हाई हिल महिलाका बीच फेसन नै भैसकेको छ । तर यसले स्वास्थ्यमा पार्ने असर कमैलाई मात्र थाहा होला । आजभोलि बच्चैदेखि हाई हिल लगाउने फेसन सुरु भएको छ । बच्चा अबस्थामा लगाएको हाई हिलले युवा अवस्थामा कुर्कुच्चा र मेरुदण्डमा नराम्रो प्रभाव पार्छ ।
सुरुको अवस्थामा हिलले खुट्टा सुन्निन्छ भने केही बर्षपछि लगातार खुट्टा दुख्ने, नशामा समस्या, कम्मर दुख्ने जस्ता समस्या आउँछ । लगातार हिल लगाउने युवतीको खुट्टाको अगाडिको भाग चौडा भई खुट्टाको स्वरूप नै बिगार्छ ।
एक अनुसन्धानअनुसार लामो समयसम्म हिल जुत्ता प्रयोग गर्ने एक तिहाई महिलामा खुट्टाको औंला सुन्निने ( हेमरटोज) देखि टाङको नसामा स्थायी समस्या पनि आउन सक्छ ।
हाई हिल लगाउँदा शरीरको कम्मरभन्दा तलको भाग अगाडि झुकेको हुन्छ । यसलाई सन्तुलनमा ल्याउन मेरुदण्डको अवस्था परिवर्तन गरिरहनु पर्छ । यसले कम्मरको नशामा दबाब पार्छ । यसबाट साइटिका नामको रोग लाग्ने संभावना बढी हुन्छ । अनलाइनको साहारामा
सुरुको अवस्थामा हिलले खुट्टा सुन्निन्छ भने केही बर्षपछि लगातार खुट्टा दुख्ने, नशामा समस्या, कम्मर दुख्ने जस्ता समस्या आउँछ । लगातार हिल लगाउने युवतीको खुट्टाको अगाडिको भाग चौडा भई खुट्टाको स्वरूप नै बिगार्छ ।
एक अनुसन्धानअनुसार लामो समयसम्म हिल जुत्ता प्रयोग गर्ने एक तिहाई महिलामा खुट्टाको औंला सुन्निने ( हेमरटोज) देखि टाङको नसामा स्थायी समस्या पनि आउन सक्छ ।
हाई हिल लगाउँदा शरीरको कम्मरभन्दा तलको भाग अगाडि झुकेको हुन्छ । यसलाई सन्तुलनमा ल्याउन मेरुदण्डको अवस्था परिवर्तन गरिरहनु पर्छ । यसले कम्मरको नशामा दबाब पार्छ । यसबाट साइटिका नामको रोग लाग्ने संभावना बढी हुन्छ । अनलाइनको साहारामा
- डा. राजेन्द्र भद्रा
प्रायजसो पुरुषको तुलनामा अधिकांश महिलालाई चरमसुखको स्थितिमा पुग्न केही बढी समय लाग्छ । कतिपय दम्पतीले यौनसम्पर्कको सुरुआत नै एकै पटक योनिमा लिङ्ग प्रवेशका साथ गर्छन् । यसो गर्नाले पुरुष तथा महिला यौनप्रतिक्रिया चक्रको विभिन्न चरणमा फरक समयमा पुग्ने हुँदा दुवैले एकै समयमा चरम यौनआनन्द पाउन गाह्रो हुन सक्छ ।
एक राम्रो प्राक्क्रीडा गर्दा महिला वा पुरुषलाई राम्ररी उत्तेजित गराउन र यौनसुख राम्ररी प्राप्त गर्न मद्दत मिल्छ । सामान्यतया योनिमा लिङ्गको प्रवेश सुरु गर्नुभन्दा पहिले यौनउत्तेजना दिलाउन वा लिन गरिने विभिन्न किसिमको यौनक्रियाकलापलाई नै प्राक्क्रीडा भन्ने गरिन्छ । अंग्रेजीमा यसलाई फोर प्ले भन्ने गरिन्छ । कसै–कसैले यस किसिमको यौन क्रियाकलापलाई मात्र पाक्क्रीडा नभनी यौनक्रियालाई सुमधुर बनाउन गरिने पूर्वक्रियाकलाप जस्तैः दुवै जनाले मायालु वातावरणमा गर्ने भोजन वा रमाइलो प्रेमवार्तालाई पनि प्राक्क्रीडा नै ठान्ने गरेको पाइन्छ ।
धेरैजसो परिस्थितिमा चुम्बन, शरीर तथा यौनांग सुम्सुम्याउने वा चलाउने इत्यादि यौनक्रियाक्लाप गरेर एक–आपसको यौनउत्तेजनालाई बढाउने गरिन्छ । गहिरो चुम्बन तथा शरीरका अन्य संवेदनशील अंगको चुम्बन निकै नै सहयोगी हुन सक्छ ।
त्यसैगरी विभिन्न अंगको मालिस गर्ने पनि एक महत्त्वपूर्ण क्रियाकलाप हुन सक्छ । मधुरो प्रकाशमा सुगन्धित तेलको प्रयोग गरेर मालिस गर्ने वा दम्पती सँगसँगै नुहाउने वा पानीमा अर्ध डुबेर मालिस गर्न सकिन्छ । त्यसैगरी शरीर तथा यौनांगलाई सुम्सुम्याउनु वा हल्का स्पर्श गर्नु अर्को महत्त्वपूर्ण यौनक्रियाकलाप हो । यसो गर्दा आफ्नो यौनसाथीको कुन–कुन भाग संवेदनशील छ वा कुन–कुन अंग कसरी छोइएको मनपराउँछ भन्ने कुरा पनि थाहा पाउनुपर्छ । यी संवेदनशील अंगहरु सुम्सुम्याउने कुरा मात्र नभई चुम्बन गर्ने, चाट्ने, चुस्ने, थपथप गर्ने, हल्का चिमोट्ने, माड्ने, हल्का टोक्ने, हल्का चिथोर्नेजस्ता थुप्रै क्रियाकलाप आफ्नो रुचिअनुरुप गर्न सकिन्छ ।
यस किसिमको प्राक्क्रीडाले यौनआनन्दलाई चरम विन्दुमा पुर्याउन सहयोग गर्नेमात्र नभई एक–आपसमा राम्रो सञ्चार गरी आपसी समझदारी बढाउन पनि मद्दत गर्दछ । आपसी समझदारीका कुरालाई धेरै दम्पतीले यथार्थमा बेवास्ता गर्ने भए पनि वैवाहिक जीवनको धुरीको रुपमा यसले कार्य गर्दछ । यसो गर्न सकिएमा यौनसम्पर्कलाई वास्तविक अर्थमा सम्भोग बनाउन सकिन्छ । सम्भोग अर्थात् ‘समं+भोग’ जसको अर्थ दुवै जना यौनसाथीले समान रुपमा यस सुखलाई महसुस पाऊन् । स्वास्थ्य खबर पत्रिका
जिका भाइरसले अमेरिकालगायत विश्वका थुप्रै मुलुकमा समस्या ल्याइरहेको अवस्थामा नेपाल पनि जोखिम मुलुकको सूचीमा परेको छ ।
जिका भाइरस संक्रमणका लक्षण यस्ता छन् । स्वास्थ्य खबर पत्रिका |
जिका भाइरसबाट संक्रमित बच्चा । डेंगु सार्ने लामखुट्टेबाट जिका भाइरस सर्छ |
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले जिका भाइरसको संक्रमण देखिएका ल्याटिन अमेरिकी मुलुकमा रहेका नेपाली गर्भवती महिलालाई अत्यावश्यक काम परेको अवस्थामा बाहेक जोखिमयुक्त मुलुकमा नबसी नेपाल फर्कन नेपाली दूतावासमार्फत् आग्रह गरिएको जानकारी गराए । उनले सकेसम्म अमेरिकालगायत संक्रमण देखिएका मुलुकमा गर्भ परीक्षणसमेत नगराउन आग्रह गरेको जानकारी दिए । अनलाइन खबर
लसुन एक महत्वपूर्ण घरेलु औषधि हो । त्यसैले यसलाई घरायासी औषधिको रुपमा प्रयोग समेत गर्ने गरिएको छ । प्राचीन समयदेखि नै विभिन्न भोजन तरकारीमा गरम मसलाको रुपमा लसुनको प्रयोग हुने गरेको छ । लसुनले शरिर भित्र पैदा हुने अनेकौँ रोगहरुलाई नाश गर्ने गर्दछ । यो धेरै प्रकारको रोकथाम तथा उपचारमा प्रभावकारी हुन्छ ।
यसले पाचन शक्ति बढाउँछ, कृमि नाश गर्छ, हृदय र कलेजोलाई उत्तेजक पार्छ । महिलाको महिनावारी ठीक राख्न र पुरुषको वीर्य पुष्ठ पार्न पनि लसुनले मद्दत गर्छ । पिसाबको समस्या, रक्तदोष, सुन्निने समस्या आदिमा पनि लसुन लाभदायक हुन्छ । गर्भावस्थामा भने यसको प्रयोग अहितकर हुन्छ ।
लसुनको पात, गाँठो केस्रा र जरा सबैको प्रयोग गर्न सकिन्छ । लसुनका यी विविध भागलाई नियमित रुपले काँचै वा पकाएर खाने गर्दा मुटु र रक्तनलीका बिभिन्न रोग लाग्ने संभावना न्यून हुन्छ । क्यान्सरको समस्यामा लसुन पनि लाभदायक देखिएको चिकित्सकको अनुसन्धानले पुष्टि गरेको छ ।
लसुनको फाइदा
१. ग्यास्टिक
बिहान उठ्नेबित्तिकै नियमित एक केस्रा लसुनलाई मन तातो पानीसँग खाने गर्नाले ग्यास्टिकको समस्या कम हुँदै जान्छ। त्यसैगरी भोक जगाउनुको साथै पाचन प्रणालीमा पनि सुधार ल्याउँछ। पेट फुल्ने, अमिलो पानी आइरहने र पेट दुख्ने भएमा बिहान उठेर २ गिलास पानी पिउने र त्यसपछि २,३ केस्रा लसुन दूधसँग खाएमा फाइदा हुन्छ ।
२. पाचन
लसुनले आन्द्रा सफा राख्न मद्दत पुर्याउँछ । यसले पाचन प्रक्रियालाई उत्तेजित गर्ने गर्दछ जसका कारण यसले भोकलाई बढाउने गर्दछ । खानासँगै ३\४ केस्रा लसुन बिहान बेलुका खाने गर्दा अपच समस्या हटेर जान्छ । यसो गर्नाले पाचनक्रिया बलियो हुन्छ र अरुचि हट्छ । पेटमा हुने एसिड उत्पादन पनि लसुनले बन्द गरिदिन्छ । लसुनले तपार्इंको तनावलाई पनि कम गर्ने गर्दछ । जतिबेला तपाईंलाई डर लाग्छ तब पेटमा एसिड बन्ने गर्दछ । लसुनले यस्तो प्रकारको एसिडलाई बन्न बाट रोक्दछ ।
३. रुघाखोकी
लसुनलाई तेलमा फुराएर डढाउने र साथमा मेथीको गेडा पनि फुराउने र डढाउने । उक्त तेललाई मनतातो भए पछि रुघा लागेको बच्चाको नाकको प्वालबाहिर दल्ने, तेल छाती, घाँटी, ढाडमा सेकाउँदै मालिश गर्ने । निधार र नाक वरिपरि या तेल लगाउने गर्दा ससाना शिशु तथा बच्चाको रुघाखोकी ठीक हुन्छ । यो प्रयोगले ठूला व्यक्तिलाई पनि फइदा गर्छ ।
४. उच्च रक्तचाप
लसुनमा पाइने तत्वले उच्च रक्तचापलाई सन्तुलनमा राख्न, मुटुसम्बन्धी समस्याबाट जोगाउन मद्दत पुर्याउँछ । उच्च रक्तचापको लागि दिनहुँ ५ देखि १० केस्रा काँचो लसुन प्रयोग गर्दा लाभदायक हुन्छ । यसरी लसुन खाँदा एकै पटक नखाएर पटकपटकको खानासँगै खानु राम्रो हुन्छ ।
५. कोलेस्टेरोल
दिनहुँ लसुनको सेवन गर्दा रगतको कोलेस्टेरोल मात्रा १२ प्रतिशत सम्मले कम हुन्छ । लसुनले नशाभित्रै रगत जम्ने तथा बाक्लो रगत हुने समस्याबाट पीडित हरुका लागि समेत निकै फाइदाजनक हुन्छ । यसले रगत पातलो बनाउने र रक्त प्रवाह सूचारु गर्नमा मद्दत गर्छ ।
६. स्वास प्रणाली
लसुन श्वास प्रणालीका लागि निकै लाभदायक मानिन्छ । यसले ट्युबरक्लोसिस, आस्मा, निमोनिया, ब्रोन्काइटिस, फोक्सोमा जमेको कफ आदि रोकथाम तथा उपचारमा निकै प्रभावशाली हुन्छ ।
७. कपाल दुखाइ
कपाल दुखेमा दुवै कनपारामा लसुन पिसेर लगाए कपाल दुखेको आराम हुन्छ ।
८. हृदयघात
लसुन खानाले हाइपरटेन्सनको लक्षणबाट राहत मिल्ने थुप्रै मानिसहरुको विश्वास छ । यसले मानिसहरुको रक्त संचारलाई नियमित त राख्छ नै यसले हृदयसम्बन्धी समस्याहरुबाट पनि टाढा राख्दछ । यसका साथै यसले फोक्सोलाई पनि फाइदा पुर्याउने गर्दछ ।
९. जोर्नी दुखाइ
एक पाउ लसुन थिचेर एक चौथाइ जति तेल र चार चौथाई जति पानी एकै भाँडामा राखी घोल्ने र त्यसलाई मन्द आगोमा पकाउने । पानी सुकेर तेल र लसुनको छोक्रा मात्र बाँकी भए पछि तेललाई छानेर शिशीमा राख्ने । यो तेल दिनको ३/४ पटक जोर्नी दुखेको र सुन्निएको ठाउँमा लगाउने, मालिश गर्ने गर्दा आराम महसुस गर्दछ ।
१०. वैकल्पिक उपचार
जब डिटक्सिीफिकेसनको कुरा आउँछ तब वैकल्पिक उपचारको रुपमा लसुन निकै प्रभावशाली मानिन्छ । लसुन यति धेरै शक्तिशाली हुन्छ कि यो शरिरमा परजीवी र किराहरुबाट बचाउँछ । विभिन्न रोगहरु जस्तै डाइबिटिज, डिप्रेसन तथा केहि प्रकारको क्यान्सरको रोकथामा पनि सहायक हुने गर्दछ । यदि तपाईं काँचो लसुनको सेवन गर्नसक्नुहुन्न भने त्यसलाई पोलेर अथवा भुटेर खानुहोस् ।
यदि तपाईंलाई लसुनको कुनै पनि प्रकारको एलर्जी छ भने यी दुई कुरामा ध्यान दिनुहोस् कहिले पनि यसलाई काँचो नखानुहोस् । पकाएर खाँदा पनि तपाईंलाई छालासँग सम्बन्धित केहि समस्या देखा पर्छ, ज्वरो आउँछ, टाउको दुख्छ भने यसको सेवन गर्न बन्द गर्नुहोस् ।
लसुनको बेफाइदा
तपाई हाम्रो भान्छामा पाक्ने तरकारीलाई मिठो बनाउन प्रयोग गरिने लसुन कतिपय अवस्थामा हाम्रै जीवनका लागि खतरनाक हुन सक्छ । लसुन धेरै गुणकारी खाना हो, लसुनको सेवनले धेरै फाइदा पनि गर्छ । तर, त्यहि लसुन कुनै रोग विशेषका विरामीका लागि भने हानीकारक हुन्छ ।
१. कलेजोको समस्या भएको व्यक्ति
ब्याक्टेरियालाई मार्ने एन्टिब्याक्टेरियल र एन्टिभाइरल खानेकुरा भएकोले, मानिसहरूले लसुन खाँदा हेपाटाइटिसलाई ठीक गर्दछ भन्ने विश्वास गर्दछन् । हेपाटाइटिस यस्तो रोग हो, जसले मानिसको कलेजोलाई असर गर्दछ । तर, हेपाटाइटिस भाइरसको उपचारको लागि लसुन खानु उचित हुँदैन। किनभने, लसुनको सेवनले पेट र आन्द्रामा प्रत्यक्ष प्रभाव पर्दछ, जसले हाम्रो आन्द्रामा पैदा हुने ग्यास्ट्रिक एसिडको मात्रालाई कम गर्दछ। जसको कारण हाम्रो पाचन प्रणालीमा नकारात्मक असर पर्दछ। यसले बान्ता हुने, रिङ्गटा लाग्ने जस्ता लक्षणहरू निम्त्याउँदछ । त्यसैले हेपाटाइटिस हुनेहरूले लसुनको सेवन नगर्नुहोस् ।
२. झाडापखाला लागेको व्यक्ति
झाडापखालाले ग्रसित भएको व्यक्तिले लसुनको सेवन गरेमा, यसको पीरो स्वादले आन्द्रालाई नकारात्मक असर पुर्याउँदछ, जसको कारण आन्द्रामा घाउ हुन जान्छ । यस्तो अवस्था हुँदा, दिशा गर्दा कडा पेट दुख्ने, दिशामा रगत देखिने, रिङ्गटा लाग्ने र बान्ता हुने जस्ता लक्षणहरू देखा पर्दछन् । त्यसैले, झाडापखाला लाग्दा लसुनको सेवन नगर्नुहोस् ।
३. सर्जरी गर्न लागेको व्यक्ति
कुनै पनि किसिमको सर्जरी गर्नुभन्दा २ हप्ता अगाडि देखि लसुन खान छोड्नुपर्दछ । किनभने, लसुनले गर्दा सर्जरी पछि रगत नजम्ने हुन्छ र घाउ बिस्तारै पाकेर सङ्क्रमित हुन सक्छ ।
४. कम रक्तचाप भएको व्यक्ति
लसुनको सेवनले शरीरमा नाइट्रिक अक्साइड र हाइड्रोजन सल्फाइड जस्ता रसायनहरूको निर्माणमा मद्दत पुर्याउँदछ। यी रसायनहरूले मुटुको धमनीहरूलाई आराम दिने गर्दछन्। उच्च रक्तचाप हुनेहरूको लागि लसुन फाइदाजनक हुन्छ तर कम रक्तचाप हुनेहरूको लागि भने लसुनको सेवन खतरनाक हुन जान्छ ।
५. आँखा रोग भएको व्यक्ति
आँखा रोगीहरूले लसुनको सेवन गर्नुहुँदैन। विशेष गरी आँखा पाकेको व्यक्तिलाई लसुनले हानी पुर्याउने गर्दछ, साथै आँखाबाट रगत पनि निकाल्न सक्दछ। आँखा रोगीहरूले लसुनको सेवन गरेमा आँखामा बादल लागेजस्तो हुने, आँखा दुख्ने, टाउको दुख्ने, स्मरण शक्ति घट्दै जाने जस्ता लक्षणहरू देखा पर्दछन् । अनलाइनको साहारामा
२. शरीरको वजन घटाउने सोचिरहनुभएको छ भने अण्डा तपाईंका लागि उपयोगी हुन सक्छ । एउटा अण्डामा ७० क्यालोरी र छ ग्राम प्रोटिन हुन्छ । त्यही भएर अण्डालाई कम क्यालोरी भएको खानाका रूपमा चिनिन्छ । भोक लागेको बेला अण्डा खानुभयो भने यसले शरीरमा क्यालोरीको इन्टेक उल्लेख्य मात्रामा नबढाई तपाईंको भोक शान्त गराउँछ र शरीरलाई मोटाउन दिँदैन ।
३. अण्डाको सेतो भागमा अल्ब्युमिन नामक प्रोटिन प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरलाई ऊर्जावान राख्न मद्दत पुर्याउँछ । त्यही भएर ब्रेकफास्टमा अण्डा लिने गर्नुभयो भने दिनभरि तपाईंलाई काम गर्ने ऊर्जा प्राप्त भइरहन्छ ।
४. अण्डामा क्याल्सियम, भिटामिन डी आदि पाइन्छन्, जसले हड्डीलाई बलियो बनाउन मद्दत गर्छन् ।
५. बिहान उठेपछि अल्छी महसुस गर्नुभयो भने अण्डा खाने गर्नुस् । यसले ‘इनर्जी बुस्टर’को काम गर्छ र तपाईंलाई जाँगरिलो बनाउँछ ।
६. अण्डाको पहेँलो भागमा पाइने बायोटिन नामक तत्वले कपाल र छालालाई बलियो र चम्किलो बनाउन मद्दत पुर्याउँछ । खानुको साथै अण्डाको पहेँलो भागलाई कपालमा लगाउने गर्नाले कपाल नरम र चम्किलो बन्छ । स्वास्थ्य खवर पत्रिका
- डा भक्तमान श्रेष्ठ
१. सूर्तिजन्य पदार्थ सेवन नगर्ने
सूर्तिजन्य पदार्थहरु भन्नाले चुरोट, बिँडी, खैनी, सूर्ती, तमाखु आदिमा करिब ४ हजार भन्दा बढी प्रकारका हानिकारक रासायनिक पदार्थहरु हुन्छन् । यसमध्ये करिब ४० प्रकारका पदार्थहरुको कारण मुख, श्वासनली, आमाशय, गर्भाशय, मूज्ञनली, मिर्गौला आदि अङ्गको क्यान्सर हुन्छ । चुरोट, बिँडी सेवन गर्ने व्यक्ति स्वयंलाई मात्र होइन यसको धुवाँको असरले वरिपरि बस्ने अन्य व्यक्तिहरुलाई पनि क्यान्सर तथा अन्य रोगहरु लाग्न सक्दछ । त्यसैले आफूले धूमपान सेवन नगरे तापनि यसको धुवाँको असरबाट बच्नका लागि प्रयत्न गर्नुपर्छ ।
२. बासी, सडेगलेका र ढुसी परेका खानेकुराहरु नखाने
बासी, सडेगलेका र ढुसी परेका खानाहरुमा क्यान्सर गराउने तत्वहरु हुने भएकाले यसको असरले कलेजो, आमाशय,आन्द्रा आदीमा विभिन्न अङ्गहरुको क्यान्सर हुने गदर्छ ।
३. पोलेको, डढेको र रङ हालेको खानेकुराहरु नखाने
पोलेको, डढेका मासु, माछार अखाद्य रङ प्रयोग भएका खानेकुराहरु खानु हुँदैन । खासगरी बजारमा पाइने मिठाइहरु र अन्य खानाहरुमा राता, निलो, हरियो, पहेँलो आदि विभिन्न अखाद्य रङहरु र वस्तुहरु राखेको हुन सक्छ जस्ले गर्दा मुख, घाँटी,आन्द्रा, पेट आदि विभिन्न अङ्गहरुको क्यान्सर हुने गरेको छ ।
४. धुलो, धुवाँ र वातावरण प्रदुषणबाट जोगिने
हाम्रो वरिपरिको वातावरणमा पाइने धुलो र धुवाँको कारणले फोक्सो, घाँटी र अन्य अङ्गको क्यान्सरहरु हुने भएकाले सकेसम्म बच्नुपर्छ । यसबाट बच्नका लागि आफूले का मगर्ने बेलामा वा अन्य समयमा पनि वातावरणमा धुलो, धुवाँ छ भने नाक, मुख छोप्ने गरी मास्क लगाउनु पर्छ ।
५. खोपको प्रयोग गर्ने
कतिपय क्यान्सर रोग संक्रमणको कारणले हुने भएकाले यसको विरुद्धमा खोप लगाउनु पर्दछ । जस्तै कलेजेको क्यान्सरबाट बच्न हेपाटाइटिस बि भाइरसको खोप र ह्युमन प्यापिलोमा भाइरसको खोपबाट पाठेघरको मुखको क्इान्सरबाट जोगिन्छ ।
६. शारीरिक व्यायाम गर्ने
दिनहुँ शारीरिक परिश्रम गर्ने व्यक्तिहरुको शरीर फुर्तिलो हुने र मोटो नहुने भएकाले कोलेस्टेरोल, पानक्रियाज, स्तन र डिम्बाशयको क्यान्सर रोग हुने सम्भावना कम हुन्छ । सकेसम्म दिनमा कम्तीमा पनि ४५ मिनेटसम्म विभिन्न किसिमको व्यायाम वा अन्य कार्यहरु गर्नुपर्छ ।
७. चिल्लो तथा बोसोयुक्त र नुनिलो खाद्यपदार्थ कम खाने
हामीले खाने धेरैजसो चिल्लो, वोसोयुक्त र नुनिलो खानाहरुको कारणले शरीरमा विभिन्न रोगहरु हुनुका साथै क्यान्सर समेत हुने भएकाले सकेसम्म यसको प्रयोग कम गर्नुपर्छ । खसी, बोका, राँगा आदि जनावारमा पाइने बोसो वनस्पतिमा पाइने चिल्लो पदार्थभन्दा बढी हानिकारक हुने भएकाले धेरै खानु हुँदैन ।
८. रासायनिक मल र किटनाशक औषधिको प्रयोग भएका सागपात, फलफूल र अन्य खानेकुराहरुको सेवन नगर्ने
अचेल सागपात, फलफूल र अन्य खानेकुराहरुमा जथाभावी रुपले रासायनिक मल र किटनाशक औषधिको प्रयोग प्रशस्त मात्रामा हुने गरेको छ । यसबाट रगत, लिम्फोमा, स्तन, मस्तिष्क, डिम्बाशय, मिर्गौला, फोक्सो, पानक्रियाज, प्रोस्टेट र आमाशय आदि अङ्गहरुको क्यान्सर हुने भएकाले खेतवारीमा कम्पोष्ट मलको प्रयोग गर्नुपर्छ ।
९. लामो समयसम्म टन्टलापूर घाममा नबस्ने
छालाको क्यान्सर हुने प्रमुख कारण नाङ्गो शरीरमा चर्को सूर्यको किरण पर्नु हो । त्यसैले नाङ्गो शरीरमा धेरै वेरसम्म चर्को घाममा बस्नु हुँदेन । यसबाट बच्नका लागि शरीरमा कपडाले ढाक्नुपर्छ वा छाताको प्रयोग गर्नुपर्छ ।
१०. गुप्ताङगको दिनहुँ सरसफाई गर्ने
प्रयजसो गुप्ताङ्गको सरसफाइको कमीले विभिन्न रोगहरु लाग्ने गरेको छ । त्यसैले हामीले आफ्नो गुप्ताङ्गहरुको दिनहुँ सफा गर्नुपर्छ । जसले गर्दा ती अंगहरुको क्यान्सर हुनबाट बचाउँछ ।
११. मुख सधैँ सफा राख्ने
प्रत्येक पल्ट खाना वा अन्य केही चिज खाइसकेपछि मुख सफा गर्नुपर्छ ।
१२. धेरै जनासँग यौन सम्पर्क नराख्ने
धेरै जनासँग यौन सम्पर्क राख्नाले एकअर्कामा भएको ह्युमन प्यापिलोमा भाइरस सर्ने खतरा रहन्छ । यो भाइरसले पाठेघरको मुखको क्यान्सर गराउँछ ।
१३. मौषम अनुसारको ताजा हरियो सागपात र फलफूल नियमित सेवन गर्ने
बेमौसमी भन्दा पनि मौषम अनुसार उत्पादन हुने तरकारी तथा फलफूल खाने गर्नेपर्छ । किटनाशक औषधि हालेको नभई अर्गयानिक खानुपर्छ । स्वास्थ्य खबर पत्रिका
सायद तपाई हामीमध्ये थोरैलाई मात्र थाहा होला की आलु पनि औषधिको रुपमा प्रयोगमा आउन सक्छ । आलु यस्तो चिज हो जता पनि ठिक हुने एककिसिमको तरकारी हो । अचेल कतिपयले आलुलाई मोटोपन बढाउने तत्वको रुपमा हेरेर आलुको प्रयोग कम गर्न वा नगर्न थालेका छन् । तर आलुको केहि यस्ता गुणहरु पनि छन् जसलाई थाहा पाउनु भयो भने तपाईले आलुको प्रयोग गर्न कहिल्यै छोड्नुहुने छैन ।
जानौं आलुका खास विशेषताहरु :
१) आलुमा भिटामिन सी, भिटामिन बि कम्प्लेक्स तथा आइरनको साथमा क्याल्सियम, म्याग्निज, फस्फोरस लगायतका तत्वाहरु हुन्छन । प्रति १०० ग्राम आलुमा १.६ प्रतिशत प्रोटिन, २२.६ प्रतिशत कर्बोहाईड्रेत, ०.१ प्रतिशत बोशो, ०.४ प्रतिशत खनिज र ९७ प्रतिशत क्यालोरी उर्जा पाइन्छ ।
२) आलुलाई भुटेर खानाले यसले अनाबश्यक बोशो घटाएर मोटोपनलाई पनि सन्तुलित गराउँछ । भुटेको आलुको केहि दिनसम्मको दैनिक प्रयोगले पुरानो कब्जियतलाई पनि निको पार्न सक्छ ।
३) उच्च रक्तचाप भएका व्यक्तिहरुको रक्तचापलाई सन्तुलनमा राख्न पनि आलुको नियमित सेवनले महत्वपुर्ण भूमिका निभाउँछ ।
४) आलुमा पोटासियम साल्ट हुने गर्दछ जसले अम्लपित्त रोक्ने काम गर्दछ।
५) रक्तपित्तका बिरामीहरूका लागि आलु एकदमै फाइदाजनक छ।
६) उच्च रक्तचापका व्यक्तिहरूले पनि आलु प्रयोग गरेमा रक्तचाप सामान्य हुन् जान्छ।
७) मृगौला पत्थरीका व्यक्तिहरूले आलु मात्र खाएमा एकदमै लाभ हुन्छ। पथरीका रोगीहरूलाई केवल आलुमात्र खुवाएर पटक–पटक पानी खुवाएमा मृगौला पत्थरी सजिलैसँग हराउँछ।
८) आलुको रस, दूध पिउने, बच्चा बच्चीलाई पिलाउने हो भने उनीहरू मोटो–घाटो हुनेछन्। अझ राम्रो त आलुको रसमा मह मिलाएर खुवाउन सकिन्छ।
९) शिरमा काटेको काँचो आलु दल्नाले टाउको दुखाईमा कमी आउँछ ।
आलु सौन्दर्यको लागि पनि उतिकै लाभदायकः
१) आलुको रसको प्रयोगले अनुहारमा रहेको दाग-धब्बा हटाउनका साथै छालाको निखारता पनि ल्याउँछ । आलुमा हुने पोटासियम, सल्फर, फस्फोरस र क्याल्सियमको मात्रा छालाको सफाई गर्न मद्धत गर्छ । हरेक हप्ता एकपटक आलुको फेस मास्क लगाउनाले छालामा चम्किलोपना आउँछ ।
२) उसिनेको पानीमा एउटा आलुलाई मिचेर कपाल धुनाले कपाल नरम र चम्किलो हुनुको साथै जरैदेखि बलियो हुन्छ । कपाल झर्ने समस्या र चाडै फुल्ने समस्यालाई पनि यसले कम गराउँछ ।
३) आलुलाई धुलो बनाएर छालामा दल्नाले छालाको रंग गोरो हुन्छ । आलुको रसलाई कागतीको केहि थोपा रससंग मिलाएर दागहरुमा लगाउनाले दागहरु केहि हदसम्म हट्छन ।
४) आलुको रसलाई मुल्तानी माटोसंग मिलाएर चाउरी परेको भागमा लागेर २० मिनेटसम्म राख्नुहोस, अनि आफ्नो अनुहार धुनुहोस । यसो गर्नाले अनुहारको चाउरीपनाबाट छुटकारा मिल्छ ।
५) आलुको टुक्रालाई गर्दन, कुहिनोजस्ता भागहरुमा दल्नाले यी भागहरुको छाला नरम र सफा हुन्छन ।
आगोले पोलेको ठाउँमा आलुलाई काटेर दल्नाले केहि हदसम्म आराम मिल्दछ ।
६) कहिलेकहीँ हाम्रो शरीरमा चोट लाग्दा निलो हुने गर्दछ। निलो हुने भागमा आलु पिसेर लगाउँदा निको हुन जान्छ।
आलु भाँडावर्तन सफा गर्न पनि:
१) आलुमा अक्जेलिक एसिड हुन्छ । यसकारण यसको प्रयोग फलामको भाँडा तथा शीशाको सफाइ गर्नका लागि पनि गर्न सकिन्छ । धातुको सामानमा भएको दागहरू मेटाउनका लागि पनि आलुको प्रयोग गर्न सकिन्छ । आलुमा नुन लगाएर भाँडा माझ्दा पनि धातुका भाँडामा लागेको दागहरू मेटिन्छ । यस्तै, शिशा चम्काउन पनि आलुको प्रयोग गर्नु फाइदाजनक हुन्छ ।
२) पहिले आलुलाई काँचमा रगडेर, सफा कपडा या कागजले पुछे शिशाको भाँडा या अन्य सामान चम्किलो हुन्छ ।
३) यदी चाँदी या अन्य गहना काली भयो भने आलु उमालेर बाँकी रहेको तातो पानीमा डुबाइदिए या काटेको आलु रगडे, त्यसको पुरानो चमक पुन प्राप्त गर्न सकिन्छ । अनलाइनको साहारामा
१) सूर्यको किरणमा भिटामिन डी पाइन्छ । हड्डि बलियो बनाउछ । भिटामिन डीको कमीले शरीरमा मेटाबोलिक हड्डिको रोग लाग्छ ।
२) बिहानको पारिलो घाममा बस्नाले शरीरमा मेलाटोनिन नामको हम्रोन विकसित हुन्छ । जसले निद्रा लगाउछ ।
३) घाममा बस्नाले तौल पनि कम हुने बिभिन्न अध्ययनहरुले देखाएका छन् । सूर्यको प्रकाश र बीएमआइ बिच सम्बन्धन भएको अध्ययनले देखाएको हो ।
४) चिसोबाट लाग्ने रोगबाट बचाउछ ।
५) सूर्यबाट निस्कने अल्ट्रावायलेट किरणले इम्युन सिस्टम मजबुत बनाउछ ।
६) उमेर बढाउन मद्धत गर्छ । घाममा बस्दा रगत जम्नबाट बचाउछ । सूर्यको किरणले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउछ ।
७) पुरुषलाई बाँझोपन हुनबाट बचाउछ । सूर्यको किरणले शुक्राणुको क्षमता बढाउछ । टेस्टोस्टोरन हम्रोन पनि बढाउछ । जसले यौन सक्रियता बढाउछ ।
८) सूर्यको किरणमा पाइने भिटामिन डीले दिमाग स्वस्थ राख्न मद्धत गर्छ । भिटामिन डीले मानसिक अवस्था स्वस्थ राख्न मद्धत गर्छ ।
९) गर्भवती महिला घाममा बस्दा पेट भित्रको बच्चालाई पनि फाइदा हुन्छ ।
१०) सूर्यको किरणले मधुमेह र मुटुरोगबाट बचाउन मद्धत गर्छ ।
खाना खाएपछि यदि चिसो पानी पिउने बानी छ भने त्यसलाई हटाउनपट्टि लाग्नुहोस् । किनकि यसले गर्दा तपाईलाई मुटु रोग लाग्न सक्छ ।
वैज्ञानिकहरूको एक अनुसन्धानले हृदयाघात र पानीमा गहिरो सम्बन्ध रहेको तथ्य पत्ता लगाएको छ । अनुसन्धान रिपोर्टमा खाना खाएपछि चिसो पानी पिउनुले हृदयाघातको खतरा बढ्छ ।
वैज्ञानिकहरूका अनुसार खानापछि चिसो पानी सेवनले पाचनप्रक्रियालाई मत्थर पार्छ । पाचनप्रक्रिया ढिलो हुँदा कब्जियतको समस्या रहन्छ । यसबाहेक चिसो पानी खानासँग मिसिएर पेटमा पुग्दा एसिडको सम्पर्कले त्यो बोसोमा परिवर्तित हुन्छ । यसले हृदयाघात, क्यान्सर र अर्थराइटिसको खतरा बढ्छ ।
सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ । सुन्तला भिटामिन ‘सी’को प्रमुख स्रोत हो । भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य र सौन्दर्य दुवै हिसाबले फाइदाजनक हुन्छ ।
सुन्तलामा रहेका विभिन्न सुक्ष्म पौष्टिक तत्व भिटामिन ए, बी र सीले शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउँछन् । बजारमा पाइने कृतिम पेयपदार्थ भन्दा मौसम अनुसार पाइने फलफूल खानु स्वास्थ्यकालागि औषधि समान हो । सुन्तलामा पाइने भिटामिन ‘सी’ले रुघाखोकी आदिबाट बँचाउछ ।
-बढी तौल भएका व्यक्तिकालागि पनि पर्याप्त मात्रामा सुन्तलाको प्रयोग उत्तम हुन्छ ।
-गिँजाबाट रगत बग्ने समस्यामा पनि सुन्तला लाभदायक हुन्छ । त्यस्तै सुन्तलामा रहेको क्याल्सियमले दाँतलाई स्वस्थ र मजबुत बनाउँछ ।
-भोक वा तिर्खा लाग्दा विभिन्न किसिमका प्याकेटका खानेकुराको सट्टा सुन्तला खाँदा शरीर स्वस्थ हुन्छ र कब्जियत हुनबाट पनि बँचिन्छ ।
-बिरामी भएको व्यक्तिलाई खान मन नलाग्दा सुन्तलाको थोरै रस खुवाँउदा खानामा रुची बढ्छ ।बालबालिकालाई झाडा पखालाले सताएको समयमा सुन्तलाको रस थोरैथोरै गरेर दिइयो भने बिरामीको शरीरलाई चाहिने पानीलगायत अन्य तत्वको आपूर्ति हुन्छ ।
-सुन्तला खादा कतिपय मानिसले मज्जाले बाहिर पट्टीको रेसा फालेर खाएको पाइन्छ तर त्यो रेसा वा छोक्रामा प्रसस्त मात्रामा फाइबर पाइन्छ । यसले पेट सफा राख्न मद्दत गर्छ । तेसैले यो नफाली खाएको राम्रो ।
-सुन्तलाको फल मात्र होइन बोक्रा पनि उत्तिकै फाइदाजनक हुन्छ । सुन्तलाको बोक्रामा पनि पौष्टिक तत्व हुन्छ । सुन्तलाको बोक्रा सुकाएर मसिनो पारेर काटेर चिनीमा हालेर पकाएर बालबालिकालाई खुवाउनु निकै लाभदायक हुन्छ । त्यसैगरि सुन्तलाको बोक्रा सुकाएर धुलो पारेर अनुहारमा लगाउनाले अनुहारको छाला सफा र नरम हुन्छ । सुन्तलाको बोक्रा खान र अनुहारमा लगाउन पनि सकिन्छ ।
दिनहँ सुन्तलाको सेवन गर्ने गरेमा विभिन्न रोगहरु न्यून गर्न मद्धत मिल्छ । यसले मिर्गौलाको पत्थरी हुनबाट बचाउन सक्छ । दम, ब्रोङकाइटिस, रुघाखोकी, ज्वरो र मुटुको रोगीलाई फाइदा पुर्याउँछ । त्यस्तै डण्डिफोर तथा खटिरा, निमोनिया, पाइरिया, श्वासप्रश्वासको समस्या, टाइफाइड, मधुमेह र उच्च रक्तचापका रोगीलाई पनि सुन्तलाको सेवन लाभदायक मानिन्छ । अनलाइनको साहारामा
आफ्नो सम्झिने शक्ति बढाउने हो भने धेरै केही गर्न पर्दैन । खानेकुरामा अलिकति मात्रै ध्यान दिने हो भने त्यसले दिमागको शक्ति बढाइदिन्छ । नेपालको परिप्रेक्ष्यमा धेरैलाई थाहा छ, रातो मासु खानेभन्दा भेज खानेकुरा जोड दिनेहरु पुस्तौंदेखि राज गरिरहेका छन् । उनीहरुलाई बुद्धिमानी मानिन्छ । त्यसैले आफ्नो खानपानमा ध्यान दिएर बुद्धि बढाउने हो कि ?
गाढा हरियो पात भएको तरकारी: (पालुंगो र ब्रोकाउली)
गाढा हरियो पात भएको तरकारी सम्पूर्ण स्वास्थ्यका लागि राम्रो मानिन्छ । यसमा पनि यो ब्रेनका लागि अझ धेरै लाभदायी हुन्छ । पालुंगो र ब्रोकाउली ब्रेनका लागि असाध्यै उपयुक्त तरकारी मानिन्छन् । किनभने यीनीहरुमा एन्टिओअक्सिडेन्ट, फोलेट, बेटा–क्यारोटिन र भिटामिन सि पाइन्छ ।
माछा: (असला जातको माछा)
माछा स्वास्थ्यका लागि लाभदायक भएको भन्ने पर्दैन । यी मध्य पनि नेपालको पहाडी क्षेत्रमा पाइने असला जातको माछामा त बुद्धि बढाउने तत्व प्रचुर मात्रामा हुन्छ र यसको अर्थ अरु माछामा नहुने होइन । विशेष गरी हेर्दा चिल्लो जस्तो लाग्ने माछामा ओमेगा–३ फ्याट्टी एसिड पाइन्छ, जुन तत्व ब्रेनका लागि असाध्यै राम्रो मानिन्छ । दुई हप्ता लगतार यस्तो माछा खान सकियो भने स्मरण शक्ति ह्रास हुने समस्याबाट समेत केही राहत मिल्न सक्छ ।
अण्डा:
अण्डाको पहेँलो भागमा धेरै मात्रामा भिटामिन र मिनिरल्स हुन्छन्, यीनीहरुले दिमागको विकासमा राम्रो भूमिका निर्वाह गर्छन् । यसमा प्रशस्त मात्रा आइरन पाइन्छ, रेड ब्लड सेल्सहरु उत्पादन गर्नमा मद्धत गर्छ । जसले दिमागसम्म अक्सिजन पुर्याउने काम गर्छ । यसमा भिटामिन ‘बि १२’ र आयोडिन पनि पाइन्छ । जसले दिमागलाई धारिलो बनाउन मद्दत गर्छ ।
ग्रिन टी:
तपाईँलाई थाहा छँदैछ, हाम्रो दिमाग ७० प्रतिशत भन्दा धेरै पानीले बनेको हुन्छ । यसमा पानी धेरै हुनुको कारण राम्रोसँग काम गरिरहेको हुन्छ । थकित भइयो भने पानीको आवश्यक यसकारण पनि पर्छ । पानीसँगै ग्रिन टी पिउन सकियो भने दिमागमको विकासमा सघाउँछ । यसले अक्सिजन आपूर्ति गर्ने तत्व उत्पादन गर्नुका साथै दिमागलाई कमजोर पार्ने रोगबाट समेत बचाउँछ । स्वास्थ्यखबर पत्रिका
तनावरहित हुनेः तनाव भुलाउन सेक्स गर्ने होइन, सेक्स गर्नुअघि तनाव विसर्जन गर्ने गर्नुस् । जागिर, व्यापार, घरायसीलगायत विभिन्न कुरा मनमा खेलाएर सेक्समा डुब्न सक्नुहुन्न । तनाव लिँदा शरीरमा कोर्टिसोलजस्ता हर्मोन उत्सर्जन हुन्छ, जसले यौन हर्मोनलाई निस्तेज गरिदिन्छ र यौनक्रीडा चाहेजस्तो हुँदैन ।
चिल्लो कम खानेः चिल्लोचाप्लो खाने कुरा खाने गर्दा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्छ । जर्नल अफ मेडिकल साइन्समा प्रकाशित एउटा अनुसन्धान रिपोर्टअनुसार शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्यो भने यसले यौनांग वरपर हुने रक्तसञ्चारलाई निस्तेज गरिदिन्छ । जसले गर्दा कामोत्तेजना जाग्दैन । कोलेस्ट्रोलले महिलालाई चरमोत्कर्षमा पुग्न दिँदैन । त्यसैले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाएर यौन जीवन सुखमय बनाउन फलफूल र तरकारी बढी खाने गर्नुस् ।
यौनवद्र्धक खाना खानेः एभोकाडो, बदाम, स्ट्रबेरी, कुरिलो, खर्बुजा, कालो चकलेटलगायत यौनवद्र्धक खानेकुरामध्ये कुनै एक अथवा एकभन्दा बढीलाई दिनहुँ खानुहोस् । यी खानेकुराले तपाईंलाई स्वस्थ यौन जीवन प्रदान गर्छन् ।
व्यायाम गर्नेः व्यायामले यौन जीवनलाई सुखद बनाउन मद्दत गर्छ । महिलाको यौन जीवन भव्य बनाउन व्यायामले अझै बढी मद्दत गर्छ । व्यायाम पार्टनरसँग गर्दा राम्रो हुन्छ । हरेक साता आधा घण्टासम्म पसिना निस्किनेगरी व्यायाम गर्नाले यौन चाहना र सन्तुष्टि बढ्ने एक अनुसन्धानले देखाएको छ ।
स्वास्थ्यबारे सचेत रहनेः छाला तथा योनि सुक्खा हुने, कपाल झर्ने, आलस्य महसुस हुने, निद्रालगायत समस्या देखिँदा चिकित्सकलाई सम्पर्क गरिहाल्नुस् । किनकि, यो थाइराइडको लक्षण पनि हुन सक्छ । यो रोगले यौनेच्छामा कमी र गर्भक्षमतामा ह्रास ल्याउने गर्छ । रक्त परीक्षणले थाइराइड लागेको वा नलागेको थाहा पाई उपचार गर्न सकिन्छ ।
यौन चिकित्सकलाई भेट्नेः अमेरिकाको स्ट्यानफोर्ड हस्पिटल एन्ड क्लिनिकको महिला यौन उपचार संकायका वरिष्ठ डाक्टर लिह मिलहेइजरका अनुसार माथि उल्लिखित जीवनशैली अपनाउँदा पनि यौन क्षमता बढेन भने चिकित्सकको परामर्श लिनुपर्छ । सेक्स हर्मोन उत्सर्जन बढाउने औषधि चिकित्सकको सल्लाहमा खाएर यौन जीवन सुखमय बनाउन सकिन्छ । स्वास्थ्य खबरपत्रिका