आज जुलाई ११ तारिख


राष्ट्रसंघको आव्हानमा सन् १९८९ वाट प्रत्येक वर्ष  जुलाई ११ तारिख, विश्व जनसंख्या दिवस मनाईदै आएको छ । 

परिवार नियोजन, गरिवी निवारण र समानताका वारेमा जनचेतना फैलाउने उद्धेश्यले जनसंख्या दिवस मनाईदै आएको छ ।

विश्व जनसंख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको कार्यक्रममा उहाँले अव पनि युवा शक्तिलाई प्रयोग गर्न नसके देशका लागि ती युवाहरु नै वोझ वन्ने तर्क गर्नुभयो र देशमा रहेको युवा शक्तिलाई प्रयोग गर्न नसक्नु अहिलेको मुख्य चुनौती रहेको वताउनुभएको छ ।

मन्त्रि महतोले संघियता सहितको संविधान वनेपछि अहिलेको सवै समस्याको निरुपण हुने दावी समेत गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य सचिव प्रविण मिश्रले सन् २०१५ सम्ममा सवैमा प्रजनन स्वास्थ्यको पहुँच पु¥याउन सवैको सहयोगको खाँचो रहेको वताउनुभयको छ । सन् २०१५ सम्ममा प्रजनन स्वास्थ्यको सेवा सवैमा पु¥याउने लक्ष्य लिईएकाले यो वर्षको नारा पनि प्रजनन स्वास्थ्यमा सबैको पहुँच भन्ने रहेको छ ।

नेपालमा भने प्रजनन स्वास्थ्यमा परिवार नियोजनको साधन प्रयोग गर्नेको दर नवढ्नु, नवजात शिशुको मृत्युदर नघट्नु, अझैपनि एच आई भि एड्सका वारेमा धेरैजसोलाई जानकारी नहुनु, दक्ष स्वास्थ्यकर्मीवाट प्रसुति गर्नेको संख्यामा वृद्धि नहुनु जस्ता चुनौती रहेका छन् ।

राष्ट्रसंघको आव्हानमा सन् १९८९ वाट प्रत्येक वर्ष  जुलाई ११ तारिख, विश्व जनसंख्या दिवस मनाईदै आएको छ । परिवार नियोजन, गरिवी निवारण र समानताका वारेमा जनचेतना फैलाउने उद्धेश्यले जनसंख्या दिवस मनाईदै आएको छ ।


प्रकाशित मिति: Wednesday, July 11, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses