कसरी खस्छ त आङ ? रोकथामका लागि के गर्ने त ?

महिलाहरुको प्रजनन् अङ्गहरूको बनावट जटिल किसिमको हुन्छ र त्यत्तिकै संवेदनशील र कमजोर पनि हुन्छन् । सुत्केरी भएको समयमा त झन यी अङ्गहरूको कम्जोर र कोमल भएका हुन्छन् ।

पाठेघर दुईतिरबाट झुण्डिएर अडिएको हुन्छ र मुख्य भर त्यसैको हुन्छ । कडा कामको कारण सुत्केरी हुँदा कम्जोर भएका ती झुण्ड्याउँने मांशपेशीहरु बल पर्ने काम गर्दा कामको निरन्तर दवाव यसमा पर्न जादा ती वन्धनहरू तन्किन्छन् र कसैको त खुस्किन्छन र पाठेघर बाहिर आउन थाल्छ । जबकि पाठेघर आफ्नो पुरानो स्थानमा फर्कन हामीले सहयोग गर्न आराम गर्नुपर्दथ्यो । सबैको हकमा कामको मात्र भूमिका पनि छैन, किनकि सानो उमेरमा बिवाह गरिएका किशोरीहरुले धेरै पटक गर्भधारण गर्दा पनि ती तन्तुहरू माथि दबाब बढिरहेको हुन्छ । त्यसकारण पनि सरकारले दुइवटा भन्दा बढी बच्चा नजन्माउँनु र ती दुईको पनि जन्मान्तर कम्तिमा दुई बर्षको हुनुपर्दछ भनेको हो । यो कुरा धेरै अध्ययनहरुले नै बताएको हो ।

नेपालको सनदर्भमा पनि १९ वर्ष भन्दा कम उमेरमा बच्चा पाउने करीब दुईतिहाई महिलाहरूमा यो समस्या अध्ययनहरुले बताएको छ । त्यसमा पनि बिना तालिमका मानिसले परम्परागत तरिका अपनाएर सुत्केरी गराएका छन भने त आङ खस्नका लागि अरु मद्दत गरिरहेको हुन्छ । किनकि परम्परागत तरिका अनुसार सुत्केरी गराउँन पेट थिचिदिने, बच्चा जन्मिए पछि साल खसाल्न मुखमा कपाल खाँद्न लगाएर धेरै नै बल परोस भनेर बारम्बार वाकवाक गराउँने आदि । यस्तो कामले पाठेघरलाई सालसँगै झार्न सहयोग गरिएको हुन्छ । गाउँमा सुरक्षित तरिकाले सुत्केरी गराउँन विभिन्न ठाउँमा बर्थिङ सेन्टरहरु स्थापना गराइएको र पनि घरमा सुत्केरी गराउँनेको संख्या अझै उल्लेखनीय छ ।

सुत्केरी चोख्याएको भोलीपल्ट देखि नै काममा हिँड्न परेका महिलाहरुको ग्रामीण क्षेत्रमा धेरै ठूलो छ । ती सबै पाठेघर खस्ने जोखिममा छन् । परिवारको दवावले यस्तो भएको हो । पाठेघर खसेपछि यौनसम्पर्कमा पीडा हुँदा महिलाले यौनसम्पर्क गर्न असहमती गर्दा धेरै श्रीमानहरुले श्रीमतिलाई यौनसम्पर्क गर्न नपाएको कारणले नै हिंसा गरेका हुन्छन् । लामो समयसम्म पाठेघर खस्दा संक्रण भएर पानी बग्ने र दुर्गन्ध हुनेहुनाले श्रीमानले उपचार गर्नुको सट्टा अमानवीय तरिकाले अपहेलना गरिरहेका पीडा पनि खेपिरहेका हुनछन् । कतिपय श्रीमानहरुले त्यसैका कारण दोश्रो विबाह पनि गरेका छन । यसरी दोहोरो तेहरो पीडा खपेका हुन्छन आङ अर्थात पाठेघर खसेका महिलाहरुले ।

रोकथामका लागि के गर्ने त ? 
आङ झर्ने समस्याको रोकथामका लागि मुरुषहरुको भूमिका सबै भन्दा प्रभुख हुन्छ । घर भित्र र बाहिरका सबै किसिमका भूमिकाहरुका बारेमा सचेत गराउँने र त्यसका लागि समाजमा उचित वातावरण कनाउँनु पर्दछ । कम्तिमा पोषणयुक्त खानाको व्यवस्था गर्ने मात्र होइन कति व्यवस्था गर्ने भन्ने कुराको पनि ज्ञान हुनु आवश्यक छ । त्यस्तै महिलाले गर्दै आएका बल पर्ने किसिमका कामहरु पूरुषले नै गरिदिने वातावरण बनाएमा त्यसबापत महिलाले पूरा समय आराम गर्न पाउँने छन भने लैङ्गिक समविकासको व्यवहार आउँने छ । जसको कारण यौन तथा प्रजनन स्वास्थ्य अधिकार स्थापित हुन मद्दत मिल्ने छ ।

पाठेघर खस्नबाट बचाउँन र सामान्य रुपमा मात्रै समस्या परेको छ भने घरमा पनि सामान्य अभ्यास गरेर पाठेघरलाई अड्याउने मांशपेशीहरुलाई दह्रो पार्न सकिन्छ ।

जस्तैः आएको दिसा वा पिसाब रोकका लागि अपनाइने कसरथ जस्तै १० देखि १५ मिनेट विहान बेलुका गर्न सकिन्छ । हल्का तरिकाले छिटो छिटो नगरिकन कपालभाती विधिको योग गर्न सकिन्छ । यसकालागि विस्तृत जानाकारी लिनका लागि प्रशुती विशेषज्ञ वा फिजियोथेरामिष्टसँग परामर्श लिनु आवश्यक छ । अरु केही उपाय नभए लामो ९करिव २ महिन पूर्णरुपमा आराम गर्नु पर्दछ ।

पूर्णरुपमा खसिसकेको पाठेघर पूणरुपमा फर्काउँन सकिदैन, त्यसको उपाय भनेको पाठेघर निकाल्नु पर्ने पनि भएको हुनसक्दछ । बरु त्यसलाई बाहिर निस्कनबाट बचाउँन खस्न शुरु भएको बेलामा नै रोक थामको विधिको प्रयोग गर्न सकिन्छ । यस्ता विधिहरुको प्रयोग यस सम्बन्धी तालिम प्राप्त स्वास्थ्य कर्मीहरुले गर्दछन् । उनिहरुले योनी भित्र चुरा जस्तो आकारको रबरको चक्की (रिङ्ग पेसरी) राखेर अड्याइ दिन्छन् । तर यो अस्थायी उपाय हो । स्वास्थ्य कर्मीले राखिदिएपछि यो चक्का हरेक तीन महिनामा निकालेर सफा गर्ने र पानीमा उमालेर फेरि राख्ने गर्नु पर्दछ । यसका बारेमा सामान्य तालिम लियो भने यो काम आफै पनि गर्न सकिन्छ । चक्का राखेको अवस्थामा गर्भवती भए चाहिँ निकाल्नु पर्दछ । कतिपय महिलाहरुले एक पटक राखेपछि कहिल्यै ननिकाल्ने भएकाले यसैका कारण पनि अर्को स्वास्थ्य समस्या लिएर स्वास्थ्य संस्था जाने गरेको पनि पाइन्छ । लामो समयसम्म ननिकाल्दा यसमा मासुले जेलिएर सानोतिनो अपरेशन नै गरेर निकाल्नु पर्ने पनि हुनसकदछ । पाठेघर पुरै निस्केको र त्यो अवस्थामा गर्भधारण गर्नु छैन भने अपरेशन गरी पाठेघर पुरै निकाले फाल्नु नै सधैभरीको पीडाबाट मुक्त हुने उपाय हो । यसरी फाले पनि दैनिक कार्य गर्न वा यौन क्रियाकलापमा कुनै फरक पर्दैन । “एक्सरसाइज” र “सेक्सरसाइज” दुबै चल्छ ।

उनीहरुले खाने खुराकी योषणयुक्त भएमा र पर्याप्त आराम पाएमा मात्र विस्तारै यी अङ्गहरू मज्बुत हुन पाउँदछन । घरको केहि न केहि त काम गर्नु पर्ने बाध्यता हुन्छ तर यही बेलामा कम्तिमा ४५ दिन सम्म पूर्ण आराम र ५र६ महिनासम्म भएपनि बलपर्ने काम गर्न वा गह्रो सामन उठाउँने काममात्रै भएपनि गर्ननपर्ने अवस्था परिवारले गरिदिएमा आङ खस्ने समस्याबाट बचाउँन सकिन्छ । अन्यथा त्यहि कारणले नै हो आङ खस्ने ।

प्रकाशित मिति: Sunday, January 04, 2015

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses