सुन्तलाको बोक्राको उपयोगीता

सुन्तलामा भिटामिन सि लगायतका पोषण तत्वहरू निकै पइन्छन । तपाइँ हामीहरू सुन्तलाको बोक्रा छोडाएर त्यसलाइ फ्याँक्छौँ र गुदीमात्र खाने गर्दछौं, तर के तपाइँलाइ कहिल्यै थाहा छ कि यति मिठो फल सुन्तलाको बोक्रा पनि मानिसहरूका लागी निकै उपयोगी हुने गर्दछ । 

बहुउपयोगी सुन्तलाको बोक्रालाइ अबदेखि नफ्याँकी यसलाइ प्रयोगमा ल्याउनुहोस यस्ले गर्छ तपाईलाई फाइदा ।
तपाइको अनुहारमा दाग तथा धब्बा छ भने सुन्तलाको बोक्रालाई मसिनो गरि पिँधेर त्यसको लेदोमा गुलाव जललाइ मिश्रण गरी लेप बनाएर अनुहारमा नियमित रुपमा लगाउँनाले अनुहारका दागधब्बा हराएर  जान्छ । 

सुन्तलाको बोक्रामा छालालाइ शुद्धिकरण गर्ने तत्व प्रचुर मात्रामा पाइन्छ । साथै यसमा ढुसी प्रतिरोधक तथा जिवाणु प्रतिरोधक तत्व समेत पाइन्छ । यसका लागी सुन्तलाको बोक्रालाई सुकाएर पिसेर धूलो बनाउनुहोस् र त्यो धूलोमा दहीलाइ मिसाएर छालामा लगाउनुहोस । यसो गर्नाले मानिसको शरीरको छाला चम्किलो तथा नरम बन्ने गर्दछ । यसका साथै तपाइँ अनुहारको छाला बढि चिल्लो भएर चिन्तित हुनुहुन्छ भने पनि सुन्तलाको बोक्रा वरदान सावित हुन सक्दछ । यसलाइ पिँधेर त्यसमा बेसन मिसाएर त्यसको लेपन अनुहारमा गर्नाले यसले फाइदा पुर्याउँदछ । 

कतिपय मानिसहरू कपाल एकदम खश्रो तथा जर्जर हुने समस्याले चिन्तित हुन्छन । यस्तोमा केशलाई सुन्दर तथा सिल्की बनाउका लागि सुन्तलाको बोक्राले निकै सहयोग गर्दछ । यसका लागी सुन्तलाको बोक्रालाई पिँधेर लेदो बनाएर कपालमा लगाउनुपर्दछ । यसपछि केहीबेर सुक्न दिनुपर्दछ, अनि मज्जाले कपाल सफा गर्ने गर्नु पर्दछ । यसो गर्नाले कपाललाई मुलायम तथा चम्किलो बनाउन सकिन्छ ।

सुन्तलाको बोक्रामा पाचन शक्ति बढाउने गुण समेत हुन्छ । मानिसहरूमा हुने अपच, अमिलो डकार आउने, उल्टी हुने जस्ता समस्याहरूका साथै पेटमा पर्ने जुकाका लागी समेत सुन्तलाको बोक्रा खाँनाले फाइदा गर्दछ । 
सुन्तलाको बोक्रा को प्रयोग हृदयरोगको निवारणमा समेत गर्न सकिन्छ । रगतमा उच्च कोलेस्टेरोलको मात्रा जस्तो समस्या हुनेहरूका लागी यसको बोक्रा खानु लाभदायक हुने गर्दछ । उच्च रक्तचाप र कोलेस्टेरोलको समस्या भोगिरहेकाहरुले सुन्तलाको बोक्रा खानाले फाइदा पुर्याउँदछ । यसका साथैँ सुन्तलाको बोक्राको सेवनले क्यान्सर तथा हड्डीको समस्या भएकाहरुका लागि समेत फाइदा पुर्याउने गर्दछ ।  विज्ञहरुको भनाइ छ ।

सुन्तलाको बोक्राले निद्रा नलाग्ने समस्या भएकाहरुलाइ समेत फाइदा पुर्याउँदछ । यसका लागी सुन्तलाको बोक्राको सेवन गर्नुपर्दछ । जसले अनिद्रा हटनुका साथै गहिरो निद्रा समेत पर्ने कुरा बिभिन्न अध्ययनहरूले देखाएको विज्ञहरूले जनाएका छन ।  

प्रकाशित मिति: Tuesday, January 06, 2015

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses