क्यान्सर रोगबाट जोगिने तरिका

  • डा भक्तमान श्रेष्ठ
क्यान्सर रोग लाग्ने ९० प्रतिशत बाहिरी कारणहरुमा हाम्रो खराब बानीबेहोरा, अस्वास्थ्यकर, खानपिन र वातवरणीय प्रदूषण हो । यी विविध कुरामा ध्यान दिन सकेमा क्यान्सरबाट जोगिन सकिन्छ ।

१. सूर्तिजन्य पदार्थ सेवन नगर्ने
सूर्तिजन्य पदार्थहरु भन्नाले चुरोट, बिँडी, खैनी, सूर्ती, तमाखु आदिमा करिब ४ हजार भन्दा बढी प्रकारका हानिकारक रासायनिक पदार्थहरु हुन्छन् । यसमध्ये करिब ४० प्रकारका पदार्थहरुको कारण मुख, श्वासनली, आमाशय, गर्भाशय, मूज्ञनली, मिर्गौला आदि अङ्गको क्यान्सर हुन्छ । चुरोट, बिँडी सेवन गर्ने व्यक्ति स्वयंलाई मात्र होइन यसको धुवाँको असरले वरिपरि बस्ने अन्य व्यक्तिहरुलाई पनि क्यान्सर तथा अन्य रोगहरु लाग्न सक्दछ । त्यसैले आफूले धूमपान सेवन नगरे तापनि यसको धुवाँको असरबाट बच्नका लागि प्रयत्न गर्नुपर्छ ।

२. बासी, सडेगलेका र ढुसी परेका खानेकुराहरु नखाने
बासी, सडेगलेका  र ढुसी परेका खानाहरुमा क्यान्सर गराउने तत्वहरु हुने भएकाले यसको असरले कलेजो, आमाशय,आन्द्रा आदीमा विभिन्न अङ्गहरुको क्यान्सर हुने गदर्छ ।

३. पोलेको, डढेको र रङ हालेको खानेकुराहरु नखाने
पोलेको, डढेका मासु, माछार अखाद्य रङ प्रयोग भएका खानेकुराहरु खानु हुँदैन । खासगरी बजारमा पाइने मिठाइहरु र अन्य खानाहरुमा राता, निलो, हरियो, पहेँलो आदि विभिन्न अखाद्य रङहरु र वस्तुहरु राखेको हुन सक्छ जस्ले गर्दा मुख, घाँटी,आन्द्रा, पेट आदि विभिन्न अङ्गहरुको क्यान्सर हुने गरेको छ ।

४. धुलो, धुवाँ र वातावरण प्रदुषणबाट जोगिने
हाम्रो वरिपरिको वातावरणमा पाइने धुलो र धुवाँको कारणले फोक्सो, घाँटी र अन्य अङ्गको क्यान्सरहरु हुने भएकाले सकेसम्म बच्नुपर्छ । यसबाट बच्नका लागि आफूले का मगर्ने बेलामा वा अन्य समयमा पनि वातावरणमा धुलो, धुवाँ छ भने नाक, मुख छोप्ने गरी मास्क लगाउनु पर्छ ।

५. खोपको प्रयोग गर्ने
कतिपय क्यान्सर रोग संक्रमणको कारणले हुने भएकाले यसको विरुद्धमा खोप लगाउनु पर्दछ । जस्तै कलेजेको क्यान्सरबाट बच्न हेपाटाइटिस बि भाइरसको खोप र ह्युमन प्यापिलोमा भाइरसको खोपबाट पाठेघरको मुखको क्इान्सरबाट जोगिन्छ ।

६. शारीरिक व्यायाम गर्ने
दिनहुँ शारीरिक परिश्रम गर्ने व्यक्तिहरुको शरीर फुर्तिलो हुने र मोटो नहुने भएकाले कोलेस्टेरोल, पानक्रियाज, स्तन र डिम्बाशयको क्यान्सर रोग हुने सम्भावना कम हुन्छ । सकेसम्म दिनमा कम्तीमा पनि ४५ मिनेटसम्म विभिन्न किसिमको व्यायाम वा अन्य कार्यहरु गर्नुपर्छ ।

७. चिल्लो तथा बोसोयुक्त र नुनिलो खाद्यपदार्थ कम खाने
हामीले खाने धेरैजसो चिल्लो, वोसोयुक्त र नुनिलो खानाहरुको कारणले शरीरमा विभिन्न रोगहरु हुनुका साथै क्यान्सर समेत हुने भएकाले सकेसम्म यसको प्रयोग कम गर्नुपर्छ । खसी, बोका, राँगा आदि जनावारमा पाइने बोसो वनस्पतिमा पाइने चिल्लो पदार्थभन्दा बढी हानिकारक हुने भएकाले धेरै खानु हुँदैन ।

८. रासायनिक मल र किटनाशक औषधिको प्रयोग भएका सागपात, फलफूल र अन्य खानेकुराहरुको सेवन नगर्ने
अचेल सागपात, फलफूल र अन्य खानेकुराहरुमा जथाभावी रुपले रासायनिक मल र किटनाशक औषधिको प्रयोग प्रशस्त मात्रामा हुने गरेको छ । यसबाट रगत, लिम्फोमा, स्तन, मस्तिष्क, डिम्बाशय, मिर्गौला, फोक्सो, पानक्रियाज, प्रोस्टेट र आमाशय आदि अङ्गहरुको क्यान्सर हुने भएकाले खेतवारीमा कम्पोष्ट मलको प्रयोग गर्नुपर्छ ।

९. लामो समयसम्म टन्टलापूर घाममा नबस्ने
छालाको क्यान्सर हुने प्रमुख कारण नाङ्गो शरीरमा चर्को सूर्यको किरण पर्नु हो । त्यसैले नाङ्गो शरीरमा धेरै वेरसम्म चर्को घाममा बस्नु हुँदेन । यसबाट बच्नका लागि शरीरमा कपडाले ढाक्नुपर्छ वा छाताको प्रयोग गर्नुपर्छ ।

१०. गुप्ताङगको दिनहुँ सरसफाई गर्ने
प्रयजसो गुप्ताङ्गको सरसफाइको कमीले विभिन्न रोगहरु लाग्ने गरेको छ । त्यसैले हामीले आफ्नो गुप्ताङ्गहरुको दिनहुँ सफा गर्नुपर्छ । जसले गर्दा ती अंगहरुको क्यान्सर हुनबाट बचाउँछ ।

११. मुख सधैँ सफा राख्ने
प्रत्येक पल्ट खाना वा अन्य केही चिज खाइसकेपछि मुख सफा गर्नुपर्छ ।

१२. धेरै जनासँग यौन सम्पर्क नराख्ने
धेरै जनासँग यौन सम्पर्क राख्नाले एकअर्कामा भएको ह्युमन प्यापिलोमा भाइरस सर्ने खतरा रहन्छ । यो भाइरसले पाठेघरको मुखको क्यान्सर गराउँछ ।

१३. मौषम अनुसारको ताजा हरियो सागपात र फलफूल नियमित सेवन गर्ने
बेमौसमी भन्दा पनि मौषम अनुसार उत्पादन हुने तरकारी तथा फलफूल खाने गर्नेपर्छ । किटनाशक औषधि हालेको नभई अर्गयानिक खानुपर्छ । स्वास्थ्य खबर पत्रिका


प्रकाशित मिति: Wednesday, January 06, 2016

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses