तनाव पनि स्वास्थ्यका लागि फाइदाजनक

तनाव स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने हामी सबैले जानेकै कुरा हो । तर तनाव पनि कहिलेकाहीँ स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने कुरा थाहा नहुनसक्छ । पछिल्लोपटक गरिएको एक अध्ययनले छोटो समयको सन्तुलित तनाव स्वास्थ्यका लागि लाभदायक रहेको तथ्य पत्ता लगाएको हो ।

केही चुनौतिपूर्ण परिस्थितिले मानिसमा सिर्जना गर्ने छोटो समयको तनावले व्यक्तिको रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने अध्ययनको निष्कर्ष छ ।


अमेरिकाको स्टानफोर्ड विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार केही मिनेट वा घण्टामा समाधान हुने तनावले व्यक्तिको रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । तर लामो समयसम्म तनावको समाधान हुन सकेन भने त्यो हानीकारक हुने शोधकर्ताहरु बताउँछन् ।


चुनौतिपूर्ण अवस्थाको सामना गर्नु नपर्ने वा कुनैपनि कुरालाई गम्भिरतापूर्वक नलिइ तनावै नझेल्ने मानिसको रोगप्रतिरोधी क्षमता कमजोर हुने शोधकर्ताहरुको भनाइ छ । मध्यम खालको अल्पकालिन तनावले विभिन्न खाले हर्मोनहरुको उत्पादन गर्ने र त्यसले रगत तथा विभिन्न तन्तु र अंगहरुमा प्रतिरोधी कोषहरु प्रवाह गर्ने शोधकर्ताहरु बताउँछन् ।

प्रकाशित मिति: Wednesday, July 04, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses