डा. सुमित आचार्य, मिर्गौलामा समस्या भएपछि एसिड या अमिलोपना रगतमा बढ्ने, पिसाबमार्फत पोटासियम कम बाहिरिने र रगतमा भने पोटासियम बढ्दै जाने गर्छ । यस्तो अवस्थामा रगतमा फसफोरसको मात्रा बढ्ने, तर क्याल्सियमको मात्रा भने कम हुने गर्छ ।
शरीरमा भएको भिटामिन ‘डी’ लाई बिग्रिएको मिर्गौलाले सुचारु गर्न नसक्दा मानिसको शरीरमा भएको क्याल्सियको मात्रा रगतमा कम हुने हो । यसपछि स्वास्थ्यमा समस्या थपिँदै जान्छ ।
रगतमा एसिडको मात्रा बढ्दै गएको खण्डमा व्यक्तिको मस्तिष्कमै समस्या देखापर्न थाल्ने, कुनै पनि वेला मानिस बेहोस भएर लड्नेसमेत हुन सक्छ ।
मिर्गौलाका रोगीको शरीरमा रक्तसञ्चारमै समस्या आउने, निद्रा नलाग्ने, खान मन नलाग्ने, बमिट हुने, शरीर कमजोर हुने, शरीर सुन्निँदै जाने र मुटुको समस्या बढ्दै जाने हुन्छ ।
मिर्गौलामा कुनै पनि समय समस्या आउन सक्ने भएकाले समय–समयमा पिसाब परीक्षण, रक्त परीक्षण, रेडियोलोजिकल परीक्षण, मिर्गौलाको अल्ट्रासाउन्डलगायत परीक्षण गराइराख्नु राम्रो हुन्छ ।
मिर्गौलारोग लागेको वेलैमा पत्ता लागे समयमै उपचार गरेर मिर्गौला विफल हुनबाट जोगाउन सकिन्छ । मिर्गौलाको समस्या भएको शंका मात्रै लागे पनि तुरुन्त उपचार गराउनुपर्छ ।
परिवारका सदस्यमा कसैलाई मिर्गौलाको समस्या भएमा अन्य सदस्यलाई पनि वंशाणुगत प्रभाव पर्न सक्छ ।
बजारमा अनेकथरी औषधि पाइन्छन् । विनापरीक्षण यस्ता औषधि प्रयोग गरेमा मिर्गौलामा समस्या देखिन सक्छ ।– नयाँ पत्रिका दैनिक बाट
कुर्सीयोगा कुर्सीमा वसेरै गरिन्छ । यो योगा लामो समय कुर्सीमा वसेर काम गर्नेका लागि निकै लाभदायी मानिन्छ । कुर्सीयोगले मानिसमा छिट्टै स्फूर्ति बाउने भएकोले काममा बढी मन जान्छ । लामो समय कुर्सीमा बसेर काम गर्दा अल्छी वा थकान महसुस भएमा अफिसमै केही समय कुर्सीयोग गरेमा स्फुर्ती बढ्छ । यो योग कुर्सीमै बसेर गर्न सकिन्छ ।
![]() |
| कुर्सीमा बसेर गरिने बिभिन्न आसन |
हिँड्डुल गर्न नसक्ने, शारीरिक रुपमा अशक्त व्यक्तिका लागि पनि यो हितकारी हुन्छ । यो योगले विभिन्न रोगवाट समेत मुक्ति मिल्छ ।
गर्ने तरिका
- पहिला कुर्सीमा सिधा गरी वस्ने अनि श्वास भित्र तानेर दुबै कानको सिधा भागबाट हातलाई अगाडि लगेर हत्केला जोड्ने ।
- दुवै कुमलाई विपरीत दिशातर्फ दबाव दिने ।
- यो योग गर्दा श्वास भित्रवाट तान्ने र फाल्ने ।
- यो क्रिया पाँच पटकसम्म गर्ने ।
फाइदा
- हातलाई आराम मिल्छ ।
- गर्धन दुख्ने निको हुन्छ ।
- कम्प्युटरमा काम गर्नेलाई ढाड दुख्ने समस्या निको हुन्छ ।
- स्फुर्ति बढ्छ ।
- टाउको, हात र घाँटीमा रक्तसञ्चार बढ्छ । स्वास्थ्यखबरपत्रिका
- डा. दिना श्रेष्ठ,
यो शरीरको आफ्नै कारण (अटो इम्युन) ले हुने रोग हो । यसमा शरीरले एन्टिबडी बनाएर थाइराइडलाई काम गर्न दिँदैन । अथवा बढी काम गर्न दिँदैन ।
रोगको अनुपात हेर्दा १० जना महिलामा देखिएमा एक जना पुरुषमा देखिन्छ । महिलामा रोग प्रतिरोधात्मक क्षमतामा हुने गडबडीले यो रोग बढी भएको हो । बालबालिकामा वंशाणुगत कारणले हाइपो थाइरोडिज्म् रोग लाग्नसक्छ । यसले सबैभन्दा बढी प्रभाव बालबालिकामा पार्छ । यो रोग लागेमा बालबालिकाको दिमागको बृद्धिविकास रोकिन जान्छ र उनीहरु सुस्त मनस्थितिका हुन पुग्छन् । यदि महिलालाई गर्भावस्था वा सो भन्दा अघि थाइराइडको समस्या भएमा बच्चामा सर्ने जोखिम बढी हुन्छ । त्यसैले जन्मेको एक हप्ताभित्र बच्चाको थाइराइड परीक्षण गराउनु पर्छ । अर्को कुरा १३ देखि १४ बर्षका युवतीमा महिनावारी गडबड भएमा एकपटक थाइराइड परीक्षण गराउनु पर्छ । गर्भावस्थामा थाइराइडको समस्या देखिएमा औषधि सेवन गर्नुपर्छ ।
हाइपो थाइराइडिज्म्मा महिनावारी नियमित नहुने, मोटोपना, अल्छी हुने, मोटाउने, शरीर सुन्निने, दिक्क लाग्ने, अनावश्यक जाडो हुने, प्रजनन् क्षमतामा कमी हुने हुन्छ । कसै कसैलाई कपाल झर्ने लक्षण पनि देखिन्छन् । हाइपरथाइराइडीज्म्मा मानिस एकदमै दुब्लाउने, मुटुको धड्कन बढ्ने, शरीरको तापक्रम बढ्ने, भोक बढी लाग्ने तर दुब्लाउने, दिसा बढी लाग्ने, महिनावारी गडबडी हुने, मन आत्तिने र मानसिक तनाव बढी हुने हुन्छ ।
युवाहरुमा थाइराइडको समस्या भएमा केही समयका लागि खुट्टा नचल्ने लक्षण देखिन सक्छ । शरीरमा पोटासियम कम भएर यस्तो अवस्था देखिएको हो । तर यस्तो समस्या थाइराइडका कारण पनि हुन्छ भनेर बिचार पुर्याउनु पर्छ । रोगको समयमा पहिचान हुन नसक्दा धेरै समस्या भोग्नुपर्ने उदाहरण पनि प्रशस्त छन् ।
मधुमेह भएका बिरामीले वर्षको एकपटक थाइराइडको पनि परीक्षण गर्नुपर्छ । कहिले काहिं हाइपर थाइराइडिज्म्मा मधुमेह रोग पनि देखिन सक्छ । यसमा थाइराइड निको हुनासाथ मधुमेह पनि आफै निको भएर जान्छ । थाइराइड अटो इम्युन रोग भएकाले खाना बार्नु पर्दैन ।
हाइपो थाइराइडिज्म्का लक्षण
- महिनावारी नियमित नहुने
- मोटोपना
- अल्छी लाग्ने
- शरीर सुन्निने
- दिक्क लाग्ने
- अनावश्यक जाडो हुने
- कपाल झर्ने
- प्रजनन् क्षमतामा कमी आउने ।
हाइपर थाइराइडिज्म्का लक्षण
- एकदमै दुब्लाउने
- मुटुको धड्कन बढ्ने
- शरीरको तापक्रम बढ्ने
- भोक बढी लाग्ने तर दुब्लाउने
- दिसा बढी लाग्ने
- महिनावारी गडबडी
- मन आत्तिने
- मानसिक तनाव बढी हुने
- कपाल झर्ने ।
थाइराइड भनेको एउटा ग्रन्थी हो । यो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ । यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्छ । थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो । त्यसैले यसलाई शरीरको एक्सिलेटर पनि भन्ने गरिन्छ । स्वास्थ्यखबरपत्रिका
डा. दिना श्रेष्ठ, इन्डोक्राइनोलोजिष्ट, नर्भिक अस्पताल
- डा विनिता जोशी, वालरोग विशेषज्ञ, नर्भिक इन्टरनेशनल अस्पताल
चिसो मौसममा बालबालिका कमन कोल्डको समस्या सबैभन्दा बढी देखिन्छ । विशेष गरी ६ महिना देखि ३ वर्षसम्मको बालबालिकालाई यसले बढी आक्रान्त पार्छ । कमन कोल्ड अन्तर्गत रुघाखोकी र टन्सिलको समस्या प्रमुख हो ।
वातावरणमा दुई सयभन्दा बढी प्रकारका भाइरसहरु दौडिरहेका हुन्छन् । चिसो मौसममा त्यस्ता भाइरसहरु बढी सक्रिय हुन्छन् । त्यसैले यो मौसममा बालबालिकामा इन्फेक्सनको सम्भावना ज्यादा हुन्छ । यस्ता भाइरसहरु ढोकाको हेन्डिलमा, सोफामा, बालबालिकाको खेलौनामा बढी हुन्छन् । जाडोमा झ्याल ढोकाहरु प्राय बन्द गरिन्छ । चिसोका कारणले सरसफाइका काम कम हुन्छन् । यसकारण जाडोमा बालबालिलाई संक्रमणको जोखिम ज्यादा हुन्छ । यसमा पनि क्रस इन्फेक्सन बढी हुन्छ । बच्चाहरु ६ महिना पुगेपछि आमाको एन्टीबडी घट्दै जान्छ । यो बच्चा ३ वर्षको हुँदासम्म बढी हुन्छ । किनकी चिसोले समात्ला भनेर बच्चालाई गुम्म पारेर राख्ने चलन छ ।
३० दिनसम्मकालाई नवजात शिशु भनिन्छ । आमाको कोखबाट जन्मिने वित्तिकै यिनीहरुमा रोग प्रतिरोधी क्षमता निकै कम हुन्छ । भर्खरै जन्मेको बच्चाको शरिर र टाउकोको आकार मिलेको हुँदैन । टाउकोको आकार ठूलो हुन्छ । शरिरको आकार सानो हुन्छ । बच्चाको बडी सर्फेस एरिया अनुसार बच्चामा तातोपनाको बढी खपत हुन्छ । त्यसैले नवजात शिशुलाई जन्मिने वित्तिकै न्यानो गरेर राख्नुपर्ने हुन्छ ।
रोग संक्रमणको जोखिम बाह्य वातावरणका कारणले हुन्छ । बच्चाहरुलाई आफन्तहरु आउने, भेट्ने र छुने लगायतका काम हुन्छ । त्यसले संक्रमणको जोखिम बढाउँछ । नवजातहरुमा यस्तो समस्या देखिन्छ । समयमा दुध पुगेन भने ग्लुकोजको मात्रामा कमी हुने सम्भावना पनि बढी हुन्छ ।
एक दुई महिनादेखि एक वर्षका बच्चाहरुमा भने फरक खालको समस्या देखिन्छ । आमाकै दुध खाने बच्चाहरुमा तुलनात्मक रुपमा इन्फेक्सनको समस्या कम हुन्छ । तर, त्योभन्दा माथिको उमेरको बालबालिकामा रुघाखोकी लगायतको समस्या देखिने हुन्छ । त्यो बाहेक ५\६ महिना काटेपछि ठोस पदार्थहरु दिने गरिन्छ । जसले पखाला हुने, पेट दुख्ने, अपच हुने लगायतका समस्या देखिन सक्छन् ।
विश्व स्वास्थ्य संगठनको मान्यता अनुसार जन्मेको ६ महिनासम्म शिशुहरुलाई आमाको दुध मात्रै खुवाउनुपर्छ । यस अवधिमा अरु केही नखुवाउँदा पनि पुग्छ । छ महिनादेखि दुई वर्षको उमेरसम्म ठोस पदार्थ पनि दिने र आमाको दुध पनि दिने हाम्रो प्रचलन छ । जो आमाहरु यस अवधिमा घरमा बस्नुहुन्छ, उहाँले दुध मात्रै चुसाउँदा राम्रो हुन्छ । । कामकाजी आमाहरु पनि हुनुहुन्छ भने ब्रेस्ट पम्पबाट दूध निकालेर स्टोर गर्ने र चाहिएको बेला खुवाउने गर्नुपर्छ । छ महिनासम्मको लागि यो उपाय राम्रो हो । छ महिनापछि भने आमाको दुधमा हुने क्यालोरी कम हुँदै जान्छ । त्यसैले ६ महिनापछि ठोस पदार्थ खुवाउन सुरु गर्नुपर्छ । ठोस पदार्थ सुरु गर्दा लिटोबाट सुरु गर्नुपर्छ ।
लाग्न सक्ने रोग
बालबालिकालाई रुघाखोकीमा पनि इन्फ्लुएन्जाको डर बढी हुन्छ । यो भाइरसबाट लाग्ने रोग हो । त्यसमा कडा ज्वरो आउने, वान्ता हुनेजस्ता लक्षण देखिन्छन् । बच्चामा कानको समस्या र दमको समस्या पनि हुन्छ । चिसोमा संक्रमण कारण बालबालिकामा दम र कोल्ड डाइरिया पनि हुन सक्छन् । यदि बच्चालाई चिसो लाग्ने खतरा धेरै छ भने यसबाट जोगाउनुपर्छ । संक्रमितको सम्पर्कबाट टाढा राख्नुपर्छ । श्वास फुलेको चाल पाएमा नजिकको स्वास्थ्य संस्थामा लिएर जाँच गराउनुपर्छ । स्वास्थ्यखबरपत्रिका
खानालाई स्वादिलो बनाउनमा मसलाको महत्वपूर्ण भूमीका रहेको हुन्छ। साथै नेपाली खानामा प्रयोग गरिने मसलाका परिकारहरू (जीरा, बेसार, मरिच, खुर्सानी, लसुन, अदुवा, प्याँज)लाई स्वस्थवर्द्धक पनि मानिन्छ।
जीराको दाना अथवा धूलो- नेपाली परिकार बनाउनको लागि नभई नहुने मसला। चाहे त्यो मासुको परिकार होस्, या साधारण तरकारी, अथवा दाल नै किन नहोस्, जीराको एक चिम्टी धूलो राखेपछि त्यसको स्वाद त मीठो भैहाल्छ, साथै बासना पनि मीठो नै आउँछ।
तर के तपाईँलाई थाहा थियो, तरकारी स्वादिलो र सुगन्धित बनाउनुको लगायत स्वास्थ्यमा कैयौँ फाइदाहरू दिने कारणले पनि जीराको धूलोलाई खानाका परिकारहरूमा मिसाउने परम्परा चल्दै आएको हो।
विश्वास लाग्दैन होला, तर जीराको एक चिम्टी दाना वा धूलोले मोटोपना घटाउने तथ्य अनुसन्धानबाट पत्ता लागेको छ। साथै यसले शरीरमा भएका बोसोलाई घटाउने, अनि नराम्रा कोलेस्ट्रोलको मात्रालाई प्राकृतिक रूपले नियन्त्रण गर्ने पनि उक्त अनुसन्धानबाट पत्ता लागेको छ।
खानामा जीराको धूलो राख्नुको महत्व
जीरामा पाइने थाइमोल (Thymol) र अन्य फाइदाजनक चिल्लो पदार्थले हाम्रो मुखमा रहेका सालिभा ग्रन्थी (Salivary Glands) हरूलाई सक्रिय बनाउँदछ, जसले हामीले खाएको खानालाई पचाउन मद्दत गर्दछ। यसलगायत, जीराले हाम्रो कमजोर पाचनप्रणालीलाई बलियो बनाउन मद्दत गर्दछ। त्यसैले यदि अपच हुने समस्याले सतायो भने जीराको चिया बनाएर पिउँदा त्यसबाट राहत पाउन सकिन्छ।
मोटोपनाको समस्याको लागि जीराको दाना
तरिका १:
- १ गिलास पानीमा १ चम्चा जीराको दाना राख्नुहोस् र उमाल्नुहोस्।
- पानी उम्लिएर खैरो रङ्गको भएपछि ग्यास बन्द गरेर भाँडोलाई छोप्नुहोस्।
- त्यसपछि हलुका चिसो भएपछि त्यसलाई दिनको ३ चोटि पिउनुहोस्। यसले पाचनप्रक्रियामा राहत दिनुको साथै सामान्य पेट दुखेको समस्यालाई पनि समाधान गर्दछ।
तरिका २:
- २ चम्चा जीराको दानालाई एक गिलास पानीमा राख्नुहोस् र त्यसलाई छोपेर रातभरी भिज्न दिनुहोस्।
- विहान त्यस पानीलाई चिसै अथवा उमालेर पिउनुहोस्।
- पिउँदा जीराको दानालाई पनि चपाउनुहोस्। यसले शरीरमा भएका अनावश्यक बोसोलाई हटाउँदछ।
तरिका ३:
- १ गिलास दहीमा १ चम्चा जीराको धूलो राख्नुहोस्।
- चिनी नराखी, त्यस मिश्रणलाई दिनको एकचोटि खानुहोस्। यसरी नियमित सेवन गर्दा पनि तौल घटाउन मद्दत गर्दछ।
तरिका ४:
- १ चम्चा जीराको धूलो र आधा चम्चा महलाई पानीलाई मिसाएर दिनहुँ पिउनुहोस्।
- यसरी पिउँदा पनि तौल नियन्त्रण गर्न सहज हुन्छ।
तरिका ५:
- थोरै शुद्ध र सफा पानीमा गाँजर, काउसली र बन्दा काटेर मिसाउनुहोस् र त्यसलाई बफाउनुहोस्।
- बाफिइसकेपछि त्यसमा लसुनको १/२ पोटि काटेर राख्नुहोस् र कागतीको रस पनि मिसाउनुहोस्।
- त्यस मिश्रणमा १/२ चम्चा जीराको धूलो मिसाउनुहोस्। यसलाई खाना खानेबेलामा दिनहुँ खानुहोस् र २ हप्ताभित्र जादु हेर्नुहोस्।
जीरा खानुका फाइदाहरूः
- पाचनप्रक्रियामा सुधार ल्याउँदछ।
- पाइल्सबाट राहत दिन्छ।
- रुघाखोकीको समस्यालाई कम गराउँदछ।
- मधुमेहबाट रोकथाम गराउँदछ।
- स्तनपान गरिरहेका सुत्केरी महिलाहरूको दूध उत्पादन शक्ति बढाउँदछ।
- शरीरमा भएका विषाक्तलाई फाल्ने काम गर्दछ।
- तनाव र थकानबाट मुक्त गराउँदछ।
- प्रतिरक्षा शक्तिमा सुधार ल्याउँदछ।
नेपालीहेडलाइनस्
पाठेघरको मुखको क्यान्सर, पाठेघरको मुखमा नियन्त्रण भन्दा बढी कोषीकाहरु वृद्धि भएपछि क्यान्सर हुन्छ । डाक्टरहरुका अनुसार पाठेघरको मुखको क्यान्सर हुने कारण यहि हो भन्ने नभएपनि यसको मुख्य कारक तत्व भाइरल संक्रमण हो । डाक्टर रश्मी पुन गुरुङका अनुसार पाठेघरको क्यान्सर शारीरिक सम्पर्क गरेकाहरुलाई हुन्छ ।
शारीरिक सम्पर्कका बेला केटा मान्छेबाट आउने ह्युमन पापिलोमा नामक किटाणुका केही प्रजातिका कारण पाठेघरको मुखमा क्यान्सर हुन्छ । ‘यो ईन्फेक्सन केटाबाट केटीमा सर्छ त्यसैले शारीरिक सम्पर्क गर्दा ध्यान दिनुपर्छ, धेरै जनासँग सम्पर्क राख्ने केटासँग सम्बन्ध राख्नुहुँदैन’ । शारीरिक सरसफाईमा ध्यान नदिनाले र धैरैसँग सम्पर्कमा आउनेलाई यो क्यान्सर लाग्ने डाक्टर गुरुङको भनाई छ । धेरै शारीरिक सम्पर्कमा आउने महिलाको पाठेघरको मुखमा संक्रमण हुने र ह्युमन पापिलोमा नामक किटाणुले पाठेघरको मुखमा रहेका कोषिकाहरुमा संक्रमण गर्ने र त्यसलाई अनियन्त्रित तवरले बढाउन मद्दत पुर्याउने गर्दछ ।
खतरा कसलाई
शारीरिक सम्पर्कमा रहेका वा प्रजनन क्षमता भएका जोसुकैलाई पनि यो रोग लाग्छ । विशेषगरी ३० देखि ६० वर्ष उमेरका महिला, जसको विहे भैसकेको छ ।
* धेरै बच्चा भएका, सानो उमेरका विवाह भएकालाई ।
* यौन व्यवसायमा लागेका महिला वा परपुरुषको संसर्गमा रहेकालाई ।
* लोग्नेको अर्की श्रीमती पनि छन् र उनलाई पाठेघरको मुखको क्यान्सर भएको छ भने पनिसर्न सक्छ ।
* जाँड, रक्सी, चुरोट, खैनी, तमाखु खाने तथा खानपिनमा ध्यान नदिने र कुपोषण भएका महिलालाई खतरा बढी हुन्छ ।
लक्षण
- पाठेघरको मुखको क्यान्सरको लक्षण व्यक्तिपिच्छे फरक फरक हुन्छ ।
- गन्हाउने पानी बग्ने
- संक्रमण भैरहने
- रगत मिसिएको पानी बग्ने
- महिनावारी नभएको बेलामा पनि रगत देखिने, महिनावारी रोकिएपछि पनि फेरि रगत देखिने
- पेट फुल्ने
- खुट्टा सुन्निने, ढाड तथा कम्मर लुख्ने र दिसा पिसाबमा समस्या देखिने ।।
कसरी बच्ने ?
पाठेघरको मुखको क्यान्सर हुन नदिन बेला बेलामा प्याप स्मेयर जाँच गराउनु पर्छ । प्याप स्मेयर एउटा यस्तो विधि हो, जसमा पाठेघरको मुखमा आएका खराबीलाई थाहा पाई भविष्यमा खतरा छ कि छैन पत्ता लाग्छ ।
यो विधिले पाठेघरको मुखमा संक्रमण भएकोबारे बेलैमा थाहा पाउने भएकाले उपचारमा सहज हुन्छ । डाक्टरका अनुसार यो पाठेघरको मुखको क्यान्सर हुने सम्भावना छ छैन भन्ने पत्ता लगाउने सरल र सहज विधि हो ।
यौन सम्पर्क गरेका, धेरै बच्चा जन्माएका, धेरै जनाको सम्पर्कमा रहेका, महिनावारी बन्द भएका र क्यान्सरको सम्भावना भएर अपरेशन गरेका महिलाले पाठेघरको मुखको परीक्षण गराए क्यान्सर लाग्ने सम्भावना कम हुने डाक्टर बताउँछन् । यस्तै सुरक्षित यौन सम्पर्क गरे पनि यसबाट जोगिन सकिन्छ । नेपालन्यूजलाइभ
भोजन नुनबिना खल्लो हुन्छ । खल्लोपनलाई मेटाउने प्रयास गर्दा कतिपयलाई चर्को नुन खाने बानी नै बस्छ । जब स्वास्थ्यमा गढबढी उत्पन्न हुन्छ तबमात्र चर्को नुनले हानी गर्छ भन्ने थाहा हुन्छ ।
बढी नुन खानु स्वास्थ्यका लागि हानिकारक सिद्ध मानिन्छ । यसले पेटको क्यान्सर बढाउन भरपर्दो सहयोग पुर्याउँछ । बजारमा उपलब्ध तयारी खाद्यपदार्थ, बिर्को बन्द खाने कुरा हाम्रो शरीरका लागि ठूलो शत्रु हो । यहाँसम्म कि ब्रड, तारेको केराउको गेडा, बिर्को बन्द मासु र मासुको अचार आदिमा बढी नुन हुुन्छ । जसको सेवन गर्नाले हाम्रो शरीरमा नुनको मात्रा खतरनाक लेवलमा पुग्छ । प्रतिदिन १२ ग्राम नुनको सेवन मात्र पनि क्यान्सरलाई निम्त्याउन पर्याप्त मानिन्छ । ब्रिटेनको क्यान्सर रिसर्च सेन्टरले भर्खर मात्र के जानकारी दिएको छ भने पेटको क्यान्सरले मात्र पनि ब्रिटेन जस्तो विकसित देशमा प्रतिवर्ष करिब ६४ सय मानिसको ज्यान लिइरहेको पाइएको छ ।
स्वास्थ्यको दृष्टिकोणले एक वयस्क व्यक्तिलाई प्रतिदिन ६ सय ग्राम नुन पर्याप्त मानिन्छ । बच्चा तथा किशोरहरूको निम्ति त यसको एक चौथाइ मात्र नुन पर्याप्त मानिएको छ । यसका साथै ब्रिटेनमा धेरैजसो मानिस ९ ग्रामभन्दा बढी नुन खाने गरेको पाइयो । यसको प्रमुख कारण के हो भने तयारी खाद्यपदार्थ र पेयपदार्थको सेवन बढी हुने गरेको पाइन्छ जुन नुनको भण्डार भन्दा पनि फरक नपर्ला ।
हाम्रो नेपाली बजारमा पनि तयारी खाद्यपदार्थमा नुनको मात्रा बढी हुन्छ । यस्तो कि म:म:, चाउमिन, चटामरी, पिज्जाजस्ता खानामा नुनको मात्रा चर्को रहने गरेको छ । जसले पूरै दिनको नुनको मात्रा एक पटक गरेको लञ्च वा डिनरबाट उठिहाल्छ ।
मुटु र मस्तिष्कको शत्रु हो नुन
नुनले पेटको क्यान्सरका साथै हार्टएटेक र ब्रेन स्ट्रोकको सम्भावनालाई पनि बढाउँछ । डाक्टरका अनुसार बढी नुन भएको खाना खाँदा पेटको क्यान्सर नबढाउन मद्दत गर्दछ । त्यति मात्र होइन नुनको कम सेवनले पेटको क्यान्सर हुन नदिई दिमागलाई सन्तुलनमा राख्न मद्दत पुर्याउादछ । हुन त यो सबै रोगको जड नुन नै हो भन्ने तथ्य सही नभएपछि रासायनिक पदार्थ जुन तयारी खाद्य पदार्थमा मिसाउने गरिन्छ । सोको सेवनले क्यान्सरलाई बढाउन मद्दत पुर्याइरहेको छ । एउटा कुरा के छ भने उच्च रक्तचाप र मुुटुको बिरामीलाई चर्को नुनको सेवन नै दोषी मानिन्छ । त्यसैले चर्को नुन खाादा आमाशयमा पोल्ने र खोच्ने काम हुन जान्छ । जसको विकसित रूप भनेको पछि गएर पेटसम्बन्धी क्यान्सर हुनु हो ।
भर्खरै जापानमा यही समस्याका बारेमा अध्ययन सम्पन्न भएको छ । वृद्ध–वृद्धाहरूमा गरिएको एक अध्ययनअनुसार करिब ४० हजार मानिसमा ११ वर्षदेखि खानपिनसम्बन्धी अध्ययन गर्दा के पत्ता लागेको छ भने प्रतिदिन १२ देखि १५ ग्रामसम्म खुन खाने व्यक्तिमा पेटको क्यान्सर र मुुटुको समस्या दोब्बर बढेर गएको पाइएको छ । यसरी के सिद्ध हुन्छ भने जुन व्यक्ति नुनिलो पदार्थको सेवन तीव्र रूपमा गर्छन् र फलफूल, हरियो सागपातको सेवन कम गर्छन् भने उसको पेटको क्यान्सर र शरीरका अन्य भागमा विभिन्न गढबडी देखा पर्न थाल्छ । आश्यर्च लाग्दो कुरा के छ भने पुरुषको संख्या चर्को नुन खाने वर्गमा अगाडि रहेका छन् ।
नुन कति खाने ?
फुड स्टान्डर्ड एजेन्सी र युके हेल्थ डिपार्टमेन्टले तोकेको माप दण्ड अनुसार प्रतिदिन बढीमा ६ ग्राम नुन शरीरको निम्ति आवश्यक रहेको बताएको छ । १ देखि ६ वर्षसम्मका बच्चाका लागि प्रतिदिन मात्र २ ग्राम नुन पर्याप्त मानिन्छ । ७ देखि १४ वर्षका बढदो उमेर समूहका बालबालिकाहरूका लागि ५ ग्राम नुन पर्याप्त छ । एक चिम्ती नुन भनेको ०दशमलव २५ ग्राम हो । तसर्थ, एक चम्चामा करिब ५ ग्राम नुन अटाउाछ ।
ब्रिटेनमा सरकारले तयारी डिब्बाबन्द खाद्य पदार्थमा कम नुन हाल्न फुड इन्डट्रिमा आदेश जारी गरिदिएको छ । तर, नेपालमा त्यस्तो प्रकारको कुनै नीति नभएकाले व्यापारिहरूले मनपर्दो ढंगले आफ्नो तयारी खाद्य पदार्थमा नुन हाल्ने गरेका छन् । जुन–जुन मानिसको स्वास्थ्यसम्बन्धी ठूलो खेलबाड भैरहेको छ ।
नेपाल बजारमा व्याप्त आलुचिप्स, भुजिया, पापड र त्यस्तै अचार आदि आदिमा नुनको मात्रा बढी रहने गरेको छ । हामीलाई नुन तिखो भएन भने खाना रुच्दैन । जुन कुरा हाम्रो शरीरलाई यसले भित्र–भित्र खोक्रो पारिरहेको छ । नुन चााहि कडा चाहिने नेपाली परिपाटीमा पानी खानुलाई कञ्जुस्याई गरिन्छ । त्यसैले पनि यहााका अधिकांश मानिसमा पेटसम्बन्धी गडबडी साझा रोग भएको छ । जो कोही पनि पेटको समस्याले ग्रसित छन् । नारीपत्रिका
- डा सोनिया गुप्ता
विशेषगरी मोटो मान्छेको घाँटी नजिकको छालामा सानोसानो मासु पलाएको जस्तो देखिन्छ । यसले हेर्दा मात्रै नराम्रो देखिने तर त्यस्तो असर नपार्ने भएकाले वास्ता गरिएको पाइदैन । यस्तो भएको मान्छेलाई मधुमेह भएको हुनेसक्ने संभावना धेरै हुन्छ । छाला सुख्खा हुँदै जानु थाइराइडको संकेत हो । छालाको कलर परिवर्तन भएर पहेँलो हुँदै गएको छ भने लिभरमा गडबडी भएको देखिन्छ । त्यसैगरी रगतको क्यान्सर, पेटको क्यान्सर, मृगौलाको रोगका संकेत पनि छालामा देखिने गरेका छन् । रोगले आक्रमण गर्न थालिरहेको अवस्थामा देखिने यी संकेतलाई वास्ता गरिएको पाइदैन । शरीरका अरु अंगले संकेत देखाउने अवस्थासम्म आइपुग्दा रोगले ग्रस्त नै पारिसकेको हुन्छ । जसले स्वास्थ्य कमजोर हुने र आर्थिक ब्ययभार थप्ने गर्छ ।
विशेषगरी राम्रो देखाउनका लागि छालाको हेरचाहमा ध्यान दिने गरेको पाइन्छ । सौन्दर्य छालामा झल्किने भएकाले यसलाई स्वस्थ राख्न अनेकबिधी गर्न थालिएको हो । तर, बाह्य कारणले मात्रै छाला बिग्रिदैन भन्ने कुरामा कसैले पनि ख्याल गर्र्दैनन् । बाह्य कारणले बिग्रिएको भन्दै छाला जोगाउन जति प्रयास गरिन्छ, त्यो भन्दा अघि बुझ्न जरुरी हुन्छ कि यो भित्री रोगका कारण बिग्रदै गइरहेको त छैन ?
पछिल्लो समय चाहिनेभन्दा बढी सौन्दर्यप्रेमी हुँदै गइरहेको छ, हाम्रो समाज । त्यसैले छालालाई सुन्दर बनाउन र जोगाउने सल्लाह ब्युटिसियन वा यस्तै कोहीबाट लिने गरिएको छ । छालामा समस्या देखिदा पनि ब्युटी पार्लरतिर धाइरहेका हुन्छौँ । सबै प्रकारका छालाका समस्याको बाह्य रुपमा समाधान खोज्ने परिपाटीले गर्दा रोग बढ्दै जाने र पैसा पनि खेर गइरहने हुनसक्छ । कतिपय अवस्थामा गलत पद्दती अपनाएर रोग निको हुँदा पनि छाला राम्रो नहुने अवस्था आउन सक्छ ।
अरु रोग लाग्दा तुरुन्तै डाक्टरकोमा पुगेजस्तै छालामा देखिने समस्याका लागि पनि डाक्टरसँग परामर्श गर्दा राम्रो हुन्छ । जसले एकातिर रोगको निदान खोज्न सघाउछ भने अर्कातिर छाला बिग्रिनबाट जोगिन्छ । स्वास्थ्यखबर पत्रिका
- डा. राजेन्द्र भद्रा
प्रायजसो पुरुषको तुलनामा अधिकांश महिलालाई चरमसुखको स्थितिमा पुग्न केही बढी समय लाग्छ । कतिपय दम्पतीले यौनसम्पर्कको सुरुआत नै एकै पटक योनिमा लिङ्ग प्रवेशका साथ गर्छन् । यसो गर्नाले पुरुष तथा महिला यौनप्रतिक्रिया चक्रको विभिन्न चरणमा फरक समयमा पुग्ने हुँदा दुवैले एकै समयमा चरम यौनआनन्द पाउन गाह्रो हुन सक्छ ।
एक राम्रो प्राक्क्रीडा गर्दा महिला वा पुरुषलाई राम्ररी उत्तेजित गराउन र यौनसुख राम्ररी प्राप्त गर्न मद्दत मिल्छ । सामान्यतया योनिमा लिङ्गको प्रवेश सुरु गर्नुभन्दा पहिले यौनउत्तेजना दिलाउन वा लिन गरिने विभिन्न किसिमको यौनक्रियाकलापलाई नै प्राक्क्रीडा भन्ने गरिन्छ । अंग्रेजीमा यसलाई फोर प्ले भन्ने गरिन्छ । कसै–कसैले यस किसिमको यौन क्रियाकलापलाई मात्र पाक्क्रीडा नभनी यौनक्रियालाई सुमधुर बनाउन गरिने पूर्वक्रियाकलाप जस्तैः दुवै जनाले मायालु वातावरणमा गर्ने भोजन वा रमाइलो प्रेमवार्तालाई पनि प्राक्क्रीडा नै ठान्ने गरेको पाइन्छ ।
धेरैजसो परिस्थितिमा चुम्बन, शरीर तथा यौनांग सुम्सुम्याउने वा चलाउने इत्यादि यौनक्रियाक्लाप गरेर एक–आपसको यौनउत्तेजनालाई बढाउने गरिन्छ । गहिरो चुम्बन तथा शरीरका अन्य संवेदनशील अंगको चुम्बन निकै नै सहयोगी हुन सक्छ ।
त्यसैगरी विभिन्न अंगको मालिस गर्ने पनि एक महत्त्वपूर्ण क्रियाकलाप हुन सक्छ । मधुरो प्रकाशमा सुगन्धित तेलको प्रयोग गरेर मालिस गर्ने वा दम्पती सँगसँगै नुहाउने वा पानीमा अर्ध डुबेर मालिस गर्न सकिन्छ । त्यसैगरी शरीर तथा यौनांगलाई सुम्सुम्याउनु वा हल्का स्पर्श गर्नु अर्को महत्त्वपूर्ण यौनक्रियाकलाप हो । यसो गर्दा आफ्नो यौनसाथीको कुन–कुन भाग संवेदनशील छ वा कुन–कुन अंग कसरी छोइएको मनपराउँछ भन्ने कुरा पनि थाहा पाउनुपर्छ । यी संवेदनशील अंगहरु सुम्सुम्याउने कुरा मात्र नभई चुम्बन गर्ने, चाट्ने, चुस्ने, थपथप गर्ने, हल्का चिमोट्ने, माड्ने, हल्का टोक्ने, हल्का चिथोर्नेजस्ता थुप्रै क्रियाकलाप आफ्नो रुचिअनुरुप गर्न सकिन्छ ।
यस किसिमको प्राक्क्रीडाले यौनआनन्दलाई चरम विन्दुमा पुर्याउन सहयोग गर्नेमात्र नभई एक–आपसमा राम्रो सञ्चार गरी आपसी समझदारी बढाउन पनि मद्दत गर्दछ । आपसी समझदारीका कुरालाई धेरै दम्पतीले यथार्थमा बेवास्ता गर्ने भए पनि वैवाहिक जीवनको धुरीको रुपमा यसले कार्य गर्दछ । यसो गर्न सकिएमा यौनसम्पर्कलाई वास्तविक अर्थमा सम्भोग बनाउन सकिन्छ । सम्भोग अर्थात् ‘समं+भोग’ जसको अर्थ दुवै जना यौनसाथीले समान रुपमा यस सुखलाई महसुस पाऊन् । स्वास्थ्य खबर पत्रिका
जिका भाइरसले अमेरिकालगायत विश्वका थुप्रै मुलुकमा समस्या ल्याइरहेको अवस्थामा नेपाल पनि जोखिम मुलुकको सूचीमा परेको छ ।
![]() |
| जिका भाइरस संक्रमणका लक्षण यस्ता छन् । स्वास्थ्य खबर पत्रिका |
![]() |
| जिका भाइरसबाट संक्रमित बच्चा । डेंगु सार्ने लामखुट्टेबाट जिका भाइरस सर्छ |
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले जिका भाइरसको संक्रमण देखिएका ल्याटिन अमेरिकी मुलुकमा रहेका नेपाली गर्भवती महिलालाई अत्यावश्यक काम परेको अवस्थामा बाहेक जोखिमयुक्त मुलुकमा नबसी नेपाल फर्कन नेपाली दूतावासमार्फत् आग्रह गरिएको जानकारी गराए । उनले सकेसम्म अमेरिकालगायत संक्रमण देखिएका मुलुकमा गर्भ परीक्षणसमेत नगराउन आग्रह गरेको जानकारी दिए । अनलाइन खबर
२. शरीरको वजन घटाउने सोचिरहनुभएको छ भने अण्डा तपाईंका लागि उपयोगी हुन सक्छ । एउटा अण्डामा ७० क्यालोरी र छ ग्राम प्रोटिन हुन्छ । त्यही भएर अण्डालाई कम क्यालोरी भएको खानाका रूपमा चिनिन्छ । भोक लागेको बेला अण्डा खानुभयो भने यसले शरीरमा क्यालोरीको इन्टेक उल्लेख्य मात्रामा नबढाई तपाईंको भोक शान्त गराउँछ र शरीरलाई मोटाउन दिँदैन ।
३. अण्डाको सेतो भागमा अल्ब्युमिन नामक प्रोटिन प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरलाई ऊर्जावान राख्न मद्दत पुर्याउँछ । त्यही भएर ब्रेकफास्टमा अण्डा लिने गर्नुभयो भने दिनभरि तपाईंलाई काम गर्ने ऊर्जा प्राप्त भइरहन्छ ।
४. अण्डामा क्याल्सियम, भिटामिन डी आदि पाइन्छन्, जसले हड्डीलाई बलियो बनाउन मद्दत गर्छन् ।
५. बिहान उठेपछि अल्छी महसुस गर्नुभयो भने अण्डा खाने गर्नुस् । यसले ‘इनर्जी बुस्टर’को काम गर्छ र तपाईंलाई जाँगरिलो बनाउँछ ।
६. अण्डाको पहेँलो भागमा पाइने बायोटिन नामक तत्वले कपाल र छालालाई बलियो र चम्किलो बनाउन मद्दत पुर्याउँछ । खानुको साथै अण्डाको पहेँलो भागलाई कपालमा लगाउने गर्नाले कपाल नरम र चम्किलो बन्छ । स्वास्थ्य खवर पत्रिका
- डा भक्तमान श्रेष्ठ
१. सूर्तिजन्य पदार्थ सेवन नगर्ने
सूर्तिजन्य पदार्थहरु भन्नाले चुरोट, बिँडी, खैनी, सूर्ती, तमाखु आदिमा करिब ४ हजार भन्दा बढी प्रकारका हानिकारक रासायनिक पदार्थहरु हुन्छन् । यसमध्ये करिब ४० प्रकारका पदार्थहरुको कारण मुख, श्वासनली, आमाशय, गर्भाशय, मूज्ञनली, मिर्गौला आदि अङ्गको क्यान्सर हुन्छ । चुरोट, बिँडी सेवन गर्ने व्यक्ति स्वयंलाई मात्र होइन यसको धुवाँको असरले वरिपरि बस्ने अन्य व्यक्तिहरुलाई पनि क्यान्सर तथा अन्य रोगहरु लाग्न सक्दछ । त्यसैले आफूले धूमपान सेवन नगरे तापनि यसको धुवाँको असरबाट बच्नका लागि प्रयत्न गर्नुपर्छ ।
२. बासी, सडेगलेका र ढुसी परेका खानेकुराहरु नखाने
बासी, सडेगलेका र ढुसी परेका खानाहरुमा क्यान्सर गराउने तत्वहरु हुने भएकाले यसको असरले कलेजो, आमाशय,आन्द्रा आदीमा विभिन्न अङ्गहरुको क्यान्सर हुने गदर्छ ।
३. पोलेको, डढेको र रङ हालेको खानेकुराहरु नखाने
पोलेको, डढेका मासु, माछार अखाद्य रङ प्रयोग भएका खानेकुराहरु खानु हुँदैन । खासगरी बजारमा पाइने मिठाइहरु र अन्य खानाहरुमा राता, निलो, हरियो, पहेँलो आदि विभिन्न अखाद्य रङहरु र वस्तुहरु राखेको हुन सक्छ जस्ले गर्दा मुख, घाँटी,आन्द्रा, पेट आदि विभिन्न अङ्गहरुको क्यान्सर हुने गरेको छ ।
४. धुलो, धुवाँ र वातावरण प्रदुषणबाट जोगिने
हाम्रो वरिपरिको वातावरणमा पाइने धुलो र धुवाँको कारणले फोक्सो, घाँटी र अन्य अङ्गको क्यान्सरहरु हुने भएकाले सकेसम्म बच्नुपर्छ । यसबाट बच्नका लागि आफूले का मगर्ने बेलामा वा अन्य समयमा पनि वातावरणमा धुलो, धुवाँ छ भने नाक, मुख छोप्ने गरी मास्क लगाउनु पर्छ ।
५. खोपको प्रयोग गर्ने
कतिपय क्यान्सर रोग संक्रमणको कारणले हुने भएकाले यसको विरुद्धमा खोप लगाउनु पर्दछ । जस्तै कलेजेको क्यान्सरबाट बच्न हेपाटाइटिस बि भाइरसको खोप र ह्युमन प्यापिलोमा भाइरसको खोपबाट पाठेघरको मुखको क्इान्सरबाट जोगिन्छ ।
६. शारीरिक व्यायाम गर्ने
दिनहुँ शारीरिक परिश्रम गर्ने व्यक्तिहरुको शरीर फुर्तिलो हुने र मोटो नहुने भएकाले कोलेस्टेरोल, पानक्रियाज, स्तन र डिम्बाशयको क्यान्सर रोग हुने सम्भावना कम हुन्छ । सकेसम्म दिनमा कम्तीमा पनि ४५ मिनेटसम्म विभिन्न किसिमको व्यायाम वा अन्य कार्यहरु गर्नुपर्छ ।
७. चिल्लो तथा बोसोयुक्त र नुनिलो खाद्यपदार्थ कम खाने
हामीले खाने धेरैजसो चिल्लो, वोसोयुक्त र नुनिलो खानाहरुको कारणले शरीरमा विभिन्न रोगहरु हुनुका साथै क्यान्सर समेत हुने भएकाले सकेसम्म यसको प्रयोग कम गर्नुपर्छ । खसी, बोका, राँगा आदि जनावारमा पाइने बोसो वनस्पतिमा पाइने चिल्लो पदार्थभन्दा बढी हानिकारक हुने भएकाले धेरै खानु हुँदैन ।
८. रासायनिक मल र किटनाशक औषधिको प्रयोग भएका सागपात, फलफूल र अन्य खानेकुराहरुको सेवन नगर्ने
अचेल सागपात, फलफूल र अन्य खानेकुराहरुमा जथाभावी रुपले रासायनिक मल र किटनाशक औषधिको प्रयोग प्रशस्त मात्रामा हुने गरेको छ । यसबाट रगत, लिम्फोमा, स्तन, मस्तिष्क, डिम्बाशय, मिर्गौला, फोक्सो, पानक्रियाज, प्रोस्टेट र आमाशय आदि अङ्गहरुको क्यान्सर हुने भएकाले खेतवारीमा कम्पोष्ट मलको प्रयोग गर्नुपर्छ ।
९. लामो समयसम्म टन्टलापूर घाममा नबस्ने
छालाको क्यान्सर हुने प्रमुख कारण नाङ्गो शरीरमा चर्को सूर्यको किरण पर्नु हो । त्यसैले नाङ्गो शरीरमा धेरै वेरसम्म चर्को घाममा बस्नु हुँदेन । यसबाट बच्नका लागि शरीरमा कपडाले ढाक्नुपर्छ वा छाताको प्रयोग गर्नुपर्छ ।
१०. गुप्ताङगको दिनहुँ सरसफाई गर्ने
प्रयजसो गुप्ताङ्गको सरसफाइको कमीले विभिन्न रोगहरु लाग्ने गरेको छ । त्यसैले हामीले आफ्नो गुप्ताङ्गहरुको दिनहुँ सफा गर्नुपर्छ । जसले गर्दा ती अंगहरुको क्यान्सर हुनबाट बचाउँछ ।
११. मुख सधैँ सफा राख्ने
प्रत्येक पल्ट खाना वा अन्य केही चिज खाइसकेपछि मुख सफा गर्नुपर्छ ।
१२. धेरै जनासँग यौन सम्पर्क नराख्ने
धेरै जनासँग यौन सम्पर्क राख्नाले एकअर्कामा भएको ह्युमन प्यापिलोमा भाइरस सर्ने खतरा रहन्छ । यो भाइरसले पाठेघरको मुखको क्यान्सर गराउँछ ।
१३. मौषम अनुसारको ताजा हरियो सागपात र फलफूल नियमित सेवन गर्ने
बेमौसमी भन्दा पनि मौषम अनुसार उत्पादन हुने तरकारी तथा फलफूल खाने गर्नेपर्छ । किटनाशक औषधि हालेको नभई अर्गयानिक खानुपर्छ । स्वास्थ्य खबर पत्रिका
सायद तपाई हामीमध्ये थोरैलाई मात्र थाहा होला की आलु पनि औषधिको रुपमा प्रयोगमा आउन सक्छ । आलु यस्तो चिज हो जता पनि ठिक हुने एककिसिमको तरकारी हो । अचेल कतिपयले आलुलाई मोटोपन बढाउने तत्वको रुपमा हेरेर आलुको प्रयोग कम गर्न वा नगर्न थालेका छन् । तर आलुको केहि यस्ता गुणहरु पनि छन् जसलाई थाहा पाउनु भयो भने तपाईले आलुको प्रयोग गर्न कहिल्यै छोड्नुहुने छैन ।
जानौं आलुका खास विशेषताहरु :
१) आलुमा भिटामिन सी, भिटामिन बि कम्प्लेक्स तथा आइरनको साथमा क्याल्सियम, म्याग्निज, फस्फोरस लगायतका तत्वाहरु हुन्छन । प्रति १०० ग्राम आलुमा १.६ प्रतिशत प्रोटिन, २२.६ प्रतिशत कर्बोहाईड्रेत, ०.१ प्रतिशत बोशो, ०.४ प्रतिशत खनिज र ९७ प्रतिशत क्यालोरी उर्जा पाइन्छ ।
२) आलुलाई भुटेर खानाले यसले अनाबश्यक बोशो घटाएर मोटोपनलाई पनि सन्तुलित गराउँछ । भुटेको आलुको केहि दिनसम्मको दैनिक प्रयोगले पुरानो कब्जियतलाई पनि निको पार्न सक्छ ।
३) उच्च रक्तचाप भएका व्यक्तिहरुको रक्तचापलाई सन्तुलनमा राख्न पनि आलुको नियमित सेवनले महत्वपुर्ण भूमिका निभाउँछ ।
४) आलुमा पोटासियम साल्ट हुने गर्दछ जसले अम्लपित्त रोक्ने काम गर्दछ।
५) रक्तपित्तका बिरामीहरूका लागि आलु एकदमै फाइदाजनक छ।
६) उच्च रक्तचापका व्यक्तिहरूले पनि आलु प्रयोग गरेमा रक्तचाप सामान्य हुन् जान्छ।
७) मृगौला पत्थरीका व्यक्तिहरूले आलु मात्र खाएमा एकदमै लाभ हुन्छ। पथरीका रोगीहरूलाई केवल आलुमात्र खुवाएर पटक–पटक पानी खुवाएमा मृगौला पत्थरी सजिलैसँग हराउँछ।
८) आलुको रस, दूध पिउने, बच्चा बच्चीलाई पिलाउने हो भने उनीहरू मोटो–घाटो हुनेछन्। अझ राम्रो त आलुको रसमा मह मिलाएर खुवाउन सकिन्छ।
९) शिरमा काटेको काँचो आलु दल्नाले टाउको दुखाईमा कमी आउँछ ।
आलु सौन्दर्यको लागि पनि उतिकै लाभदायकः
१) आलुको रसको प्रयोगले अनुहारमा रहेको दाग-धब्बा हटाउनका साथै छालाको निखारता पनि ल्याउँछ । आलुमा हुने पोटासियम, सल्फर, फस्फोरस र क्याल्सियमको मात्रा छालाको सफाई गर्न मद्धत गर्छ । हरेक हप्ता एकपटक आलुको फेस मास्क लगाउनाले छालामा चम्किलोपना आउँछ ।
२) उसिनेको पानीमा एउटा आलुलाई मिचेर कपाल धुनाले कपाल नरम र चम्किलो हुनुको साथै जरैदेखि बलियो हुन्छ । कपाल झर्ने समस्या र चाडै फुल्ने समस्यालाई पनि यसले कम गराउँछ ।
३) आलुलाई धुलो बनाएर छालामा दल्नाले छालाको रंग गोरो हुन्छ । आलुको रसलाई कागतीको केहि थोपा रससंग मिलाएर दागहरुमा लगाउनाले दागहरु केहि हदसम्म हट्छन ।
४) आलुको रसलाई मुल्तानी माटोसंग मिलाएर चाउरी परेको भागमा लागेर २० मिनेटसम्म राख्नुहोस, अनि आफ्नो अनुहार धुनुहोस । यसो गर्नाले अनुहारको चाउरीपनाबाट छुटकारा मिल्छ ।
५) आलुको टुक्रालाई गर्दन, कुहिनोजस्ता भागहरुमा दल्नाले यी भागहरुको छाला नरम र सफा हुन्छन ।
आगोले पोलेको ठाउँमा आलुलाई काटेर दल्नाले केहि हदसम्म आराम मिल्दछ ।
६) कहिलेकहीँ हाम्रो शरीरमा चोट लाग्दा निलो हुने गर्दछ। निलो हुने भागमा आलु पिसेर लगाउँदा निको हुन जान्छ।
आलु भाँडावर्तन सफा गर्न पनि:
१) आलुमा अक्जेलिक एसिड हुन्छ । यसकारण यसको प्रयोग फलामको भाँडा तथा शीशाको सफाइ गर्नका लागि पनि गर्न सकिन्छ । धातुको सामानमा भएको दागहरू मेटाउनका लागि पनि आलुको प्रयोग गर्न सकिन्छ । आलुमा नुन लगाएर भाँडा माझ्दा पनि धातुका भाँडामा लागेको दागहरू मेटिन्छ । यस्तै, शिशा चम्काउन पनि आलुको प्रयोग गर्नु फाइदाजनक हुन्छ ।
२) पहिले आलुलाई काँचमा रगडेर, सफा कपडा या कागजले पुछे शिशाको भाँडा या अन्य सामान चम्किलो हुन्छ ।
३) यदी चाँदी या अन्य गहना काली भयो भने आलु उमालेर बाँकी रहेको तातो पानीमा डुबाइदिए या काटेको आलु रगडे, त्यसको पुरानो चमक पुन प्राप्त गर्न सकिन्छ । अनलाइनको साहारामा
१) सूर्यको किरणमा भिटामिन डी पाइन्छ । हड्डि बलियो बनाउछ । भिटामिन डीको कमीले शरीरमा मेटाबोलिक हड्डिको रोग लाग्छ ।
२) बिहानको पारिलो घाममा बस्नाले शरीरमा मेलाटोनिन नामको हम्रोन विकसित हुन्छ । जसले निद्रा लगाउछ ।
३) घाममा बस्नाले तौल पनि कम हुने बिभिन्न अध्ययनहरुले देखाएका छन् । सूर्यको प्रकाश र बीएमआइ बिच सम्बन्धन भएको अध्ययनले देखाएको हो ।
४) चिसोबाट लाग्ने रोगबाट बचाउछ ।
५) सूर्यबाट निस्कने अल्ट्रावायलेट किरणले इम्युन सिस्टम मजबुत बनाउछ ।
६) उमेर बढाउन मद्धत गर्छ । घाममा बस्दा रगत जम्नबाट बचाउछ । सूर्यको किरणले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउछ ।
७) पुरुषलाई बाँझोपन हुनबाट बचाउछ । सूर्यको किरणले शुक्राणुको क्षमता बढाउछ । टेस्टोस्टोरन हम्रोन पनि बढाउछ । जसले यौन सक्रियता बढाउछ ।
८) सूर्यको किरणमा पाइने भिटामिन डीले दिमाग स्वस्थ राख्न मद्धत गर्छ । भिटामिन डीले मानसिक अवस्था स्वस्थ राख्न मद्धत गर्छ ।
९) गर्भवती महिला घाममा बस्दा पेट भित्रको बच्चालाई पनि फाइदा हुन्छ ।
१०) सूर्यको किरणले मधुमेह र मुटुरोगबाट बचाउन मद्धत गर्छ ।




















