सुत्ने तरिकाले तपाईंको व्यक्तित्व बताउँछ भन्दा अनौठो लाग्न सक्छ । तर ब्रिटेनका बडी लैग्वेज विशेषज्ञ रोवर्ट फिप्सले गरेको एउटा सर्वेक्षणपछि यस्तो दाबी गरेका हुन् ।
फिप्सले सर्वेक्षणपछि सुत्ने चारवटा सामान्य तरिका पत्ता लगाएका थिए । उनका अनुसार सबैभन्दा सामान्य तरिका भ्रुण जस्तो गोलो भएर सुत्नु हो ।
सर्वेक्षण अनुसार ब्रिटेनमा करिब ५८ प्रतिशत व्यक्ति भ्रुण जस्तै गोलो भएर सुत्छन् । जसमा घुँडा माथितिर उठेको हुन्छ र टाउको तल झुकेको हुन्छ । अध्ययनकर्ताका अनुसार बढी चिन्ता गर्नेहरू यसरी सुत्ने गर्छन् ।
अध्यनकर्ताका अनुसार हामी जति बढी मोडिन्छौं, गोलो हुन्छौं, हामीलाई आराम गर्ने त्यति नै बढी चाहना हुन्छ । सर्वेक्षणले ब्रिटेनमा करिब २८ प्रतिशत व्यक्ति कोल्टो फेरेर सीधा सुत्न चाहन्छन् । यसरी सुत्नुले व्यक्ति अड्डी कस्ने, जिद्दी स्वभावको जनाउँछ ।
यस्तै, करिब २५ प्रतिशत आफ्नो हातलाई अगाडि फैलाएर सुत्छन् । यस्तो व्यक्ति आफ्नो सबैभन्दा बढी आलोचक हुन्छन् र सधैं आफूबाट बढी राम्रो परिणामको चाहना राख्छन् । उनीहरू अझ बढी चुनौतीको सामना गर्ने विचारसँगै बिहान उठ्छन् ।
केही व्यक्ति दुवै हातलाई फैलाएर सुत्छन् भने यस्ता व्यक्तिको जीवनमा उसको नियन्त्रण थोरै मात्र रहन्छ ।
गर्भावस्थामा उत्तानो सुत्नु खतरनाक गर्भावस्थामा पिँठियूको सहाराले उत्तानो सुत्ने महिलामा मृत शिशु जन्माउने खतरा ६ गुणाभन्दा बढी हुने एक अध्ययनले बताएको छ । यसरी सुत्दा मुख्यतः खुट्टादेखि मुटुसम्म प्रवाहित हुने रक्तसञ्चार प्रभावित हुन्छ । अध्ययन अनुसार यस्तो प्रकारले सुत्दा गर्भमा रहेको शिशुसम्म रक्तसञ्चार हुन पाउँदैन ।
सिड्नी स्टिल वर्थ स्टडी अन्तर्गत करिब दुई सय ९५ गर्भवती महिलामा गरिएको अवलोकनपछि उक्त तथ्य पत्ता लागेको हो ।
३० बर्षको उमेरबाट धुमपान छाड्ने महिलाहरु धुमपानबाट हुने सम्पुर्ण रोगहरुबाट खतरामुक्त हुने एक अध्यनले देखाएको छ ।
करिब १० लाख महिलामा गरिएको सर्वेक्षणले यस्तो देखाएको अनुसन्धानमा संलग्न ब्रीटिस्ट लंग्स फाउन्डेसनले गरेको अनुसन्धानले यस्तो देखिएको हो ।
अनुसन्धानले धुमपान नगर्ने महिलाहरुको तुलनामा गर्ने महिलाको मृत्यु एक दशक अघिनै हुने पनि देखाएको छ । त्यस्तै ३० बर्ष अघिसम्म पनि धुमपान गर्ने महिलाहरुको तुलनामा ३० बर्षमा नै छाड्ने महिलाहरु बढि बाँच्ने जनाइएको छ ।
धमपानजन्य पदार्थमा ४ सय मध्ये ८० वटा रसायन क्यान्सर बढाउने खालको हुने हुदा धुमपान बढि गर्ने मानिसको मृत्युमा क्यान्सर एउटा प्रमुख कारण हुने गरेको छ ।
तपाईले तपाईको वजन वा मोटोपनमा कति चिन्ता गर्नुभएको छ, चिन्ता हैन अब चिन्तन गर्नुस् र तपाइको खानपानमा परिबर्तन गर्नुस् । तपाइँले हल्का व्यायाम सँगै सन्तुलित भोजनमा ध्यान दिएमा तपाइँको तौल नियन्त्रण हुन्छ ।
१. च्याउ : च्याउका विभिन्न परिकारको नियमति सेवनले सरीरमा प्रोटिन लगायतका पौष्टिक तत्वको आपूर्ति त गर्छ नै तपाइँको वजन नियन्त्रणमा पनि सघाउ पूराउँछ ।
२. अण्डा : मोटाएर चिन्तामा हुनुहुन्छ र तौल घटाउन चाहनुहुन्छ भने बिहान खाजाको रुपमा अण्डा खानुहोस् । यसले तपाइँको क्यालोरी आवश्यकता पूरा गर्ने मात्र होइन तपाइँको भोक समेत कम गर्नेछ ।
३. स्याउ : स्याउमा क्यालोरीका साथै प्रसस्तै फाइबर समेत हुने भएकाले यसले वजन नियन्त्रणमा सहयोग गर्छ ।
४. तरकारीको सुप : खानासँगै प्रसस्तै तरकारीको झोल खाएमा त्यसले तपाइँले खाने खानाको मात्रा घटाउँछ र वजन नियन्त्रणमा सहयोग पूराउँछ ।
५.जौँ तथा फापरका परिकार खाने गर्नाले पनि वजन नियन्त्रणमा सघाउ पूराउँछ । यसमा हुने कार्बोहाइड्रेटको दहनमा लामो समय लाग्ने भएकाले त्यसबेला सम्म उर्जा उत्पन्न गर्नका लागि सरीरको बोसो उपयोग हुन्छ र तौल नियन्त्रणमा सहयोग पुग्छ ।
६. खाना सँगै रातो पिरो खुर्सानी खाने गर्नाले समेत भोजनको मात्रा घट्छ र वजन घटाउन सहयोग पुग्छ ।
७. बदाम : थोरै परिमाणमा पनि पर्याप्त क्यालोरी प्रदान गर्न तथा भोक घटाउन बदाम उपयोगी हुन्छ, जसले वजन नियन्त्रणमा प्रत्यक्ष सघाउ पूराउँछ ।
आज विश्व गुणस्तर दिवस, "खेर कम, प्रतिफल गुणस्तरवाट अभिवृद्धि" भन्ने नाराका साथ विविध कार्यक्रम गरि नेपालमा पनि मनाईदैछ ।
अन्तराष्ट्रिय गुणस्तर संस्था आई.एस ओको आव्हानमा हरेक वर्ष अक्टुवर १४ तारिखका दिन विश्वभर गुणस्तर दिवस मनाउने गरिन्छ ।
नेपालमा नापतौल विभागको स्थापना भएको वर्ष २०४४ सालदेखी यो दिवस मनाउन थालिएको हो ।
नेपाल गुणस्तर तथा नापतौल विभागले वस्तु तथा सेवाको गुणस्तरीयताप्रति उपभोक्तालाई आश्वस्त तुल्याउन नेपाल गुणस्तर प्रमाण चिन्ह् अंकित गर्ने गरेको छ ।
तर नेपालका प्रयोगशालाहरु अन्तराष्ट्रिय मान्यता प्राप्त नभएका कारण नेपालमा उत्पादीत सामानहरु अन्तराष्ट्रिय वजारमा विक्रि वितरण गर्न समस्या परिरहेको छ ।
नेपालमा १ सय ४४ वटा वस्तुलाई नेपाल गुणस्तर प्रमाण चिन्ह् प्रदान गरिएको छ । विभागले दिवसका अवसरमा राजधानीको बालाजुमा कार्यक्रम गरेको छ ।
आज अक्टोबर १२, बाथरोग दिवस "सुधारका लागि गतिशिलता" भन्ने नारा सहित मनाईको छ । प्रत्येक वर्ष अक्टोबर १२ का दिन विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । शरीरको जोर्नी तथा विभिन्न भागमा दुखिरहने समस्यालाई बाथरोग भनिन्छ ।
बाथ रोग कम गराउन बिरामीहरुले दैनिक कसरत एवं शरीरका अंगहरुलाई चलायमान राख्न चिकित्सकहरुले आग्रह गरेका छन् ।
मुख गन्हाउने अर्थात् सास गन्हाउने समस्याका कारण धेरै मानिस पीडित हुन्छन् । सास गन्हाउने समस्या भएका व्यक्ति अरु व्यक्तिसँग बोल्दा पनि मुख हातले छोपेर बोल्नुपर्ने हुन्छ र ठाडो सिर पारेर बोल्नै गाह्रो हुन्छ । सास गन्हाउने मान्छेको नजिक पर्न अरु मान्छेले पनि रुची देखाउँदैनन् ।
प्रसस्त पानी पिउनु, नियमित दाँत माझ्नु तथा व्यायाम र सन्तुलित भोजन सास गन्हाउन रोक्ने केही उपाय हुन् । तर सास गन्हाइहालेमा तत्कालको लागि दुर्गन्ध आउन नदिन माउथ फ्रेसनरको प्रयोग गर्ने चलन छ ।
तर यस्तो माउथ फ्रेसनरका पनि साइड इफेक्ट हुन्छन् । त्यसै कारण हामीले नकारात्मक असर नपुग्ने गरी सास गन्हाउने समस्यालाई दूर गरी स्वासमा एक प्रकारको खुसबू ल्याउनुपर्छ । यसका लागि यस्ता केही भोजन छन् जसले प्राकृतिक माउथ फ्रेसनरको काम गर्छन् र तपाइँको सास गन्हाउने समस्यालाई दूर गरिदिन्छन् ।
ती हुन्ः
१.सुकमेलः भोजनपछि तपाइँले एक सुकमेलको गेडा खाने बानी बसाल्नुहोस् ।
तपाइँले सास गन्हाउने समस्या हटाउन झण्डै आधा घण्टासम्म एक गेडा सुकमेल मुखमा राखेर विस्तारै चपाइरहन सक्नुहुन्छ ।
२. धनियाको पातः भोजनपछि धनियानको पात चपाउने गर्दा पनि तपाइँको सास फ्रेस हुन्छ र सासको दुर्गन्ध हट्छ ।
३.ल्वाङः वास्तवमा सासलाई स्वच्छ बनाउन वा सुगन्धित पार्न तपाइँ हामी धेरैले ल्वाङ सुकुमेल चपाउने गर्छौँ । ल्वाङ सर्दी भगाउन पनि उपयोगी हुन्छ ।
४. पदिनाको पात पनि प्राकृतिक माउथ फ्रेसनर हो, जुन मुखको दुर्गन्ध हटाउन निकै प्रभावकारी हुन्छ । पदिनाको पातको नियमित सेवन आवश्यक हुन्छ ।
५.सौँफः यो पनि सासको दुर्गन्ध हटाउन निकै कामयावी हुन्छ र लामो समयसम्म काम गर्छ ।
६.अम्बा तथा अनारको नियमित सेवन पनि स्वासलाई स्वच्छ राख्न तथा पाचनप्रणालीलाई नियमित गर्नमा प्रभावकारी हुने बताइएको छ ।