स्क्रयाच कार्ड प्रयोगगर्दा क्यान्सर


मोबाइल रिचार्ज गर्न लागि हामी स्क्रयाच कार्ड उपयोग गर्छौं । एटिएमको पासवर्डको लागि समेत यस्तै उपाय अपनाउनुपर्ने हुन्छ । तर ध्यान राख्नोस्, त्यस्तो बेला औंलाले स्क्रयाच नगर्नु नै राम्रो । वैज्ञानिकहरूको अनुसार त्यस्तो औंलाले शरीरमा छुँदा क्यान्सरको खतरा हुन्छ ।मेडिकल रिसर्च अथोरिटी अफ अमेरिकाले हालै स्क्रयाच कार्डका विषयमा गरेको अनुसन्धानपछि यो तथ्य अगाडि आएको हो । अध्ययनअनुसार स्क्रयाच कार्डमा सिल्भर नाइट्रोअक्साइडु हुन्छ ।

नङको माध्यमले त्यो शरीरमा पुग्नु जोखिमपूर्ण हुन सक्छ । यो अक्साइडले छालाको क्यान्सरलाई निम्त्याउँछ । नाइट्रिक अक्साइडले शरीरमा बिस्तारै बिस्तारै नोक्सान पुर्‍याउन थाल्छ । टाउको दुखाइ, बान्ता र कमजोरीको रूपमा यसको असर देखिन्छ । मुटुको चाल असामान्य हुने, छाला चिलाउने, मुख सुक्ने, शरीरमा पानीको कमी हुने जस्ता समस्या पनि देखिन थाल्छन् । त्यस्ता व्यक्तिलाई सास फेर्नसमेत असजिलो भएको पाइयो । शरीरमा नाइट्रिक अक्साइड बढी भए त्यसले विषको रूप लिन्छ । रक्तचाप न्यूनतम स्तरमा पुग्छ र व्यक्तिको मृत्यु हुन्छ ।

यसैले अब स्क्रयाच गर्दा विचार पुर्‍याउनुस्, तपाईंको शरीरको कुनै खण्डले यसलाई नछोओस् ।

प्रकाशित मिति: Tuesday, July 10, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses