भविष्यमा यस्तो समय पनि आउनेछ जब तपाईं पानीबाट चल्ने मोटरसाइकलमा सवार हुनुहुनेछ किनभने यस्तो मोटरसाइकल भारतका १० कक्षामा पढ्ने एक छात्रले बनाइसकेका छन् ।
पानीबाट चल्ने विशेषताबाहेक यो बाइकले दिने माइलेज पनि उत्कृष्ट छ । यो मोटरसाइकल एक लिटर पानीमा २५० किलोमिटर चल्दछ । पानीबाट चल्ने भएका कारण यो मोटरसाइकलमा कुनै पनि दुर्घटनाको खतरा हुने छैन । यो बाइकको अर्को विशेषता भनेको यसलाई बनाउन ३,०४० रुपैयाँ खर्च भएको छ ।
नित्याशिष भंडारी नामका यी छात्रले बनाएको यो मोटरसाइकललाई ४२ औँ स्टेट लेभल साइन्स म्याथम्याटिक्स एण्ड इन्भायरमेन्ट एक्जिबिसन–२०१५ मा प्रदर्शनको लागि राखिने बताइएको छ । भंडारीले पेट्रोल बाइकलाई परिवर्तन गरेर त्यसलाई पानीबाट चल्ने बनाएको छ । उनले यो बाइकलाई पानीबाट चलाउनका लागि अक्सी हाइड्रोजन सेलका तीन प्लेट्स ३/७ इन्जिनमा फिट गराए जसले पानीलाई अक्सी हाइड्रोजन ग्याँसमा परिवर्तन गर्ने गर्दछ । यद्यपी, यो बाइकलाई एकपटक स्टार्ट गर्न भने पेट्रोलको आवश्यक पर्छ ।
नित्याशिषका अनुसार यो किटलाई कारमा पनि लगाउन सकिन्छ जसले साना कारहरु निकै सजिलो तरिकाले चलाउन सकिन्छ । यो किटमा समुन्द्री वा डिजिटल वाटको प्रयोग गर्न सकिनेछ ।
नित्याशिषका अनुसार यो किटलाई कारमा पनि लगाउन सकिन्छ जसले साना कारहरु निकै सजिलो तरिकाले चलाउन सकिन्छ । यो किटमा समुन्द्री वा डिजिटल वाटको प्रयोग गर्न सकिनेछ ।
नियमित व्यायाम मांसपेशीलाई नियमित व्यायामको आवश्यकता पर्छ। उचित व्यायामले शरीरमा अक्सिजन प्राप्त हुन्छ।
नियमित व्यायामले फुर्ती बढ्नुका साथै शक्ति पनि प्राप्त हुन्छ। व्यायाम गर्ने मानिसले काम गर्दा थाकेको महसुस गर्दैन। व्यायाम विभिन्न किसिमका हुन्छन्।
यौगिक व्यायाम, खेलाडी व्यायाम, आधुनिक व्यायाम एवं घरायसी व्यायाम यसका केही रूप हुन्। यौगिक व्यायामका लागि योगगुरुसँग सम्पर्क राख्नुपर्छ।
खेलाडी व्यायाम खेलाडीसँग सम्बन्धित व्यायाम हो। आधुनिक व्यायाम भन्नाले प्रविधिले बनाएका विद्युतीय सामग्रीबाट गरिने व्यायाम हो भने घरेलु व्यायाम भन्नाले घरधन्दाको कामलाई नियमित गर्ने व्यायाम हो।
धूम्रपानको त्याग
वैज्ञानिकहरूले धूम्रपान गर्ने मानिसमा साधारण व्यक्तिमा भन्दा दुई गुणा बढी हृदय रोग लाग्ने कुरा पत्ता लगाएका छन् । धूम्रपान त्याग गरेको १० वर्षपछि मात्र बिरामीहरू यस्तो खतराबाट मुक्त हुन्छन्। धूम्रपानको माध्यमबाट साधारण खोकी लाग्ने लक्षण देखापर्दै विभिन्न रोग लाग्ने सम्भावना हुन्छ । महिलाहरूमा पनि धूम्रपान गर्ने प्रवृत्ति बढ्दै गएको छ भने सहरी क्षेत्रमा पुरुषहरू बढी धूम्रपान गर्छन्।
तौलको नियन्त्रण
वजन आवश्यकभन्दा बढी छ भने मुुटुमा नकारात्मक प्रभाव पर्नसक्छ। बढी तौल हुने व्यक्तिको धड्कन कम तौल हुने व्यक्तिको तुलनामा बढी हुन्छ। व्यक्तिको तौल बढ्नुमा अनियन्त्रित खाना एवं व्यायामप्रति ध्यान नदिनु प्रमुख कारण हुनसक्छन्। फलस्वरूप रोगले सजिलै आक्रमण गर्छ। यसबाट बच्न ताजा फलफूल, हरियो सागपात, सन्तुलित भोजन तथा नियमित व्यायाममा ध्यान दिनुपर्छ।
सुन्तलामा भिटामिन सि लगायतका पोषण तत्वहरू निकै पइन्छन । तपाइँ हामीहरू सुन्तलाको बोक्रा छोडाएर त्यसलाइ फ्याँक्छौँ र गुदीमात्र खाने गर्दछौं, तर के तपाइँलाइ कहिल्यै थाहा छ कि यति मिठो फल सुन्तलाको बोक्रा पनि मानिसहरूका लागी निकै उपयोगी हुने गर्दछ ।
बहुउपयोगी सुन्तलाको बोक्रालाइ अबदेखि नफ्याँकी यसलाइ प्रयोगमा ल्याउनुहोस यस्ले गर्छ तपाईलाई फाइदा ।
तपाइको अनुहारमा दाग तथा धब्बा छ भने सुन्तलाको बोक्रालाई मसिनो गरि पिँधेर त्यसको लेदोमा गुलाव जललाइ मिश्रण गरी लेप बनाएर अनुहारमा नियमित रुपमा लगाउँनाले अनुहारका दागधब्बा हराएर जान्छ ।
सुन्तलाको बोक्रामा छालालाइ शुद्धिकरण गर्ने तत्व प्रचुर मात्रामा पाइन्छ । साथै यसमा ढुसी प्रतिरोधक तथा जिवाणु प्रतिरोधक तत्व समेत पाइन्छ । यसका लागी सुन्तलाको बोक्रालाई सुकाएर पिसेर धूलो बनाउनुहोस् र त्यो धूलोमा दहीलाइ मिसाएर छालामा लगाउनुहोस । यसो गर्नाले मानिसको शरीरको छाला चम्किलो तथा नरम बन्ने गर्दछ । यसका साथै तपाइँ अनुहारको छाला बढि चिल्लो भएर चिन्तित हुनुहुन्छ भने पनि सुन्तलाको बोक्रा वरदान सावित हुन सक्दछ । यसलाइ पिँधेर त्यसमा बेसन मिसाएर त्यसको लेपन अनुहारमा गर्नाले यसले फाइदा पुर्याउँदछ ।
कतिपय मानिसहरू कपाल एकदम खश्रो तथा जर्जर हुने समस्याले चिन्तित हुन्छन । यस्तोमा केशलाई सुन्दर तथा सिल्की बनाउका लागि सुन्तलाको बोक्राले निकै सहयोग गर्दछ । यसका लागी सुन्तलाको बोक्रालाई पिँधेर लेदो बनाएर कपालमा लगाउनुपर्दछ । यसपछि केहीबेर सुक्न दिनुपर्दछ, अनि मज्जाले कपाल सफा गर्ने गर्नु पर्दछ । यसो गर्नाले कपाललाई मुलायम तथा चम्किलो बनाउन सकिन्छ ।
सुन्तलाको बोक्रामा पाचन शक्ति बढाउने गुण समेत हुन्छ । मानिसहरूमा हुने अपच, अमिलो डकार आउने, उल्टी हुने जस्ता समस्याहरूका साथै पेटमा पर्ने जुकाका लागी समेत सुन्तलाको बोक्रा खाँनाले फाइदा गर्दछ ।
सुन्तलाको बोक्रा को प्रयोग हृदयरोगको निवारणमा समेत गर्न सकिन्छ । रगतमा उच्च कोलेस्टेरोलको मात्रा जस्तो समस्या हुनेहरूका लागी यसको बोक्रा खानु लाभदायक हुने गर्दछ । उच्च रक्तचाप र कोलेस्टेरोलको समस्या भोगिरहेकाहरुले सुन्तलाको बोक्रा खानाले फाइदा पुर्याउँदछ । यसका साथैँ सुन्तलाको बोक्राको सेवनले क्यान्सर तथा हड्डीको समस्या भएकाहरुका लागि समेत फाइदा पुर्याउने गर्दछ । विज्ञहरुको भनाइ छ ।
सुन्तलाको बोक्राले निद्रा नलाग्ने समस्या भएकाहरुलाइ समेत फाइदा पुर्याउँदछ । यसका लागी सुन्तलाको बोक्राको सेवन गर्नुपर्दछ । जसले अनिद्रा हटनुका साथै गहिरो निद्रा समेत पर्ने कुरा बिभिन्न अध्ययनहरूले देखाएको विज्ञहरूले जनाएका छन ।
नाक बन्द हुनु, नाकबाट पानी बग्नु, घाँटी खसखस हुनु, हाच्छिउँ आउनु,
स्वर भारी हुनु, थकाइ लाग्नु, कहिलेकाहीँ ज्वरो आउनु वा टाउको दुख्नुजस्ता
समस्याले रुघाखोकी लागेका व्यक्तिलाई सताउँछन् । यस्ता लक्षण तीन दिनदेखि
१० दिनभित्र कम हुन्छन् ।
'चिसो याममा रुघाखोकी बढी पाइने
गरे पनि रुघाखोकीसँग मौसमको कुनै सम्बन्ध हुँदैन,' 'चिसो याममा मानिसहरू
झ्यालढोका थुनेर घरभित्रै बस्ने गर्छन्, त्यसैले भाइरस संक्रमण बढी हुन्छ । रुघाखोकी
माथिल्लो सास नलीको भाइरल संक्रमण हो । यो दुई सयभन्दा बढी प्रकारको
भाइरसले गर्दा हुन्छ । हरेकपटक शरीरमा नयाँ प्रकारको भाइरसले आक्रमण गरेर
रुघाखोकी हुने गरेको छ ।
रुघाखोकी
मुख्यतः हावाका माध्यमले एक व्यक्तिबाट अर्कोमा सर्छ । रुघाखोकी भएका
व्यक्तिले खोकेपछि वा नाकलाई छोएपछि अर्को व्यक्तिलाई स्पर्श गरे उसलाई पनि
सर्छ । कसैका अगाडि खोक्दा पनि छेउको मान्छेलाई सर्न सक्छ । रुघाखोकीको
भाइरस कलम, किताब, कम्प्युटरको कि-बोर्ड, ढोकाको ह्यान्डल, गिलासजस्ता
सामानमा घन्टौंसम्म बस्ने गर्छन् । यस्ता वस्तुबाट समेत यो संक्रमण
एकअर्कामा फैलने गर्छ । खोकी वा हाच्छिउँ यो संक्रमण फैलिनुको प्रमुख कारण
हो ।
रुघाखोकीको उपचारै छैन ।
तर केही घरेलु उपाय अपनाए यसबाट बच्न सकिन्छ । हाम्रो शरीरको रोग प्रतिरोधक
क्षमताले भाइरसलाई नष्ट गर्न संघर्ष गरिरहेका बेला रुघाखोकी, टाउको दुखाइ,
ज्वरोजस्ता लक्षण देखिन्छन् । मौसम बदलिँदा यो समस्या बढी हुन्छ ।
रुघाखोकी
संक्रमणबाट जोगिनका लागि केही खानुअघि साबुनपानीले हात धुन बिर्संनुहुँदैन
। संक्रमित व्यक्तिले आफ्नो तौलिया, रुमाल आदि अरूले नचलाऊन् भनेर बेग्लै
राख्नुपर्छ ।
'यो स्वतः निको हुने रोग हो, बढी लक्षण देखिए घरेलु
उपचार प्रभावकारी हुन्छ,' 'आफैं बाठो भएर औषधि पसलबाट किन्ने गरिएको
रुघाखोकीको औषधि दुई वर्षभन्दा कम उमेरका बालबालिकाका लागि घातक हुन सक्छ
।' बालबालिकालाई एस्पिरिन र एस्पिरिनयुक्त औषधि खुवाउन हुन्न।अमेरिकास्थित
फुड एन्ड ड्रग एडमनिस्ट्रेसन (एफडीए) ले पनि दुई वर्षमुनिका बालबालिकालाई
चिकित्सकको सल्लाहविना किन्न पाइने रुघाखोकीको औषधि नदिन चेतावनी दिने
गरेको छ । यस्ता औषधिले बालबालिकाको रुघाखोकी उपचार गर्न सक्दैनन्, तिनलाई
चिसो लाग्नबाट बचाउन पनि सक्दैनन् । यस्ता औषधिको सेवनले मुटुको चाल तीव्र
हुने, जीउ काम्नेजस्ता साइड इफेक्टले हुन सक्छन् ।
रुघा
लाग्दा पानीको बाफ लिनु प्रभावकारी हुन्छ । ताजा हावामा सास फेर्नुपर्छ ।
जाडो मौसममा घरभित्र प्रायः हिटर बालिन्छ, कोठा सधैंजसो बन्द राखिन्छ ।
यसैले रुघाखोकीका भाइरसको संख्यामा वृद्घि हुन्छ । यसैले बिहान केही समय
खुला हावामा हिँड्ने गर्नुपर्छ । रुघाखोकी लागेका बेला शरीरले आराम खोज्छ ।
आराम गर्दा शरीरको रोगप्रतिरोधी प्रणालीले रुघाखोकीका भाइरससँग मज्जाले
संघर्ष गर्न सक्छ, अनि निको हुन्छ ।सामान्य रुघाखोकीमा एन्टिबायोटिकको कुनै
भूमिका हुँदैन ।
'ब्याक्टेरियाले उत्पन्न रोगमा मात्र एन्टिबायोटिकको
सेवन प्रभावकारी हुन्छ, रुघाखोकी भाइरसले हुने रोग हो ।' कहिलेकाहीँ पिनास
(साइनो साइटिस) र कानका बीचमा हुने संक्रमणले पनि रुघाखोकीमा जस्तै लक्षण
उत्पन्न गर्छ । यस्तो बेला नाक, कान, घाँटी (ईएनटी) रोग विशेषज्ञको
सल्लाहअनुसार उपचार गर्नुपर्छ । पिनासका कारण अनुहारमा पीडा हुने, पहेंलो
वा हरियो सिँगान आउने, ज्वरो आउनेजस्ता संक्रमण हुन सक्छन् । यस्तोमा चाहिँ
एन्टिबायोटिकसमेत उपयोग गर्नुपर्ने हुन सक्छ, तर चिकित्सकको सल्लाहले ।
रुघाखोकी
सामान्य घरेलु प्रक्रियाले निको नभए, १ सय २ डिग्रीभन्दा बढी ज्वरो आए,
जीउ कामे, टाउको बढी दुखे, घाँटी बांगिए, वाकवाकी लागे, वान्ता भए, सास
फेर्न असजिलो भए, छाती दुखे तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ । 'यो
घाँटीको स्टेप्टोकोकल संक्रमणका कारण हुन सक्छ र यसमा एन्टिबायोटिकको सेवन
आवश्यक हुन सक्छ,' ।
कहिलेकाहीँ भने रुघाखोकी गम्भीर रोगको
लक्षणसमेत हुन सक्छ । रुघाखोकी लागेका बालबालिकाले सास फेर्न असजिलो भए वा
तिनले छिटोछिटो सास फेरे फोक्सोको संक्रमण भई निमोनिया भएको हुन सक्छ । 'यो
चाहिँ प्राणघातक स्थिति हो,' , 'यस्तो बेला प्रभावितलाई जतिसक्दो चाँडो
अस्पताल पुर्याउनुपर्छ ।'
खोकी किन लाग्छ ?
हाम्रा
दुवै फोक्सोले तीन लिटरदेखि चार लिटरसम्म वायु ग्रहण गर्न सक्छन् । हामीले
प्रत्येकपटक सास फेर्दा साढे तीन सयदेखि पाँच सय मिलिलिटरसम्म वायु ग्रहण गर्छौं
। त्यो हावा नाकबाट फोक्सोसम्म पुग्ने बाटो लामो र जटिल हुन्छ । त्यसरी
पुगेको हावामा उपस्थित अक्सिजन रगतसँग मिलेर सम्पूर्ण शरीरमा फैलिन्छ ।
श्वासप्रश्वास प्राणालीको सम्पूर्ण पाइपलाइन म्युकस मेम्ब्रेनले बनेको
हुन्छ । सामान्य एलर्जी वा संक्रमण हुँदा यो झिल्लीले प्रतिक्रियास्वरूप
केही द्रव्यको स्राव गर्छ । यसले श्वासप्रणालीमा एउटा बाहिरी तत्त्व (फरेन
बडी) ले जस्तै काम गर्छ र खोकी लाग्न सुरु हुन्छ । श्वासप्रश्वास तन्त्रलाई
पुरानो अवस्थामा फर्काउन यस्ता पदार्थलाई बाहिर फ्याँक्ने गर्नाले खोकी
लाग्छ ।
रुघाखोकी र घाँटीको खसखसबाट कसरी जोगिने ?
चिसो
र सुख्खा हावामा ननिक्लिने : चिसो याममा हावामा बाफको मात्रामा कमी हुन्छ ।
यो सुख्खा हावा सुन्निएको घाँटीका लागि पीडादायक हुन्छ । यो स्थितिबाट
जोगिन कुनै ठूलो मुख भएको भाँडोमा पानी राखेर त्यसलाई हिटरमा राख्नुपर्छ वा
कोठामा ह्युमिडिफायर लगाउनुपर्छ । अनि कोठामा बाफ उड्न थाल्छ । यसले
हावामा बाफको स्तर बढ्छ र प्रभावित व्यक्तिले आराम अनुभव गर्छन् ।कुल्ला
गर्ने (गार्गल): घाँटी सुन्निए केही निल्दा पनि दुख्न थाल्छ । यसबाट बच्न
आधा लिटर पानीमा एक चम्चा नुन हाली उमालेर दिनमा तीन/चारपटक गार्गल
गर्नुपर्छ । यसले घाँटी सुन्निन कम हुन्छ ।
बाहिरी वातावरण र प्रदूषणका
कारण केही व्यक्तिको घाँटी बारम्बार बिगि्ररहन्छ । यस्तो अवस्थामा माथिको
प्रक्रिया उपयोगी हुन्छ । गार्गल राति सुत्नुअघि र बिहान उठेपछि गर्नुपर्छ
।मनतातो तरल पदार्थ खाइराख्ने: हर्बल चिया, सुप, मनतातो पानी यसमा
सबैभन्दा उपयुक्त हुन्छ । यस्तो कुरा पिउनाले घाँटी सुक्न पाउँदैन । चिसो,
अमिलो वा पिरो वस्तु नखाने: यस्ता कुरा खानाले घाँटी झन् सुन्निन्छ ।
त्यसैले घाँटी निको नभएसम्म यस्ता वस्तुबाट जोगिनु नै राम्रो । रुघाखोकी
लागेका बेला स्वादिष्ट र ट्वाक्क स्वाद भएका वस्तु खाने इच्छा हुन्छ । तर
स्वस्थ्यप्रद आहार सबैभन्दा आवश्यक हो ।
अन्तराष्ट्रिय स्पेस स्टेसनमा रहेका अन्तरिक्ष यात्रीहरुले सन् २०१४ भर देखिएका विश्वभरका विभिन्न स्थानहरुलाई तस्विरमा उतारेका छन् । यस अवधिमा उनीहरुले पृथ्वीमा घटेका विभिन्न मौसमसम्बन्धि घटनाहरुलाई तस्विरमा कैदन गर्न सफल भएका छन् ।
रातको समयमा अमेरिकाको पूवी तट |
जमिनबाट २२० माइल माथिबाट उनीहरुले सन् २०१४ मा आएका समुद्री आँधीदेखि उत्तरी ध्रुवमा देखिएको नर्दन लाइटस्समेत खिच्न भ्याएका छन् । सन् १९९५ देखि अन्तरिक्ष यात्राहरुलाई डिजिटल क्यामारा दिइने गरिन्छ ।
बोरेनो आँधीको दृश्य |
त्यही क्यामाराबाट उनीहरुले यी तस्विरहरु लिएका हुन् । त्यस्ता केही रोचक तस्विरहरु एजेन्सीको सहयोगमा यहाँ प्रस्तुत गरिएको छ ।
अन्तरिक्षयात्रीको तस्विर |
महिलाहरुको प्रजनन् अङ्गहरूको बनावट जटिल किसिमको हुन्छ र त्यत्तिकै संवेदनशील र कमजोर पनि हुन्छन् । सुत्केरी भएको समयमा त झन यी अङ्गहरूको कम्जोर र कोमल भएका हुन्छन् ।
पाठेघर दुईतिरबाट झुण्डिएर अडिएको हुन्छ र मुख्य भर त्यसैको हुन्छ । कडा कामको कारण सुत्केरी हुँदा कम्जोर भएका ती झुण्ड्याउँने मांशपेशीहरु बल पर्ने काम गर्दा कामको निरन्तर दवाव यसमा पर्न जादा ती वन्धनहरू तन्किन्छन् र कसैको त खुस्किन्छन र पाठेघर बाहिर आउन थाल्छ । जबकि पाठेघर आफ्नो पुरानो स्थानमा फर्कन हामीले सहयोग गर्न आराम गर्नुपर्दथ्यो । सबैको हकमा कामको मात्र भूमिका पनि छैन, किनकि सानो उमेरमा बिवाह गरिएका किशोरीहरुले धेरै पटक गर्भधारण गर्दा पनि ती तन्तुहरू माथि दबाब बढिरहेको हुन्छ । त्यसकारण पनि सरकारले दुइवटा भन्दा बढी बच्चा नजन्माउँनु र ती दुईको पनि जन्मान्तर कम्तिमा दुई बर्षको हुनुपर्दछ भनेको हो । यो कुरा धेरै अध्ययनहरुले नै बताएको हो ।
नेपालको सनदर्भमा पनि १९ वर्ष भन्दा कम उमेरमा बच्चा पाउने करीब दुईतिहाई महिलाहरूमा यो समस्या अध्ययनहरुले बताएको छ । त्यसमा पनि बिना तालिमका मानिसले परम्परागत तरिका अपनाएर सुत्केरी गराएका छन भने त आङ खस्नका लागि अरु मद्दत गरिरहेको हुन्छ । किनकि परम्परागत तरिका अनुसार सुत्केरी गराउँन पेट थिचिदिने, बच्चा जन्मिए पछि साल खसाल्न मुखमा कपाल खाँद्न लगाएर धेरै नै बल परोस भनेर बारम्बार वाकवाक गराउँने आदि । यस्तो कामले पाठेघरलाई सालसँगै झार्न सहयोग गरिएको हुन्छ । गाउँमा सुरक्षित तरिकाले सुत्केरी गराउँन विभिन्न ठाउँमा बर्थिङ सेन्टरहरु स्थापना गराइएको र पनि घरमा सुत्केरी गराउँनेको संख्या अझै उल्लेखनीय छ ।पाठेघर दुईतिरबाट झुण्डिएर अडिएको हुन्छ र मुख्य भर त्यसैको हुन्छ । कडा कामको कारण सुत्केरी हुँदा कम्जोर भएका ती झुण्ड्याउँने मांशपेशीहरु बल पर्ने काम गर्दा कामको निरन्तर दवाव यसमा पर्न जादा ती वन्धनहरू तन्किन्छन् र कसैको त खुस्किन्छन र पाठेघर बाहिर आउन थाल्छ । जबकि पाठेघर आफ्नो पुरानो स्थानमा फर्कन हामीले सहयोग गर्न आराम गर्नुपर्दथ्यो । सबैको हकमा कामको मात्र भूमिका पनि छैन, किनकि सानो उमेरमा बिवाह गरिएका किशोरीहरुले धेरै पटक गर्भधारण गर्दा पनि ती तन्तुहरू माथि दबाब बढिरहेको हुन्छ । त्यसकारण पनि सरकारले दुइवटा भन्दा बढी बच्चा नजन्माउँनु र ती दुईको पनि जन्मान्तर कम्तिमा दुई बर्षको हुनुपर्दछ भनेको हो । यो कुरा धेरै अध्ययनहरुले नै बताएको हो ।
सुत्केरी चोख्याएको भोलीपल्ट देखि नै काममा हिँड्न परेका महिलाहरुको ग्रामीण क्षेत्रमा धेरै ठूलो छ । ती सबै पाठेघर खस्ने जोखिममा छन् । परिवारको दवावले यस्तो भएको हो । पाठेघर खसेपछि यौनसम्पर्कमा पीडा हुँदा महिलाले यौनसम्पर्क गर्न असहमती गर्दा धेरै श्रीमानहरुले श्रीमतिलाई यौनसम्पर्क गर्न नपाएको कारणले नै हिंसा गरेका हुन्छन् । लामो समयसम्म पाठेघर खस्दा संक्रण भएर पानी बग्ने र दुर्गन्ध हुनेहुनाले श्रीमानले उपचार गर्नुको सट्टा अमानवीय तरिकाले अपहेलना गरिरहेका पीडा पनि खेपिरहेका हुनछन् । कतिपय श्रीमानहरुले त्यसैका कारण दोश्रो विबाह पनि गरेका छन । यसरी दोहोरो तेहरो पीडा खपेका हुन्छन आङ अर्थात पाठेघर खसेका महिलाहरुले ।
रोकथामका लागि के गर्ने त ?
आङ झर्ने समस्याको रोकथामका लागि मुरुषहरुको भूमिका सबै भन्दा प्रभुख हुन्छ । घर भित्र र बाहिरका सबै किसिमका भूमिकाहरुका बारेमा सचेत गराउँने र त्यसका लागि समाजमा उचित वातावरण कनाउँनु पर्दछ । कम्तिमा पोषणयुक्त खानाको व्यवस्था गर्ने मात्र होइन कति व्यवस्था गर्ने भन्ने कुराको पनि ज्ञान हुनु आवश्यक छ । त्यस्तै महिलाले गर्दै आएका बल पर्ने किसिमका कामहरु पूरुषले नै गरिदिने वातावरण बनाएमा त्यसबापत महिलाले पूरा समय आराम गर्न पाउँने छन भने लैङ्गिक समविकासको व्यवहार आउँने छ । जसको कारण यौन तथा प्रजनन स्वास्थ्य अधिकार स्थापित हुन मद्दत मिल्ने छ ।
पाठेघर खस्नबाट बचाउँन र सामान्य रुपमा मात्रै समस्या परेको छ भने घरमा पनि सामान्य अभ्यास गरेर पाठेघरलाई अड्याउने मांशपेशीहरुलाई दह्रो पार्न सकिन्छ ।
पाठेघर खस्नबाट बचाउँन र सामान्य रुपमा मात्रै समस्या परेको छ भने घरमा पनि सामान्य अभ्यास गरेर पाठेघरलाई अड्याउने मांशपेशीहरुलाई दह्रो पार्न सकिन्छ ।
जस्तैः आएको दिसा वा पिसाब रोकका लागि अपनाइने कसरथ जस्तै १० देखि १५ मिनेट विहान बेलुका गर्न सकिन्छ । हल्का तरिकाले छिटो छिटो नगरिकन कपालभाती विधिको योग गर्न सकिन्छ । यसकालागि विस्तृत जानाकारी लिनका लागि प्रशुती विशेषज्ञ वा फिजियोथेरामिष्टसँग परामर्श लिनु आवश्यक छ । अरु केही उपाय नभए लामो ९करिव २ महिन पूर्णरुपमा आराम गर्नु पर्दछ ।
पूर्णरुपमा खसिसकेको पाठेघर पूणरुपमा फर्काउँन सकिदैन, त्यसको उपाय भनेको पाठेघर निकाल्नु पर्ने पनि भएको हुनसक्दछ । बरु त्यसलाई बाहिर निस्कनबाट बचाउँन खस्न शुरु भएको बेलामा नै रोक थामको विधिको प्रयोग गर्न सकिन्छ । यस्ता विधिहरुको प्रयोग यस सम्बन्धी तालिम प्राप्त स्वास्थ्य कर्मीहरुले गर्दछन् । उनिहरुले योनी भित्र चुरा जस्तो आकारको रबरको चक्की (रिङ्ग पेसरी) राखेर अड्याइ दिन्छन् । तर यो अस्थायी उपाय हो । स्वास्थ्य कर्मीले राखिदिएपछि यो चक्का हरेक तीन महिनामा निकालेर सफा गर्ने र पानीमा उमालेर फेरि राख्ने गर्नु पर्दछ । यसका बारेमा सामान्य तालिम लियो भने यो काम आफै पनि गर्न सकिन्छ । चक्का राखेको अवस्थामा गर्भवती भए चाहिँ निकाल्नु पर्दछ । कतिपय महिलाहरुले एक पटक राखेपछि कहिल्यै ननिकाल्ने भएकाले यसैका कारण पनि अर्को स्वास्थ्य समस्या लिएर स्वास्थ्य संस्था जाने गरेको पनि पाइन्छ । लामो समयसम्म ननिकाल्दा यसमा मासुले जेलिएर सानोतिनो अपरेशन नै गरेर निकाल्नु पर्ने पनि हुनसकदछ । पाठेघर पुरै निस्केको र त्यो अवस्थामा गर्भधारण गर्नु छैन भने अपरेशन गरी पाठेघर पुरै निकाले फाल्नु नै सधैभरीको पीडाबाट मुक्त हुने उपाय हो । यसरी फाले पनि दैनिक कार्य गर्न वा यौन क्रियाकलापमा कुनै फरक पर्दैन । “एक्सरसाइज” र “सेक्सरसाइज” दुबै चल्छ ।
उनीहरुले खाने खुराकी योषणयुक्त भएमा र पर्याप्त आराम पाएमा मात्र विस्तारै यी अङ्गहरू मज्बुत हुन पाउँदछन । घरको केहि न केहि त काम गर्नु पर्ने बाध्यता हुन्छ तर यही बेलामा कम्तिमा ४५ दिन सम्म पूर्ण आराम र ५र६ महिनासम्म भएपनि बलपर्ने काम गर्न वा गह्रो सामन उठाउँने काममात्रै भएपनि गर्ननपर्ने अवस्था परिवारले गरिदिएमा आङ खस्ने समस्याबाट बचाउँन सकिन्छ । अन्यथा त्यहि कारणले नै हो आङ खस्ने ।