पृथ्वी जस्तै ग्रह फेला

बैज्ञानिकहरुले पृथ्वीजस्तै वातावरण र जिव भएको ग्रह हुनसक्ने केही प्रमाण जुटाएको दाबी गरेका छन् । तर ती ग्रहहरु सौर्यमण्डलभन्दा बाहिर रहेको उनीहरुको भनाई छ । 
दशकौँदेखि क्रियाशिल बैज्ञानिकहरु, ग्रह हुनसक्ने बलियो प्रमाण पाएपछि त्यसलाई पुष्टि गर्न जुटेका छन् ।

सौर्यमण्डलबाहिर रहेका ५ ग्रहमा जिव हुनसक्ने उनीहरुको तर्क छ ।
अमेरिकी वैज्ञानिकहरुले ग्लीज ५८१ जी नामक ग्रहमा जिव हुनसक्ने अत्यधिक सम्भावना रहेको बताएका छन ।
अमेरिकी वैज्ञानिकको टोलीले सन् २०१० मा यो ग्रहको थप तथ्य पत्ता लगाउने घोषणा गरेको थियो ।
त्यसबेला यो घोषणाको निकै आलोचना भएको थियो तर अहिले त्यही ग्रहमा जीव हुनसक्ने केही प्रमाण फेला पारेको दाबी वैज्ञानिकहरुको छ ।
ग्लीज ५८१ जी नामक ग्रह पृथ्वीबाट २० दशमलव ५ प्रकाश वर्ष टाढा रहेको छ । १ प्रकाश वर्षमा १० खरब किलोमिटर हुन्छ ।
त्यस्तै ग्लीज ५८१ डी, ग्लीज ६६७ सीसी, केप्लर २२ बी र एचडी ८५५१२ डी नामक ग्रहमा पनि थप अनुसन्धान सुरु गरेको बैज्ञानिकहरुले बताएका छन् ।

प्रकाशित मिति: Sunday, July 29, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses