मोबाइलको संख्या मान्छेको भन्दा बढि हुने


ONline-
विश्वमा यहीँ वर्ष भित्रैमा मोबाइल फोनको संख्या मान्छेको संख्या भन्दा बढि हुँदैछ । नेटवर्क कम्पनी सिस्कोले गरेको अध्ययनले यो वर्ष सन् २०१२ मै विश्वमा मोबाइल फोनको संख्या जनसंख्या भन्दा बढि हुने देखाएको हो । अहिले विश्वको जनसंख्या ७ अर्ब रहेकोमा मोबाइलको संख्या ६ अर्ब भन्दा बढि भैसकेको छ । सिस्कोका अनुसार विश्वमा सन् २०१६ सम्ममा मोबाइलको संख्या १० अर्ब नाघ्नेछ ।

सिस्कोका अनुसार त्यो समयसम्ममा मोबाइल नेटवर्कमा हरेक वर्ष १३० हेक्साबाइट्स डाटा हुनेछन् । यो डाटा यति ठूलो परिमाण हो की यदि यी सबै डाटालाई डिभीडीमा संग्रहित गर्न चाहेमा ३३ अरब डिभिडीको आवश्यकता पर्नेछ ।
अध्ययनले पछिल्लो समयमा मोबाइलमार्फत डाटा आदानप्रदान तथा प्रयोग र संग्रहको क्रम निकै बढेको र डाटाको प्रयोग बढ्नु मोबाइल कम्पनीहरुका लागि टाउको दुखाइको विषय बनेको निष्कर्ष निकालेको छ । अहिले स्मार्टफोनका उपभोक्ताले औषतमा १५० मेगाबाइट्स डाटा उपयोग गरिरहेको र सन् २०१६ सम्ममा यो आँकडा २.६ गिगाबाइट्स पुग्ने सिस्कोको भनाइ छ ।
१६ सम्ममा ६० प्रतिशत मोबाइल प्रयोगकर्ताले एक महिनामा कम्तिमा १ गिगाबाइट डाटा प्रयोग गर्ने अनुमान गरिएको छ । डाटा लोड बढ्नुको मुख्य कारण भिडियो डाटाको प्रयोग बढ्नु रहेको भन्दै सिस्कोले लोड बढेसँगै नेटर्वकको क्षमता विस्तारमा ध्यान दिइनुपर्ने बताएको छ । 

प्रकाशित मिति: Monday, February 20, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses