धुमपान गर्ने महिलाको मृत्यु एक दशक अघिनै

३० बर्षको उमेरबाट धुमपान छाड्ने महिलाहरु धुमपानबाट हुने सम्पुर्ण रोगहरुबाट खतरामुक्त हुने एक अध्यनले  देखाएको छ ।

करिब १० लाख महिलामा गरिएको सर्वेक्षणले यस्तो देखाएको अनुसन्धानमा संलग्न ब्रीटिस्ट लंग्स फाउन्डेसनले गरेको अनुसन्धानले यस्तो देखिएको हो ।

अनुसन्धानले धुमपान नगर्ने महिलाहरुको तुलनामा गर्ने महिलाको मृत्यु एक दशक अघिनै हुने पनि देखाएको छ । त्यस्तै ३० बर्ष अघिसम्म पनि धुमपान गर्ने महिलाहरुको तुलनामा ३० बर्षमा नै छाड्ने महिलाहरु बढि बाँच्ने जनाइएको छ ।

धमपानजन्य पदार्थमा ४ सय मध्ये ८० वटा रसायन क्यान्सर बढाउने खालको हुने हुदा धुमपान बढि गर्ने मानिसको मृत्युमा क्यान्सर एउटा प्रमुख कारण हुने गरेको छ ।

प्रकाशित मिति: Saturday, October 27, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses