कागतीको रस तातो पानीसंग मिलाएर पिउँदाको फाइदा
यहाँ कागतीको रस र तातो पानीको फाइदाबारे चर्चा गरिएको छ ।
तपाईको जानकारीका लागि:
१ पाचन प्रणालीमा सुधार: तातो पानीमा कागती मिलाएर विहानको समयमा पिउँदा यसले हाम्रो पाचन प्रणालीलाई स्वस्थ राख्छ ।
२ मुटुको सुरक्षा: यसमा हुने तत्वले पाचन प्रणाली मात्र नभएर मुटुलाई समेत स्वस्थ राख्छ ।
३ कलेजोलाई सफा पार्छ: कागती हालेको तातो पानीले कलेजो स्वस्थ राख्छ । यसले गर्दा इन्जाइमको काम पनि प्रभावकारी हुन्छ । कलेजोमा जम्मा हुने विकार सफा गर्न कागती पानी निक्कै राम्रो मानिन्छ ।
४ रक्तचाप सन्तुलित राख्छ: कागती हालेको तातो पानीले रक्त चाप पनि सन्तुलित राख्छ । यसमा हुने सिट्रिक एसिडले शरीरमा पसिना निकाल्न सहयोग गर्छ जसबाट विकार शरीर
बाहिर निस्किन्छ । त्यसैगरी शरीरमा
क्याल्सियम कार्वोनेट बनाउँछ र अन्य शक्तिशाली रसायनलाई विस्थापित गर्छ । यसरी रक्त चाप सन्तुलित राख्छ ।
क्याल्सियम कार्वोनेट बनाउँछ र अन्य शक्तिशाली रसायनलाई विस्थापित गर्छ । यसरी रक्त चाप सन्तुलित राख्छ ।
५ रोगसँग लड्ने क्षमता बढाउँछ: कागती हालेको पानीले हाम्रो शरीरमा रोगसँग लड्न सक्ने क्षमता विस्तार गर्छ । यसमा हुने भिटामिन सी ले चिसोबाट पनि बचाउँछ र शरीरका कोषहरुलाई बलियो तुल्याउँछ ।
६ त्वचालाई जवान राख्छ: कागतीमा हुने भिटामिन सीले त्वचालाई जवान राख्छ भने मरेको छालाका कोषहरुलाई बाहिर फाल्न पनि सहयोग गर्छ । कागती हालेको तानो पानी छालामा लगाउँदा समेत फाइदा गर्छ ।
७ श्वास प्रश्वासका विरामीलाई राम्रो: कागती हालेको पानीले श्वासप्रश्वासमा समस्या हुनेलाई राम्रो गर्छ । यसले ब्याक्टेरियादेखि बचाउँछ ।
८ वजन घटाउन उपयोगी: दिनमा एक गिलास कागती हालेको पानी पिउँदा तपाइँको मोटोपन नियन्त्रणमा आउँछ ।
प्रकाशित मिति:
Monday, December 15, 2014
0 comments
Write Down Your Responses