बैज्ञानिकहरुले पृथ्वीजस्तै वातावरण र जिव भएको ग्रह हुनसक्ने केही प्रमाण जुटाएको दाबी गरेका छन् । तर ती ग्रहहरु सौर्यमण्डलभन्दा बाहिर रहेको उनीहरुको भनाई छ ।
दशकौँदेखि क्रियाशिल बैज्ञानिकहरु, ग्रह हुनसक्ने बलियो प्रमाण पाएपछि त्यसलाई पुष्टि गर्न जुटेका छन् ।
सौर्यमण्डलबाहिर रहेका ५ ग्रहमा जिव हुनसक्ने उनीहरुको तर्क छ ।
अमेरिकी वैज्ञानिकहरुले ग्लीज ५८१ जी नामक ग्रहमा जिव हुनसक्ने अत्यधिक सम्भावना रहेको बताएका छन ।
आज जुलाई २९ तारिख, तेस्रो विश्व बाघ संक्षरण दिवस हो । वन्यजन्तु अपराध रोकौँ, यी मृत्यु गम्भिर हुन् भन्ने नाराका बाघ संरक्षणका क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरी विश्वभर मनाउँदैछन् ।
तेस्रो बाघ संरक्षण दिवशका अवसरमा राजधानीमा आज रिएको कार्यक्रममा बाघको संख्या बढेको जानकारी गराइएको छ ।
सन् २०१० मा नेपालमा एक सय ५५ वटा बाघ रहेकोमा अहिले बाघको संख्या एक सय ७६ पुगेको छ । बर्दिय राष्ट्रिय निकुन्जमा अघिल्ला दुइ बर्षमा १९ वटा रहेकोमा अहिले २२ पोथी र १५ भाले गरी ३७ पुगेको छ । यस्तै, शुक्लाफाँटा बन्यजन्तु आरक्षणमा यसअघि आठ वटा बाघ भएकोमा दुइवटा बाघ बढेर १० पुगेका छन् । यसैगरी चितवन राष्ट्रिय निकुन्जमा एक सय १५ वटा र पर्सामा चारवटा बाघ रहेको बताइएको छ ।
बाघ पाइने १३ वटा देशमा आज जुलाई २९ तारिख दिन विश्व बाघ संक्षरण दिवस मनाउने गरिन्छ ।
बाघ संरक्षणबारे जनचेतना जगाउन यो दिवस मनाउन सुरु गरिएको हो ।
वसको अवसरमा विश्व वन्यजन्तु कोष, डब्लु डब्लु एफले नेपाली चलचित्रका नायक राजेश हमाललाई बाघ बचाउ अभियानको सद्भावना राजदुतमा नियुक्त गरेको छ ।
सन् २०२० सम्ममा बाघको संख्या दोब्बर पार्ने सरकारी लक्ष्य छ । पछिल्लो तथ्यांकअनुसार विश्वमा ५ हजारको हाराहारीमा बाघ रहेका छन् । भारतमा सबैभन्दा बढी ३ हजारको हाराहारी बाघ छन् ।
वास्तवमा निद्रा मानिसको स्वास्थ्यको लागि अत्यावश्यक छ । एक वयस्क मानिसका लागि औषतमा दिनको ८ घण्टा निद्रा आवश्यक पर्छ भनिन्छ । मानिस निदाउन सकेन भने बुझ्नुपर्छ उसमा केही स्वास्थ्य समस्या छ । र लामो समयसम्म राम्ररी निदाउन पाएन भने पनि ऊ रोगी बन्छ भन्ने कुरा पक्का छ । त्यसैले स्वास्थ्यका लागि पर्याप्त निद्रा आवश्यक हुन्छ ।
तर निद्रा फाइदाजनक हुन्छ भन्दैमा बढि सुत्नु पनि भएन । आवश्यकता भन्दा बढि सुतियो भने त्यो पनि प्रत्युत्पादक हुन्छ र स्वास्थ्यमा नकारात्मक असर पर्छ । बढि सुत्ने मानिसमा कस्ता कस्ता समस्या
देखापर्छन् त ?
· मधुमेह – अध्ययनले के देखाएको छ भने एक रातमा ९ घण्टा भन्दा बढि समय सुत्ने मानिसहरुमा मधुमेहको समस्या देखा पर्ने खतरा ७ घण्टा सुत्ने मानिसमा भन्दा ५० प्रतिशत बढि हुन्छ ।
· मोटोपन – अध्ययन अनुसार एक रातमा ९ देखि १० घण्टा सम्म सुत्ने मानिसमा ७ देखि ८ घण्टा सुत्ने मानिसमा भन्दा मोटोपनको समस्या देखापर्ने खतरा २१ प्रतिशत बढि हुन्छ ।
· मुटुरोग – बढि सुत्ने मानिसमा मुटुरोगको समेत खतरा बढ्दछ । अध्ययन अनुसार हरेक रात ९ घण्टाभन्दा बढि सुत्ने मानिसमा मुटुरोगको समस्या ३८ प्रतिशतले बढ्दछ ।
· डिप्रेसन – बढि सुत्ने बानीले डिप्रेसनको समस्यालाई झनै बल्झाउँछ । डिप्रेसनलाई कम गर्न छरितो तथा नियमित निद्रा आवश्यक पर्छ ।
· टाउको दुखाइ – बढि सुत्ने मानिसमा टाउको दुख्ने समस्या समेत देखापर्छ । बढि निद्राले गर्दा मस्तिष्कमा सेरोटोनिन भन्ने रसायनको असन्तुलन पैदा गर्छ जसको कारण टाउको दुख्छ ।
· ढाड दुख्ने – बढि सुत्ने मानिसमा ढाड दुख्ने समस्याले समेत सताउँछ । बढि समयसम्म सुत्दा ढाडको भागमा बढि चाँप पर्ने भएकाले रक्तनली तथा मांशपेशीमा हानी पुग्ने र ढाड दुख्ने समस्या देखापर्छ ।
यसका साथै आवश्यकता भन्दा बढि सुत्ने बानीले मानिसको अनुहारको छाला फुंग उडेको जस्तो देखिने, आलस्यपन बढाउने, आँखाको बाहिरी भाग सुन्निएको जस्तो देखिने तथा समग्रमा व्यक्तिको आयु छोट्याउने विज्ञहरु बताउँछन् ।
कति समय सुत्नु उपयुक्त ?
· नवजात शिशु दिनमा १८ घण्टासम्म
· स्कुले केटाकेटी १० देखि ११ घण्टासम्म
· किशोरकिशोरी १० घण्टा
· वयस्क ७ देखि ८ घण्टा
तर निद्रा फाइदाजनक हुन्छ भन्दैमा बढि सुत्नु पनि भएन । आवश्यकता भन्दा बढि सुतियो भने त्यो पनि प्रत्युत्पादक हुन्छ र स्वास्थ्यमा नकारात्मक असर पर्छ । बढि सुत्ने मानिसमा कस्ता कस्ता समस्या
देखापर्छन् त ?
· मधुमेह – अध्ययनले के देखाएको छ भने एक रातमा ९ घण्टा भन्दा बढि समय सुत्ने मानिसहरुमा मधुमेहको समस्या देखा पर्ने खतरा ७ घण्टा सुत्ने मानिसमा भन्दा ५० प्रतिशत बढि हुन्छ ।
· मोटोपन – अध्ययन अनुसार एक रातमा ९ देखि १० घण्टा सम्म सुत्ने मानिसमा ७ देखि ८ घण्टा सुत्ने मानिसमा भन्दा मोटोपनको समस्या देखापर्ने खतरा २१ प्रतिशत बढि हुन्छ ।
· मुटुरोग – बढि सुत्ने मानिसमा मुटुरोगको समेत खतरा बढ्दछ । अध्ययन अनुसार हरेक रात ९ घण्टाभन्दा बढि सुत्ने मानिसमा मुटुरोगको समस्या ३८ प्रतिशतले बढ्दछ ।
· डिप्रेसन – बढि सुत्ने बानीले डिप्रेसनको समस्यालाई झनै बल्झाउँछ । डिप्रेसनलाई कम गर्न छरितो तथा नियमित निद्रा आवश्यक पर्छ ।
· टाउको दुखाइ – बढि सुत्ने मानिसमा टाउको दुख्ने समस्या समेत देखापर्छ । बढि निद्राले गर्दा मस्तिष्कमा सेरोटोनिन भन्ने रसायनको असन्तुलन पैदा गर्छ जसको कारण टाउको दुख्छ ।
· ढाड दुख्ने – बढि सुत्ने मानिसमा ढाड दुख्ने समस्याले समेत सताउँछ । बढि समयसम्म सुत्दा ढाडको भागमा बढि चाँप पर्ने भएकाले रक्तनली तथा मांशपेशीमा हानी पुग्ने र ढाड दुख्ने समस्या देखापर्छ ।
यसका साथै आवश्यकता भन्दा बढि सुत्ने बानीले मानिसको अनुहारको छाला फुंग उडेको जस्तो देखिने, आलस्यपन बढाउने, आँखाको बाहिरी भाग सुन्निएको जस्तो देखिने तथा समग्रमा व्यक्तिको आयु छोट्याउने विज्ञहरु बताउँछन् ।
कति समय सुत्नु उपयुक्त ?
· नवजात शिशु दिनमा १८ घण्टासम्म
· स्कुले केटाकेटी १० देखि ११ घण्टासम्म
· किशोरकिशोरी १० घण्टा
· वयस्क ७ देखि ८ घण्टा
कति वर्ष पहिले विश्वमा पहिलोपटक इन्टरनेटमा तस्वीर अपलोड भएको होला रु र पहिलो पटक कुन तस्वीर अपलोड भएको होला रु हामी सबैमा एककिसिमको कौतुहल हुन्छनै आउनुस हेर्नुस् यहि हो पहिलो पटकको तस्वीर जुन सांगितिक ब्याण्ड ‘ लेस हरिबल्स सर्नेटु को २० बर्ष अगाडिको हो ।
इन्टरनेटको दुनियामा अहिले निकै ठूलो विकाश भैरहेको छ र हरेक साधारण प्रयोगकर्ताले विभिन्न साइटहरु मार्फत समेत अपलोड गर्ने तस्वीरहरु समेत गरी इन्टरनेटमा अपलोड गरिएका तस्वीर अनगिन्ती पुगिसकेका छन् ।
आज १९९ औँ भानुजयन्ती । विभिन्न कार्यक्रम गरी आदिकवि भानुभक्त आचार्यको योगदानको सम्झना गरिदैँछ । भानुजयन्तीको अवसरमा अहिले काठमाडौँको रानीपोखरी अगाडि रहेको भानुभक्तको प्रतिमामा माल्यार्पण गरिएको छ ।
त्यस्तै दिउँसो पनि विभिन्न कार्यक्रम गरी भानुभक्तले नेपाली साहित्यमा पुर्याएको योगदानको चर्चा गरिदैँछ ।
आचार्यको वि।स १८७१ असार २९ गते अर्थात आजकै दिन तनहुँको चुँदीरम्घामा भएको थियो ।
उहाँ नेपालका राष्ट्रिय विभुति हुनुहुन्छ । आदिकवि आचार्यलाई भाषिक एकताका प्रतिकका रुपमा लिइन्छ ।
नेपालको भाषिक, सामाजिक र सांस्कृतिक एकीकरणको रुपमा समाजलाई एउटै मालामा उन्ने कार्यमा भानुभक्तको योगदान निकै महत्वपुर्ण रहेको छ ।
संस्कृत साहित्यमा बाल्मिकी, हिन्दी साहित्यमा तुलसीदासको जुन स्थान छ नेपाली साहित्यमा भानुभक्तको त्यही स्थान रहेको छ ।
आदिकवि भानुभक्तले सँस्कृत भाषाको रामायणलाई सरल तथा सरस भाषामा नेपाली भाषामा अनुवाद गरी समस्त नेपालीका घर –आँगनमा पु¥याएर भाषिक रुपमा एकिकृत गर्न अद्धितीय भुमिका निर्वाह गर्नुभएको थियो ।
आदीकवि आचार्यले रामायणबाहेक प्रश्नोत्तर, भक्तमाला, बधूशिक्षा, रामगीता जस्ता उत्कृष्ट कृति र फुटकर कबिताहरुमार्फत नेपाली साहित्यलाई अपुरणीय योगदान पु¥याउनुभएको छ ।
बेलाबेला उपवास बस्नाले क्यान्सरको विस्तार तीव्र गतिमा हुन पाउँदैन । दक्षिण क्यालिफोर्निया विश्वविद्यालका अनुसन्धानकर्ताहरूका अनुसार उपवास बसे किमोथेरापीको बेला बढी लाभ पाइन्छ ।
साइन्स ट्रान्सलेसन मेडिसिनमा प्रकाशित यो अनुसन्धानपछि नयाँ प्रभावकारी उपचार पद्घतीको विकासमा सघाउ पुग्ने वैज्ञानिकहरूको विश्वास छ । यसबारे थप अनुसन्धानसमेत जारी छ । मुसामा गरिएको प्रयोग अनुसार भोको बस्दा क्यान्सरका कोषिकाहरू सामान्य कोषिकाको दाँजोमा बढी सक्रिय हुन्छन् ।
भोको स्थितिमा क्यान्सरका कोषिकाहरू निष्क्रिय वा सुस्त रहनुको सट्टा झन् गतिशील हुन्छन् र ती कोषिकाहरू विभाजित हुन सुरु भएर अन्ततः नष्ट हुन्छन् । एक किसिमले भन्ने हो भने यो कोषिकाले आत्महत्या गरे जस्तो प्रक्रिया हो ।
क्यान्सर रोगीले किमोथेरापी पनि लिनुपर्ने हुन सक्छ । स्तन वा मस्तिष्कमा हुने र स्नायु वा तन्तुमा हुने क्यान्सर भएका रोगीले उपवास बस्दा उनीहरूमा क्यान्सरको वृद्घ मित्थर देखियो । क्यान्सर पीडित मुसालाई पनि किमोथेरापी दिँदै र भोको राख्दै गर्नाले तिनको उपचार धेरै बढी हुन सक्यो । अर्कातर्फ, भोको नराखी उपचार गरिएको मुसाको ज्यान जोगाउन सकिएन ।
उक्त अनुसन्धानमा मानिसमा उपवासको प्रभावबारे पनि सोधखोज गरिएको छ । तर यसको पुष्टिका लागि धेरै वर्षसम्मको क्लिनिकल परीक्षण आवश्यक हुन्छ ।
अनुसन्धानमा के पनि भनिएको छ भने, जुन व्यक्तिको तौल धेरै घटेको छ वा तिनमा अन्य जोखिमको खतरा छ, उनीहरूलाई उपवास राख्नु खतरनाक हुन सक्छ । क्यान्सर रोगीलाई किमोथेरापीभन्दा दुई दिनपहिले र एक दिनपछि भोको राख्दा मात्र लाभ मिल्ने उक्त अध्ययनबाट पत्ता लागेको छ । तर यो उपाय मानिसमा समेत प्रभावकारी हुन्छ कि हुन्न भन्नेबारे केही भनिएको छैन ।
राष्ट्रसंघको आव्हानमा सन् १९८९ वाट प्रत्येक वर्ष जुलाई ११ तारिख, विश्व जनसंख्या दिवस मनाईदै आएको छ ।
परिवार नियोजन, गरिवी निवारण र समानताका वारेमा जनचेतना फैलाउने उद्धेश्यले जनसंख्या दिवस मनाईदै आएको छ ।
विश्व जनसंख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको कार्यक्रममा उहाँले अव पनि युवा शक्तिलाई प्रयोग गर्न नसके देशका लागि ती युवाहरु नै वोझ वन्ने तर्क गर्नुभयो र देशमा रहेको युवा शक्तिलाई प्रयोग गर्न नसक्नु अहिलेको मुख्य चुनौती रहेको वताउनुभएको छ ।
मन्त्रि महतोले संघियता सहितको संविधान वनेपछि अहिलेको सवै समस्याको निरुपण हुने दावी समेत गर्नुभयो ।
कार्यक्रममा स्वास्थ्य सचिव प्रविण मिश्रले सन् २०१५ सम्ममा सवैमा प्रजनन स्वास्थ्यको पहुँच पु¥याउन सवैको सहयोगको खाँचो रहेको वताउनुभयको छ । सन् २०१५ सम्ममा प्रजनन स्वास्थ्यको सेवा सवैमा पु¥याउने लक्ष्य लिईएकाले यो वर्षको नारा पनि प्रजनन स्वास्थ्यमा सबैको पहुँच भन्ने रहेको छ ।
नेपालमा भने प्रजनन स्वास्थ्यमा परिवार नियोजनको साधन प्रयोग गर्नेको दर नवढ्नु, नवजात शिशुको मृत्युदर नघट्नु, अझैपनि एच आई भि एड्सका वारेमा धेरैजसोलाई जानकारी नहुनु, दक्ष स्वास्थ्यकर्मीवाट प्रसुति गर्नेको संख्यामा वृद्धि नहुनु जस्ता चुनौती रहेका छन् ।
राष्ट्रसंघको आव्हानमा सन् १९८९ वाट प्रत्येक वर्ष जुलाई ११ तारिख, विश्व जनसंख्या दिवस मनाईदै आएको छ । परिवार नियोजन, गरिवी निवारण र समानताका वारेमा जनचेतना फैलाउने उद्धेश्यले जनसंख्या दिवस मनाईदै आएको छ ।
मोबाइल रिचार्ज गर्न लागि हामी स्क्रयाच कार्ड उपयोग गर्छौं । एटिएमको पासवर्डको लागि समेत यस्तै उपाय अपनाउनुपर्ने हुन्छ । तर ध्यान राख्नोस्, त्यस्तो बेला औंलाले स्क्रयाच नगर्नु नै राम्रो । वैज्ञानिकहरूको अनुसार त्यस्तो औंलाले शरीरमा छुँदा क्यान्सरको खतरा हुन्छ ।मेडिकल रिसर्च अथोरिटी अफ अमेरिकाले हालै स्क्रयाच कार्डका विषयमा गरेको अनुसन्धानपछि यो तथ्य अगाडि आएको हो । अध्ययनअनुसार स्क्रयाच कार्डमा सिल्भर नाइट्रोअक्साइडु हुन्छ ।
नङको माध्यमले त्यो शरीरमा पुग्नु जोखिमपूर्ण हुन सक्छ । यो अक्साइडले छालाको क्यान्सरलाई निम्त्याउँछ । नाइट्रिक अक्साइडले शरीरमा बिस्तारै बिस्तारै नोक्सान पुर्याउन थाल्छ । टाउको दुखाइ, बान्ता र कमजोरीको रूपमा यसको असर देखिन्छ । मुटुको चाल असामान्य हुने, छाला चिलाउने, मुख सुक्ने, शरीरमा पानीको कमी हुने जस्ता समस्या पनि देखिन थाल्छन् । त्यस्ता व्यक्तिलाई सास फेर्नसमेत असजिलो भएको पाइयो । शरीरमा नाइट्रिक अक्साइड बढी भए त्यसले विषको रूप लिन्छ । रक्तचाप न्यूनतम स्तरमा पुग्छ र व्यक्तिको मृत्यु हुन्छ ।
यसैले अब स्क्रयाच गर्दा विचार पुर्याउनुस्, तपाईंको शरीरको कुनै खण्डले यसलाई नछोओस् ।
साइबर अपराधीहरुले इन्टरनेटमा राखेको भाइरस हटाउन आज केही सर्भरहरु बन्द गरिदैँछ। यस क्रममा बिश्व भरका तिन लाख भन्दा बढि कम्प्युटरमा आज ईन्टरनेट सेवा बन्द हुन सक्ने बताइएको छ ।
अमेरिकी अनुसन्धान एजेन्सी एफ बि आईले साइबर अपराधिहरुले प्रयोग गर्दै आएका सर्भरहरु बन्द गर्न लागेको हो । यस्ता कम्प्युटरहरु धेरै जसो अमेरिकाका रहेको बीबीसिले जनाएको छ ।
यस्ता भाइरसका कारण विश्वभरका इन्टरनेट चलाउनेहरु मर्कामा परेकाले त्यस्ताखाले सर्भर बन्द गर्न लागिएको हो ।
अमेरिकी अनुसन्धान एजेन्सी एफ बि आईले साइबर अपराधिहरुले प्रयोग गर्दै आएका सर्भरहरु बन्द गर्न लागेको हो । यस्ता कम्प्युटरहरु धेरै जसो अमेरिकाका रहेको बीबीसिले जनाएको छ ।
यस्ता भाइरसका कारण विश्वभरका इन्टरनेट चलाउनेहरु मर्कामा परेकाले त्यस्ताखाले सर्भर बन्द गर्न लागिएको हो ।
विश्वभर पशुजन्य रोग विरुद्धको दिवस मनाइँदैछ । यो दिवसलाई जुनोसिस डे पनि भनिन्छ ।
मानिसमा लाग्ने पशुजन्य रोगका बारेमा जनचेतना जगाउने उद्देश्यका साथ यो दिवस मनाउन सुरु गरिएको हो ।
घरपालुवा पशु, दूध र मासु उत्पादन गर्ने पशुमा लाग्ने रोग र यसबाट जोगिन अपनाउनुपर्ने उपायका बारेमा सबैलाई जागरुक गराउने उदेश्यका साथ दिवस मनाइदैँ आइएको छ ।
अव्यवस्स्थित पशुपालन, बधशाला, अप्रशोधित मासुका कारण नेपाल विश्वमै पशुजन्य रोग लाग्ने उच्च जोखिम भएको देशमा पर्छ ।
केन्द्रिय पशु क्वारेनटाईन कार्यालयका अनुसार शहरी क्षेत्रमा कुकुर, बिरालो, खरायो जस्ता पशु पालिने तर सरसफाईमा ध्यान नदिनाले चाडोँ रोग फैलने हुन्छ ।
पशुजन्य रोगको संक्रमण रोक्न सरकारले तल्लो इकाईसम्म सेवा केन्द्रहरु स्थापना गर्न प्रशिक्षण दिने, पशुजन्य रोगका बारेमा जनचेतना जगाउने, पशुचौपायाका लागि खोप उपलब्ध गराउने लगायतका काम भइरहेको जनाएको छ ।
वैज्ञानिकहरूले मस्तिष्कमा पाइने यस्तो ब्रेन रिसेप्टरु को खोजी गरेका छन्, जुन रिसका लागि जिम्मेवार हुन्छ । उक्त अध्ययन न्युरो साइन्स जर्नलु मा प्रकाशित छ ।
यो मस्तिष्क रिसेप्टर एउटा एन्जाइम हो, जसको नाम मोनोएमिन आक्सिडेसए हो । यो रिसेप्टरलाई बन्द गरेर कुनै पनि व्यक्तिलाई रिसबाट मुक्ति समेत दिलाउन सकिन्छ ।
यो एन्जाइमले राम्ररी काम नगर्दा मुसामा तुरुन्त रिस उठेको देखियो ।
यो रिसेप्टरलाई बन्द गरेर मुसालाई रिसबाट मुक्त गर्न वैज्ञानिकले सफलता पाएका छन् । यो एन्जाइम मानिसमा समेत पाइन्छ । त्यसैले मुसाको अनुसन्धान मानव जातिकै लागि हितकर हुने र सम्पूर्ण मानिस रिसबाट मुक्त हुन सक्नेमा वैज्ञानिकहरू आशावादी छन् ।
साउन क्यालिफोर्निया विश्वविद्यालय र इटालीका अनुसन्धानकर्ताहरूको यो खोजले सनकी(उन्मादी व्यवहार, अल्जाइमर रोग, अटिज्म, सिजोफ्रोनिया र बाइपोलर डिजअर्डर जस्ता धेरै किसिमका मनोवैज्ञानिक विकृतिको उपचारका लागि औषधि विकासमा सघाउन सक्छ ।
तनाव स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने हामी सबैले जानेकै कुरा हो । तर तनाव पनि कहिलेकाहीँ स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने कुरा थाहा नहुनसक्छ । पछिल्लोपटक गरिएको एक अध्ययनले छोटो समयको सन्तुलित तनाव स्वास्थ्यका लागि लाभदायक रहेको तथ्य पत्ता लगाएको हो ।
केही चुनौतिपूर्ण परिस्थितिले मानिसमा सिर्जना गर्ने छोटो समयको तनावले व्यक्तिको रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने अध्ययनको निष्कर्ष छ ।
अमेरिकाको स्टानफोर्ड विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार केही मिनेट वा घण्टामा समाधान हुने तनावले व्यक्तिको रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । तर लामो समयसम्म तनावको समाधान हुन सकेन भने त्यो हानीकारक हुने शोधकर्ताहरु बताउँछन् ।
चुनौतिपूर्ण अवस्थाको सामना गर्नु नपर्ने वा कुनैपनि कुरालाई गम्भिरतापूर्वक नलिइ तनावै नझेल्ने मानिसको रोगप्रतिरोधी क्षमता कमजोर हुने शोधकर्ताहरुको भनाइ छ । मध्यम खालको अल्पकालिन तनावले विभिन्न खाले हर्मोनहरुको उत्पादन गर्ने र त्यसले रगत तथा विभिन्न तन्तु र अंगहरुमा प्रतिरोधी कोषहरु प्रवाह गर्ने शोधकर्ताहरु बताउँछन् ।
महिला अधिकारका विषयमा भएका बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन तथा बिभिन्न महिला अधिकारका क्षेत्रमा कार्यरत अधिकारकर्मीको अथक प्रयास अनुरूप सन् २००२ मा नेपालमा सुरक्षति गर्भपतनले कानुनी मान्यता पायो । नीति निर्माण प्रक्रिया पूरा गरेपश्चात सन् २००४ मा प्रसूतिगृह थापाथलीबाट उक्त सेवाको सुरुवात गरियो । गर्भपतनले कानुनी मान्यता पाउनु अगाडिको भयावह स्थितिलाई एकछिन हेर्ने हो भने बल्ल हामीले यसको महत्वलाई बुझ्न सक्छौ । कैयौ महिलाले गर्भपतन गरेकै कारण जेलमा जीवन बिताइरहनुपरेको छ भने कैयौ महिला असुरक्षति तरिकाले असुरक्षति स्थानमा गर्भपतन गरेको कारण मृत्युको मुखमा पुगेका छन् ।
सन् १९९१ को तथ्यांक हेर्ने हो भने मातृ मृत्युदर ५१५९ प्रतिहजार जीवित जन्ममा, लक्ष्य रहेको थियो भने गर्भपतनले कानुनी मान्यता पाएपछि उक्त मृत्युदरमा केही सुधार देखिएर सन् २००६ मा २८१ रहेको छ, जुन घट्दो गतिमा छ । अझै पनि असुरक्षति गर्भपतनले मातृ मृत्युदरको ५५ हिस्सा ओगटेकोछ । स्वास्थ्यजस्तो गंभीर विषयमा राज्यबाट के कस्ता नीतिनियम बनेका छन्, एकपटक सबैले बुझ्ने बेला आएको छ । महिलाको नितान्त नैसर्गिक प्रजनन अधिकारलाई कानुनको दायराले यसरी फराकिलो पारेको छ ।
गर्भपतनका लागि कानुनले तीनवटा आधार तोकेको छ ।
जसअनुसार : गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको, जबर्जस्ती वा हाडनाता करणीबाट रहेको १८ हप्तासम्मको र महिलाको ज्यानमाथि खतरा हुने वा शारीरिक अथवा मानसिक रूपले स्वास्थ्यमा असर पर्ने भएमा वा विकलांग बच्चा जन्मन सक्ने अवस्था भएमा योग्यता प्राप्त चिकित्सकको रायले जुनसुकै अवधिको गर्भलाई पतन गर्न सकिन्छ । तर गर्भवती महिलाको स्वीकृतिबिना र भ्रूण छोरी वा छोरा पहिचान गरेर गर्भपतन गर्न पाइँदैन ।
यति प्रस्ट रूपमा कानुनमा उल्लेख गरेअनुरूप हरेक स्वास्थ्य संस्थाबाट सुरक्षति गर्भपतन सेवा प्रदान गर्ने उद्देश्यअनुरूप सरकारले सेवाप्रदायकहरूलाई बेलाबेलामा यससम्बन्धी तालिम दिने गरेको छ । स्वास्थ्य संस्थाबाट ८ हप्तासम्मको गर्भलाई औषधीको प्रयोगबाट हटाउन सकिने सेवा पनि प्रदान भइरहेको छ । सरकारी अस्पतालबाट एक हजार शुल्कमा यो सेवा लिन मिल्ने भए तापनि सेवाग्राहीहरू सोचेअनुरूप अस्पतालमा आएको पाइंदैन । राज्यबाट सुरक्षति गर्भपतनसम्बन्धी विशेष व्यवस्था तथा सेवा सञ्चालन भए पनि केही पर्दा पछाडिका कुरा छन्, जसले गर्दा सेवाग्राही सेवा लिन जान सक्दैनन् ।
ठूलो हिस्सा ओगटेका महिलाहरू, विशेषगरी आर्थिक र सामाजिक रूपमा पछाडि परेका महिलाको स्वास्थ्य छेत्रमा पहुँच नपुगेसम्म सुरक्षति गर्भपतन तथा सुरक्षति मातृत्व सेवा प्रभावकारी नहुन सक्छ । ग्रामीण भेगका महिलाहरू अझै पनि गर्भपतनले कानुनी मान्यता पाएको कुराबाट अनभिज्ञ छन् । गर्भपतन भन्ने बितिकै संकीर्ण सोच राख्ने हाम्रो परम्पराले गर्दा जस्तोसुकै अवस्थामा पनि सेवाग्राहीले यसलाई गोप्य राख्ने प्रयास गर्छन् । जसको प्रत्यक्ष फाइदा लिइरहेका छन्, अवैधानिक गर्भपतन केन्द्रहरूले । सरकारबाट सूचीकृत प्रमाणपत्र नालिएका सेवाप्रदायक तथा सूचीकृत नभैसकेका स्वास्थ्य संस्थाबाट गर्भपतन गराउनु आफ्नो ज्यान जोखिममा पुर्याउनु हो ।
अवैधानिक स्थानमा मनपरी सेवाशुल्क लिएर गर्भपतन गर्ने, गराउने र तत्पश्चात उत्पन्न हुने जटिलता र अधुरो गर्भपतनका कारण महिनौसम्म रगत बग्ने समस्या लिएर बिरामीहरू अस्पताल धाउने गरेको देखिन्छ । यसबाट एकतर्फ महिलाले उक्त सेवा लिन आफ्नो नाककानमा लगाएको गहना बेचेर चर्को शुल्क तिर्नुपर्ने अवस्था छ भने अर्कोतर्फ ज्यानै जोखिममा परिरहेको छ । पुरुषवादी सोच, शक्ति संरचनाको असमानता, शिक्षा र आर्थिक पहुँचमा कमी भएकै कारण महिलाले आफ्नो प्रजनन अधिकारको अभ्यास गर्न पाएका छैनन् ।
कुनैपनि महिला पक्कै एक्लै र आफै त गर्भवती भएकी हुदैनन्, त्यसमा कुनै पुरुष त अवश्य संलग्न हुन्छन्नै तर पीडित किन महिला मात्र हुन्छन् यसरी कुनै न कुनै रूपमा पुरुषले फकाएर, धम्काएर, घुर्काएर तथा मनोरञ्जन लिने सिलसिलामा दुबैजनाको सम्बन्धबाट गर्भ बस्न पुग्छ, तर किन पीडित महिला मात्र हुन्छिन्, यहि समाजमा उक्त पुरुष सधै छाती फुलाएर समाजमा हिंड्न सक्छ, तर ती महिलाचाहिं सधै मुख लुकाएर बस्नुपर्ने स्थिति छ ।
औषधीबाट गर्भपतन गराउन सकिने कानुनी प्रावधान पाएपछि जथाभाबी रूपमा औषधी बिक्री वितरण भइरहेकाले महिलाको प्रजनन स्वास्थ्यमा नराम्रो असर परिरहेको छ । महिलाको स्वास्थ्यसंग प्रत्यक्ष सम्बन्ध रहेको सुरक्षति गर्भपतन सेवा तथा सुरक्षति मातृत्व विषयमा सेवाप्रदायक तथा जनमानसमा कस्तो किसिमको सम्वेदनशीलता, ज्ञान तथा चासो छ, एकपटक गंभीरतापूर्वक सोच्ने बेला भएको छ ।
अमेरिकाले तानाशाहको बिल्ला भिराउँदै हत्या गरेका लिबियाका पूर्व नेता कर्णेल मुआमार गद्दाफीका विषयमा विभिन्न रोचक तथ्यहरु यसअघि पनि सार्वजनिक भएकै हुन् ।
कतिपयले उनलाई यौनपिपासुको आरोप लगाए भने पश्चिमा जगतले बर्बर तानाशाह भन्यो ।
जसले जे आरोप लगाएपनि कर्णेल मुआमार गद्दाफीले वास्तवमा जनताका लागि त्यस्ता केही अविस्मरणीय काम गरेका थिए जुन विश्वका मै हुँ भन्ने शासकहरुले पनि गर्न सकेका छैनन् ।
वास्तवमा दुनियाले तानाशाह भनेर चिनेका मुआमार गद्दाफी निकै नै देशप्रेमी तथा जनप्रेमी पनि थिए । जनताको पक्षमा मुआमार गद्धाफीले गरेका त्यस्ता अविस्मरणीय काममध्ये केही यहाँ प्रस्तुत गरिएको छ, जुन दुनियालाई कमैमात्र थाहा छ ।
गद्दाफीको शासनकालमा लिबियाली जनताले बिजुलीको बिल तिर्नुपर्दैनथ्यो । जनताले निशुल्क रुपमा जतिपनि बिजुली बाल्न पाउँथे ।
लिबियाका पूर्व नेता कर्णेल मुआमार गद्दाफीका केही अविस्मरणीय काम
1. गद्दाफी सरकारले जनतालाई निब्र्याजी ऋण दिन्थ्यो । जनताले सजिलैसँग बिना ब्याजको ऋण लिन पाउँथे ।
2. लिबियामा हरेक व्यक्तिले आवासको सुविधा पाउनु मानव अधिकारको रुपमा थियो । हरेक नागरिकलाई बस्ने घर उपलब्ध गराउनु सरकारको जिम्मेबारीको रुपमा रहेको थियो ।
3. गद्दाफीले कसमै खाएका थिए की जबसम्म आफ्ना जनताको आफ्नै घर हुँदैन तबसम्म मैले आफ्ना आमाबुवा र आफ्नो लागि पनि निजि घर बनाउँदिन । भनिन्छ सोही कारण गद्दाफी परिवार पालमुनि बस्दथ्यो ।
4. लिबियामा विवाह बन्धमा बाँधिने हरेक जोडीलाई सुखद जिवनको कामना गर्दै गद्दाफीको तर्फबाट ५० हजार डलर पुरस्कार दिइन्थ्यो । दुनियामा यस्तो चलन सायद अन्त कतै छैन ।
5. गद्दाफीको शासनकालमा लिबियामा हरेक नागरिकलाई स्वास्थ्य सुविधा पूरै निशुल्क थियो । नागरिकको स्वास्थ्य खर्च सरकारले नै बेहोथ्र्यो ।