जुका पर्नुको कारण र थाहा पाउने उपाय

खास गरेर बच्चाको पेटमा धेरै जुका पाइन्छ । तर कहिलेकाहिँ ठूला मानिसहरुमा पनि यस्ता जुका पर्न सक्छन् । बच्चाको पेटमा जुका पर्यो भने बच्चाले खाएको पौष्टिक आहाराको पोषण तत्व सबै जुकाले खान्छ । बच्चा दुब्लो पातालो र ख्याउरो देखिन्छ ।
जुकाको रोकथाम समयमै गर्न सकिएन भने बच्चाहरुलाई एनिमिया कुपोषण पेटमा अवरोध एलर्जी आदिको रोगको सिकार बन्नुपर्दछ ।

जुका पर्नुको कारण:
नङ टोक्ने बानिले गर्दा, हात नधोईकन खानेकुरा खानाले ।भुईमा झरेको खानेकुरा खानाले ।काँचो मासु खानाले ।धेरै पाकेको केरा वा गुलियो पदार्थ धेरै खानाले ।फलफूलमा आरु खानाले पनि जुका पर्न सक्दछ ।

जुका परेको कसरी थाहा पाउने:
रोगी दुब्लो पातलो हुनु ।अनुहार पहेँलो देखिनु । बारम्बार नाक र गुदद्वार चिलाउनु । रोगीको आँखामुनि कालो घेरो पर्नु ।धेरै भोक लाग्ने, पेट ठूलो हुनु ।निन्द्रामा दाँत किटकिटाउनु ।ओछ्यानमा पिसाब फेर्नु, पिसाब सेतो भएर जम्नु ।सानो–सानो भुरामा जिद्धी बन्नु, रुनु कराउनु ।

प्रकाशित मिति: Monday, December 15, 2014

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses