बम बाहक: जुन ध्वनीको गतिभन्दा ५ गुणा तिब्र गतिमा उड्न सक्छ


अमेरिकाले एक हाइपरसोनिक बम बाहकको सफल परिक्षण गरेको छ जुन ध्वनीको गतिभन्दा ५ गुणा तिब्र गतिमा उड्न सक्छ ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ताका अनुसार बम बाहक विमानको परिक्षण हवाइको एक मिसाइल परिक्षण केन्द्रबाट गरिएको थियो ।
जुन २ हजार ३ सय किलोमिटर टाढाको क्वाजालिन क्षेत्रमा आधा घण्टा भन्दा पनि कम समयमा पुगेको थियो ।
वैज्ञानिकहरुले यस्तो विमानलाई हाइपरसोनिक यस अर्थमा भनेका हुन् की यसको गति ध्वनीको भन्दा ५ गुणा बढि हुन्छ अर्थात् एक घण्टामा झण्डै ६ हजार किलोमिटरको दुरी तय गर्दछ ।
यस्तो सामरिक प्रविधिको विकाशपछि अब अमेरिकाले चाहेको खण्डमा विश्वको कुनैपनि भागमा एक घण्टाभित्रमा बम खसाल्न सक्छ । अमेरिकाले यो बमबाहक लाई एडभान्स हाइपरसोनिक विपन -एएचडब्लु) नामाकरण गरेको छ । अमेरिकाले गएको अगष्टमा पनि सुपरसोनिक बम बाहकको परिक्षण गरेको थियो तरपनि त्यो विफल भएको थियो । पछिल्लो हाइपरसोनिक बम बाहक निर्माणका लागि २४ करोड डलर खर्च गरेको छ ।
यद्यपि यस्तो हाइपरसोनिक जहाजको प्रयोजन युद्धमा मात्र हुन्छ भन्ने छैन । बेलायतमा पनि अहिले ३ सय यात्रु बोक्नसक्ने यस्तै हाइपरसोनिक जहाजको निर्माण भैरहेको छ जसको प्रयोग युद्धमा नभइ यात्रुहरु ओर्सार्नमा हुनेछ । ध्वनीको गतिमा उड्ने सुपरसोनिक जहाज भने इतिहास बनिसकेको छ । एअर प|mान्स र ब्रिटिस एअरवेजले सुपरसोनिक जहाज चलाएका भएपनि सन् २००६ देखि त्यो बन्द छ । http://onlinekhabar.com

प्रकाशित मिति: Sunday, November 27, 2011

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses