धेरै खाए स्मरण शक्ति कम हुने


वैज्ञानिकहरुले आवश्यकता भन्दा धेरै क्यालोरीयुक्त भोजन गर्ने मानिसहरुको मगज भुत्ते हुने तथ्य पत्ता लगाएका छन् । अमेरिकी अनुसन्धानकर्ताहरुले बढि क्यालोरीयुक्त खाना खाने व्यक्तिहरुको स्मरण शक्ति कम हुने तथ्य पत्ता लगाएका हुन् ।
मायो क्लिनिकका वैज्ञानिकहरुले १२ सय ३३ जनामा गरेको अध्ययनले यस्तो देखाएको हो ।
परिक्षणका क्रममा उनीहरुले ती मानिसहरुलाई ३ समूहमा विभाजन गरी एउटा समूहकालाई कम क्यालोरी भएको, अर्को समूहकालाई मध्यम कालोरी भएको र तेश्रो समूहकालाई बढि क्यालोरी भएको खाना खान दिए ।
केही हप्तासम्म यसरी भोजन गराएपछि उनीहरुले उनीहरुको मस्तिष्कको परीक्षण गर्दा बढि क्यालोरी दिइएका मान्छेहरुमा स्मरण शक्ति ह्रास भएको पाइयो । अनुसन्धानकर्ताहरुले क्यालोरीको खपत र स्मरणशक्तिबीचको तुलनात्मक अध्ययन गरी प्राप्त नतिजा सहितको प्रतिवेदन अमेरिकी एकेडेमी अफ न्युरोलोजीको वाषिर्क बैठकमा प्रस्तुत गरेका छन् ।
तेसकारण शरिरलाई आवश्यक पर्ने मात्र खाना खाएर स्मरणशत्तिको बचत गर्न सिकौ

प्रकाशित मिति: Thursday, February 16, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses