आज असार २९ गते भानु जयन्ती


आज १९९ औँ भानुजयन्ती । विभिन्न कार्यक्रम गरी आदिकवि भानुभक्त आचार्यको योगदानको सम्झना गरिदैँछ । भानुजयन्तीको अवसरमा अहिले काठमाडौँको रानीपोखरी अगाडि रहेको भानुभक्तको प्रतिमामा माल्यार्पण गरिएको छ ।

त्यस्तै दिउँसो पनि विभिन्न कार्यक्रम गरी भानुभक्तले नेपाली साहित्यमा पुर्याएको योगदानको चर्चा गरिदैँछ ।
आचार्यको वि।स १८७१ असार २९ गते अर्थात आजकै दिन तनहुँको चुँदीरम्घामा भएको थियो ।

उहाँ नेपालका राष्ट्रिय विभुति हुनुहुन्छ । आदिकवि आचार्यलाई भाषिक एकताका प्रतिकका रुपमा लिइन्छ ।
नेपालको भाषिक, सामाजिक र सांस्कृतिक एकीकरणको रुपमा समाजलाई एउटै मालामा उन्ने कार्यमा भानुभक्तको योगदान निकै महत्वपुर्ण रहेको छ ।


संस्कृत साहित्यमा बाल्मिकी, हिन्दी साहित्यमा तुलसीदासको जुन स्थान छ नेपाली साहित्यमा भानुभक्तको त्यही स्थान रहेको छ ।

आदिकवि भानुभक्तले सँस्कृत भाषाको रामायणलाई सरल तथा सरस भाषामा नेपाली भाषामा अनुवाद गरी समस्त नेपालीका घर –आँगनमा पु¥याएर भाषिक रुपमा एकिकृत गर्न अद्धितीय भुमिका निर्वाह गर्नुभएको थियो ।

आदीकवि आचार्यले रामायणबाहेक प्रश्नोत्तर, भक्तमाला, बधूशिक्षा, रामगीता जस्ता उत्कृष्ट  कृति र फुटकर कबिताहरुमार्फत नेपाली साहित्यलाई अपुरणीय योगदान पु¥याउनुभएको छ ।

प्रकाशित मिति: Friday, July 13, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses