आज जुलाई ६ तारिख

विश्वभर पशुजन्य रोग विरुद्धको दिवस मनाइँदैछ । यो दिवसलाई जुनोसिस डे पनि भनिन्छ । 

मानिसमा लाग्ने पशुजन्य रोगका बारेमा जनचेतना जगाउने उद्देश्यका साथ यो दिवस मनाउन सुरु गरिएको हो । 

घरपालुवा पशु, दूध र मासु उत्पादन गर्ने पशुमा लाग्ने रोग र यसबाट जोगिन अपनाउनुपर्ने उपायका बारेमा सबैलाई जागरुक गराउने उदेश्यका साथ दिवस मनाइदैँ आइएको छ ।

अव्यवस्स्थित पशुपालन, बधशाला, अप्रशोधित मासुका कारण नेपाल विश्वमै पशुजन्य रोग लाग्ने उच्च जोखिम भएको देशमा पर्छ । 

केन्द्रिय पशु क्वारेनटाईन कार्यालयका अनुसार शहरी क्षेत्रमा कुकुर, बिरालो, खरायो जस्ता पशु पालिने तर सरसफाईमा ध्यान नदिनाले चाडोँ रोग फैलने हुन्छ ।

पशुजन्य रोगको संक्रमण रोक्न सरकारले तल्लो इकाईसम्म सेवा केन्द्रहरु स्थापना गर्न प्रशिक्षण दिने, पशुजन्य रोगका बारेमा जनचेतना जगाउने, पशुचौपायाका लागि खोप उपलब्ध गराउने लगायतका काम भइरहेको जनाएको छ ।

प्रकाशित मिति: Friday, July 06, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses