घण्टा कुद्दा पनि यसले तपाईंको मुटुलाई दह्रो बनाउन मद्दत गर्छ जसले कम मिहिनेतमा नै यसले रक्तसञ्चार गर्न सक्छ । यसरी आर्टरीमा कम चाप पर्छ र रक्तचाप कम हुन्छ ।
२) दही खानेः दैनिकरुपमा एउटा सानो कचौरामा दही खायो भने पनि त्यसले रक्तचापको संभावनालाई एक तिहाई कम गर्छ । वैज्ञानिकहरुका अनुसार दहीमा पाउने क्याल्सियमले रक्तनलीहरुलाई केही मात्रामा फैलिन मद्दत गर्छ जसले रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ ।
३) केरा खानेः केराजस्तै पोटासियमको मात्रा धेरै पाइने खानेकुरा खाँदा रक्तचापका रोगीहरुलाई निकै फाइदा गर्छ । पोटासियमले शरीरको तरल पदार्थको मात्रालाई नियन्त्रण गरी रक्तचापलाई नियन्त्रण गर्छ । कम्तीमा पाँच वटा केरा खाने गर्नुहोस् ।
४) नुन कम खानेः नुनले रक्तचाप बढाउने गर्छ । यसमा घरमा तरकारीमा हाल्ने नुनभन्दा पनि प्रशोधन गरिएको नुन जस्तै तयारी खानेकुरामा बढी ध्यान दिनुपर्छ । किन भने तयारी खानेकुराबाट हामीले खाने ८० प्रतिशत नुन आउँछ ।
५) तौल घटाउनुहोस्ः विभिन्न अध्ययनले केही किलोग्राम तौल बढ्दा पनि रक्तचापमा ठूलो असर पुग्छ । धेरै तौलको अर्थ मुटुले बढी काम गर्नुपर्छ जसले रक्तचाप बढाउँछ ।
६) काम कम गर्नेः नियमितरुपमा हप्तामा ४० घण्टा वा सोभन्दा बढी काम गर्ने हो भने त्यसले हाइपरटेन्सन बढाउँछ । जुन उच्च रक्तचापको प्रमुख कारण हो ।
७) चुरोट नखानेः चुरोटमा भएको निकोटिनले हाम्रो शरीरमा भएको एड्रेनलिनको मात्रा बढाउँछ । यसले मुटुको रफ्तार बढ्छ र रक्तचाप पनि बढ्छ ।
८) घुर्नुहुन्छ भने उपचार गर्नुहोस्ः ठूलो आवाजले घुर्नु भनेको अबस्ट्रक्टिभ स्लिप एपनियाको संकेत हो । उच्च रक्तचाप हुनेमा यस्तो समस्या देखिन्छ ।
९) कफी कम खानेः कफीमा रहेको क्याफिनको मात्रा ५०० मिलिग्राम भयो भने त्यसले रक्तचापलाई ३ अंकले बढाउँछ । सकेसम्म कम कफी खाने ।
१०) सलगम खानेः दैनिक रुपमा २५० मिलिलिटर सलगमको जुस खाने हो भने यसले रक्तचापलाई ७ प्रतिशतले कम गर्छ । यसमा पाइने नाइट्रेटले प्राकृतिक रुपमा रक्तचापको नियन्त्रण गर्छ । रातोपाटी
डण्डीफोर आम समस्या हो । यसले अनुहारको सुन्दरता बिग्रन्छ कि भनेर मानिसहरू चिन्तित हुन्छन् । डण्डीफोर निको भए पनि दागको रुपमा यो लामो समयसम्म रहिरहन्छ । डण्डीफोरलाई चाँडो निको बनाउने धुनमा त्यसलाई निचोर्नु नै समस्या निम्त्याउनु हो । फेरि त्यसको दागलाई हटाउने नाममा प्रयोग गरिने क्रिमले छालामा साइडइफेक्ट गर्न सक्छ । त्यसैले घरेलु उपाय तपाईको लागी फाइदाजनक हुन्छ ।
१. आलुः आलुको टुक्रा काट्नुस् र अनुहारमा बिस्तारै रगडेर लगाउनुस् । एउटा टुक्रा सुक्यो भने अर्को लगाउनुस् । यो क्रमलाई १५ मिनेटसम्म निरन्तरता दिएपछि अनुहारलाई सुक्न दिनुस् । त्यसपछि धोएर मोस्चराइजर लगाउनुस् । यो प्रयोग हप्तामा ३–४ पटक गर्नुहोस् ।
२. कागतीको रसः डण्डीफोरको दागमा कागतीको रस लगाउनुस् र सुक्न दिनुहोस् । त्यसपछि पानीले धुनुस् । यो प्रयोग साँझमात्र गर्न सक्नुहुन्छ । दिउँसो कागतीको रस लगाउने हो भने सनस्क्रीन लोसन अवश्य लगाउनुस् ।
३. गोलभेंडाः गोलभेंडा काटेर डण्डीफोरमा लगाउनुस् र त्यसलाई १५–२० मिनेटसम्म रहन दिएर धुनुस् । यस प्रक्रियालाई हप्तामा एक वा दुइपटक गर्नुस् ।
४. महः एउटा माटोको भाँडोमा मह र घिउकुमारी मिसाउनुस् । त्यसमा केही निमको पात क्रस गरेर राख्नुस् र त्यसलाई एक दिनभरका लागि चिसो स्थानमा राख्नुस् । अर्को दिन त्यसमा गुलाब जल मिसाएर डण्डीफोरमा लगाउनुस् र सुकेपछि धुनुस् । यो प्रक्रिया दिनहुँ गरेपछि डण्डीफोरको दाग मेटिनेछ ।
५. ओलिभ आयलः ओलिभ आयलको केही थोपा डण्डीफोरको दागमा लगाउनुस् । यसले अनुहारको रगतमा निखार ल्याउँछ र दाग फिका हुन थाल्छ । नियमित लगाउन थालेपछि बिस्तारै दाग हट्दै जान्छ ।
६. खाने सोडाः फेसवासमा एक चिम्टी खाने सोडा मिसाएर लगाउनुस् र चिसो पानीले अनुहार धुनुस् । यसबाट छालामा थोरै झनझनाहट हुन्छ । छालाका क्लिनिकमा छालामा चमक ल्याउन यो उपाय अपनाइन्छ । तर यसलाई अनुहारमा २० सेकेण्डभन्दा बढी नराख्नुस् ।
७. भिटामिनः खानामा भिटामिनको मात्रा बढाउनुस् । त्यसका लागि बिहानको सूर्यको किरण आफ्नो अनुहारमा पर्न दिनुस् ।
८. चन्दन पाउडरः एक चम्चा चन्दन पाउडर लिएर त्यसमा केही थोपा रोज वाटर हाल्नुस् । यो पेस्टलाई डण्डीफोरको दागमा लगाउनुस् र १५–२० मिनेटपछि धुनुस् ।
यसरी कुनैपनि तरिका अपनायमा तपाइको डन्डीफोरको दाग केही दिनमै हट्न थाल्छ । स्वास्थ्य खबरपत्रिका
सामान्यतया पायल्स रोग त्यस्तो रोग हो
जुन मलद्वारसँग सम्बन्धित छ । यसको लक्षण भनेको दिसा गर्दा रगत आउने, मलद्वारमा मासु पलाउने, दुख्ने, सुन्निने र चिलाउने गर्दछ । पायल्स
रोगीमध्ये कसैको पीप बग्छ, अंगुरको
झुप्पोजस्तो पलाएको हुन्छ र रातो सुन्निएको डल्लो हुन्छ । यो रोग लाग्दा कसैलाई
रगत आउँछ भने कसैलाई आउँदैन ।
कसरी हुन्छ पायल्स?
पायल्स हुनुको मुख्य कारण
जीवनशैली र खानपान हो । पानी कम खाने, हरियो सागपात नखाने, शारिरिक व्यायाम कम गर्ने, धेरै व्रत बस्ने, बढि चिया पिउने, माछामासु तथा सुख्खा खानेकुरा जस्तै
चाउचाउ, बिस्कुट, चाउमिन बढि खाने, अनियमित खानपान, अनिन्द्रा, धेरै तनाव लिने, रक्सी, चुरोट, सूर्तीको अत्यधिक प्रयोग, कलेजोको खराबी, तथा भुटेतारेका कुरा बढी खाने गर्नाले
पायल्स तथा दिसाबाट रगत आउने, मासु पलाउनेजस्ता समस्या बढी हुन्छ ।
दिसा कब्जियत, वा दिसा थोरै आउनु, गोटा पर्नु, नियमित दिसा नहुनु, दिसा तथा पाद रोक्नु, दिसा पिसाब लागेको बेलामा नगर्नु, अत्यधिक गर्मी वातावरणमा बस्नु, चिल्लो तथा तेलको प्रयोग बढी हुनु पनि
यसको कारण हो । शरीरलाई आवश्यकभन्दा बढी खानु, तनाव लिनु तथा जीवनशैली एकनासको नभएका
कारण पायल्स हुन्छ ।
पायल्स
रोगीले के खाने ?
हरियो सागपात काँचै खाने, चोकरसहितको गहुँको पिठो, रोटी, जौ, ब्राउन राइस, रहर तथा मुगको दाल खाने, पानी प्रशस्त पिउने, फलफुलको रस पनि प्रशस्तै सेवन गर्ने ।
खाना खाँदा मुला, काँक्रो, गाँजर खाने । नरिबल, अनार, स्याउ, बेलजस्ता फलफुल, करेला, धनिया, लौकाले पनि पायल्स रोगीहरुलाई निकै फाइदा पुर्याउँछ ।
खाना खाँदा मुला, काँक्रो, गाँजर खाने । नरिबल, अनार, स्याउ, बेलजस्ता फलफुल, करेला, धनिया, लौकाले पनि पायल्स रोगीहरुलाई निकै फाइदा पुर्याउँछ ।
घरेलु
उपचारः
एक गिलास गाइको दुधमा आधा कागती निचोरेर
तुरुन्त खाँदा कसै कसैलाई रगत तथा पिप आउने जस्ता समस्या ठीक भएका छन् ।
कसैलाई फिटकिरी एक टुक्रा राखेर दश लिटर
जति पानीमा दिनको दश मिनेट बस्दा धेरै आराम मिल्छ ।
नरिवलको बाहिरको जटा डढाएर एक चिम्टी
खरानी र दुबोको २ चम्चा रस घोलेर बिहान बेलुका एक गिलास मनतातो पानीसंग खाँदा
सन्चो भएको पाइएको छ ।
मुलाको बिउ कुटेर तोरीको तेलमा फिटेर
दिसा गरिसकेपछि लगाउने गर्दा पनि कसैलाई राहत मिल्दछ ।
आफ्नो पिसाबले गद्द्वार धुने ।
नियमित रुपमा योग र शारीरिक व्यायाम
गर्दा पनि सन्चो हुन्छ । यो समस्याको नआत्तिइकन उपचार गर्नुपर्छ । औषधि उपचारबाट
निको हुन केही समय लाग्न सक्छ । शल्यक्रिया पनि अन्तिम उपचार भने होइन । कहिलेकाही
शल्यक्रियापछि पनि समस्या बल्झिएको र निको नभएको पाइन्छ ।
पायल्सका बिरामीले के नगर्ने के नखाने ?
अदुवा, मासको दाल, पिरो, अमिलो, चिल्लो तथा मसला बढी भएको, माछामासु, बासी खानेकुरा, चना, भन्टा, आलु, बोतलबन्द खानेकुराहरु, पूरानो अचार, रेडिमेड खानेकुरा, चियाकफी, चुरोट रक्सीजस्ता चिज उपभोग नगर्ने, स्त्री सम्भोग कम गर्ने, खाली पेट नबस्ने, बिहान अबेरसम्म नसुत्ने लगायतका कुरामा ध्यान दिने । यी तरिका अपनाउँदा लागिसकेको रोग पनि बिस्तारै कम हुँदै जान्छ ।
अदुवा, मासको दाल, पिरो, अमिलो, चिल्लो तथा मसला बढी भएको, माछामासु, बासी खानेकुरा, चना, भन्टा, आलु, बोतलबन्द खानेकुराहरु, पूरानो अचार, रेडिमेड खानेकुरा, चियाकफी, चुरोट रक्सीजस्ता चिज उपभोग नगर्ने, स्त्री सम्भोग कम गर्ने, खाली पेट नबस्ने, बिहान अबेरसम्म नसुत्ने लगायतका कुरामा ध्यान दिने । यी तरिका अपनाउँदा लागिसकेको रोग पनि बिस्तारै कम हुँदै जान्छ ।
विशेष ध्यान दिनुपर्ने कुराः
पायल्सका बिरामीले हप्तामा एकपटक
वा आवश्यकताअनुसार पेट सफा गराउने, पेट हल्का राखी उपचार गर्नु एकदम राम्रो
विधि हो । एकदम कम र हल्का खाने, शरीरले पचाउन सक्ने गरी खानुपर्छ ।
हप्तामा दुई तीनदिन शुरुमा रोग
बढेको अवस्थामा एकदिन बिराएर फलफूलको रस वा पानीमात्र खाएर बस्नुपर्छ । डाक्टरको
सल्लाहअनुसार केही राम्रो भएपछि बिस्तारै काँचै खानेकुरा खाएर बस्ने, पेटलाई हलुंगो बनाएर औषधि गर्दै जाने ।
यस्तै, पिपलको
बोक्रा मसिनो बनाएर सुकाएर पिस्ने, शुद्ध तोरीको तेलमा मिसाएर नियमित
बिहानबेलुकी मासु बढेको ठाउमा एकदेखि तीन महिनासम लगाएमा पलाएको मासु
बिस्तारै सुक्दै जान्छ र पायल्स पनि बिस्तारै कम हुँदै जान्छ ।