तपाइँ लुगा फुकाल्ने गर्नुहुन्छ की हुन्न ? रातमा सुत्दा बाहिरी लुगा समेत नफुकालीकन सुत्दाखेरी सुत्न अप्ठेरो हुने र निद्रा नपर्ने भएकाले भित्री लुगा वा नाइट डेस लगाएर सुत्ने चलन हुन्छ । तर विज्ञहरुले भने सुत्दाखेरी भित्री वस्त्र समेत खोलेर निर्वस्त्र सुत्ने गरेमा त्यो स्वास्थ्यका लागि निकै फाइदाजनक हुने बताउँछन् ।
विज्ञहरुका अनुसार निर्वस्त्र भएर सुत्नाले व्यक्तिको स्वास्थ्यमा धेरै फाइदा पुग्छ । निर्वस्त्र सुताई व्यक्तिको शारीरिक मात्र नभएर मानसिक स्वास्थ्यका लागि समेत उपयोगी हुने बताइन्छ । विज्ञहरुका अनुसार महिलामा यौन रोगको जोखिम कम गर्न निर्वस्त्र सुताइ निकै फलदायी हुन्छ । खासगरी गुप्तांगमा हुने विभिन्न खालका संक्रमणको खतरा कम गर्न र गुप्तांग स्वस्थ राख्नका लागि निर्वस्त्र रुपमा सुत्नु आवश्यक हुने विज्ञहरुको ठम्याइ रहेको छ । निर्वस्त्र रुपमा सुत्दा महिलाको गुप्तांग हुने ढुसी तथा ब्याक्टेरियाको संक्रमण नियन्त्रण हुन्छ ।
निर्वस्त्र सुत्नुको अर्को फाइदा भने मिठो निद्रा पर्नु हो ।
निर्वस्त्र सुताइले तपाइँलाई निद्राका बेला सितलता प्रदान गर्छ जसका कारण तपाइँलाई अझ गहिरो र मीठो निद्रा पर्छ ।
रातमा सुत्दा लुगा लगाएर सुत्ने बानीले व्यक्तिको सुन्दरतामा समेत असर पूराउँछ । विज्ञहरुका अनुसार सुत्दाखेरी लुगा लगाउने वा बढि न्यानो भएर सुत्दा मानिसको सरीरबाट मेलाटोनिन र ग्रोथ हर्मोनको उत्पादन कम हुन्छ । यस्तो हर्मोनको उत्पादन कम हुनु भनेको व्यक्तिमा छिटै बुढयौलीका लक्षण देखिनु हो । निर्वस्त्र सुत्नाले व्यक्तिको सरीरबाट यस्ता हर्मोनको उत्पादन बढि हुन्छ, जसका कारण बुढयौलीका लक्षणमा न्यूनिकरण मात्र होइन छाला र कपालको सुन्दरतामा पनि वृद्धि हुन्छ ।
निर्वस्त्र भएर सुत्नुको अर्को फाइदा पनि छ ।
त्यो के भने मोटोपन घटाउनका लागि समेत निर्वस्त्र सुताइ कामयावी हुन्छ । राम्रो निद्रा नपर्दा कोर्टिसोल हर्मोनको उत्पादन बढि हुने र यो हर्मोनका कारण व्यक्तिलाई बढि भोक लाग्ने भएकाले धेरै खाने र सोही कारण मोटोपन बढ्छ । तर निर्वस्त्र सुत्दा पर्ने मीठो निद्राका कारण यो हर्मोनको मात्रा घट्न गई भोकमा सन्तुलन वा नियन्त्रण आउँछ जसका कारण मोटोपन नियन्त्रणमा समेत सघाउ पुग्छ ।
निर्वस्त्र सुत्ने बानीले व्यक्तिमा आत्मविश्वासको लेभलमा पनि वृद्धि गर्ने विज्ञहरु बताउँछन् ।
निर्वस्त्र सुत्ने मानिसले लुगा लगाएर सुत्नेले भन्दा बढि यौनसुख प्राप्त गर्छन् र उनीहरुको यौन जिवन पनि सफल बन्छ । जब दम्पतीहरु निर्वस्त्र रुपमा ओछ्यानमा सुत्छन् तब दुबैको नांगो छालाको स्पर्शले दुबैमा लभ हर्मोन भनिने अक्जीटोसिनको उत्पादन बढाउँछ । यसले व्यक्तिलाई सम्भोगका लागि सक्रिय बनाउँछ र इच्छा जागृत गर्छ अनि एक अर्कामा आकर्षण बढाउने काम गर्छ । निर्वस्त्र सुताइले मानिसमा सम्भोगका बेला चरम आनन्द प्राप्तिको दर पनि बढाउने बताइन्छ ।
गोलविद्हरुले ब्रम्हाण्डको सबैभन्दा पूरानो तारा पत्ता लगाएका छन् । खगोलविद्हरुलाई उद्रित गर्दै अनलाइनखबर लेख्छ एच डी १४०२८३ नामको उक्त तारा ब्रम्हाण्डमा अहिलेसम्म पत्ता लागेका ताराहरु मध्ये सबैभन्दा बुढो रहेको र यसको उत्पत्ति १३ अर्ब २० करोड वर्ष पहिले भएको हो ।
यो तारा झण्डै एक सताब्दी अघि पत्ता लागेको भएपनि ब्रम्हाण्डको सबैभन्दा पूरानो तारा भएको तथ्य भने बल्लमात्र पत्ता लागेको हो । अनलाइनखबरका अनुसार यो तारा पृथ्वीभन्दा १८६ प्रकाश वर्ष टाढा छ ।
अमेरिकी खगोलिय समाजका खगोलविद् होवार्ड बोन्डका अनुसार यो ताराको उत्पत्ति १३.२ बिलियन वर्ष अघि भएको हो जुन अहिलेसम्म पत्ता लागेका ताराहरु मध्ये सबैभन्दा पहिलो हो । यो तारा ब्रम्हाण्डमा रहेका दोश्रो पुस्ताको तारा भएको खगोलविद्हरु बताउँछन् । पहिलो पुस्ताका ताराहरुको विलयसँगै दोश्रो पुस्ताका ताराहरुको जन्म भएको थियो ।
यो तारामा गह्रौँ तत्वहरु प्रसस्त मात्रामा रहेकाले यो दोश्रो पुस्ताको तारा रहेको खगोलविद्हरुको भनाइ छ । स्मरण रहोस् यसअघि मेथुसेलाह २ नामक तारालाई ब्रम्हाण्डको सबैभन्दा बुढो ताराको रुपमा लिइँदै आएको थियो ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीनमा एक सन्तानको नीति छ । यो नीतिले जनसंख्या बृद्धिदर नियन्त्रण गर्न सघाएको चिनियाँ अधिकारीहरु बताउँछन् । तर, एक सन्तानको नीतिअनुसार हुर्किएका बच्चा निराशावादी हुँदै गएको एक अध्ययनले देखाएको छ । उनीहरु जोखिम उठाउन डाराउँछन् र उनीहरुमाथि विश्वास गरिहाल्न हुन्न । अष्ट्रेलियाली शोधकर्ताहरुको टिमले चीनमा एक सन्तानको नीति लागू भएपछि र पहिलेका बच्चाहरुको बीचमा तुलना गरेका छन् । शोधमा भाग लिएकाहरुको व्यवहार र व्यक्तित्वको अबलोकन गरिएको थियो ।
शोधका मुख्य सश्लेशक प्रोफेसर लीन्जा क्यामरुन भन्छन्–’हामीले पायौं कि जो मानिस एक सन्तान नीति लागू भएपछि जन्मिए, उनीहरुमाथि विश्वास गर्न मुश्किल हुन्छ र उनीहरुको जोखिम उठाउने हिम्मत कम छ भनेर अनलाईनखबर लेख्छ। जब कि यो नीति लागू हुनु अघि जन्मिएकाहरुमा यो समस्या छैन ।’ क्यामरुनका अनुसार एक सन्तानको नीति लागू भएपछि जन्मिएका चिनियाँ बच्चाहरु इमान्दार र केही सन्की हुन्छन् ।
चीनमा एक सन्तानको नीति सन् १९७९ बाट लागू भएको हो, जसका कारण विवाहित जोडीहरु एउटा मात्र सन्तान जन्माउन पाउँछन् । यस अध्ययनका लागि ४ सय २१ मानिसको सर्वेक्षण गरिएको थियो, जसमा आधाजसो एक सन्तानको नीति लागू भएपछि जन्मिएका र आधा त्यस अघिका थिए ।
जागिरमा पाउने तलबले मान्छेको ब्लड प्रेसरको सन्तुलनमा समेत प्रभाव पार्ने कुरा हालै पत्ता लागेको छ । अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका शोधकर्ताहरुले गरेको शोधका अनुसार कम तलब हुने कर्मचारीमा उच्च रक्तचापको समस्या बढि हुन्छ ।
जब शोधकर्ताहरुले यो उमेर समूहका मानिसहरुमा ब्लड प्रेसर किन बढि छ रु भन्ने कुराको खोजिनीति गरे, तब पत्ता लाग्यो रगतको पारो तताउने मुख्य चुरो त तलब पो रहेछ । जागिरको तलब सँगै व्यापार व्यवसाय, तनाव, शिक्षा तथा बिमा लगाएका विषय पनि रक्तचाप बढाउने मुख्य तत्व हुन् ।शोधकर्ताहरुका अनुसार यदि जागिरे युवाहरुको तलब दोब्बर पार्ने हो भने उनीहरुमा उच्च रक्तचापको समस्या २५ देखि ३० प्रतिशतले घट्छ । यस्तै तलब दोब्बर पार्दा युवतीहरुमा रक्तचापको समस्या ३० देखि ३५ प्रतिशतले घट्ने निष्कर्ष शोधकर्ताहरुको छ ।
अध्ययन अनुसार आफ्नो तलबबाट सन्तुष्ट रहने कर्मचारीहरु बढि स्वस्थ तथा दीर्घजिवी हुने अनलाइन खबर लेख्छ ।
यो बर्ष भ्रमण गर्नुपर्ने एसियाका उत्कृष्ट सहरको सूचीमा काठमाण्डौं पनि परेको छ । भ्रमण सुझाव दिने प्रसिद्ध अमेरिकी वेबसाइट ‘ट्रिपएडभाइजर डटकम’ ले सन् २०१३ का लागि तयार पारेको एसियाली सहरको सूचीमा काठमाण्डौं १० नम्बरमा परेको हो ।ट्रिपएडभाइजरको भ्रमण सूचीमा नेपालको राजधानी काठमाण्डौं ऐतिहासिक स्थल, प्रसिद्ध मठमन्दिर, तीर्थस्थल र मनमोहक गाउँले घेरिएको उल्लेख छ ।
‘त्यसमाथि तीनवटा दरबार स्क्वायरमात्र नभई पर्वतारोही र पदयात्रीलाई एकै थलोमा जमघट गराउने ठमेल पनि यहीँ छ,’ ट्रिपएडभाइजरले तयार पारेको २५ सहरको सूचीमा काठमाण्डौंको बयान यसरी गरिएको छ ।
सूचीमा कम्बोडियाको सियाम रिप पहिलो स्थानमा छ ।
चौथोमा थाइल्याण्डको चियाङ माई,
पाँचौमा माल्दिभ्सको माले,
छैटौंमा भारतको गोआ,
सातौंमा फिलिपिन्सको बोराके,
आठौंमा चीनकै हङकङ र
नवौंमा भियतामको हनोइ सहर परेका छन् ।