- डा सि पी सेढाई,
डिप्रेसन विभिन्न प्रकारका हुन्छन् । यो रोग यकिन गर्न यस्ता लक्षणहरू कम्तीमा २ साता रहनुपर्छ । महिलामा यो समस्या बढी देखिने गरेको पाइन्छ । खास कारण एकिन नभएपनि उनीहरूमा सहन सक्ने क्षमता कम हुने भएकाले यो समस्या बढी हुने गरेको अनुमान छ ।
डिप्रेसनका बिरामी नेपालमा धेरै छन् । कतिपयलाई सुरुमा बेलुकी पख टाउको दुख्ने, कुराहरू बिर्सने, आत्मबल घट्ने, आत्तिएको महसुस गर्ने, दुःख परेको मानिस देख्दा मन थाम्न नसक्ने हुन्छ । यो समस्याका कारण कतिपय बिरामी घाँटीमा केही अड्कियो भन्छन्, आफूलाई क्यान्सर भयो भनी रुन्छन्, मर्ने भइयो भनेर आत्तिन्छन् र परिवारको बारेमा कुनै चिन्ता लिँदैनन् ।
उनीहरूले सामान्य कुरामा पनि मन थाम्न सक्दैनन् । जस्तै– सडकमा बिरामी वा मरेको मानिस देख्दा आत्तिने र चिन्तित हुने गर्छन् । एउटै घटनालाई आधारमानी सधैं त्यसमा अनावश्यक विवाद गर्छन् । जस्तै– परिक्षमा एक पटक असफल भएमा अब फेल भइन्छ भनी आतिन्छन्, जुन गलत हो । कतिपय नकारात्मक सोचाइबाट पिडित हुन्छन् । मनमा यस्तो सोच्दिन भने पनि यस्ता बिरामीमा त्यस्तो सोचाइ आउँछ, जसले उनीहरू छट्पटिन्छन् । यस्ता बिरामीको मस्तिष्क परीक्षण, सिटी स्क्यान, एमआरआई गर्दा कुनै खराबी देखिदैन ।
प्रकार र लक्षण :
- न्यूरोटिक डिप्रेसन: यस्ता बिरामीहरू मलाई कस्तो रोग लाग्यो भनी चिन्ता गर्छन् ।
- साइकोटिक डिप्रेसन: यस्ता बिरामीहरू अरू मानिसदेखि शंका गर्छन् ।
- सेनाइल डिप्रेसन: बुढेसकालमा देखिने डिप्रेसनलाई सेनाइल डिप्रेसन भनिन्छ । यस्ता बिरामीले प्रायः आत्महत्या गर्ने डर हुन्छ । उनीहरू एक्लै बोल्ने, एक्लैे हाँस्ने पनि गर्न सक्छन् ।
- डिप्रेसन स्टूपर: यस्ता बिरामी अत्यन्त नचली र नबोलि बस्छन् । कोही आँसु बगाउँछन् ।
- एजिटेटेड डिप्रेसन: यस्ता बिरामी अत्यन्त छटपटी गर्छन् । एक ठाउँमा बस्न सक्देैनन् । आत्तिने र अस्थिर मनस्थिती भएका हुन्छन् ।
- रेटाडेड डिप्रेसन: यस्ता बिरामीहरू कम बोल्छन् र टोलाउने गर्छन् ।
- बच्चामा देखिने डिप्रेसन: बच्चामा दखिने डिप्रेसन केही फरक हुन्छ । पेट दुख्ने, टाउको दुख्ने, रिसाउने, पढ्न नजाने आदि लक्षण देखिन्छ । स्वास्थ्यखबरपत्रिका
- डा. दिना श्रेष्ठ,
यो शरीरको आफ्नै कारण (अटो इम्युन) ले हुने रोग हो । यसमा शरीरले एन्टिबडी बनाएर थाइराइडलाई काम गर्न दिँदैन । अथवा बढी काम गर्न दिँदैन ।
रोगको अनुपात हेर्दा १० जना महिलामा देखिएमा एक जना पुरुषमा देखिन्छ । महिलामा रोग प्रतिरोधात्मक क्षमतामा हुने गडबडीले यो रोग बढी भएको हो । बालबालिकामा वंशाणुगत कारणले हाइपो थाइरोडिज्म् रोग लाग्नसक्छ । यसले सबैभन्दा बढी प्रभाव बालबालिकामा पार्छ । यो रोग लागेमा बालबालिकाको दिमागको बृद्धिविकास रोकिन जान्छ र उनीहरु सुस्त मनस्थितिका हुन पुग्छन् । यदि महिलालाई गर्भावस्था वा सो भन्दा अघि थाइराइडको समस्या भएमा बच्चामा सर्ने जोखिम बढी हुन्छ । त्यसैले जन्मेको एक हप्ताभित्र बच्चाको थाइराइड परीक्षण गराउनु पर्छ । अर्को कुरा १३ देखि १४ बर्षका युवतीमा महिनावारी गडबड भएमा एकपटक थाइराइड परीक्षण गराउनु पर्छ । गर्भावस्थामा थाइराइडको समस्या देखिएमा औषधि सेवन गर्नुपर्छ ।
हाइपो थाइराइडिज्म्मा महिनावारी नियमित नहुने, मोटोपना, अल्छी हुने, मोटाउने, शरीर सुन्निने, दिक्क लाग्ने, अनावश्यक जाडो हुने, प्रजनन् क्षमतामा कमी हुने हुन्छ । कसै कसैलाई कपाल झर्ने लक्षण पनि देखिन्छन् । हाइपरथाइराइडीज्म्मा मानिस एकदमै दुब्लाउने, मुटुको धड्कन बढ्ने, शरीरको तापक्रम बढ्ने, भोक बढी लाग्ने तर दुब्लाउने, दिसा बढी लाग्ने, महिनावारी गडबडी हुने, मन आत्तिने र मानसिक तनाव बढी हुने हुन्छ ।
युवाहरुमा थाइराइडको समस्या भएमा केही समयका लागि खुट्टा नचल्ने लक्षण देखिन सक्छ । शरीरमा पोटासियम कम भएर यस्तो अवस्था देखिएको हो । तर यस्तो समस्या थाइराइडका कारण पनि हुन्छ भनेर बिचार पुर्याउनु पर्छ । रोगको समयमा पहिचान हुन नसक्दा धेरै समस्या भोग्नुपर्ने उदाहरण पनि प्रशस्त छन् ।
मधुमेह भएका बिरामीले वर्षको एकपटक थाइराइडको पनि परीक्षण गर्नुपर्छ । कहिले काहिं हाइपर थाइराइडिज्म्मा मधुमेह रोग पनि देखिन सक्छ । यसमा थाइराइड निको हुनासाथ मधुमेह पनि आफै निको भएर जान्छ । थाइराइड अटो इम्युन रोग भएकाले खाना बार्नु पर्दैन ।
हाइपो थाइराइडिज्म्का लक्षण
- महिनावारी नियमित नहुने
- मोटोपना
- अल्छी लाग्ने
- शरीर सुन्निने
- दिक्क लाग्ने
- अनावश्यक जाडो हुने
- कपाल झर्ने
- प्रजनन् क्षमतामा कमी आउने ।
हाइपर थाइराइडिज्म्का लक्षण
- एकदमै दुब्लाउने
- मुटुको धड्कन बढ्ने
- शरीरको तापक्रम बढ्ने
- भोक बढी लाग्ने तर दुब्लाउने
- दिसा बढी लाग्ने
- महिनावारी गडबडी
- मन आत्तिने
- मानसिक तनाव बढी हुने
- कपाल झर्ने ।
थाइराइड भनेको एउटा ग्रन्थी हो । यो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ । यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्छ । थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो । त्यसैले यसलाई शरीरको एक्सिलेटर पनि भन्ने गरिन्छ । स्वास्थ्यखबरपत्रिका
डा. दिना श्रेष्ठ, इन्डोक्राइनोलोजिष्ट, नर्भिक अस्पताल
पाठेघरको मुखको क्यान्सर, पाठेघरको मुखमा नियन्त्रण भन्दा बढी कोषीकाहरु वृद्धि भएपछि क्यान्सर हुन्छ । डाक्टरहरुका अनुसार पाठेघरको मुखको क्यान्सर हुने कारण यहि हो भन्ने नभएपनि यसको मुख्य कारक तत्व भाइरल संक्रमण हो । डाक्टर रश्मी पुन गुरुङका अनुसार पाठेघरको क्यान्सर शारीरिक सम्पर्क गरेकाहरुलाई हुन्छ ।
शारीरिक सम्पर्कका बेला केटा मान्छेबाट आउने ह्युमन पापिलोमा नामक किटाणुका केही प्रजातिका कारण पाठेघरको मुखमा क्यान्सर हुन्छ । ‘यो ईन्फेक्सन केटाबाट केटीमा सर्छ त्यसैले शारीरिक सम्पर्क गर्दा ध्यान दिनुपर्छ, धेरै जनासँग सम्पर्क राख्ने केटासँग सम्बन्ध राख्नुहुँदैन’ । शारीरिक सरसफाईमा ध्यान नदिनाले र धैरैसँग सम्पर्कमा आउनेलाई यो क्यान्सर लाग्ने डाक्टर गुरुङको भनाई छ । धेरै शारीरिक सम्पर्कमा आउने महिलाको पाठेघरको मुखमा संक्रमण हुने र ह्युमन पापिलोमा नामक किटाणुले पाठेघरको मुखमा रहेका कोषिकाहरुमा संक्रमण गर्ने र त्यसलाई अनियन्त्रित तवरले बढाउन मद्दत पुर्याउने गर्दछ ।
खतरा कसलाई
शारीरिक सम्पर्कमा रहेका वा प्रजनन क्षमता भएका जोसुकैलाई पनि यो रोग लाग्छ । विशेषगरी ३० देखि ६० वर्ष उमेरका महिला, जसको विहे भैसकेको छ ।
* धेरै बच्चा भएका, सानो उमेरका विवाह भएकालाई ।
* यौन व्यवसायमा लागेका महिला वा परपुरुषको संसर्गमा रहेकालाई ।
* लोग्नेको अर्की श्रीमती पनि छन् र उनलाई पाठेघरको मुखको क्यान्सर भएको छ भने पनिसर्न सक्छ ।
* जाँड, रक्सी, चुरोट, खैनी, तमाखु खाने तथा खानपिनमा ध्यान नदिने र कुपोषण भएका महिलालाई खतरा बढी हुन्छ ।
लक्षण
- पाठेघरको मुखको क्यान्सरको लक्षण व्यक्तिपिच्छे फरक फरक हुन्छ ।
- गन्हाउने पानी बग्ने
- संक्रमण भैरहने
- रगत मिसिएको पानी बग्ने
- महिनावारी नभएको बेलामा पनि रगत देखिने, महिनावारी रोकिएपछि पनि फेरि रगत देखिने
- पेट फुल्ने
- खुट्टा सुन्निने, ढाड तथा कम्मर लुख्ने र दिसा पिसाबमा समस्या देखिने ।।
कसरी बच्ने ?
पाठेघरको मुखको क्यान्सर हुन नदिन बेला बेलामा प्याप स्मेयर जाँच गराउनु पर्छ । प्याप स्मेयर एउटा यस्तो विधि हो, जसमा पाठेघरको मुखमा आएका खराबीलाई थाहा पाई भविष्यमा खतरा छ कि छैन पत्ता लाग्छ ।
यो विधिले पाठेघरको मुखमा संक्रमण भएकोबारे बेलैमा थाहा पाउने भएकाले उपचारमा सहज हुन्छ । डाक्टरका अनुसार यो पाठेघरको मुखको क्यान्सर हुने सम्भावना छ छैन भन्ने पत्ता लगाउने सरल र सहज विधि हो ।
यौन सम्पर्क गरेका, धेरै बच्चा जन्माएका, धेरै जनाको सम्पर्कमा रहेका, महिनावारी बन्द भएका र क्यान्सरको सम्भावना भएर अपरेशन गरेका महिलाले पाठेघरको मुखको परीक्षण गराए क्यान्सर लाग्ने सम्भावना कम हुने डाक्टर बताउँछन् । यस्तै सुरक्षित यौन सम्पर्क गरे पनि यसबाट जोगिन सकिन्छ । नेपालन्यूजलाइभ
भोजन नुनबिना खल्लो हुन्छ । खल्लोपनलाई मेटाउने प्रयास गर्दा कतिपयलाई चर्को नुन खाने बानी नै बस्छ । जब स्वास्थ्यमा गढबढी उत्पन्न हुन्छ तबमात्र चर्को नुनले हानी गर्छ भन्ने थाहा हुन्छ ।
बढी नुन खानु स्वास्थ्यका लागि हानिकारक सिद्ध मानिन्छ । यसले पेटको क्यान्सर बढाउन भरपर्दो सहयोग पुर्याउँछ । बजारमा उपलब्ध तयारी खाद्यपदार्थ, बिर्को बन्द खाने कुरा हाम्रो शरीरका लागि ठूलो शत्रु हो । यहाँसम्म कि ब्रड, तारेको केराउको गेडा, बिर्को बन्द मासु र मासुको अचार आदिमा बढी नुन हुुन्छ । जसको सेवन गर्नाले हाम्रो शरीरमा नुनको मात्रा खतरनाक लेवलमा पुग्छ । प्रतिदिन १२ ग्राम नुनको सेवन मात्र पनि क्यान्सरलाई निम्त्याउन पर्याप्त मानिन्छ । ब्रिटेनको क्यान्सर रिसर्च सेन्टरले भर्खर मात्र के जानकारी दिएको छ भने पेटको क्यान्सरले मात्र पनि ब्रिटेन जस्तो विकसित देशमा प्रतिवर्ष करिब ६४ सय मानिसको ज्यान लिइरहेको पाइएको छ ।
स्वास्थ्यको दृष्टिकोणले एक वयस्क व्यक्तिलाई प्रतिदिन ६ सय ग्राम नुन पर्याप्त मानिन्छ । बच्चा तथा किशोरहरूको निम्ति त यसको एक चौथाइ मात्र नुन पर्याप्त मानिएको छ । यसका साथै ब्रिटेनमा धेरैजसो मानिस ९ ग्रामभन्दा बढी नुन खाने गरेको पाइयो । यसको प्रमुख कारण के हो भने तयारी खाद्यपदार्थ र पेयपदार्थको सेवन बढी हुने गरेको पाइन्छ जुन नुनको भण्डार भन्दा पनि फरक नपर्ला ।
हाम्रो नेपाली बजारमा पनि तयारी खाद्यपदार्थमा नुनको मात्रा बढी हुन्छ । यस्तो कि म:म:, चाउमिन, चटामरी, पिज्जाजस्ता खानामा नुनको मात्रा चर्को रहने गरेको छ । जसले पूरै दिनको नुनको मात्रा एक पटक गरेको लञ्च वा डिनरबाट उठिहाल्छ ।
मुटु र मस्तिष्कको शत्रु हो नुन
नुनले पेटको क्यान्सरका साथै हार्टएटेक र ब्रेन स्ट्रोकको सम्भावनालाई पनि बढाउँछ । डाक्टरका अनुसार बढी नुन भएको खाना खाँदा पेटको क्यान्सर नबढाउन मद्दत गर्दछ । त्यति मात्र होइन नुनको कम सेवनले पेटको क्यान्सर हुन नदिई दिमागलाई सन्तुलनमा राख्न मद्दत पुर्याउादछ । हुन त यो सबै रोगको जड नुन नै हो भन्ने तथ्य सही नभएपछि रासायनिक पदार्थ जुन तयारी खाद्य पदार्थमा मिसाउने गरिन्छ । सोको सेवनले क्यान्सरलाई बढाउन मद्दत पुर्याइरहेको छ । एउटा कुरा के छ भने उच्च रक्तचाप र मुुटुको बिरामीलाई चर्को नुनको सेवन नै दोषी मानिन्छ । त्यसैले चर्को नुन खाादा आमाशयमा पोल्ने र खोच्ने काम हुन जान्छ । जसको विकसित रूप भनेको पछि गएर पेटसम्बन्धी क्यान्सर हुनु हो ।
भर्खरै जापानमा यही समस्याका बारेमा अध्ययन सम्पन्न भएको छ । वृद्ध–वृद्धाहरूमा गरिएको एक अध्ययनअनुसार करिब ४० हजार मानिसमा ११ वर्षदेखि खानपिनसम्बन्धी अध्ययन गर्दा के पत्ता लागेको छ भने प्रतिदिन १२ देखि १५ ग्रामसम्म खुन खाने व्यक्तिमा पेटको क्यान्सर र मुुटुको समस्या दोब्बर बढेर गएको पाइएको छ । यसरी के सिद्ध हुन्छ भने जुन व्यक्ति नुनिलो पदार्थको सेवन तीव्र रूपमा गर्छन् र फलफूल, हरियो सागपातको सेवन कम गर्छन् भने उसको पेटको क्यान्सर र शरीरका अन्य भागमा विभिन्न गढबडी देखा पर्न थाल्छ । आश्यर्च लाग्दो कुरा के छ भने पुरुषको संख्या चर्को नुन खाने वर्गमा अगाडि रहेका छन् ।
नुन कति खाने ?
फुड स्टान्डर्ड एजेन्सी र युके हेल्थ डिपार्टमेन्टले तोकेको माप दण्ड अनुसार प्रतिदिन बढीमा ६ ग्राम नुन शरीरको निम्ति आवश्यक रहेको बताएको छ । १ देखि ६ वर्षसम्मका बच्चाका लागि प्रतिदिन मात्र २ ग्राम नुन पर्याप्त मानिन्छ । ७ देखि १४ वर्षका बढदो उमेर समूहका बालबालिकाहरूका लागि ५ ग्राम नुन पर्याप्त छ । एक चिम्ती नुन भनेको ०दशमलव २५ ग्राम हो । तसर्थ, एक चम्चामा करिब ५ ग्राम नुन अटाउाछ ।
ब्रिटेनमा सरकारले तयारी डिब्बाबन्द खाद्य पदार्थमा कम नुन हाल्न फुड इन्डट्रिमा आदेश जारी गरिदिएको छ । तर, नेपालमा त्यस्तो प्रकारको कुनै नीति नभएकाले व्यापारिहरूले मनपर्दो ढंगले आफ्नो तयारी खाद्य पदार्थमा नुन हाल्ने गरेका छन् । जुन–जुन मानिसको स्वास्थ्यसम्बन्धी ठूलो खेलबाड भैरहेको छ ।
नेपाल बजारमा व्याप्त आलुचिप्स, भुजिया, पापड र त्यस्तै अचार आदि आदिमा नुनको मात्रा बढी रहने गरेको छ । हामीलाई नुन तिखो भएन भने खाना रुच्दैन । जुन कुरा हाम्रो शरीरलाई यसले भित्र–भित्र खोक्रो पारिरहेको छ । नुन चााहि कडा चाहिने नेपाली परिपाटीमा पानी खानुलाई कञ्जुस्याई गरिन्छ । त्यसैले पनि यहााका अधिकांश मानिसमा पेटसम्बन्धी गडबडी साझा रोग भएको छ । जो कोही पनि पेटको समस्याले ग्रसित छन् । नारीपत्रिका
- अनिल न्यौपाने
पक्राउ परेकामध्ये दुई जना सरकारी अस्पतालमा नै कार्यरत थिए भने एक जना एमबिबिएस विद्यार्थीलाई पढाइरहेको अवस्थामा फेला परेका थिए ।
ब्यूरोले नेपाल मेडिकल काउन्सिल र उच्च माध्यामिक शिक्षा परिषद्को सहयोगमा ‘अप्रेसन क्वाक’ नाम दिएर अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा नक्कली प्रमाणपत्रका आधारमा ८ जनाले नेपाल मेडिकल काउन्सिलको लाइसेन्सिङ परीक्षा उत्तीर्ण गरेको पाइएको छ भने ४ जना अनुत्र्तिण रहेका छन् । नक्कली प्रमाणपत्रबाट एमबिबिएस अध्ययन गरी लाइसेन्सिङ परीक्षा उत्र्तीण भएकाहरुले लाइसेन्सिङ परीक्षामा पनि खेताला लगाएको हुन सक्ने आशंकामा थप अनुसन्धन शुरु गरीएको प्रहरीले जनाएको छ ।
नक्कली डाक्टर नै एमबिबिएस पढाउने !
ब्यूरोबाट खटिएका टोलीले अनुसन्धान गर्ने क्रममा नक्कली प्रमाणपत्रका आधारमा नै रुसबाट एमडी पास गरेकी बिनिता यादवले चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा एमबिबिएस अध्ययनरत विद्यार्थीलाई समेत पढाइरहेको पाइएको थियो ।
ब्यूरोका डिआइजी हेमन्त मल्लले चिकित्सक नाम दर्ता प्रमाण परीक्षा (लाइेसेन्सिङ)मा सहभागी भएका परीक्षार्थीहरुले नक्कली प्रमाणपत्रको आधारमा अध्ययन गरी सोही आधारमा लाइसेन्स लिएर डाक्टरका रुपमा काम गरेको, चिकित्सक दर्ता परीक्षा उत्र्तिण नै नभई डाक्टर भन्दै सर्वसाधरणको उपचार गरीरहेको भन्ने गुनासा र केही प्रमाणपत्रका आधारमा ‘अप्रेसन क्वाक’ सुरु गरीएको बताए । उनका अनुसार अप्रेसन क्वाकको प्रारम्भिक छानबिन हुँदा १२ जनाले विभिन्न तहका नक्कली प्रमाणपत्र पेश गरेको फेला परेको हो ।
पक्राउ पर्नेमा झापा विर्तामोडस्थित बीएण्डसी अस्पतालमा कार्यरत रामबाबु गिरी, पशुपति मोडेल अस्पताल इटहरीका प्रमुख पशुपति चौधरी, गोल्डेन अस्पताल विराटनगरमा कार्यरत मोहम्बद अरुल हक, कोसी अञ्चल अस्पतालमा कार्यरत तुलसी महतो, ग्लोबल अस्पताल सिराहामा कार्यरत मोहमत अहमद सिद्धिकी छन् ।
यस्तै जनकपुर अञ्चल अस्तालमा कार्यरत सन्तोष यादव, चानसी मेडिकल हलमा कार्यरत कल्याण विश्वास, कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा कार्यरत विनिता यादव, अजित मेडिकल हल जनकपुरमा कार्यरत भगवान केवट मल्लाह, रामजानकी डेन्टल क्लिनिक जनकपुरमा कार्यरत शैलेन्द्र महतो, स्वास्थ्य सेवा क्लिनिक कपिलबस्तुमा कार्यरत अबल हुसेन र ग्वार्कोस्थित ग्लोबल अस्पतालमा कार्यरत श्यामबाबु साह छन् ।
यिनीहरु मध्ये एसएलसी र प्रमाणपत्र तहको नक्कली बनाउने २ जना छन् भने बाकी १० जनाले भारतबाट नक्कली बनाएको खुलेको छ । यसरी नक्कली प्रमाणपत्र बनाएकाहरुमध्ये पाकिस्तान, रुस, भारत र बंगलादेशमा पढेका १/१ जना छन् भने ५ जनाले चीनबाट एमबीबीएसको प्रमाणपत्र ल्याएका हुन् । अनि भारत, बंगलादेश र पाकिस्तानबाट बीडीएस गर्ने १/१ जना छन् भने एकजनाले फिलिपिन्सबाट एमडी समेत गरेको खुलेको छ ।
पक्राउ पर्नेमध्ये काउन्सिलको लाइसेन्सिङ परीक्षामा उत्तीर्ण हुनेहरुमा भगवान केवट मल्लाह, सन्तोषकुमार यादव, शैलेन्द्रकुमार महतो, मोहम्मद कमरुल हक, तुल्सी कुमार महतो, श्याम बाबु साह, बिनिता यादव र रामबाबु गिरी रहेका छन् । यिनिहरुले लाइसेन्स परीक्षामा अर्कै विद्यार्थीलाई परीक्षा दिन लगाएको आशंकामा पनि अनुसन्धान अगाडी बढाइएको छ ।
डाक्टर लाइसेन्स खारेज, ३ वर्ष कैद हुने
पक्राउ परेकामध्ये सबैलाई ब्यूरोले आइतबार अदालतमा ठगीको आरोपमा मुद्दा चलाउने तयारी गरेको छ । नेपाल मेडिकल काउन्सिलका प्रवक्ता अनुसार सबैको लाइसेन्स खारेज हुने छ । उनले काउन्सिल ऐन अनुसार ३ वर्षसम्म कैद वा ३ हजार जरिवाना र दुवै सजाय हुने छ । यिनीहरु सबैलाई दुवै सजाय गरिने अधिकारीले जानकारी दिए । यसैगरी ठगी र नक्कली प्रमाणपत्रका आधारमा समेत कारवाही प्रक्रिया अगाडी बढाइने तयारी भएको छ ।
नक्कली डाक्टर को कहाँ एमबिबिएस पढेका ?
नाम देश शिक्षण संस्था
१ भगवान केवट मल्लाह चिन हुवे मेडिकल कलेज
२ सन्तोषकुमार यादव चिन ताइसन मेडिकल कलेज
३ शैलेन्द्रकुमार महतो इन्डिया डा. एसएम नाक्वी इमाम डेन्टल कलेज
४ मोहम्मद कमरुल हक पाकिस्तान डेमन्ट मोरेन्सी कलेज
५ तुल्सी कुमार महतो चिन छेङचाउ कलेज
६ श्यामबाबु साह चिन वेफाङ मेडिकल युनिभर्सिटी
७ बिनिता यादव बंगलादेश
८ रामबाबु गिरी बंगलादेश युनिभर्सिटी साइन्स एन्ड टेक्नोलोजी कलेज
९ पशुपती चौधरी इन्डिया पटना मेडिकल कलेज
१० मो अहमद सिद्धिकी पाकिस्तान सिन्ध मेडिकल कलेज
११ कल्याण विश्वास चिन विफाङ मेडिकल युनिभर्सिटी
१२ अफजल हुसैन रुस स्टेट निकाविक युनिभर्सिटी
पक्राउ पर्नेहरु
स्वास्थ्यखबर पत्रिका
एजेन्सी, अमेरिकी मुलुकमा महामारीको रुप लिएको जिका यौन सम्पर्कबाट सर्ने गरेको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) अमेरिकाले जनाएको छ । डल्लासका एक जना जिका संक्रमित व्यक्तिलाई यौन सम्पर्कबाट सरेको सिडिसीले मंगलबार पुष्टि गरेको हो ।
ति व्यक्ति संक्रमित क्षेत्रमा पुगेको तर उसको पार्टनर भेनेजुयलाबाट फर्किएको बताइन्छ । जिका भाइरसका कारण अमेरिकी मुलुकहरुमा हजारौं शिशुहरु अविकसित दिमागसहित जन्मिने गरेका छन् ।
विश्व स्वास्थ्य संगठनले विश्वव्यापी आपत्कालिन अवस्था घोषणा गरिसकेको छ ।
जिका प्रभावित क्षेत्रबाट फर्किएका सम्भावित रगत दातालाई २८ दिनपछि मात्र रगत दान गर्न अमेरिकी रेडक्रसले आग्रह गरेको छ । मेक्सिको, क्यारिबियन, मध्य तथा दक्षिण अमेरिकाबाट फर्किएका मानिसले यस्तो सावधानी अप्नाउनुपर्ने रेडक्रसले एक विज्ञप्तिमार्फत जनाएको हो।
यसैबीच, अस्ट्रेलियामा दुई जनालाई जिका भाइरस देखिएको बताइएको छ भने जिका प्रभावित क्षेत्रबाट फर्किएका आइरल्यान्डका एक पुरुष र बृद्धा महिलामा पनि यो संक्रमण देखिएको पुष्टि भएको छ ।
ब्राजिलले अस्वभाविक टाउकोको आकारसहित जन्मिएका ३ हजार ६ सय ७० बालबालिका र जिका भाइरसबीचको अध्ययन गरिरहेको छ ।
अहिलेसम्म स्वास्थ्य अधिकारीहरुले यो रोग यौन सम्पर्कबाट सर्नेमा बिरलै सम्भावना भएको दाबी गरेका थिए । तर जिकाको विस्फोटक महामारीले विश्वलाई नै चिन्तित बनाएको छ भने धेरै प्रश्नलाई अनुत्तरित पनि बनाएको छ ।
वास्तवमा यौन सम्पर्कबाट सर्ने कत्तिको जोखिम छ ? वीर्यमा कति लामो समय यो भाइरस देखिन्छ ? संक्रमण देखिएपछि कति समयपछि मात्र यौन सम्पर्क गर्न सुरक्षित हुन्छ ? यी प्रश्नहरु अझै अनुत्तरित छन्।
स्वास्थ्यखबर पत्रिका
नेपाल विद्युत् प्राधिकरणले माघ १८ गतेदेखि लागू हुने गरी प्राधिकरणले लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको छ ।
सोमबारदेखि लागू हुने गरी हप्तामा ९३ घन्टा लोडसेडिङको समय बढाइएको विद्युत प्राधिकरणले जनाएको छ।
यसअघि दैनिक १२ घण्टा लोडसेडिङ हुँदै आएकोमा अब सोमबारदेखि हप्तामा पाँच दिन १३ घन्टा र दुई दिन १४ घन्टा लोडसेडिङ हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
सुख्यायाम नदीमा पानीको बहाव कम भएकाले लोडसेडिङको समय बढाउनु परेको प्राधिकरणले जनाएको छ।
लोडसेडिङ्ग समूह
हाई हिल महिलाका बीच फेसन नै भैसकेको छ । तर यसले स्वास्थ्यमा पार्ने असर कमैलाई मात्र थाहा होला । आजभोलि बच्चैदेखि हाई हिल लगाउने फेसन सुरु भएको छ । बच्चा अबस्थामा लगाएको हाई हिलले युवा अवस्थामा कुर्कुच्चा र मेरुदण्डमा नराम्रो प्रभाव पार्छ ।
सुरुको अवस्थामा हिलले खुट्टा सुन्निन्छ भने केही बर्षपछि लगातार खुट्टा दुख्ने, नशामा समस्या, कम्मर दुख्ने जस्ता समस्या आउँछ । लगातार हिल लगाउने युवतीको खुट्टाको अगाडिको भाग चौडा भई खुट्टाको स्वरूप नै बिगार्छ ।
एक अनुसन्धानअनुसार लामो समयसम्म हिल जुत्ता प्रयोग गर्ने एक तिहाई महिलामा खुट्टाको औंला सुन्निने ( हेमरटोज) देखि टाङको नसामा स्थायी समस्या पनि आउन सक्छ ।
हाई हिल लगाउँदा शरीरको कम्मरभन्दा तलको भाग अगाडि झुकेको हुन्छ । यसलाई सन्तुलनमा ल्याउन मेरुदण्डको अवस्था परिवर्तन गरिरहनु पर्छ । यसले कम्मरको नशामा दबाब पार्छ । यसबाट साइटिका नामको रोग लाग्ने संभावना बढी हुन्छ । अनलाइनको साहारामा

एक अनुसन्धानअनुसार लामो समयसम्म हिल जुत्ता प्रयोग गर्ने एक तिहाई महिलामा खुट्टाको औंला सुन्निने ( हेमरटोज) देखि टाङको नसामा स्थायी समस्या पनि आउन सक्छ ।
हाई हिल लगाउँदा शरीरको कम्मरभन्दा तलको भाग अगाडि झुकेको हुन्छ । यसलाई सन्तुलनमा ल्याउन मेरुदण्डको अवस्था परिवर्तन गरिरहनु पर्छ । यसले कम्मरको नशामा दबाब पार्छ । यसबाट साइटिका नामको रोग लाग्ने संभावना बढी हुन्छ । अनलाइनको साहारामा
लसुन एक महत्वपूर्ण घरेलु औषधि हो । त्यसैले यसलाई घरायासी औषधिको रुपमा प्रयोग समेत गर्ने गरिएको छ । प्राचीन समयदेखि नै विभिन्न भोजन तरकारीमा गरम मसलाको रुपमा लसुनको प्रयोग हुने गरेको छ । लसुनले शरिर भित्र पैदा हुने अनेकौँ रोगहरुलाई नाश गर्ने गर्दछ । यो धेरै प्रकारको रोकथाम तथा उपचारमा प्रभावकारी हुन्छ ।
यसले पाचन शक्ति बढाउँछ, कृमि नाश गर्छ, हृदय र कलेजोलाई उत्तेजक पार्छ । महिलाको महिनावारी ठीक राख्न र पुरुषको वीर्य पुष्ठ पार्न पनि लसुनले मद्दत गर्छ । पिसाबको समस्या, रक्तदोष, सुन्निने समस्या आदिमा पनि लसुन लाभदायक हुन्छ । गर्भावस्थामा भने यसको प्रयोग अहितकर हुन्छ ।
लसुनको पात, गाँठो केस्रा र जरा सबैको प्रयोग गर्न सकिन्छ । लसुनका यी विविध भागलाई नियमित रुपले काँचै वा पकाएर खाने गर्दा मुटु र रक्तनलीका बिभिन्न रोग लाग्ने संभावना न्यून हुन्छ । क्यान्सरको समस्यामा लसुन पनि लाभदायक देखिएको चिकित्सकको अनुसन्धानले पुष्टि गरेको छ ।
लसुनको फाइदा
१. ग्यास्टिक
बिहान उठ्नेबित्तिकै नियमित एक केस्रा लसुनलाई मन तातो पानीसँग खाने गर्नाले ग्यास्टिकको समस्या कम हुँदै जान्छ। त्यसैगरी भोक जगाउनुको साथै पाचन प्रणालीमा पनि सुधार ल्याउँछ। पेट फुल्ने, अमिलो पानी आइरहने र पेट दुख्ने भएमा बिहान उठेर २ गिलास पानी पिउने र त्यसपछि २,३ केस्रा लसुन दूधसँग खाएमा फाइदा हुन्छ ।
२. पाचन
लसुनले आन्द्रा सफा राख्न मद्दत पुर्याउँछ । यसले पाचन प्रक्रियालाई उत्तेजित गर्ने गर्दछ जसका कारण यसले भोकलाई बढाउने गर्दछ । खानासँगै ३\४ केस्रा लसुन बिहान बेलुका खाने गर्दा अपच समस्या हटेर जान्छ । यसो गर्नाले पाचनक्रिया बलियो हुन्छ र अरुचि हट्छ । पेटमा हुने एसिड उत्पादन पनि लसुनले बन्द गरिदिन्छ । लसुनले तपार्इंको तनावलाई पनि कम गर्ने गर्दछ । जतिबेला तपाईंलाई डर लाग्छ तब पेटमा एसिड बन्ने गर्दछ । लसुनले यस्तो प्रकारको एसिडलाई बन्न बाट रोक्दछ ।
३. रुघाखोकी
लसुनलाई तेलमा फुराएर डढाउने र साथमा मेथीको गेडा पनि फुराउने र डढाउने । उक्त तेललाई मनतातो भए पछि रुघा लागेको बच्चाको नाकको प्वालबाहिर दल्ने, तेल छाती, घाँटी, ढाडमा सेकाउँदै मालिश गर्ने । निधार र नाक वरिपरि या तेल लगाउने गर्दा ससाना शिशु तथा बच्चाको रुघाखोकी ठीक हुन्छ । यो प्रयोगले ठूला व्यक्तिलाई पनि फइदा गर्छ ।
४. उच्च रक्तचाप
लसुनमा पाइने तत्वले उच्च रक्तचापलाई सन्तुलनमा राख्न, मुटुसम्बन्धी समस्याबाट जोगाउन मद्दत पुर्याउँछ । उच्च रक्तचापको लागि दिनहुँ ५ देखि १० केस्रा काँचो लसुन प्रयोग गर्दा लाभदायक हुन्छ । यसरी लसुन खाँदा एकै पटक नखाएर पटकपटकको खानासँगै खानु राम्रो हुन्छ ।
५. कोलेस्टेरोल
दिनहुँ लसुनको सेवन गर्दा रगतको कोलेस्टेरोल मात्रा १२ प्रतिशत सम्मले कम हुन्छ । लसुनले नशाभित्रै रगत जम्ने तथा बाक्लो रगत हुने समस्याबाट पीडित हरुका लागि समेत निकै फाइदाजनक हुन्छ । यसले रगत पातलो बनाउने र रक्त प्रवाह सूचारु गर्नमा मद्दत गर्छ ।
६. स्वास प्रणाली
लसुन श्वास प्रणालीका लागि निकै लाभदायक मानिन्छ । यसले ट्युबरक्लोसिस, आस्मा, निमोनिया, ब्रोन्काइटिस, फोक्सोमा जमेको कफ आदि रोकथाम तथा उपचारमा निकै प्रभावशाली हुन्छ ।
७. कपाल दुखाइ
कपाल दुखेमा दुवै कनपारामा लसुन पिसेर लगाए कपाल दुखेको आराम हुन्छ ।
८. हृदयघात
लसुन खानाले हाइपरटेन्सनको लक्षणबाट राहत मिल्ने थुप्रै मानिसहरुको विश्वास छ । यसले मानिसहरुको रक्त संचारलाई नियमित त राख्छ नै यसले हृदयसम्बन्धी समस्याहरुबाट पनि टाढा राख्दछ । यसका साथै यसले फोक्सोलाई पनि फाइदा पुर्याउने गर्दछ ।
९. जोर्नी दुखाइ
एक पाउ लसुन थिचेर एक चौथाइ जति तेल र चार चौथाई जति पानी एकै भाँडामा राखी घोल्ने र त्यसलाई मन्द आगोमा पकाउने । पानी सुकेर तेल र लसुनको छोक्रा मात्र बाँकी भए पछि तेललाई छानेर शिशीमा राख्ने । यो तेल दिनको ३/४ पटक जोर्नी दुखेको र सुन्निएको ठाउँमा लगाउने, मालिश गर्ने गर्दा आराम महसुस गर्दछ ।
१०. वैकल्पिक उपचार
जब डिटक्सिीफिकेसनको कुरा आउँछ तब वैकल्पिक उपचारको रुपमा लसुन निकै प्रभावशाली मानिन्छ । लसुन यति धेरै शक्तिशाली हुन्छ कि यो शरिरमा परजीवी र किराहरुबाट बचाउँछ । विभिन्न रोगहरु जस्तै डाइबिटिज, डिप्रेसन तथा केहि प्रकारको क्यान्सरको रोकथामा पनि सहायक हुने गर्दछ । यदि तपाईं काँचो लसुनको सेवन गर्नसक्नुहुन्न भने त्यसलाई पोलेर अथवा भुटेर खानुहोस् ।
यदि तपाईंलाई लसुनको कुनै पनि प्रकारको एलर्जी छ भने यी दुई कुरामा ध्यान दिनुहोस् कहिले पनि यसलाई काँचो नखानुहोस् । पकाएर खाँदा पनि तपाईंलाई छालासँग सम्बन्धित केहि समस्या देखा पर्छ, ज्वरो आउँछ, टाउको दुख्छ भने यसको सेवन गर्न बन्द गर्नुहोस् ।
लसुनको बेफाइदा
तपाई हाम्रो भान्छामा पाक्ने तरकारीलाई मिठो बनाउन प्रयोग गरिने लसुन कतिपय अवस्थामा हाम्रै जीवनका लागि खतरनाक हुन सक्छ । लसुन धेरै गुणकारी खाना हो, लसुनको सेवनले धेरै फाइदा पनि गर्छ । तर, त्यहि लसुन कुनै रोग विशेषका विरामीका लागि भने हानीकारक हुन्छ ।
१. कलेजोको समस्या भएको व्यक्ति
ब्याक्टेरियालाई मार्ने एन्टिब्याक्टेरियल र एन्टिभाइरल खानेकुरा भएकोले, मानिसहरूले लसुन खाँदा हेपाटाइटिसलाई ठीक गर्दछ भन्ने विश्वास गर्दछन् । हेपाटाइटिस यस्तो रोग हो, जसले मानिसको कलेजोलाई असर गर्दछ । तर, हेपाटाइटिस भाइरसको उपचारको लागि लसुन खानु उचित हुँदैन। किनभने, लसुनको सेवनले पेट र आन्द्रामा प्रत्यक्ष प्रभाव पर्दछ, जसले हाम्रो आन्द्रामा पैदा हुने ग्यास्ट्रिक एसिडको मात्रालाई कम गर्दछ। जसको कारण हाम्रो पाचन प्रणालीमा नकारात्मक असर पर्दछ। यसले बान्ता हुने, रिङ्गटा लाग्ने जस्ता लक्षणहरू निम्त्याउँदछ । त्यसैले हेपाटाइटिस हुनेहरूले लसुनको सेवन नगर्नुहोस् ।
२. झाडापखाला लागेको व्यक्ति
झाडापखालाले ग्रसित भएको व्यक्तिले लसुनको सेवन गरेमा, यसको पीरो स्वादले आन्द्रालाई नकारात्मक असर पुर्याउँदछ, जसको कारण आन्द्रामा घाउ हुन जान्छ । यस्तो अवस्था हुँदा, दिशा गर्दा कडा पेट दुख्ने, दिशामा रगत देखिने, रिङ्गटा लाग्ने र बान्ता हुने जस्ता लक्षणहरू देखा पर्दछन् । त्यसैले, झाडापखाला लाग्दा लसुनको सेवन नगर्नुहोस् ।
३. सर्जरी गर्न लागेको व्यक्ति
कुनै पनि किसिमको सर्जरी गर्नुभन्दा २ हप्ता अगाडि देखि लसुन खान छोड्नुपर्दछ । किनभने, लसुनले गर्दा सर्जरी पछि रगत नजम्ने हुन्छ र घाउ बिस्तारै पाकेर सङ्क्रमित हुन सक्छ ।
४. कम रक्तचाप भएको व्यक्ति
लसुनको सेवनले शरीरमा नाइट्रिक अक्साइड र हाइड्रोजन सल्फाइड जस्ता रसायनहरूको निर्माणमा मद्दत पुर्याउँदछ। यी रसायनहरूले मुटुको धमनीहरूलाई आराम दिने गर्दछन्। उच्च रक्तचाप हुनेहरूको लागि लसुन फाइदाजनक हुन्छ तर कम रक्तचाप हुनेहरूको लागि भने लसुनको सेवन खतरनाक हुन जान्छ ।
५. आँखा रोग भएको व्यक्ति
आँखा रोगीहरूले लसुनको सेवन गर्नुहुँदैन। विशेष गरी आँखा पाकेको व्यक्तिलाई लसुनले हानी पुर्याउने गर्दछ, साथै आँखाबाट रगत पनि निकाल्न सक्दछ। आँखा रोगीहरूले लसुनको सेवन गरेमा आँखामा बादल लागेजस्तो हुने, आँखा दुख्ने, टाउको दुख्ने, स्मरण शक्ति घट्दै जाने जस्ता लक्षणहरू देखा पर्दछन् । अनलाइनको साहारामा
२. शरीरको वजन घटाउने सोचिरहनुभएको छ भने अण्डा तपाईंका लागि उपयोगी हुन सक्छ । एउटा अण्डामा ७० क्यालोरी र छ ग्राम प्रोटिन हुन्छ । त्यही भएर अण्डालाई कम क्यालोरी भएको खानाका रूपमा चिनिन्छ । भोक लागेको बेला अण्डा खानुभयो भने यसले शरीरमा क्यालोरीको इन्टेक उल्लेख्य मात्रामा नबढाई तपाईंको भोक शान्त गराउँछ र शरीरलाई मोटाउन दिँदैन ।
३. अण्डाको सेतो भागमा अल्ब्युमिन नामक प्रोटिन प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरलाई ऊर्जावान राख्न मद्दत पुर्याउँछ । त्यही भएर ब्रेकफास्टमा अण्डा लिने गर्नुभयो भने दिनभरि तपाईंलाई काम गर्ने ऊर्जा प्राप्त भइरहन्छ ।
४. अण्डामा क्याल्सियम, भिटामिन डी आदि पाइन्छन्, जसले हड्डीलाई बलियो बनाउन मद्दत गर्छन् ।
५. बिहान उठेपछि अल्छी महसुस गर्नुभयो भने अण्डा खाने गर्नुस् । यसले ‘इनर्जी बुस्टर’को काम गर्छ र तपाईंलाई जाँगरिलो बनाउँछ ।
६. अण्डाको पहेँलो भागमा पाइने बायोटिन नामक तत्वले कपाल र छालालाई बलियो र चम्किलो बनाउन मद्दत पुर्याउँछ । खानुको साथै अण्डाको पहेँलो भागलाई कपालमा लगाउने गर्नाले कपाल नरम र चम्किलो बन्छ । स्वास्थ्य खवर पत्रिका
- डा भक्तमान श्रेष्ठ
१. सूर्तिजन्य पदार्थ सेवन नगर्ने
सूर्तिजन्य पदार्थहरु भन्नाले चुरोट, बिँडी, खैनी, सूर्ती, तमाखु आदिमा करिब ४ हजार भन्दा बढी प्रकारका हानिकारक रासायनिक पदार्थहरु हुन्छन् । यसमध्ये करिब ४० प्रकारका पदार्थहरुको कारण मुख, श्वासनली, आमाशय, गर्भाशय, मूज्ञनली, मिर्गौला आदि अङ्गको क्यान्सर हुन्छ । चुरोट, बिँडी सेवन गर्ने व्यक्ति स्वयंलाई मात्र होइन यसको धुवाँको असरले वरिपरि बस्ने अन्य व्यक्तिहरुलाई पनि क्यान्सर तथा अन्य रोगहरु लाग्न सक्दछ । त्यसैले आफूले धूमपान सेवन नगरे तापनि यसको धुवाँको असरबाट बच्नका लागि प्रयत्न गर्नुपर्छ ।
२. बासी, सडेगलेका र ढुसी परेका खानेकुराहरु नखाने
बासी, सडेगलेका र ढुसी परेका खानाहरुमा क्यान्सर गराउने तत्वहरु हुने भएकाले यसको असरले कलेजो, आमाशय,आन्द्रा आदीमा विभिन्न अङ्गहरुको क्यान्सर हुने गदर्छ ।
३. पोलेको, डढेको र रङ हालेको खानेकुराहरु नखाने
पोलेको, डढेका मासु, माछार अखाद्य रङ प्रयोग भएका खानेकुराहरु खानु हुँदैन । खासगरी बजारमा पाइने मिठाइहरु र अन्य खानाहरुमा राता, निलो, हरियो, पहेँलो आदि विभिन्न अखाद्य रङहरु र वस्तुहरु राखेको हुन सक्छ जस्ले गर्दा मुख, घाँटी,आन्द्रा, पेट आदि विभिन्न अङ्गहरुको क्यान्सर हुने गरेको छ ।
४. धुलो, धुवाँ र वातावरण प्रदुषणबाट जोगिने
हाम्रो वरिपरिको वातावरणमा पाइने धुलो र धुवाँको कारणले फोक्सो, घाँटी र अन्य अङ्गको क्यान्सरहरु हुने भएकाले सकेसम्म बच्नुपर्छ । यसबाट बच्नका लागि आफूले का मगर्ने बेलामा वा अन्य समयमा पनि वातावरणमा धुलो, धुवाँ छ भने नाक, मुख छोप्ने गरी मास्क लगाउनु पर्छ ।
५. खोपको प्रयोग गर्ने
कतिपय क्यान्सर रोग संक्रमणको कारणले हुने भएकाले यसको विरुद्धमा खोप लगाउनु पर्दछ । जस्तै कलेजेको क्यान्सरबाट बच्न हेपाटाइटिस बि भाइरसको खोप र ह्युमन प्यापिलोमा भाइरसको खोपबाट पाठेघरको मुखको क्इान्सरबाट जोगिन्छ ।
६. शारीरिक व्यायाम गर्ने
दिनहुँ शारीरिक परिश्रम गर्ने व्यक्तिहरुको शरीर फुर्तिलो हुने र मोटो नहुने भएकाले कोलेस्टेरोल, पानक्रियाज, स्तन र डिम्बाशयको क्यान्सर रोग हुने सम्भावना कम हुन्छ । सकेसम्म दिनमा कम्तीमा पनि ४५ मिनेटसम्म विभिन्न किसिमको व्यायाम वा अन्य कार्यहरु गर्नुपर्छ ।
७. चिल्लो तथा बोसोयुक्त र नुनिलो खाद्यपदार्थ कम खाने
हामीले खाने धेरैजसो चिल्लो, वोसोयुक्त र नुनिलो खानाहरुको कारणले शरीरमा विभिन्न रोगहरु हुनुका साथै क्यान्सर समेत हुने भएकाले सकेसम्म यसको प्रयोग कम गर्नुपर्छ । खसी, बोका, राँगा आदि जनावारमा पाइने बोसो वनस्पतिमा पाइने चिल्लो पदार्थभन्दा बढी हानिकारक हुने भएकाले धेरै खानु हुँदैन ।
८. रासायनिक मल र किटनाशक औषधिको प्रयोग भएका सागपात, फलफूल र अन्य खानेकुराहरुको सेवन नगर्ने
अचेल सागपात, फलफूल र अन्य खानेकुराहरुमा जथाभावी रुपले रासायनिक मल र किटनाशक औषधिको प्रयोग प्रशस्त मात्रामा हुने गरेको छ । यसबाट रगत, लिम्फोमा, स्तन, मस्तिष्क, डिम्बाशय, मिर्गौला, फोक्सो, पानक्रियाज, प्रोस्टेट र आमाशय आदि अङ्गहरुको क्यान्सर हुने भएकाले खेतवारीमा कम्पोष्ट मलको प्रयोग गर्नुपर्छ ।
९. लामो समयसम्म टन्टलापूर घाममा नबस्ने
छालाको क्यान्सर हुने प्रमुख कारण नाङ्गो शरीरमा चर्को सूर्यको किरण पर्नु हो । त्यसैले नाङ्गो शरीरमा धेरै वेरसम्म चर्को घाममा बस्नु हुँदेन । यसबाट बच्नका लागि शरीरमा कपडाले ढाक्नुपर्छ वा छाताको प्रयोग गर्नुपर्छ ।
१०. गुप्ताङगको दिनहुँ सरसफाई गर्ने
प्रयजसो गुप्ताङ्गको सरसफाइको कमीले विभिन्न रोगहरु लाग्ने गरेको छ । त्यसैले हामीले आफ्नो गुप्ताङ्गहरुको दिनहुँ सफा गर्नुपर्छ । जसले गर्दा ती अंगहरुको क्यान्सर हुनबाट बचाउँछ ।
११. मुख सधैँ सफा राख्ने
प्रत्येक पल्ट खाना वा अन्य केही चिज खाइसकेपछि मुख सफा गर्नुपर्छ ।
१२. धेरै जनासँग यौन सम्पर्क नराख्ने
धेरै जनासँग यौन सम्पर्क राख्नाले एकअर्कामा भएको ह्युमन प्यापिलोमा भाइरस सर्ने खतरा रहन्छ । यो भाइरसले पाठेघरको मुखको क्यान्सर गराउँछ ।
१३. मौषम अनुसारको ताजा हरियो सागपात र फलफूल नियमित सेवन गर्ने
बेमौसमी भन्दा पनि मौषम अनुसार उत्पादन हुने तरकारी तथा फलफूल खाने गर्नेपर्छ । किटनाशक औषधि हालेको नभई अर्गयानिक खानुपर्छ । स्वास्थ्य खबर पत्रिका
सायद तपाई हामीमध्ये थोरैलाई मात्र थाहा होला की आलु पनि औषधिको रुपमा प्रयोगमा आउन सक्छ । आलु यस्तो चिज हो जता पनि ठिक हुने एककिसिमको तरकारी हो । अचेल कतिपयले आलुलाई मोटोपन बढाउने तत्वको रुपमा हेरेर आलुको प्रयोग कम गर्न वा नगर्न थालेका छन् । तर आलुको केहि यस्ता गुणहरु पनि छन् जसलाई थाहा पाउनु भयो भने तपाईले आलुको प्रयोग गर्न कहिल्यै छोड्नुहुने छैन ।
जानौं आलुका खास विशेषताहरु :
१) आलुमा भिटामिन सी, भिटामिन बि कम्प्लेक्स तथा आइरनको साथमा क्याल्सियम, म्याग्निज, फस्फोरस लगायतका तत्वाहरु हुन्छन । प्रति १०० ग्राम आलुमा १.६ प्रतिशत प्रोटिन, २२.६ प्रतिशत कर्बोहाईड्रेत, ०.१ प्रतिशत बोशो, ०.४ प्रतिशत खनिज र ९७ प्रतिशत क्यालोरी उर्जा पाइन्छ ।
२) आलुलाई भुटेर खानाले यसले अनाबश्यक बोशो घटाएर मोटोपनलाई पनि सन्तुलित गराउँछ । भुटेको आलुको केहि दिनसम्मको दैनिक प्रयोगले पुरानो कब्जियतलाई पनि निको पार्न सक्छ ।
३) उच्च रक्तचाप भएका व्यक्तिहरुको रक्तचापलाई सन्तुलनमा राख्न पनि आलुको नियमित सेवनले महत्वपुर्ण भूमिका निभाउँछ ।
४) आलुमा पोटासियम साल्ट हुने गर्दछ जसले अम्लपित्त रोक्ने काम गर्दछ।
५) रक्तपित्तका बिरामीहरूका लागि आलु एकदमै फाइदाजनक छ।
६) उच्च रक्तचापका व्यक्तिहरूले पनि आलु प्रयोग गरेमा रक्तचाप सामान्य हुन् जान्छ।
७) मृगौला पत्थरीका व्यक्तिहरूले आलु मात्र खाएमा एकदमै लाभ हुन्छ। पथरीका रोगीहरूलाई केवल आलुमात्र खुवाएर पटक–पटक पानी खुवाएमा मृगौला पत्थरी सजिलैसँग हराउँछ।
८) आलुको रस, दूध पिउने, बच्चा बच्चीलाई पिलाउने हो भने उनीहरू मोटो–घाटो हुनेछन्। अझ राम्रो त आलुको रसमा मह मिलाएर खुवाउन सकिन्छ।
९) शिरमा काटेको काँचो आलु दल्नाले टाउको दुखाईमा कमी आउँछ ।
आलु सौन्दर्यको लागि पनि उतिकै लाभदायकः
१) आलुको रसको प्रयोगले अनुहारमा रहेको दाग-धब्बा हटाउनका साथै छालाको निखारता पनि ल्याउँछ । आलुमा हुने पोटासियम, सल्फर, फस्फोरस र क्याल्सियमको मात्रा छालाको सफाई गर्न मद्धत गर्छ । हरेक हप्ता एकपटक आलुको फेस मास्क लगाउनाले छालामा चम्किलोपना आउँछ ।
२) उसिनेको पानीमा एउटा आलुलाई मिचेर कपाल धुनाले कपाल नरम र चम्किलो हुनुको साथै जरैदेखि बलियो हुन्छ । कपाल झर्ने समस्या र चाडै फुल्ने समस्यालाई पनि यसले कम गराउँछ ।
३) आलुलाई धुलो बनाएर छालामा दल्नाले छालाको रंग गोरो हुन्छ । आलुको रसलाई कागतीको केहि थोपा रससंग मिलाएर दागहरुमा लगाउनाले दागहरु केहि हदसम्म हट्छन ।
४) आलुको रसलाई मुल्तानी माटोसंग मिलाएर चाउरी परेको भागमा लागेर २० मिनेटसम्म राख्नुहोस, अनि आफ्नो अनुहार धुनुहोस । यसो गर्नाले अनुहारको चाउरीपनाबाट छुटकारा मिल्छ ।
५) आलुको टुक्रालाई गर्दन, कुहिनोजस्ता भागहरुमा दल्नाले यी भागहरुको छाला नरम र सफा हुन्छन ।
आगोले पोलेको ठाउँमा आलुलाई काटेर दल्नाले केहि हदसम्म आराम मिल्दछ ।
६) कहिलेकहीँ हाम्रो शरीरमा चोट लाग्दा निलो हुने गर्दछ। निलो हुने भागमा आलु पिसेर लगाउँदा निको हुन जान्छ।
आलु भाँडावर्तन सफा गर्न पनि:
१) आलुमा अक्जेलिक एसिड हुन्छ । यसकारण यसको प्रयोग फलामको भाँडा तथा शीशाको सफाइ गर्नका लागि पनि गर्न सकिन्छ । धातुको सामानमा भएको दागहरू मेटाउनका लागि पनि आलुको प्रयोग गर्न सकिन्छ । आलुमा नुन लगाएर भाँडा माझ्दा पनि धातुका भाँडामा लागेको दागहरू मेटिन्छ । यस्तै, शिशा चम्काउन पनि आलुको प्रयोग गर्नु फाइदाजनक हुन्छ ।
२) पहिले आलुलाई काँचमा रगडेर, सफा कपडा या कागजले पुछे शिशाको भाँडा या अन्य सामान चम्किलो हुन्छ ।
३) यदी चाँदी या अन्य गहना काली भयो भने आलु उमालेर बाँकी रहेको तातो पानीमा डुबाइदिए या काटेको आलु रगडे, त्यसको पुरानो चमक पुन प्राप्त गर्न सकिन्छ । अनलाइनको साहारामा
१) सूर्यको किरणमा भिटामिन डी पाइन्छ । हड्डि बलियो बनाउछ । भिटामिन डीको कमीले शरीरमा मेटाबोलिक हड्डिको रोग लाग्छ ।
२) बिहानको पारिलो घाममा बस्नाले शरीरमा मेलाटोनिन नामको हम्रोन विकसित हुन्छ । जसले निद्रा लगाउछ ।
३) घाममा बस्नाले तौल पनि कम हुने बिभिन्न अध्ययनहरुले देखाएका छन् । सूर्यको प्रकाश र बीएमआइ बिच सम्बन्धन भएको अध्ययनले देखाएको हो ।
४) चिसोबाट लाग्ने रोगबाट बचाउछ ।
५) सूर्यबाट निस्कने अल्ट्रावायलेट किरणले इम्युन सिस्टम मजबुत बनाउछ ।
६) उमेर बढाउन मद्धत गर्छ । घाममा बस्दा रगत जम्नबाट बचाउछ । सूर्यको किरणले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउछ ।
७) पुरुषलाई बाँझोपन हुनबाट बचाउछ । सूर्यको किरणले शुक्राणुको क्षमता बढाउछ । टेस्टोस्टोरन हम्रोन पनि बढाउछ । जसले यौन सक्रियता बढाउछ ।
८) सूर्यको किरणमा पाइने भिटामिन डीले दिमाग स्वस्थ राख्न मद्धत गर्छ । भिटामिन डीले मानसिक अवस्था स्वस्थ राख्न मद्धत गर्छ ।
९) गर्भवती महिला घाममा बस्दा पेट भित्रको बच्चालाई पनि फाइदा हुन्छ ।
१०) सूर्यको किरणले मधुमेह र मुटुरोगबाट बचाउन मद्धत गर्छ ।

खाना खाएपछि यदि चिसो पानी पिउने बानी छ भने त्यसलाई हटाउनपट्टि लाग्नुहोस् । किनकि यसले गर्दा तपाईलाई मुटु रोग लाग्न सक्छ ।
वैज्ञानिकहरूको एक अनुसन्धानले हृदयाघात र पानीमा गहिरो सम्बन्ध रहेको तथ्य पत्ता लगाएको छ । अनुसन्धान रिपोर्टमा खाना खाएपछि चिसो पानी पिउनुले हृदयाघातको खतरा बढ्छ ।
वैज्ञानिकहरूका अनुसार खानापछि चिसो पानी सेवनले पाचनप्रक्रियालाई मत्थर पार्छ । पाचनप्रक्रिया ढिलो हुँदा कब्जियतको समस्या रहन्छ । यसबाहेक चिसो पानी खानासँग मिसिएर पेटमा पुग्दा एसिडको सम्पर्कले त्यो बोसोमा परिवर्तित हुन्छ । यसले हृदयाघात, क्यान्सर र अर्थराइटिसको खतरा बढ्छ ।
यदि आँप फलफूलको राजा हो भने अनारको भूमिका त्यो डाक्टरको जस्तै हुन्छ, जोसित तमाम रोगको औषधी छ। अनारको यही उपयोगिताका कारण 'एक अनार सय बिमार' भन्ने भनाइ प्रचलनमा छ।
अनारमा प्रचुर मात्रामा लाभदायक प्रोटिन, कार्बोहाइड्रेट, फाइबर, भिटामिन र खनिज पदार्थ पाइन्छ । एक सय ग्राम अनार खाँदा हाम्रो शरीरलाई करिब ६५ किलो क्यालोरी ऊर्जा प्राप्त हुन्छ । यसको प्रयोग थुप्रै आयुर्वेदिक औषधि बनाउनसमेत गरिन्छ ।
अनारमा रक्त सञ्चारसम्बन्धी रोगसँग जुध्ने क्षमता हुन्छ । यसले रक्तचाप घटाउँछ, सुन्निएको वा पोलेको अंगलाई बिसेक गर्छ, बात रोगको सम्भावना कम गर्छ । क्यान्सर रोकथाममा समेत यो फल सहयोगी मानिन्छ ।
अनारले महिलामा मातृत्वको सम्भावना र पुरुषमा पुरुषत्व बढाउँछ । यो गुणकारी फलबारे दुई सयभन्दा बढी अध्ययन/अनुसन्धान भएका छन् । इजराइलस्थित हाइफा विश्वविद्यालयका प्रा. एफाइम लास्कीले यो फलमा पाइने उपयोगी तत्त्वले शरीरको रोग प्रतिरोधी प्रणाली रक्षा गर्छ भनेर प्रमाणित गरेका छन् । उक्त अध्ययन अनुसार यसमा पाइने भिटामिन, खनिज तत्त्व र एन्टिअक्सिडेन्टले रुघाखोकी, फ्लुमा प्रत्यक्ष अनुभव गर्न सकिने किसिमले आराम पुर्याउँछ ।
अनारले छाला, स्तन र प्रोस्टेट ग्रन्थीको क्यान्सर तथा पेटको अल्सरको सम्भावनामा समेत कमी ल्याउँछ । अमेरिकी चिकित्सकहरूले उल्लेख गरेअनुसार यसको रसको सेवनले वृद्घावस्थामा हुने रोग अल्झाइमरको जोखिमसमेत कम पार्छ ।
वैज्ञानिकहरूले अनारमा रेड वाइन वा हरियो चियाको तुलनामा तीनदेखि चार गुणा बढी पालिफेलोन जस्तो एन्टिअक्सिडेन्ट पाएका छन् जसले फिर्याडिकल्सलाई बाँध्ने काम गर्छ ।
स्वास्थ्यका दृष्टिले यो निकै महत्त्वपूर्ण फल हो । स्वास्थ्यवर्धक गुणकै कारण यो हरेक रोगमा सेवन गरिन्छ । यसको नियमित सेवनले बुढो हुने प्रक्रिया पर सर्ने विश्वास गरिन्छ ।
प्रयोगहरूअनुसार एक वर्षसम्म अनार सेवनपछि 'आर्टेरियोस्क्लेरासिस' अर्थात् धमनीसम्बन्धी रोगीको गलाको धमनीको मोटाइ ३० प्रतिशतसम्म घट्यो । यस्तै उच्च रक्तचाप २१ प्रतिशतसम्म तल आयो र हृदयनजिकको धमनीमा तनावजन्य कठोरताले गर्दा मत्थर हुन गएको रक्त प्रवाहमा तीन महिनामै १७ प्रतिशतसम्म सुधार देखियो ।
अनलाइनको साहारामा
थाइराइड भनेको एउटा ग्रन्थी हो । यो हाम्रो घाँटीको अगाडीको भागमा हुन्छ । रुद्रघण्टीको ठिक तल रहेको यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्छ । सोही हर्मोनलेनै हाम्रो शरिरको अंगको क्रियाकलापलाई नियन्त्रण गर्छ । थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो । त्यसैले यसलाई शरीरको एक्सिलेटर पनि भन्ने गरिन्छ । तर जब थाइराईड ग्रन्थीको प्रणालीमा बाधा उत्पन्न हुँदा विभिन्न स्वास्थ्य समस्या आउने गर्दछन् । तथ्यांकले लाखौं मानिस थाइराईडले प्रभावित भएको देखाउँछ ।
धेरैलाई आफूलाई थाइराईड भएको पत्तै हुदैन । यदि थोरै खाना खाँने गर्दा पनि ताैल बढिरहेको छ, साना साना कुराले पनि तनाव दिईरहेको , सन्तान प्राप्तिको लागि समस्या छ र पटक पटक गर्भ तुहिने समस्या छ भने हामीलाई थाइराइड पनि भएको हुनसक्छ । थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ । हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म् भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइरोडिज्म् भनिन्छ ।
यो शरीरको आफ्नै कारण (अटो इम्युन) ले हुने रोग हो । यसमा शरीरले एन्टिबडी बनाएर थाइराइडलाई काम गर्न दिँदैन । अथवा बढी काम गर्न दिँदैन । कहिलेकाहिं रुघाखोकी वा घाँटी दुख्ने भएमा र कतिपय अवस्थामा सुत्केरी समयमा पनि थाइराइड हर्मोनको गडबडी देखिन्छ । तर, केही समयपछि यो समस्या आफैं निको भएर जान्छ । कसैलाई मुटु र डिप्रेशनको औषधिका कारण पनि थाइराइडको समस्या हुनसक्छ । थाइराइड रोग जो सुकैलाई र जुनसुकै उमेरमा पनि हुनसक्छ । तर महिलामा बढी देखिन्छ । रोगको अनुपात हेर्दा १० जना महिलामा देखिएमा एक जना पुरुषमा देखिन्छ । महिलामा रोग प्रतिरोधात्मक क्षमतामा हुने गडबडीले यो रोग बढी भएको हो । बालबालिकामा वंशाणुगत कारणले हाइपो थाइरोडिज्म् रोग लाग्नसक्छ । यसले सबैभन्दा बढी प्रभाव बालबालिकामा पार्छ ।
यो रोग लागेमा बालबालिकाको दिमागको बृद्धिविकास रोकिन जान्छ र उनीहरु सुस्त मनस्थितिका हुन पुग्छन् । यदि महिलालाई गर्भावस्था वा सो भन्दा अघि थाइराइडको समस्या भएमा बच्चामा सर्ने जोखिम बढी हुन्छ । त्यसैले जन्मेको एक हप्ताभित्र बच्चाको थाइराइड परीक्षण गराउनु पर्छ । अर्को कुरा १३ देखि १४ बर्षका युवतीमा महिनावारी गडबड भएमा एकपटक थाइराइड परीक्षण गराउनु पर्छ । गर्भावस्थामा थाइराइडको समस्या देखिएमा औषधि सेवन गर्नुपर्छ ।
थाइराइडका लक्षण
अस्वाभाविक रूपमा ताैल बढ्नु
गलगाँड आउनु
तनाव
छिटो छिटो महिनावारी हुनु र अत्यधिक रक्तश्राव
कपाल झर्नु
छाला फुस्रो हुनु
मुटुको गति सुस्त हुनु
चाँडो थकाई लाग्नु
मुड छिनछिनमा परिवर्तन भईरहनु र कमजोर स्मरणक्षमता
चिसो लाग्नु
आवाजमा भारीपन बढ्नु
युवाहरुमा थाइराइडको समस्या भएमा केही समयका लागि खुट्टा नचल्ने लक्षण देखिन सक्छ । शरीरमा पोटासियम कम भएर यस्तो अवस्था देखिएको हो । तर यस्तो समस्या थाइराइडका कारण पनि हुन्छ भनेर बिचार पुर्याउनु पर्छ । रोगको समयमा पहिचान हुन नसक्दा धेरै समस्या भोग्नुपर्छ । थाइराइडका कारण बाँझोपनको समस्या पनि आउन सक्छ । थाइराइडले पुरुषमा यौनइच्छामा कमी र वीर्यमा कमी देखिन्छ भने महिलामा अण्डा उत्पादन गर्नमा कठिनाई र छिटो रजनोवृत्ति हुन सक्छ ।
थाइराइड हुनबाट बच्न कस्तो भोजन लिने ?
हाइपोथाइरोडिजम भएकालाई भर्जिन नरिवलको तेल लाभदायक हुन्छ । यसमा चेन फ्याटी एसिड हुन्छ जसले मेटाबोलेटिज्मलाई बढाएर वजन घटाउन मद्दत गर्छ ।
१. कृत्रिम चीनीको प्रयोगबाट बच्ने
२. बदाम लगायतका चिल्ला ड्राइफुट नखाने, धुमपानबाट बच्ने र पोषणका औषधीहरु नखाने
३. आवश्यक मात्रामा आयोडिन र भिटामिन ए को सेवन गर्ने । एक वयस्क व्यक्तिका लागि १ सय ५० माइक्रोग्राम आयोडिन प्रतिदिन लिन आवश्यक छ ।
४. बन्दा, काउली, ब्रोकोली जस्ता तरकारीबाट बनेका काँचो सलाद नखाने । यी तरकारीमा पाइने गोट्रोजेन्स नामको तत्वले थाइराइडलाई प्रभाव पार्छ । बरु पकाएर खानाले खासै असर गर्दैन ।
५. सामुद्रिक माछा प्रशस्त खाने । त्यस्तै हरियो पत्तेदार तरकारी र दुग्धजन्य पदार्थमा पनि प्रशस्त आयोडिन पाउन सकिन्छ ।
६. अण्डा, पहेलो पाकेको फलफूल र हरिखा सागसब्जीले भिटामिन एको मात्र परिपूर्ति गर्छ ।
७. गर्भवती महिलालाई प्रतिदिन २ सय २० माइक्रोग्राम आयोडिन आवश्यक पर्ने हुनाले यसमा विशेष विचार पुर्याउने ।
नियमित अाैषधी सेवनबाट थाइराइड निको हुन्छ ।
अनलाइनको साहारामा ।
तिते करेला खादा यसको स्वाद सबैलाई मन नपर्न सक्छ । तर, यहि तिते करेलामा भिटामिन ए, भिटामिन
बि १, भिटामिन बी २, भिटामिन सि, फाइबर, क्याल्सियम, पोटासियम, जिङक, फलाम, कपर तथा फोस्फोरस लगायतका गुणकारी भिटामिनहरु पाइन्छ । करेला विभिन्न रोगका लागि उपयोगी खानेकुरा हो ।
तिते करेलाको बारेमा केहि जानकारीः
१. श्वासप्रश्वास समस्यामा :
ताजा करेला दम, रुघाखोकीजस्ता श्वासप्रश्वासको समस्या भएकाहरुका लागि करेला निक्कै गुणकारी हुन्छ । यसको सेवनबाट यस्ता प्रकारका रोगिहरुलाई केहि राहत मिल्न सक्छ ।
२. लिभर टनिक :
दैनिक एक गिलास करेलाको जुसले कलेजोको समस्या समाधान हुन्छ । स्वास्थ्यमा परिवर्तन आएको हेर्न कम्तीमा पनि एक साता करेलाको जुस पिउनै पर्ने हुन्छ ।
३. रोग प्रतिरोधक :
पानीमा उमालेको करेलाको पात दिनहुँ खानाले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ ।
४. डण्डीफोरमा :
करेलाको सेवनले डण्डीफोर, दागलगायतका छालाको संक्रमण हटाउनुका साथै रगतमा भएको अनियमितता हटाउछ । कागती मिसाएको करेलाको जुस ६ महिनासम्म खाली पेटमा खानाले अनुहारको सुन्दरतामा निखार ल्याउछ ।
५. मधुमेह :
करेलाको जुसले टाइप टु मधुमेहलाई सबैभन्दा बढी लाभ मिल्छ । चिनिया र भारतीय प्राचिन चिकित्सा पद्दतिमा करेला लामोसमयदेखि प्रयोग हुँदैं आएको विश्वास गरिन्छ । हालै भएका अनुसन्धानले पनि यसलाई पुष्टि गरेको छ । इन्सुलिनको अभाव वा विकासका प्रतिरोधकका कारण कोषहरुले रगतबाट सुगरको मात्रा लिन असफल भएमा टाइप टु मधुमेह लाग्छ । दुवै अवस्थामा कोषहरु सुगर लिन असमर्थ रहन्छन् । किनासे नामका प्रोटिन सक्रिय नहुँदा कोषले सुगर लिन नसक्ने भएकाले करेलाले किनासेहरुलाई सक्रिय बनाउछन् । करेलामा रहेका केही रासायनिक तत्वहरुले पनि इन्सुलिनको जस्तै काम गर्छन्, जसले रगतमा सुगरको मात्रा कम गर्न मद्दत गर्छन् ।
६. कब्जियतमा :
यसमा भएका फाइबरहरुले खाना पचाउन मद्दत गर्छन् । यसले गर्दा कब्जियतको समस्या पनि हट्छ ।
७. मिर्गौला र ब्लाडर :
यसले मिर्गौला र ब्लाडरलाई स्वस्थ बनाउन मद्दत गर्छ । यसका साथै मिर्गौलाको पत्थरी हटाउन पनि सहयोग गर्छ ।
८. मुटुको रोग :
यो मुटुको समस्याका लागि पनि लाभदायी मानिन्छ । यसले शरीरमा भएको खराब कोलेष्टेरोल हटाई हृदयाघात हुने सम्भावना कम गर्छ । यसले रगतमा चिनीकोमात्र घटाई मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।
९. क्यान्सरमा :
करेलाको सेवनले क्यान्सरका कोष वृद्धि हुनबाट जोगाउछ ।
१०. तौल घटाउन :
यसमा भएका एन्टिअक्सिडेन्टले शरीरलाई स्वस्थ राख्छ । यसले मेटाबोलिजम र पाचन प्रणालीलाई सुधार गर्ने भएकाले चााँडो चाँडो तौल घटाउन यसले मद्दत गर्छ ।
११. छालाको समस्यामा :
करेलाको नियमित सेवनले छालालाई चम्किलो राख्न मद्दत गर्नुका साथै दागरहित बनाउन मद्दत गर्छ । छालाका रोग तथा संक्रमण हटाउछ । यसमा भएको भिटामिन सिले चाउरीपना हटाउछ ।
१२. कपाल चम्काउन :
करेलाको रसमा एक कप दही मिसाएर लगाउनुस् र केही समयपछि धुनुस, यसले कपालमा प्राकृतिक चमक आउछ । करेलाको जुसले कपाल झर्ने समस्या पनि हटाउछ । करेलाको जुसमा चिनी मिसाएर लगाउनाले कपाल झर्ने समस्या समाधान हुन्छ ।
अनलाइनको साहारामा ।