वजन घटाउने खाद्यवस्तु

तपाईले तपाईको वजन वा मोटोपनमा कति चिन्ता गर्नुभएको छ, चिन्ता हैन अब चिन्तन गर्नुस् र तपाइको खानपानमा परिबर्तन गर्नुस् । तपाइँले हल्का व्यायाम सँगै सन्तुलित भोजनमा ध्यान दिएमा तपाइँको तौल नियन्त्रण हुन्छ । 

वजन घटाउन यी खानेकुरा सहयोगी हुन्छन् :

१. च्याउ : च्याउका विभिन्न परिकारको नियमति सेवनले सरीरमा प्रोटिन लगायतका पौष्टिक तत्वको आपूर्ति त गर्छ नै तपाइँको वजन नियन्त्रणमा पनि सघाउ पूराउँछ ।

२. अण्डा : मोटाएर चिन्तामा हुनुहुन्छ र तौल घटाउन चाहनुहुन्छ भने बिहान खाजाको रुपमा अण्डा खानुहोस् । यसले तपाइँको क्यालोरी आवश्यकता पूरा गर्ने मात्र होइन तपाइँको भोक समेत कम गर्नेछ ।

३. स्याउ : स्याउमा क्यालोरीका साथै प्रसस्तै फाइबर समेत हुने भएकाले यसले वजन नियन्त्रणमा सहयोग गर्छ ।

४. तरकारीको सुप : खानासँगै प्रसस्तै तरकारीको झोल खाएमा त्यसले तपाइँले खाने खानाको मात्रा घटाउँछ र वजन नियन्त्रणमा सहयोग पूराउँछ ।

५.जौँ तथा फापरका परिकार खाने गर्नाले पनि वजन नियन्त्रणमा सघाउ पूराउँछ । यसमा हुने कार्बोहाइड्रेटको दहनमा लामो समय लाग्ने भएकाले त्यसबेला सम्म उर्जा उत्पन्न गर्नका लागि सरीरको बोसो उपयोग हुन्छ र तौल नियन्त्रणमा सहयोग पुग्छ ।

६. खाना सँगै रातो पिरो खुर्सानी खाने गर्नाले समेत भोजनको मात्रा घट्छ र वजन घटाउन सहयोग पुग्छ ।

७. बदाम : थोरै परिमाणमा पनि पर्याप्त क्यालोरी प्रदान गर्न तथा भोक घटाउन बदाम उपयोगी हुन्छ, जसले वजन नियन्त्रणमा प्रत्यक्ष सघाउ पूराउँछ ।

प्रकाशित मिति: Thursday, October 18, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses