नेपालमा पहिलोपटक पानीबाट सर्ने नयाँ रोग फेला परेको छ। उक्त रोग नेपालमा कसरी आयो भन्नेबारेमा अनुसन्धान भइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रय महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार काठमाडौंमा पानीबाट सर्ने लिगिनार्यस डिजिज नामक उक्त रोग दुई जनामा भेटिएको छ। उक्त रोग नेपालमा नभई विदेशमार्फत नेपाल आएका व्यक्तिबाट सरेको हुनसक्ने महाशाखाको अनुमान छ।
रोगका बारेमा थाहा पाउनका लागि पानी परीक्षण गर्नुपर्ने र परीक्षणका लागि पानी विदेश पठाउनुपर्ने भएकाले त्यसको रिपोर्ट आउन करिब एक महिना लाग्ने महाशाखाका निर्देशक चिकित्सक बाबुराम मरासिनीले जनाएका छन् । पहिलोपटक यस्तो रोग देखिएपछि महाशाखाले काठमाडौंका विभिन्न अस्पतालमा सुरक्षा सतर्कता अपनाउन छलफल गर्ने तयारी गरेको छ।
रुघाखोकी लाग्नु, ज्वरो आउनु, सास फेर्न गाह्रो हुनु, पखाला लाग्नु उक्त रोगका लक्षण हुन्। यो रोगका किटानु पानीको थोपाबाट श्वासप्रश्वासको माध्यमले फोक्सोमा पुग्ने चिकित्सकले बताएका छन्। समयमा रोगको उपचार नगरे कडा निमोनिया हुने निर्देशक मरासिनीले बताएका छन् ।
यो रोगबाट बच्न पानी उमालेर मात्र पिउने र अरु प्रयोजनका लागि पनि पानी उमाल्नु पर्ने चिकित्सकको सुझाव छ। एयर कन्डिसनर, पानीका फोका, नुहाउन प्रयोग हुने सावर, पौडी पोखरी, अस्पतालमा बाफ लिन प्रयोग हुने मेसिन आदिबाट रोगका किटाणु सर्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। रासस
कम्प्युटरको दुनियाँमा एउटा नयाँ युगको सुरुवात गर्ने कम्पनीको रुपमा एप्पल कम्पनीलाई मानिन्छ । कम्पनीले आफ्नो प्रविधिको आधारमा कम्प्युटरको दुनियाँमा एउटा भिन्न उद्देश्य हाँसिल गरिसकेको छ ।
कम्पनीको पहिलो कम्प्युटरको विषयमा मानिसहरु कति धेरै उत्साहित छन् भन्ने विषयमा यसको पहिलो कम्प्युटर ३६ करोड रुपैयाँमा बिक्रि भएको कुराले प्रस्ट पार्दछ ।
कम्पनीका संस्थापक स्टीभ जब्सले बनाएको पहिलो कम्प्युटर ‘एप्पल वान’ ३६.५ लाख डलर अर्थात लगभग ३६ करोड रुपैयाँमा बिकेको छ । स्टिभ जब्सको सुरुवाती दिनमा निर्माण भएको उक्त कम्प्युटरको लिलामी न्यूयोर्कमा आयोजित एक कार्यक्रमका बिच गरिएको थिए । अमेरिकाका एक व्यक्तिले सबैभन्दा बढि रकम करिब ३६ करोड तिरेर उक्त ऐतिहासिक कम्प्युटरलाई आफ्नो पोल्टामा पारेका छन् ।
हर्मोन आधारित गर्भ निरोधक औषधीको साइड इफेक्ट हुन थालेमा चिन्ताको विषय बन्ने गर्दछ । हुन त गर्भ निरोधक औषधीको कुनै पनि गम्भीर प्रकारको साइड इफेक्ट त हुँदैन तर यसले महिलाहरुलाई केहि न केहि असर पुर्याइरहेको हुन्छ ।
गर्भवती हुनबाट बचाउने गर्भ निरोधक औषधीको प्रयोग गर्नुभन्दा पहिले आफ्नो डाक्टरसँग यसको विषयमा सल्लाह गर्न नबिर्सिनुहोस् । गर्भ निरोधक औषधी थुप्रै पटक कष्टप्रद हुने गर्दछ किनभने यसले महिनावारी अनियमित बनाउनुका साथै यसको प्रयोगले महिनावारी हुँदा अत्यधिक रक्तश्राव हुने गर्दछ । गर्भनिरोधक औषधीको साइड इफेक्ट निम्न प्रकारका छन्ः
१. टाउको दुखाईः यदि तपाईंले गर्भनिरोधक औषधीको सेवन गर्न सुरु गरिसक्नु भएको छ भने यसलाई लामो समससम्म नलिनुहोला । गर्भनिरोधक औषधीको सबैभन्दा सामान्य साइडइफेक्ट टाउको दुखाई हो । थुप्रै लक्षणहरु उक्त पिल्समा पाइने एस्ट्रोजनको कारणले पनि हुने गर्दछ । यदि तपाईं यसबाट छुटकारा पाउन चाहनुहुन्छ भने यसको विकल्प खोज्न सुरु गर्नुहोस् ।
२. वाकवाकीः गर्भनिरोधक औषधीलाई हर्मोनल बर्थ कन्ट्रोल मेथड मानिन्छ । महिलाहरुलाई ओभ्युलेसनलाई रोक्नका लागि यसमा एस्ट्रोजन र प्रोजेस्टरोन राखिएको हुन्छ । यस्ता पिल्समा भएको हर्मोनका कारण थुप्रै पटक महिलाहरुले दीर्घरोगको पनि सामना गर्नुपर्ने हुन्छ ।
३. असामान्य रक्तश्रावः धेरैजसो महिलाहरु जब पहिलोपटक गर्भनिरोधक औषधी खाने गर्दछन् तब उनीहरुले महिनावारीको दौरान असामान्य रक्तश्रावको सामना गर्नुपर्ने हुन्छ ।
४. स्तनमा दुखाईः जब तपाईं गर्भनिरोधक औषधी खान सुरु गर्नुहुन्छ तब तपाईंको स्तनमा पिडा हुन्छ भने ठूलो पनि हुने गर्दछ । तपाईं क्याफिन अथवा नुनको सेवन अथवा सजिलो खालको ब्रा को प्रयोग गरेर दुखाईलाई कम गर्न सक्नुहुन्छ । जो महिला लामो समयदेखि यस्ता पिल्स खाइरहेका छन्, उनीहरुले डाक्टरको परामर्श लिइरहनुपर्ने हुन्छ । यदि तपाईंको छातीमा दुखाई, उच्च रक्तचाप, स्तन क्यान्सर, सास फेर्दा समस्या, पेटमा अत्यधिक दुखाई भएमा तुरुन्त डाक्टरको सल्लाह लिन आवश्यक छ ।
५. यौन रुचीमा कमीः हुन त यौनसम्पर्कमा अरुची हुने कारण थुप्रै हुन्छन् तर गर्भनिरोधक औषधीमा पाइने हर्मोनले यसको सम्भावनालाई अझ बढाउने गर्दछ । यस्ता साइड इफेक्टको बारेमा पहिले नै जानकार भई यसको प्रयोगमा सावधान रहनुहोला । (एजेन्सी)
तपाईंको नामको पहिलो अक्षरले बताउँछ कि तपाईं कुन प्रकारको व्यक्ति हुनुहुन्छ र तपाईं आफ्नो जिन्दगीमा के–कस्ता कुराको सामना गर्नसक्नुहुन्छ ।
आउनुहोस्, तपाईंको नामको पहिलो अक्षरले के अर्थ दिन्छ, हेरौ ।
A यदि नामको पहिलो अक्षर A बाट सुरु हुन्छ भने यस्ता व्यक्तिहरु आकर्षक हुने गर्दछन् । सम्बन्ध र मायालाई निकै महत्व दिने यिनिहरु रोमान्टिक भने पटक्कै हुँदैनन् । यस्ता व्यक्तिहरु बिस्तारै सफल हुने गर्दछन् र एकचोटी सफलता पाइसकेपछि शीर्ष स्थानमा पुग्ने गर्दछन् ।
B अक्षर भएका मानिसहरु निकै हिम्मती हुने गर्दछन् त्यसकारण यो नामका मानिस सेना वा कुनै जोखिमपूर्ण क्षेत्रमा आफ्नो करियर बनाउने गर्दछन् । यस्ता मानिसहरु निकै रोमान्टिक हुने गर्दछन् । उनीहरुको ‘मूडी’ र बोल्ने स्वभावका कारण उनीहरुलाई मानिसहरु घमण्डी भन्ने गर्दछन् । यस्ता मानिसहरुको धेरै साथी हुँदैनन् र यदि भए भने पनि जीवनभर दिगो भएर बस्ने गर्दछन् ।
C यस्ता व्यक्तिहरु निकै मिलनसार हुने गर्दछन् । यिनिहरुलाई स्पष्ट बोल्न मनपर्दैन र कसैको मन दुखाउन पनि चाँहदैनन् । यिनिहरुलाई मायामा निकै विश्वास लाग्ने गर्दछ । हेर्दा निकै राम्रा हुने यिनीहरु आफ्नो करियरमा निकै सफल हुने गर्दछन् ।
D यी व्यक्तिहरु आफैँ बनेका मानिसमा गनिन्छन् । यिनीहरुमा सरस्वती र लक्ष्मी दुबैको कृपा परेको हुन्छ । यिनिहरुसँग यदि तपाईं बस्नुहुन्छ भने तपाईंले केहि नयाँ कुरा सिक्ने मौका पाउनुहुन्छ । तर आफ्नो जिद्दी प्रकृतिका कारण मानिसहरु यिनीहरुलाई घमण्डी भन्ने गर्दछन् ।
E यस्ता व्यक्तिहरु निकै बोल्ने गर्दछन् र निकै रमाइलो व्यक्तित्वका हुन्छन् । जिन्दगीलाई निकै सजिलो तरिकाले जिउने मन पराउने यिनीहरु धेरै चिन्ता गर्दैनन् । यस्ता व्यक्तिहरुसँग आफूले चाहेको जत्तिकै शिक्षा, व्यवसाय र पैसा हुने गर्दछ । यिनिहरु सधैँ खुसी हुने गर्दछन् ।
F नामको अगाडि यो अक्षर भएका मानिसहरु निकै दयालु हुने गर्दछन् । यिनीहरु आफ्नो सबै काम निकै मन लगाएर गर्ने गर्छन् । यिनिहरु निकै सहयोगी, आकर्षक र रोमान्टिक हुने गर्दछन् ।
G यस्ता मानिसहरु सफा मनका र सिधा बिचारका हुने गर्दछन् त्यसकारण यिनीहरुलाई धेरै मानिसहरुले धोका दिने गर्दछन् । यिनिहरु कहिले पनि आफ्नो गल्ती दोहोराउँदैनन् बरु यसलाई लिएर अगाडि बढ्ने गर्दछन् र यसमा उनीहरु सफल पनि हुने गर्दछन् ।
खास गरेर बच्चाको पेटमा धेरै जुका पाइन्छ । तर कहिलेकाहिँ ठूला मानिसहरुमा पनि यस्ता जुका पर्न सक्छन् । बच्चाको पेटमा जुका पर्यो भने बच्चाले खाएको पौष्टिक आहाराको पोषण तत्व सबै जुकाले खान्छ । बच्चा दुब्लो पातालो र ख्याउरो देखिन्छ ।
जुकाको रोकथाम समयमै गर्न सकिएन भने बच्चाहरुलाई एनिमिया कुपोषण पेटमा अवरोध एलर्जी आदिको रोगको सिकार बन्नुपर्दछ ।
जुका पर्नुको कारण:
नङ टोक्ने बानिले गर्दा, हात नधोईकन खानेकुरा खानाले ।भुईमा झरेको खानेकुरा खानाले ।काँचो मासु खानाले ।धेरै पाकेको केरा वा गुलियो पदार्थ धेरै खानाले ।फलफूलमा आरु खानाले पनि जुका पर्न सक्दछ ।
जुका परेको कसरी थाहा पाउने:
रोगी दुब्लो पातलो हुनु ।अनुहार पहेँलो देखिनु । बारम्बार नाक र गुदद्वार चिलाउनु । रोगीको आँखामुनि कालो घेरो पर्नु ।धेरै भोक लाग्ने, पेट ठूलो हुनु ।निन्द्रामा दाँत किटकिटाउनु ।ओछ्यानमा पिसाब फेर्नु, पिसाब सेतो भएर जम्नु ।सानो–सानो भुरामा जिद्धी बन्नु, रुनु कराउनु ।
जुका पर्नुको कारण:
नङ टोक्ने बानिले गर्दा, हात नधोईकन खानेकुरा खानाले ।भुईमा झरेको खानेकुरा खानाले ।काँचो मासु खानाले ।धेरै पाकेको केरा वा गुलियो पदार्थ धेरै खानाले ।फलफूलमा आरु खानाले पनि जुका पर्न सक्दछ ।
जुका परेको कसरी थाहा पाउने:
रोगी दुब्लो पातलो हुनु ।अनुहार पहेँलो देखिनु । बारम्बार नाक र गुदद्वार चिलाउनु । रोगीको आँखामुनि कालो घेरो पर्नु ।धेरै भोक लाग्ने, पेट ठूलो हुनु ।निन्द्रामा दाँत किटकिटाउनु ।ओछ्यानमा पिसाब फेर्नु, पिसाब सेतो भएर जम्नु ।सानो–सानो भुरामा जिद्धी बन्नु, रुनु कराउनु ।
यहाँ कागतीको रस र तातो पानीको फाइदाबारे चर्चा गरिएको छ ।
तपाईको जानकारीका लागि:
१ पाचन प्रणालीमा सुधार: तातो पानीमा कागती मिलाएर विहानको समयमा पिउँदा यसले हाम्रो पाचन प्रणालीलाई स्वस्थ राख्छ ।
२ मुटुको सुरक्षा: यसमा हुने तत्वले पाचन प्रणाली मात्र नभएर मुटुलाई समेत स्वस्थ राख्छ ।
३ कलेजोलाई सफा पार्छ: कागती हालेको तातो पानीले कलेजो स्वस्थ राख्छ । यसले गर्दा इन्जाइमको काम पनि प्रभावकारी हुन्छ । कलेजोमा जम्मा हुने विकार सफा गर्न कागती पानी निक्कै राम्रो मानिन्छ ।
४ रक्तचाप सन्तुलित राख्छ: कागती हालेको तातो पानीले रक्त चाप पनि सन्तुलित राख्छ । यसमा हुने सिट्रिक एसिडले शरीरमा पसिना निकाल्न सहयोग गर्छ जसबाट विकार शरीर
बाहिर निस्किन्छ । त्यसैगरी शरीरमा
क्याल्सियम कार्वोनेट बनाउँछ र अन्य शक्तिशाली रसायनलाई विस्थापित गर्छ । यसरी रक्त चाप सन्तुलित राख्छ ।
क्याल्सियम कार्वोनेट बनाउँछ र अन्य शक्तिशाली रसायनलाई विस्थापित गर्छ । यसरी रक्त चाप सन्तुलित राख्छ ।
५ रोगसँग लड्ने क्षमता बढाउँछ: कागती हालेको पानीले हाम्रो शरीरमा रोगसँग लड्न सक्ने क्षमता विस्तार गर्छ । यसमा हुने भिटामिन सी ले चिसोबाट पनि बचाउँछ र शरीरका कोषहरुलाई बलियो तुल्याउँछ ।
६ त्वचालाई जवान राख्छ: कागतीमा हुने भिटामिन सीले त्वचालाई जवान राख्छ भने मरेको छालाका कोषहरुलाई बाहिर फाल्न पनि सहयोग गर्छ । कागती हालेको तानो पानी छालामा लगाउँदा समेत फाइदा गर्छ ।
७ श्वास प्रश्वासका विरामीलाई राम्रो: कागती हालेको पानीले श्वासप्रश्वासमा समस्या हुनेलाई राम्रो गर्छ । यसले ब्याक्टेरियादेखि बचाउँछ ।
८ वजन घटाउन उपयोगी: दिनमा एक गिलास कागती हालेको पानी पिउँदा तपाइँको मोटोपन नियन्त्रणमा आउँछ ।
एपेन्डिक्स भनेको मासंपेसीले बनेको करिव पाँचदेखि दस से.मी. लम्बाइको एउटा पाइपजस्तो तन्तु हो जसको व्यास दुईदेखि चार मिलिमिटर मात्र हुन्छ । यो दाहिने कोखाभन्दा अलिकति तल रहने यो एपेन्डिक्स कुनै पनि कारणले सुन्निन गएमा त्यसलाई एपेन्डिसाइटिस भनिन्छ । यसको एकातिरको मुख बन्द हुन्छ र अर्को तिरको मुख ठूलो आन्द्रा र सानो आन्द्रा जोडिने ठाउँमा ठूलो आन्द्रासँग जोडिएर रहेको हुन्छ । यो बिरामीका लागि एक आपत्कालीन अवस्था हो समयमै रोग ठम्याउन सकिएन र तुुरुन्त उपचार सुरु गरिएन भने यसले बिरामीलाई चिन्ताजनक अवस्थामा पनि पुर्याउन सक्छ ।
एपेन्डिसाइटिस हुन सक्ने कारणस् खानामा फाइबरको कमी भएमा केही भाइरसको सङ्क्रमणले गर्दा एपेन्डिक्सको कोष सुन्निन्छन् र यसरी सुन्निएको कोषमा ब्याक्टेरियाजस्तै अक्सयुरियस भरमिकुलारिस, ई कोलाई इन्टेरोकोकाई आदिले गएर थप सङ्क्रमण गराउदँछन् अनि एपेन्डिसाइटिस हुन्छ । एपेन्डिक्स ठूलो आन्द्रासँग सीधै जोडिएको हुनाले कहिलेकाँही ठूलो आन्द्रामा गाँठो पर्दा वा बटारिँदा आन्द्रामा रहेको दिशा फर्केर आई एपेन्डिक्समा पसेर एपेन्डिक्सको सङ्क्रमण गराउन सक्दछ । एपेन्डिक्समा जुका आएर पनि एपेन्डिसाइटिस गराउन सक्दछन् जुन प्रमुख कारणमध्ये एक हो । कब्जियतका बिरामीले दिशा खुुकुलो बनाउने औषधिको अत्यधिक प्रयोग गरेमा पनि एमेन्डिसाइटिस हुन सक्छ ।
यस्ता कुनै पनि कारणले गर्दा एपेन्डिक्सको मुख बन्द भएमा त्यसभित्र रहेका जमेका फोहोरको कारणले गर्दा त्यहाँको चापमा वृद्धि हुन जान्छ । चापमा भएको बृद्धिले गर्दा एपेन्डिक्सको रक्त सञ्चारमा कमी आउँदछ । रगतको प्रवाह नै कम भएपछि एपेन्डिक्सका कोष झन् ठूलो हुँदै आफ्नो आकारमा वृद्धि गर्न थाल्दछन् । जसले गर्दा रगत प्रवाह गर्ने नलीमा क्षति पुग्न गई पूरै रक्त सञ्चार बन्द हुन्छ र एपेन्डिक्सका कोषमा घाउ लाग्दछ अनि विस्तारै कुहिन सुरु गर्दछन् ।
सुरुमा नाइटोको वरिपरि दुख्न सुरु गर्छ । दुखाइ विस्तारै सर्दै गएर एक(दुई घण्टाको फरकमै कम्मरको दाहिने पट्टीतिर पुग्दछ । विस्तारै पाँच(छ घण्टामा पेट पूरै दुख्न थाल्छ र पछि गएर नाइटोदेखि मुनि कम्मरको दाहिनेतिर कोखामा र कोखाभन्दा मुनि छुदैमा पनि दुख्ने हुन्छ । जति समय बित्दै गयो त्यति नै दुखाइको मात्रा बढ्दै जान्छ ।
वाक्वाकी लाग्ने, वान्ता आउने हुन्छ । ज्वरो सुरुमा हलुका आउँछ र पछि बढेर जान्छ ।मुटुको धड्कनको गति बढ्छ ।सास गन्हाउन थाल्छ ।सुन्निएको एपेन्डिक्सले पिसावको थैलीमा तनाव उत्पन्न गर्ने भएकाले छिटोछिटो र छोटो छोटो पिसाव आउँछ ।
एपेन्डिसाइटिस भएको बिरामीहरूमा देखिने लक्षणहरु
१ देब्रे कोखामा थिच्दा पनि दाहिने कोखा र त्योभन्दा तलतिर दुख्छ । यसलाई च्यखकष्लन कष्नल भनिन्छ ।
२ सुतिरहेको बिरामीले घुँडा नखुम्चाइकन खुट्टा उचाल्दा दाहिने कोखा र त्योभन्दा तलतिर दुखाइको अनुभव हुन्छ । यसलाई द्यबमिधष्लनुक तभकत भनिन्छ ।
३ दाहिने खुट्टालाई नखुम्चाइकन पछाडि लग्दा दाहिने कोखा र त्योभन्दा मुनि दख्छ । यसलाई ऋयउभुक एकयबक तभकत भनिन्छ । यी माथि उल्लेख गरिएका विधिहरूद्वारा एपेन्डिसाइटिस भएको हो कि होइन भनेर छुटट्याउन मद्दत मिल्दछ ।
उपचार ( शल्यक्रिया गरेर एपेन्डिक्सलाई निकाल्नेबाहेक यसको अर्को विकल्प छैन । एपेन्डिसाइटिसको समयमै उपचार गरिएन भने यसले हाम्रो पेटमा रहेको आमाशय सानो आन्द्रा र ठूलो आन्द्रालगायतलाई ढाकेर राख्ने तन्तुको एक तह जसलाई पेरिटोनियम भनिन्छ, त्यसलाई फुटाइदिन सक्छ । यदि त्यस्तो भएमा सङ्क्रमण शरीरभरि फैलिएर अवस्था चिन्ताजनक पनि बनाउन सक्छ ।
तर शल्यक्रियाको पनि आफ्नै समस्या छन् । ठूलो आन्द्राको प्यारालाइसिस हुन सक्छ । जसले गर्दा खाना नपच्ने समस्या हुन्छ । त्यस्तै, सिलाइएको टाका नमिलेर र राम्ररी नकस्सिएर रक्तस्रावको पनि सम्भावना रहन्छ । शरीरमा कुनै प्रभावी काम नभएको र जुनसुकै उमेरमा अनि जुनसुकै समयमा पनि एपेन्डिक्सले दुःख दिने भएकाले अरू कुनै समस्याको कारणले गर्दा पेटको शल्यक्रिया गर्नु परेको छ भने धेरै शल्यचिकित्सकले बिरामी वा आफन्तको अनुमति लिएर एपेन्डिक्सलाई फालिदिने गरेका छन् ।रासस