ONline-
विश्वमा यहीँ वर्ष भित्रैमा मोबाइल फोनको संख्या मान्छेको संख्या भन्दा बढि हुँदैछ । नेटवर्क कम्पनी सिस्कोले गरेको अध्ययनले यो वर्ष सन् २०१२ मै विश्वमा मोबाइल फोनको संख्या जनसंख्या भन्दा बढि हुने देखाएको हो । अहिले विश्वको जनसंख्या ७ अर्ब रहेकोमा मोबाइलको संख्या ६ अर्ब भन्दा बढि भैसकेको छ । सिस्कोका अनुसार विश्वमा सन् २०१६ सम्ममा मोबाइलको संख्या १० अर्ब नाघ्नेछ ।
वैज्ञानिकहरुले आवश्यकता भन्दा धेरै क्यालोरीयुक्त भोजन गर्ने मानिसहरुको मगज भुत्ते हुने तथ्य पत्ता लगाएका छन् । अमेरिकी अनुसन्धानकर्ताहरुले बढि क्यालोरीयुक्त खाना खाने व्यक्तिहरुको स्मरण शक्ति कम हुने तथ्य पत्ता लगाएका हुन् ।
मायो क्लिनिकका वैज्ञानिकहरुले १२ सय ३३ जनामा गरेको अध्ययनले यस्तो देखाएको हो ।
भ्यालेन्टाइन डे मा मायालुको खोजी गरिरहेकाहरु होसियार । तपाइँ अनलाइनमा चिनजानको आधारमा कसैलाई प्रेम गर्न थाल्नुभएको छ भनेपनि एकचोटी गम्भिर भएर सोँच्नुहोला ।
अनलाइनमार्फत तपाइँसँग मायाँ गाँस्न खोज्ने वा गाँसेको मान्छे ठग हुनसक्छ र त्यसले तपाइँलाई सके ठगी र नसके लाजमर्दो बनाएर छाड्नेछ ।
अनलाइन ठगीको विषयमा अध्ययन अनुसन्धान गर्ने तथा त्यसबारेमा जनचेतना जगाउनमा सक्रिय एक अमेरिकी कम्पनीले गरेको अध्ययनले पछिल्लो एक वर्षमा अनलाइन डेटिङमा ठगीको प्रकरणमा डेढ सय प्रतिशतले वृद्धि भएको छ । इओभेसन नामको उक्त कम्पनीले विश्वका विभिन्न देशमा गरेको अध्ययनले यस्तो देखाएको हो ।
पछिल्लो समयमा सूचनाप्रविधिको तिब्र विकाशसँगै अनलाइन मार्फत जोडी मिलाइदिने भन्दै विभिन्न इन्टरनेट साइटहरु खुलेका र त्यस्ता साइटहरुले समेत ठगी गर्ने गरेका कम्पनीले जनाएको छ । त्यस्ता साइटहरुले विभिन्न उपायबाट प्रेमको लोभ देखाएर सर्वसाधारणलाई ठग्ने गरेको वा आफ्नो व्यापार बढाउने गरेको बताइएको छ । विभिन्न सामाजिक संजालमार्फत झुटो विवरण सहित आफुलाई प्रस्तुत गरी ठगी गर्ने तथा जोडी जुराइदिने भन्दै खोलिएका विभिन्न साइटको सहयोगमा समेत अनलाइन डेटिङको माध्यमबाट ठगी गर्ने क्रम बढेको इओभेसनको भनाइ छ ।
वास्तवमा अनलाइनमार्फत हुने गलत क्रियाकलाप र ठगीका घटना नेपालमा पनि बढिरहेका छन् ।
अनलाइनमा भेट हुने विपरित लिंगीप्रति विश्वास गर्नेहरुले धेरैपटक धोका खाएका र कहिलेकाहीँ त बिल्लीबाँठ समेत भएका उदाहरण हाम्रो सामु छन् । त्यसैले इन्टरनेटमा भेटेको भरमा कुरो अगाडि बढाइहाल्न उचित हुँदैन ।
केही समयअघि अमेरिकी मनोविज्ञहरुले गरेको एक अध्ययनले सूचनाप्रविधिको सहायताले हुने प्रेममा धेरै कुरा लुकाइने भएकाले टिकाउ नहुने निष्कर्ष निकाल्दै प्रेमको लागि प्रत्यक्ष नजर जुधाउने परम्परा राम्रो हुने बताएका छन् ।
विज्ञहरुको यो निष्कर्ष अहिलेको प्रविधिप्रेमी पुस्ताले पनि मनन गर्नैपर्ने देखिन्छ । अरु कुरामा प्रविधिमा भर परेपनि प्रेमको मामिलामा भने पहिलो प्राथमिकता आफ्नै आँखालाई दिनुहोस् वेबक्याम र फेसबुकको फोटोलाई भन्दा भन्छु म त.....
Anyway मेरो तर्फबाट आजै HppY Valentine Day To all of U !!
Make Sure That In Search Of A Perfect Person
You Don't Loose A True One,
Because
Perfection Is Fantasy
&
Truth Is Reality!!!
प्रकाशितः फागुन २,२०६८
नेपाल टेलिकमले देशका सबै गाउँ विकास समितिमा वाइफाई इन्टरनेट सेवा पुर्याउने प्रविधि ल्याउने भएको छ । यसका लागि टेलिकमले सुरु गरेको वाइम्याक्स प्रविधि विस्तारको जिम्मा अमेरिकी कम्पनी एयरस्पानले पाएको छ । कम्पनीका अनुसार सन् २०१२ भित्र मुलुकका ३ हजार ९ सय १५ वटै गाविसमा सेवा पुर्याउने यस आयोजनाको पूर्वाधार निर्माणको जिम्मा एयरस्पानलाई दिने निर्णय भएको हो ।
एयरस्पान वायरलेस ब्रोडव्यान्ड सेवा र सोलुसनमा काम गर्ने कम्पनी हो । टेलिकमका अनुसार विभिन्न चार कम्पनीको आवेदनमध्येबाट उत्कृष्ट भएकाले एयरस्पान छनोटमा परेको हो । यस आयोजनाका लागि चिनियाँ कम्पनी जेडटिई र हुवाईका साथै भारतीय कम्पनी प्वाइन्ट रेडले आवेदन दिएका थिए ।
'आवेदन दिनेमध्येबाट उत्कृष्ट एयरस्पानसँग छिट्टै आयोजनाको सम्झौतापत्रमा हस्ताक्षर गर्दैछ । यसको लागत ७८ करोड रुपैयाँ छ । वाइम्याक्स उच्च गतिको इन्टरनेट सेवा दिने चौथो पुस्ता (फोरजी) को प्रविधि हो । यस योजनाअन्तर्गत टेलिकमले पूर्व र पश्चिम गरी दुई भागमा बाँडेर काम गर्नेछ । पश्चिम भागमा १ हजार ९ सय २३ गाविस र २४ नगरपालिकामा सेवा पुर्याउने गरी नेटवर्क निर्माण गरिनेछ । यस्तै पूर्वी भागको काम २ हजार ९२ गाविस र ३४ वटा नगरपालिकाका लागि नेटवर्क निर्माण गरिनेछ ।
यस प्रविधिबाट भ्याइस सेवा दिनसमेत सकिने भएपछि टेलिकमले भने डाटा सेवालाई प्राथमिकतामा राखेर आयोजना अगाडि बढाउन लागेको छ । यसबाट कम्तीमा पनि २ सय ५६ केविपिएसको डाउनलिंक र अपलिंक क्षमताको सेवा दिने टेलिकमले जनाएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयमा रहेको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले टेलिकमलाई ३० मेगाहर्ज वाइम्याक्स फ्रीक्वेन्सी दिने निर्णय गरेपछि कम्पनीले यो प्रविधि भित्र्याउन लागेको हो । सरकार निजी कम्पनीलाई बढाबढमा दिने निर्णय गरे पनि सरकारी भन्दै टेलिकमलाई भने त्यही बेला सोझै दिने निर्णय गरेको थियो ।
समितिले निजी दूरसञ्चार कम्पनी र इन्टरनेट सेवा प्रदायक कम्पनीलाई पनि वाइम्याक्स फ्रिक्वेन्सी दिने योजना बनाएको थियो । प्रतिमेगाहर्जको ४ लाख रुपैयाँ निर्धारण गरी बढाबढमा वाइम्याक्स फ्रिक्वेन्सी दिने समितिले निर्णय गरेको छ ।
'लिलाम बढावढमा वाइम्याक्स फ्रिक्वेन्सी विक्री गर्न सञ्चार मन्त्रालयबाट सहमति लिन खोजिरहेका छौं,' प्राधिकरणका अध्यक्ष भेषराज कँडेलले भने । उहाका अनुसार मन्त्रालयबाट सहमति पाउनेबित्तिकै निजी सेवा प्रदायकका लागि बढाबढमा फ्रिक्वेन्सी वितरणको काम सुरु गरिहाल्ने छ । प्राधिकरणले दुई कम्पनीलाई ३०/३० मेगाहर्जका दरमा फ्रिक्वेन्सी दिने तयारी गरेको छ ।
सञ्चार मन्त्रालयका एक अधिकारीले सार्वजनिक लेखा समितिले फ्रिक्वेन्सी बाँडफाँडमा नयाँ व्यवस्था गर्न भनेकाले बढाबढका लागि सहमति नदिइएको हो । 'प्राधिकरणले बाइम्याक्स फ्रिक्वेन्सी पाइसकेको छ,' ती अधिकारीले भने, 'लेखाको निर्देशनपछि वितरणमा अझै ढिलाइ हुने देखिन्छ ।'
If Your asking if I’ll Leave U the answer is Never
If Your asking what I value the Answer is U
if Your asking if I love U the answer is I do.