ईन्टरनेट बन्द हुने

साइबर अपराधीहरुले इन्टरनेटमा राखेको भाइरस हटाउन आज केही सर्भरहरु बन्द गरिदैँछ। यस क्रममा बिश्व भरका तिन लाख भन्दा बढि कम्प्युटरमा आज ईन्टरनेट सेवा बन्द हुन सक्ने बताइएको छ ।
अमेरिकी अनुसन्धान एजेन्सी एफ बि आईले साइबर अपराधिहरुले प्रयोग गर्दै आएका सर्भरहरु बन्द गर्न लागेको हो । यस्ता कम्प्युटरहरु धेरै जसो अमेरिकाका रहेको बीबीसिले जनाएको छ ।
यस्ता भाइरसका कारण विश्वभरका इन्टरनेट चलाउनेहरु मर्कामा परेकाले त्यस्ताखाले सर्भर बन्द गर्न लागिएको हो । 
एफ बि आइले सन् २०११ मा  ४० लाख भन्दा बडि कम्प्युटरहरुमा भाइरस हाल्ने एक गिरोहलाई पक्राउ गरेको थियो । त्यसैबेला यस्ता सर्भरको बारे पत्ता लागेको थियो ।
कम्प्युटरमा हालिइको भाइरसलाइ समाप्त पार्र्ने उदेश्यले बिश्वब्यापि रुपमा संचालन गरिएको अभियान अन्तरगत यो कारबाहि गर्न लागीएको हो ।
कसरी पत्ता लगाउने भाइरस छ छैन
आफ्नो कम्प्युटरको उक्त भाइसर छ भने केही सेकेण्डमा नै पत्ता लगाउन सक्नु हुनेछ । वेभसाइट http://www.dns-ok.ca/मा गएर पेजको सबैभन्दा पुछारमा जानुहोस र Agree मा क्लिक गर्नुहोस । त्यसपछि खुल्ने पेजमा हरियो रंगको व्यानर देखिए खुसी हुनुहोस । किनकी तपाई कम्प्युटर उक्त खतरनाक भाइसरबाट सुरक्षित छ । रातो रंगको व्यानर देखिएमा भने तपाईको कम्प्युटरमा पनि उक्त गिरोहले पठाएको भाइसर छ भन्ने प्रष्ट हुनेछ । तर, तपाई इन्टीभाइरसलाई एक्टिभ गरेर त्यसलाई हटाउन सक्नु हुनेछ ।

यस्तै तपाई म्यानुअल्ली पनि यसलाई जाँच गर्न सक्नु हुनेछ । माइक्रोसफ्ट विण्डज प्रयोग गर्नु हुन्छ भने Start Button मा क्लिक गर्नुहोस र रनमा जानुहोस् । त्यहाँ
cmd.exe टाइप गरेर इन्टर थिच्नुहोस् । अब कालो रंगको कमाण्ड विण्डो खुल्नेछ, जसमा ipconfig/all टाइप गरेर इन्टर थिच्नुहोस । त्यहाँ जुन जानकारी आउँछ, त्यसमा हेर्नुहोस कि तपाईको कम्प्युटरको आईपी एड्रेस र डीएनएस सर्वर तल दिइएको नम्बरमा मिल्छ कि मिल्दैन । तल दिइएको नम्बरको सिरिजसँग मिल्यो भने तपाईको कम्प्युटरमा भइरस छ भनेर जान्नुपर्छ ।

यस्तै एप्पल प्रयोग गर्नुहुन्छ भने System Preferences मा जानुहोस् । Network छान्नुहोस् र  Connection Used for internet access मा क्लिक गर्नुहोस् । त्यसपछि Advanced  मा क्लिक गर्नुहोस् र  DNS tab  मा क्लिक गर्नुहोस ।

भाइसर भएको कम्प्युटरको आईपी र डीएनएस सर्वर नम्बर


5.255.112.0 बाट 85.255.127.25
67.210.0.0 बाट 67.210.15.255

93.188.160.0 बाट 93.188.167.255

77.67.83.0 बाट 77.67.83.255

213.109.64.0 बाट 213.109.79.255

64.28.176.0 बाट 64.28.191.255


कम्प्युटरमा भाइस भेटिए के गर्ने

यस खतरनाक भाइरस हटाउने उपाय पनि इन्टरनेटमा नै छ । फ्रि भाइरस स्क्यान एण्ड रिमुबर सफ्टवेयरका लागि http://www.dcwg.org/fix/ मा जान सक्नु हुनेछ । त्यसअघि तपाईले आफ्नो महत्वपूर्ण डाटाहरु भने ब्याकअप राख्न नभुल्नु होला ।

प्रकाशित मिति: Monday, July 09, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses