जडिबुटी:सिस्नु घरिया र ऐंसेलु



सिस्नु घरिया 
नेपाली नाम : सिस्नु ।
वैज्ञानिक नाम : Urtica dioica
स्थानीय नाम : घ्रानम/छ्योक्मा
पाइने स्थान : खोटाङका अधिकांश क्षेत्रहरुमा ।
उपयोगी भाग : जरा, पात र मुन्टा ।
औषधीय गुण तथा स्थानीय प्रयोग : शरीरमा रगतको कमी, पिसाब रोग र अन्य चोटको लाग्ाि जराको रस बनाई सेवन गर्ने धुलो तातोपानीसँग सेवन गरिन्छ । पात मुन्टा फूल-फलको तरकारी बनाएर खाने गरिन्छ । यसको तरकारी उच्च रक्तचाप चिनी रोगीलाई अति उपयोगी हुन्छ । जनावरले टोकेको÷कोरेको ठाउँमा यसको पात/जरा पिसेर लेप लगाइन्छ । भाँचिएको मर्किएको ठाउँमा जरा हाडजोराको बोक्रासँग कुटेर लेप लगाई काम्रो बाँध्ने चलन छ ।






ऐंसेलु
नेपाली नाम : ऐंसेलु ।
वैज्ञानिक नाम : Rubus ellipticus
पाइने स्थान : खोटाङका अधिकांश क्षेत्रहरुमा ।
उपयोगी भाग : फल मुन्टा जरा ।
औषधीय गुण तथा स्थानीय प्रयोग : ज्वरो घाँटी दुखेको बेला यसको मुन्टा र जरा खाने गरिन्छ ।

प्रकाशित मिति: Sunday, November 27, 2011

यसमा तपाईको प्रतिक्रिया

2 comments

I nave know the cintific name of Aiselu "Rubus ellipticus" Thanks Sanjivani

Write Down Your Responses