भ्यालेन्टाइन डे मा मायालुको खोजी

भ्यालेन्टाइन डे मा मायालुको खोजी गरिरहेकाहरु होसियार । तपाइँ अनलाइनमा चिनजानको आधारमा कसैलाई प्रेम गर्न थाल्नुभएको छ भनेपनि एकचोटी गम्भिर भएर सोँच्नुहोला । 


अनलाइनमार्फत तपाइँसँग मायाँ गाँस्न खोज्ने वा गाँसेको मान्छे ठग हुनसक्छ र त्यसले तपाइँलाई सके ठगी र नसके लाजमर्दो बनाएर छाड्नेछ ।



अनलाइन ठगीको विषयमा अध्ययन अनुसन्धान गर्ने तथा त्यसबारेमा जनचेतना जगाउनमा सक्रिय एक अमेरिकी कम्पनीले गरेको अध्ययनले पछिल्लो एक वर्षमा अनलाइन डेटिङमा ठगीको प्रकरणमा डेढ सय प्रतिशतले वृद्धि भएको छ । इओभेसन नामको उक्त कम्पनीले विश्वका विभिन्न देशमा गरेको अध्ययनले यस्तो देखाएको हो ।


पछिल्लो समयमा सूचनाप्रविधिको तिब्र विकाशसँगै अनलाइन मार्फत जोडी मिलाइदिने भन्दै विभिन्न इन्टरनेट साइटहरु खुलेका र त्यस्ता साइटहरुले समेत ठगी गर्ने गरेका कम्पनीले जनाएको छ । त्यस्ता साइटहरुले विभिन्न उपायबाट प्रेमको लोभ देखाएर सर्वसाधारणलाई ठग्ने गरेको वा आफ्नो व्यापार बढाउने गरेको बताइएको छ । विभिन्न सामाजिक संजालमार्फत झुटो विवरण सहित आफुलाई प्रस्तुत गरी ठगी गर्ने तथा जोडी जुराइदिने भन्दै खोलिएका विभिन्न साइटको सहयोगमा समेत अनलाइन डेटिङको माध्यमबाट ठगी गर्ने क्रम बढेको इओभेसनको भनाइ छ । वास्तवमा अनलाइनमार्फत हुने गलत क्रियाकलाप र ठगीका घटना नेपालमा पनि बढिरहेका छन् । 

अनलाइनमा भेट हुने विपरित लिंगीप्रति विश्वास गर्नेहरुले धेरैपटक धोका खाएका र कहिलेकाहीँ त बिल्लीबाँठ समेत भएका उदाहरण हाम्रो सामु छन् । त्यसैले इन्टरनेटमा भेटेको भरमा कुरो अगाडि बढाइहाल्न उचित हुँदैन । केही समयअघि अमेरिकी मनोविज्ञहरुले गरेको एक अध्ययनले सूचनाप्रविधिको सहायताले हुने प्रेममा धेरै कुरा लुकाइने भएकाले टिकाउ नहुने निष्कर्ष निकाल्दै प्रेमको लागि प्रत्यक्ष नजर जुधाउने परम्परा राम्रो हुने बताएका छन् ।

 विज्ञहरुको यो निष्कर्ष अहिलेको प्रविधिप्रेमी पुस्ताले पनि मनन गर्नैपर्ने देखिन्छ । अरु कुरामा प्रविधिमा भर परेपनि प्रेमको मामिलामा भने पहिलो प्राथमिकता आफ्नै आँखालाई दिनुहोस् वेबक्याम र फेसबुकको फोटोलाई भन्दा भन्छु म त.....


Anyway मेरो तर्फबाट आजै HppY Valentine Day To all of U !!



Make Sure That In Search Of A Perfect Person


You Don't Loose A True One,
Because
Perfection Is Fantasy
&
Truth Is Reality!!!


प्रकाशितः फागुन २,२०६८

प्रकाशित मिति: Tuesday, February 14, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses