- डा. दिना श्रेष्ठ,
यो शरीरको आफ्नै कारण (अटो इम्युन) ले हुने रोग हो । यसमा शरीरले एन्टिबडी बनाएर थाइराइडलाई काम गर्न दिँदैन । अथवा बढी काम गर्न दिँदैन ।
रोगको अनुपात हेर्दा १० जना महिलामा देखिएमा एक जना पुरुषमा देखिन्छ । महिलामा रोग प्रतिरोधात्मक क्षमतामा हुने गडबडीले यो रोग बढी भएको हो । बालबालिकामा वंशाणुगत कारणले हाइपो थाइरोडिज्म् रोग लाग्नसक्छ । यसले सबैभन्दा बढी प्रभाव बालबालिकामा पार्छ । यो रोग लागेमा बालबालिकाको दिमागको बृद्धिविकास रोकिन जान्छ र उनीहरु सुस्त मनस्थितिका हुन पुग्छन् । यदि महिलालाई गर्भावस्था वा सो भन्दा अघि थाइराइडको समस्या भएमा बच्चामा सर्ने जोखिम बढी हुन्छ । त्यसैले जन्मेको एक हप्ताभित्र बच्चाको थाइराइड परीक्षण गराउनु पर्छ । अर्को कुरा १३ देखि १४ बर्षका युवतीमा महिनावारी गडबड भएमा एकपटक थाइराइड परीक्षण गराउनु पर्छ । गर्भावस्थामा थाइराइडको समस्या देखिएमा औषधि सेवन गर्नुपर्छ ।
हाइपो थाइराइडिज्म्मा महिनावारी नियमित नहुने, मोटोपना, अल्छी हुने, मोटाउने, शरीर सुन्निने, दिक्क लाग्ने, अनावश्यक जाडो हुने, प्रजनन् क्षमतामा कमी हुने हुन्छ । कसै कसैलाई कपाल झर्ने लक्षण पनि देखिन्छन् । हाइपरथाइराइडीज्म्मा मानिस एकदमै दुब्लाउने, मुटुको धड्कन बढ्ने, शरीरको तापक्रम बढ्ने, भोक बढी लाग्ने तर दुब्लाउने, दिसा बढी लाग्ने, महिनावारी गडबडी हुने, मन आत्तिने र मानसिक तनाव बढी हुने हुन्छ ।
युवाहरुमा थाइराइडको समस्या भएमा केही समयका लागि खुट्टा नचल्ने लक्षण देखिन सक्छ । शरीरमा पोटासियम कम भएर यस्तो अवस्था देखिएको हो । तर यस्तो समस्या थाइराइडका कारण पनि हुन्छ भनेर बिचार पुर्याउनु पर्छ । रोगको समयमा पहिचान हुन नसक्दा धेरै समस्या भोग्नुपर्ने उदाहरण पनि प्रशस्त छन् ।
मधुमेह भएका बिरामीले वर्षको एकपटक थाइराइडको पनि परीक्षण गर्नुपर्छ । कहिले काहिं हाइपर थाइराइडिज्म्मा मधुमेह रोग पनि देखिन सक्छ । यसमा थाइराइड निको हुनासाथ मधुमेह पनि आफै निको भएर जान्छ । थाइराइड अटो इम्युन रोग भएकाले खाना बार्नु पर्दैन ।
हाइपो थाइराइडिज्म्का लक्षण
- महिनावारी नियमित नहुने
- मोटोपना
- अल्छी लाग्ने
- शरीर सुन्निने
- दिक्क लाग्ने
- अनावश्यक जाडो हुने
- कपाल झर्ने
- प्रजनन् क्षमतामा कमी आउने ।
हाइपर थाइराइडिज्म्का लक्षण
- एकदमै दुब्लाउने
- मुटुको धड्कन बढ्ने
- शरीरको तापक्रम बढ्ने
- भोक बढी लाग्ने तर दुब्लाउने
- दिसा बढी लाग्ने
- महिनावारी गडबडी
- मन आत्तिने
- मानसिक तनाव बढी हुने
- कपाल झर्ने ।
थाइराइड भनेको एउटा ग्रन्थी हो । यो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ । यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्छ । थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो । त्यसैले यसलाई शरीरको एक्सिलेटर पनि भन्ने गरिन्छ । स्वास्थ्यखबरपत्रिका
डा. दिना श्रेष्ठ, इन्डोक्राइनोलोजिष्ट, नर्भिक अस्पताल
पाठेघरको मुखको क्यान्सर, पाठेघरको मुखमा नियन्त्रण भन्दा बढी कोषीकाहरु वृद्धि भएपछि क्यान्सर हुन्छ । डाक्टरहरुका अनुसार पाठेघरको मुखको क्यान्सर हुने कारण यहि हो भन्ने नभएपनि यसको मुख्य कारक तत्व भाइरल संक्रमण हो । डाक्टर रश्मी पुन गुरुङका अनुसार पाठेघरको क्यान्सर शारीरिक सम्पर्क गरेकाहरुलाई हुन्छ ।
शारीरिक सम्पर्कका बेला केटा मान्छेबाट आउने ह्युमन पापिलोमा नामक किटाणुका केही प्रजातिका कारण पाठेघरको मुखमा क्यान्सर हुन्छ । ‘यो ईन्फेक्सन केटाबाट केटीमा सर्छ त्यसैले शारीरिक सम्पर्क गर्दा ध्यान दिनुपर्छ, धेरै जनासँग सम्पर्क राख्ने केटासँग सम्बन्ध राख्नुहुँदैन’ । शारीरिक सरसफाईमा ध्यान नदिनाले र धैरैसँग सम्पर्कमा आउनेलाई यो क्यान्सर लाग्ने डाक्टर गुरुङको भनाई छ । धेरै शारीरिक सम्पर्कमा आउने महिलाको पाठेघरको मुखमा संक्रमण हुने र ह्युमन पापिलोमा नामक किटाणुले पाठेघरको मुखमा रहेका कोषिकाहरुमा संक्रमण गर्ने र त्यसलाई अनियन्त्रित तवरले बढाउन मद्दत पुर्याउने गर्दछ ।
खतरा कसलाई
शारीरिक सम्पर्कमा रहेका वा प्रजनन क्षमता भएका जोसुकैलाई पनि यो रोग लाग्छ । विशेषगरी ३० देखि ६० वर्ष उमेरका महिला, जसको विहे भैसकेको छ ।
* धेरै बच्चा भएका, सानो उमेरका विवाह भएकालाई ।
* यौन व्यवसायमा लागेका महिला वा परपुरुषको संसर्गमा रहेकालाई ।
* लोग्नेको अर्की श्रीमती पनि छन् र उनलाई पाठेघरको मुखको क्यान्सर भएको छ भने पनिसर्न सक्छ ।
* जाँड, रक्सी, चुरोट, खैनी, तमाखु खाने तथा खानपिनमा ध्यान नदिने र कुपोषण भएका महिलालाई खतरा बढी हुन्छ ।
लक्षण
- पाठेघरको मुखको क्यान्सरको लक्षण व्यक्तिपिच्छे फरक फरक हुन्छ ।
- गन्हाउने पानी बग्ने
- संक्रमण भैरहने
- रगत मिसिएको पानी बग्ने
- महिनावारी नभएको बेलामा पनि रगत देखिने, महिनावारी रोकिएपछि पनि फेरि रगत देखिने
- पेट फुल्ने
- खुट्टा सुन्निने, ढाड तथा कम्मर लुख्ने र दिसा पिसाबमा समस्या देखिने ।।
कसरी बच्ने ?
पाठेघरको मुखको क्यान्सर हुन नदिन बेला बेलामा प्याप स्मेयर जाँच गराउनु पर्छ । प्याप स्मेयर एउटा यस्तो विधि हो, जसमा पाठेघरको मुखमा आएका खराबीलाई थाहा पाई भविष्यमा खतरा छ कि छैन पत्ता लाग्छ ।
यो विधिले पाठेघरको मुखमा संक्रमण भएकोबारे बेलैमा थाहा पाउने भएकाले उपचारमा सहज हुन्छ । डाक्टरका अनुसार यो पाठेघरको मुखको क्यान्सर हुने सम्भावना छ छैन भन्ने पत्ता लगाउने सरल र सहज विधि हो ।
यौन सम्पर्क गरेका, धेरै बच्चा जन्माएका, धेरै जनाको सम्पर्कमा रहेका, महिनावारी बन्द भएका र क्यान्सरको सम्भावना भएर अपरेशन गरेका महिलाले पाठेघरको मुखको परीक्षण गराए क्यान्सर लाग्ने सम्भावना कम हुने डाक्टर बताउँछन् । यस्तै सुरक्षित यौन सम्पर्क गरे पनि यसबाट जोगिन सकिन्छ । नेपालन्यूजलाइभ
भोजन नुनबिना खल्लो हुन्छ । खल्लोपनलाई मेटाउने प्रयास गर्दा कतिपयलाई चर्को नुन खाने बानी नै बस्छ । जब स्वास्थ्यमा गढबढी उत्पन्न हुन्छ तबमात्र चर्को नुनले हानी गर्छ भन्ने थाहा हुन्छ ।
बढी नुन खानु स्वास्थ्यका लागि हानिकारक सिद्ध मानिन्छ । यसले पेटको क्यान्सर बढाउन भरपर्दो सहयोग पुर्याउँछ । बजारमा उपलब्ध तयारी खाद्यपदार्थ, बिर्को बन्द खाने कुरा हाम्रो शरीरका लागि ठूलो शत्रु हो । यहाँसम्म कि ब्रड, तारेको केराउको गेडा, बिर्को बन्द मासु र मासुको अचार आदिमा बढी नुन हुुन्छ । जसको सेवन गर्नाले हाम्रो शरीरमा नुनको मात्रा खतरनाक लेवलमा पुग्छ । प्रतिदिन १२ ग्राम नुनको सेवन मात्र पनि क्यान्सरलाई निम्त्याउन पर्याप्त मानिन्छ । ब्रिटेनको क्यान्सर रिसर्च सेन्टरले भर्खर मात्र के जानकारी दिएको छ भने पेटको क्यान्सरले मात्र पनि ब्रिटेन जस्तो विकसित देशमा प्रतिवर्ष करिब ६४ सय मानिसको ज्यान लिइरहेको पाइएको छ ।
स्वास्थ्यको दृष्टिकोणले एक वयस्क व्यक्तिलाई प्रतिदिन ६ सय ग्राम नुन पर्याप्त मानिन्छ । बच्चा तथा किशोरहरूको निम्ति त यसको एक चौथाइ मात्र नुन पर्याप्त मानिएको छ । यसका साथै ब्रिटेनमा धेरैजसो मानिस ९ ग्रामभन्दा बढी नुन खाने गरेको पाइयो । यसको प्रमुख कारण के हो भने तयारी खाद्यपदार्थ र पेयपदार्थको सेवन बढी हुने गरेको पाइन्छ जुन नुनको भण्डार भन्दा पनि फरक नपर्ला ।
हाम्रो नेपाली बजारमा पनि तयारी खाद्यपदार्थमा नुनको मात्रा बढी हुन्छ । यस्तो कि म:म:, चाउमिन, चटामरी, पिज्जाजस्ता खानामा नुनको मात्रा चर्को रहने गरेको छ । जसले पूरै दिनको नुनको मात्रा एक पटक गरेको लञ्च वा डिनरबाट उठिहाल्छ ।
मुटु र मस्तिष्कको शत्रु हो नुन
नुनले पेटको क्यान्सरका साथै हार्टएटेक र ब्रेन स्ट्रोकको सम्भावनालाई पनि बढाउँछ । डाक्टरका अनुसार बढी नुन भएको खाना खाँदा पेटको क्यान्सर नबढाउन मद्दत गर्दछ । त्यति मात्र होइन नुनको कम सेवनले पेटको क्यान्सर हुन नदिई दिमागलाई सन्तुलनमा राख्न मद्दत पुर्याउादछ । हुन त यो सबै रोगको जड नुन नै हो भन्ने तथ्य सही नभएपछि रासायनिक पदार्थ जुन तयारी खाद्य पदार्थमा मिसाउने गरिन्छ । सोको सेवनले क्यान्सरलाई बढाउन मद्दत पुर्याइरहेको छ । एउटा कुरा के छ भने उच्च रक्तचाप र मुुटुको बिरामीलाई चर्को नुनको सेवन नै दोषी मानिन्छ । त्यसैले चर्को नुन खाादा आमाशयमा पोल्ने र खोच्ने काम हुन जान्छ । जसको विकसित रूप भनेको पछि गएर पेटसम्बन्धी क्यान्सर हुनु हो ।
भर्खरै जापानमा यही समस्याका बारेमा अध्ययन सम्पन्न भएको छ । वृद्ध–वृद्धाहरूमा गरिएको एक अध्ययनअनुसार करिब ४० हजार मानिसमा ११ वर्षदेखि खानपिनसम्बन्धी अध्ययन गर्दा के पत्ता लागेको छ भने प्रतिदिन १२ देखि १५ ग्रामसम्म खुन खाने व्यक्तिमा पेटको क्यान्सर र मुुटुको समस्या दोब्बर बढेर गएको पाइएको छ । यसरी के सिद्ध हुन्छ भने जुन व्यक्ति नुनिलो पदार्थको सेवन तीव्र रूपमा गर्छन् र फलफूल, हरियो सागपातको सेवन कम गर्छन् भने उसको पेटको क्यान्सर र शरीरका अन्य भागमा विभिन्न गढबडी देखा पर्न थाल्छ । आश्यर्च लाग्दो कुरा के छ भने पुरुषको संख्या चर्को नुन खाने वर्गमा अगाडि रहेका छन् ।
नुन कति खाने ?
फुड स्टान्डर्ड एजेन्सी र युके हेल्थ डिपार्टमेन्टले तोकेको माप दण्ड अनुसार प्रतिदिन बढीमा ६ ग्राम नुन शरीरको निम्ति आवश्यक रहेको बताएको छ । १ देखि ६ वर्षसम्मका बच्चाका लागि प्रतिदिन मात्र २ ग्राम नुन पर्याप्त मानिन्छ । ७ देखि १४ वर्षका बढदो उमेर समूहका बालबालिकाहरूका लागि ५ ग्राम नुन पर्याप्त छ । एक चिम्ती नुन भनेको ०दशमलव २५ ग्राम हो । तसर्थ, एक चम्चामा करिब ५ ग्राम नुन अटाउाछ ।
ब्रिटेनमा सरकारले तयारी डिब्बाबन्द खाद्य पदार्थमा कम नुन हाल्न फुड इन्डट्रिमा आदेश जारी गरिदिएको छ । तर, नेपालमा त्यस्तो प्रकारको कुनै नीति नभएकाले व्यापारिहरूले मनपर्दो ढंगले आफ्नो तयारी खाद्य पदार्थमा नुन हाल्ने गरेका छन् । जुन–जुन मानिसको स्वास्थ्यसम्बन्धी ठूलो खेलबाड भैरहेको छ ।
नेपाल बजारमा व्याप्त आलुचिप्स, भुजिया, पापड र त्यस्तै अचार आदि आदिमा नुनको मात्रा बढी रहने गरेको छ । हामीलाई नुन तिखो भएन भने खाना रुच्दैन । जुन कुरा हाम्रो शरीरलाई यसले भित्र–भित्र खोक्रो पारिरहेको छ । नुन चााहि कडा चाहिने नेपाली परिपाटीमा पानी खानुलाई कञ्जुस्याई गरिन्छ । त्यसैले पनि यहााका अधिकांश मानिसमा पेटसम्बन्धी गडबडी साझा रोग भएको छ । जो कोही पनि पेटको समस्याले ग्रसित छन् । नारीपत्रिका
एजेन्सी, अमेरिकी मुलुकमा महामारीको रुप लिएको जिका यौन सम्पर्कबाट सर्ने गरेको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) अमेरिकाले जनाएको छ । डल्लासका एक जना जिका संक्रमित व्यक्तिलाई यौन सम्पर्कबाट सरेको सिडिसीले मंगलबार पुष्टि गरेको हो ।
ति व्यक्ति संक्रमित क्षेत्रमा पुगेको तर उसको पार्टनर भेनेजुयलाबाट फर्किएको बताइन्छ । जिका भाइरसका कारण अमेरिकी मुलुकहरुमा हजारौं शिशुहरु अविकसित दिमागसहित जन्मिने गरेका छन् ।
विश्व स्वास्थ्य संगठनले विश्वव्यापी आपत्कालिन अवस्था घोषणा गरिसकेको छ ।
जिका प्रभावित क्षेत्रबाट फर्किएका सम्भावित रगत दातालाई २८ दिनपछि मात्र रगत दान गर्न अमेरिकी रेडक्रसले आग्रह गरेको छ । मेक्सिको, क्यारिबियन, मध्य तथा दक्षिण अमेरिकाबाट फर्किएका मानिसले यस्तो सावधानी अप्नाउनुपर्ने रेडक्रसले एक विज्ञप्तिमार्फत जनाएको हो।
यसैबीच, अस्ट्रेलियामा दुई जनालाई जिका भाइरस देखिएको बताइएको छ भने जिका प्रभावित क्षेत्रबाट फर्किएका आइरल्यान्डका एक पुरुष र बृद्धा महिलामा पनि यो संक्रमण देखिएको पुष्टि भएको छ ।
ब्राजिलले अस्वभाविक टाउकोको आकारसहित जन्मिएका ३ हजार ६ सय ७० बालबालिका र जिका भाइरसबीचको अध्ययन गरिरहेको छ ।
अहिलेसम्म स्वास्थ्य अधिकारीहरुले यो रोग यौन सम्पर्कबाट सर्नेमा बिरलै सम्भावना भएको दाबी गरेका थिए । तर जिकाको विस्फोटक महामारीले विश्वलाई नै चिन्तित बनाएको छ भने धेरै प्रश्नलाई अनुत्तरित पनि बनाएको छ ।
वास्तवमा यौन सम्पर्कबाट सर्ने कत्तिको जोखिम छ ? वीर्यमा कति लामो समय यो भाइरस देखिन्छ ? संक्रमण देखिएपछि कति समयपछि मात्र यौन सम्पर्क गर्न सुरक्षित हुन्छ ? यी प्रश्नहरु अझै अनुत्तरित छन्।
स्वास्थ्यखबर पत्रिका
लसुन एक महत्वपूर्ण घरेलु औषधि हो । त्यसैले यसलाई घरायासी औषधिको रुपमा प्रयोग समेत गर्ने गरिएको छ । प्राचीन समयदेखि नै विभिन्न भोजन तरकारीमा गरम मसलाको रुपमा लसुनको प्रयोग हुने गरेको छ । लसुनले शरिर भित्र पैदा हुने अनेकौँ रोगहरुलाई नाश गर्ने गर्दछ । यो धेरै प्रकारको रोकथाम तथा उपचारमा प्रभावकारी हुन्छ ।
यसले पाचन शक्ति बढाउँछ, कृमि नाश गर्छ, हृदय र कलेजोलाई उत्तेजक पार्छ । महिलाको महिनावारी ठीक राख्न र पुरुषको वीर्य पुष्ठ पार्न पनि लसुनले मद्दत गर्छ । पिसाबको समस्या, रक्तदोष, सुन्निने समस्या आदिमा पनि लसुन लाभदायक हुन्छ । गर्भावस्थामा भने यसको प्रयोग अहितकर हुन्छ ।
लसुनको पात, गाँठो केस्रा र जरा सबैको प्रयोग गर्न सकिन्छ । लसुनका यी विविध भागलाई नियमित रुपले काँचै वा पकाएर खाने गर्दा मुटु र रक्तनलीका बिभिन्न रोग लाग्ने संभावना न्यून हुन्छ । क्यान्सरको समस्यामा लसुन पनि लाभदायक देखिएको चिकित्सकको अनुसन्धानले पुष्टि गरेको छ ।
लसुनको फाइदा
१. ग्यास्टिक
बिहान उठ्नेबित्तिकै नियमित एक केस्रा लसुनलाई मन तातो पानीसँग खाने गर्नाले ग्यास्टिकको समस्या कम हुँदै जान्छ। त्यसैगरी भोक जगाउनुको साथै पाचन प्रणालीमा पनि सुधार ल्याउँछ। पेट फुल्ने, अमिलो पानी आइरहने र पेट दुख्ने भएमा बिहान उठेर २ गिलास पानी पिउने र त्यसपछि २,३ केस्रा लसुन दूधसँग खाएमा फाइदा हुन्छ ।
२. पाचन
लसुनले आन्द्रा सफा राख्न मद्दत पुर्याउँछ । यसले पाचन प्रक्रियालाई उत्तेजित गर्ने गर्दछ जसका कारण यसले भोकलाई बढाउने गर्दछ । खानासँगै ३\४ केस्रा लसुन बिहान बेलुका खाने गर्दा अपच समस्या हटेर जान्छ । यसो गर्नाले पाचनक्रिया बलियो हुन्छ र अरुचि हट्छ । पेटमा हुने एसिड उत्पादन पनि लसुनले बन्द गरिदिन्छ । लसुनले तपार्इंको तनावलाई पनि कम गर्ने गर्दछ । जतिबेला तपाईंलाई डर लाग्छ तब पेटमा एसिड बन्ने गर्दछ । लसुनले यस्तो प्रकारको एसिडलाई बन्न बाट रोक्दछ ।
३. रुघाखोकी
लसुनलाई तेलमा फुराएर डढाउने र साथमा मेथीको गेडा पनि फुराउने र डढाउने । उक्त तेललाई मनतातो भए पछि रुघा लागेको बच्चाको नाकको प्वालबाहिर दल्ने, तेल छाती, घाँटी, ढाडमा सेकाउँदै मालिश गर्ने । निधार र नाक वरिपरि या तेल लगाउने गर्दा ससाना शिशु तथा बच्चाको रुघाखोकी ठीक हुन्छ । यो प्रयोगले ठूला व्यक्तिलाई पनि फइदा गर्छ ।
४. उच्च रक्तचाप
लसुनमा पाइने तत्वले उच्च रक्तचापलाई सन्तुलनमा राख्न, मुटुसम्बन्धी समस्याबाट जोगाउन मद्दत पुर्याउँछ । उच्च रक्तचापको लागि दिनहुँ ५ देखि १० केस्रा काँचो लसुन प्रयोग गर्दा लाभदायक हुन्छ । यसरी लसुन खाँदा एकै पटक नखाएर पटकपटकको खानासँगै खानु राम्रो हुन्छ ।
५. कोलेस्टेरोल
दिनहुँ लसुनको सेवन गर्दा रगतको कोलेस्टेरोल मात्रा १२ प्रतिशत सम्मले कम हुन्छ । लसुनले नशाभित्रै रगत जम्ने तथा बाक्लो रगत हुने समस्याबाट पीडित हरुका लागि समेत निकै फाइदाजनक हुन्छ । यसले रगत पातलो बनाउने र रक्त प्रवाह सूचारु गर्नमा मद्दत गर्छ ।
६. स्वास प्रणाली
लसुन श्वास प्रणालीका लागि निकै लाभदायक मानिन्छ । यसले ट्युबरक्लोसिस, आस्मा, निमोनिया, ब्रोन्काइटिस, फोक्सोमा जमेको कफ आदि रोकथाम तथा उपचारमा निकै प्रभावशाली हुन्छ ।
७. कपाल दुखाइ
कपाल दुखेमा दुवै कनपारामा लसुन पिसेर लगाए कपाल दुखेको आराम हुन्छ ।
८. हृदयघात
लसुन खानाले हाइपरटेन्सनको लक्षणबाट राहत मिल्ने थुप्रै मानिसहरुको विश्वास छ । यसले मानिसहरुको रक्त संचारलाई नियमित त राख्छ नै यसले हृदयसम्बन्धी समस्याहरुबाट पनि टाढा राख्दछ । यसका साथै यसले फोक्सोलाई पनि फाइदा पुर्याउने गर्दछ ।
९. जोर्नी दुखाइ
एक पाउ लसुन थिचेर एक चौथाइ जति तेल र चार चौथाई जति पानी एकै भाँडामा राखी घोल्ने र त्यसलाई मन्द आगोमा पकाउने । पानी सुकेर तेल र लसुनको छोक्रा मात्र बाँकी भए पछि तेललाई छानेर शिशीमा राख्ने । यो तेल दिनको ३/४ पटक जोर्नी दुखेको र सुन्निएको ठाउँमा लगाउने, मालिश गर्ने गर्दा आराम महसुस गर्दछ ।
१०. वैकल्पिक उपचार
जब डिटक्सिीफिकेसनको कुरा आउँछ तब वैकल्पिक उपचारको रुपमा लसुन निकै प्रभावशाली मानिन्छ । लसुन यति धेरै शक्तिशाली हुन्छ कि यो शरिरमा परजीवी र किराहरुबाट बचाउँछ । विभिन्न रोगहरु जस्तै डाइबिटिज, डिप्रेसन तथा केहि प्रकारको क्यान्सरको रोकथामा पनि सहायक हुने गर्दछ । यदि तपाईं काँचो लसुनको सेवन गर्नसक्नुहुन्न भने त्यसलाई पोलेर अथवा भुटेर खानुहोस् ।
यदि तपाईंलाई लसुनको कुनै पनि प्रकारको एलर्जी छ भने यी दुई कुरामा ध्यान दिनुहोस् कहिले पनि यसलाई काँचो नखानुहोस् । पकाएर खाँदा पनि तपाईंलाई छालासँग सम्बन्धित केहि समस्या देखा पर्छ, ज्वरो आउँछ, टाउको दुख्छ भने यसको सेवन गर्न बन्द गर्नुहोस् ।
लसुनको बेफाइदा
तपाई हाम्रो भान्छामा पाक्ने तरकारीलाई मिठो बनाउन प्रयोग गरिने लसुन कतिपय अवस्थामा हाम्रै जीवनका लागि खतरनाक हुन सक्छ । लसुन धेरै गुणकारी खाना हो, लसुनको सेवनले धेरै फाइदा पनि गर्छ । तर, त्यहि लसुन कुनै रोग विशेषका विरामीका लागि भने हानीकारक हुन्छ ।
१. कलेजोको समस्या भएको व्यक्ति
ब्याक्टेरियालाई मार्ने एन्टिब्याक्टेरियल र एन्टिभाइरल खानेकुरा भएकोले, मानिसहरूले लसुन खाँदा हेपाटाइटिसलाई ठीक गर्दछ भन्ने विश्वास गर्दछन् । हेपाटाइटिस यस्तो रोग हो, जसले मानिसको कलेजोलाई असर गर्दछ । तर, हेपाटाइटिस भाइरसको उपचारको लागि लसुन खानु उचित हुँदैन। किनभने, लसुनको सेवनले पेट र आन्द्रामा प्रत्यक्ष प्रभाव पर्दछ, जसले हाम्रो आन्द्रामा पैदा हुने ग्यास्ट्रिक एसिडको मात्रालाई कम गर्दछ। जसको कारण हाम्रो पाचन प्रणालीमा नकारात्मक असर पर्दछ। यसले बान्ता हुने, रिङ्गटा लाग्ने जस्ता लक्षणहरू निम्त्याउँदछ । त्यसैले हेपाटाइटिस हुनेहरूले लसुनको सेवन नगर्नुहोस् ।
२. झाडापखाला लागेको व्यक्ति
झाडापखालाले ग्रसित भएको व्यक्तिले लसुनको सेवन गरेमा, यसको पीरो स्वादले आन्द्रालाई नकारात्मक असर पुर्याउँदछ, जसको कारण आन्द्रामा घाउ हुन जान्छ । यस्तो अवस्था हुँदा, दिशा गर्दा कडा पेट दुख्ने, दिशामा रगत देखिने, रिङ्गटा लाग्ने र बान्ता हुने जस्ता लक्षणहरू देखा पर्दछन् । त्यसैले, झाडापखाला लाग्दा लसुनको सेवन नगर्नुहोस् ।
३. सर्जरी गर्न लागेको व्यक्ति
कुनै पनि किसिमको सर्जरी गर्नुभन्दा २ हप्ता अगाडि देखि लसुन खान छोड्नुपर्दछ । किनभने, लसुनले गर्दा सर्जरी पछि रगत नजम्ने हुन्छ र घाउ बिस्तारै पाकेर सङ्क्रमित हुन सक्छ ।
४. कम रक्तचाप भएको व्यक्ति
लसुनको सेवनले शरीरमा नाइट्रिक अक्साइड र हाइड्रोजन सल्फाइड जस्ता रसायनहरूको निर्माणमा मद्दत पुर्याउँदछ। यी रसायनहरूले मुटुको धमनीहरूलाई आराम दिने गर्दछन्। उच्च रक्तचाप हुनेहरूको लागि लसुन फाइदाजनक हुन्छ तर कम रक्तचाप हुनेहरूको लागि भने लसुनको सेवन खतरनाक हुन जान्छ ।
५. आँखा रोग भएको व्यक्ति
आँखा रोगीहरूले लसुनको सेवन गर्नुहुँदैन। विशेष गरी आँखा पाकेको व्यक्तिलाई लसुनले हानी पुर्याउने गर्दछ, साथै आँखाबाट रगत पनि निकाल्न सक्दछ। आँखा रोगीहरूले लसुनको सेवन गरेमा आँखामा बादल लागेजस्तो हुने, आँखा दुख्ने, टाउको दुख्ने, स्मरण शक्ति घट्दै जाने जस्ता लक्षणहरू देखा पर्दछन् । अनलाइनको साहारामा
- डा भक्तमान श्रेष्ठ
१. सूर्तिजन्य पदार्थ सेवन नगर्ने
सूर्तिजन्य पदार्थहरु भन्नाले चुरोट, बिँडी, खैनी, सूर्ती, तमाखु आदिमा करिब ४ हजार भन्दा बढी प्रकारका हानिकारक रासायनिक पदार्थहरु हुन्छन् । यसमध्ये करिब ४० प्रकारका पदार्थहरुको कारण मुख, श्वासनली, आमाशय, गर्भाशय, मूज्ञनली, मिर्गौला आदि अङ्गको क्यान्सर हुन्छ । चुरोट, बिँडी सेवन गर्ने व्यक्ति स्वयंलाई मात्र होइन यसको धुवाँको असरले वरिपरि बस्ने अन्य व्यक्तिहरुलाई पनि क्यान्सर तथा अन्य रोगहरु लाग्न सक्दछ । त्यसैले आफूले धूमपान सेवन नगरे तापनि यसको धुवाँको असरबाट बच्नका लागि प्रयत्न गर्नुपर्छ ।
२. बासी, सडेगलेका र ढुसी परेका खानेकुराहरु नखाने
बासी, सडेगलेका र ढुसी परेका खानाहरुमा क्यान्सर गराउने तत्वहरु हुने भएकाले यसको असरले कलेजो, आमाशय,आन्द्रा आदीमा विभिन्न अङ्गहरुको क्यान्सर हुने गदर्छ ।
३. पोलेको, डढेको र रङ हालेको खानेकुराहरु नखाने
पोलेको, डढेका मासु, माछार अखाद्य रङ प्रयोग भएका खानेकुराहरु खानु हुँदैन । खासगरी बजारमा पाइने मिठाइहरु र अन्य खानाहरुमा राता, निलो, हरियो, पहेँलो आदि विभिन्न अखाद्य रङहरु र वस्तुहरु राखेको हुन सक्छ जस्ले गर्दा मुख, घाँटी,आन्द्रा, पेट आदि विभिन्न अङ्गहरुको क्यान्सर हुने गरेको छ ।
४. धुलो, धुवाँ र वातावरण प्रदुषणबाट जोगिने
हाम्रो वरिपरिको वातावरणमा पाइने धुलो र धुवाँको कारणले फोक्सो, घाँटी र अन्य अङ्गको क्यान्सरहरु हुने भएकाले सकेसम्म बच्नुपर्छ । यसबाट बच्नका लागि आफूले का मगर्ने बेलामा वा अन्य समयमा पनि वातावरणमा धुलो, धुवाँ छ भने नाक, मुख छोप्ने गरी मास्क लगाउनु पर्छ ।
५. खोपको प्रयोग गर्ने
कतिपय क्यान्सर रोग संक्रमणको कारणले हुने भएकाले यसको विरुद्धमा खोप लगाउनु पर्दछ । जस्तै कलेजेको क्यान्सरबाट बच्न हेपाटाइटिस बि भाइरसको खोप र ह्युमन प्यापिलोमा भाइरसको खोपबाट पाठेघरको मुखको क्इान्सरबाट जोगिन्छ ।
६. शारीरिक व्यायाम गर्ने
दिनहुँ शारीरिक परिश्रम गर्ने व्यक्तिहरुको शरीर फुर्तिलो हुने र मोटो नहुने भएकाले कोलेस्टेरोल, पानक्रियाज, स्तन र डिम्बाशयको क्यान्सर रोग हुने सम्भावना कम हुन्छ । सकेसम्म दिनमा कम्तीमा पनि ४५ मिनेटसम्म विभिन्न किसिमको व्यायाम वा अन्य कार्यहरु गर्नुपर्छ ।
७. चिल्लो तथा बोसोयुक्त र नुनिलो खाद्यपदार्थ कम खाने
हामीले खाने धेरैजसो चिल्लो, वोसोयुक्त र नुनिलो खानाहरुको कारणले शरीरमा विभिन्न रोगहरु हुनुका साथै क्यान्सर समेत हुने भएकाले सकेसम्म यसको प्रयोग कम गर्नुपर्छ । खसी, बोका, राँगा आदि जनावारमा पाइने बोसो वनस्पतिमा पाइने चिल्लो पदार्थभन्दा बढी हानिकारक हुने भएकाले धेरै खानु हुँदैन ।
८. रासायनिक मल र किटनाशक औषधिको प्रयोग भएका सागपात, फलफूल र अन्य खानेकुराहरुको सेवन नगर्ने
अचेल सागपात, फलफूल र अन्य खानेकुराहरुमा जथाभावी रुपले रासायनिक मल र किटनाशक औषधिको प्रयोग प्रशस्त मात्रामा हुने गरेको छ । यसबाट रगत, लिम्फोमा, स्तन, मस्तिष्क, डिम्बाशय, मिर्गौला, फोक्सो, पानक्रियाज, प्रोस्टेट र आमाशय आदि अङ्गहरुको क्यान्सर हुने भएकाले खेतवारीमा कम्पोष्ट मलको प्रयोग गर्नुपर्छ ।
९. लामो समयसम्म टन्टलापूर घाममा नबस्ने
छालाको क्यान्सर हुने प्रमुख कारण नाङ्गो शरीरमा चर्को सूर्यको किरण पर्नु हो । त्यसैले नाङ्गो शरीरमा धेरै वेरसम्म चर्को घाममा बस्नु हुँदेन । यसबाट बच्नका लागि शरीरमा कपडाले ढाक्नुपर्छ वा छाताको प्रयोग गर्नुपर्छ ।
१०. गुप्ताङगको दिनहुँ सरसफाई गर्ने
प्रयजसो गुप्ताङ्गको सरसफाइको कमीले विभिन्न रोगहरु लाग्ने गरेको छ । त्यसैले हामीले आफ्नो गुप्ताङ्गहरुको दिनहुँ सफा गर्नुपर्छ । जसले गर्दा ती अंगहरुको क्यान्सर हुनबाट बचाउँछ ।
११. मुख सधैँ सफा राख्ने
प्रत्येक पल्ट खाना वा अन्य केही चिज खाइसकेपछि मुख सफा गर्नुपर्छ ।
१२. धेरै जनासँग यौन सम्पर्क नराख्ने
धेरै जनासँग यौन सम्पर्क राख्नाले एकअर्कामा भएको ह्युमन प्यापिलोमा भाइरस सर्ने खतरा रहन्छ । यो भाइरसले पाठेघरको मुखको क्यान्सर गराउँछ ।
१३. मौषम अनुसारको ताजा हरियो सागपात र फलफूल नियमित सेवन गर्ने
बेमौसमी भन्दा पनि मौषम अनुसार उत्पादन हुने तरकारी तथा फलफूल खाने गर्नेपर्छ । किटनाशक औषधि हालेको नभई अर्गयानिक खानुपर्छ । स्वास्थ्य खबर पत्रिका

खाना खाएपछि यदि चिसो पानी पिउने बानी छ भने त्यसलाई हटाउनपट्टि लाग्नुहोस् । किनकि यसले गर्दा तपाईलाई मुटु रोग लाग्न सक्छ ।
वैज्ञानिकहरूको एक अनुसन्धानले हृदयाघात र पानीमा गहिरो सम्बन्ध रहेको तथ्य पत्ता लगाएको छ । अनुसन्धान रिपोर्टमा खाना खाएपछि चिसो पानी पिउनुले हृदयाघातको खतरा बढ्छ ।
वैज्ञानिकहरूका अनुसार खानापछि चिसो पानी सेवनले पाचनप्रक्रियालाई मत्थर पार्छ । पाचनप्रक्रिया ढिलो हुँदा कब्जियतको समस्या रहन्छ । यसबाहेक चिसो पानी खानासँग मिसिएर पेटमा पुग्दा एसिडको सम्पर्कले त्यो बोसोमा परिवर्तित हुन्छ । यसले हृदयाघात, क्यान्सर र अर्थराइटिसको खतरा बढ्छ ।
सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ । सुन्तला भिटामिन ‘सी’को प्रमुख स्रोत हो । भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य र सौन्दर्य दुवै हिसाबले फाइदाजनक हुन्छ ।
सुन्तलामा रहेका विभिन्न सुक्ष्म पौष्टिक तत्व भिटामिन ए, बी र सीले शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउँछन् । बजारमा पाइने कृतिम पेयपदार्थ भन्दा मौसम अनुसार पाइने फलफूल खानु स्वास्थ्यकालागि औषधि समान हो । सुन्तलामा पाइने भिटामिन ‘सी’ले रुघाखोकी आदिबाट बँचाउछ ।
-बढी तौल भएका व्यक्तिकालागि पनि पर्याप्त मात्रामा सुन्तलाको प्रयोग उत्तम हुन्छ ।
-गिँजाबाट रगत बग्ने समस्यामा पनि सुन्तला लाभदायक हुन्छ । त्यस्तै सुन्तलामा रहेको क्याल्सियमले दाँतलाई स्वस्थ र मजबुत बनाउँछ ।
-भोक वा तिर्खा लाग्दा विभिन्न किसिमका प्याकेटका खानेकुराको सट्टा सुन्तला खाँदा शरीर स्वस्थ हुन्छ र कब्जियत हुनबाट पनि बँचिन्छ ।
-बिरामी भएको व्यक्तिलाई खान मन नलाग्दा सुन्तलाको थोरै रस खुवाँउदा खानामा रुची बढ्छ ।बालबालिकालाई झाडा पखालाले सताएको समयमा सुन्तलाको रस थोरैथोरै गरेर दिइयो भने बिरामीको शरीरलाई चाहिने पानीलगायत अन्य तत्वको आपूर्ति हुन्छ ।
-सुन्तला खादा कतिपय मानिसले मज्जाले बाहिर पट्टीको रेसा फालेर खाएको पाइन्छ तर त्यो रेसा वा छोक्रामा प्रसस्त मात्रामा फाइबर पाइन्छ । यसले पेट सफा राख्न मद्दत गर्छ । तेसैले यो नफाली खाएको राम्रो ।
-सुन्तलाको फल मात्र होइन बोक्रा पनि उत्तिकै फाइदाजनक हुन्छ । सुन्तलाको बोक्रामा पनि पौष्टिक तत्व हुन्छ । सुन्तलाको बोक्रा सुकाएर मसिनो पारेर काटेर चिनीमा हालेर पकाएर बालबालिकालाई खुवाउनु निकै लाभदायक हुन्छ । त्यसैगरि सुन्तलाको बोक्रा सुकाएर धुलो पारेर अनुहारमा लगाउनाले अनुहारको छाला सफा र नरम हुन्छ । सुन्तलाको बोक्रा खान र अनुहारमा लगाउन पनि सकिन्छ ।
दिनहँ सुन्तलाको सेवन गर्ने गरेमा विभिन्न रोगहरु न्यून गर्न मद्धत मिल्छ । यसले मिर्गौलाको पत्थरी हुनबाट बचाउन सक्छ । दम, ब्रोङकाइटिस, रुघाखोकी, ज्वरो र मुटुको रोगीलाई फाइदा पुर्याउँछ । त्यस्तै डण्डिफोर तथा खटिरा, निमोनिया, पाइरिया, श्वासप्रश्वासको समस्या, टाइफाइड, मधुमेह र उच्च रक्तचापका रोगीलाई पनि सुन्तलाको सेवन लाभदायक मानिन्छ । अनलाइनको साहारामा
तनावरहित हुनेः तनाव भुलाउन सेक्स गर्ने होइन, सेक्स गर्नुअघि तनाव विसर्जन गर्ने गर्नुस् । जागिर, व्यापार, घरायसीलगायत विभिन्न कुरा मनमा खेलाएर सेक्समा डुब्न सक्नुहुन्न । तनाव लिँदा शरीरमा कोर्टिसोलजस्ता हर्मोन उत्सर्जन हुन्छ, जसले यौन हर्मोनलाई निस्तेज गरिदिन्छ र यौनक्रीडा चाहेजस्तो हुँदैन ।
चिल्लो कम खानेः चिल्लोचाप्लो खाने कुरा खाने गर्दा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्छ । जर्नल अफ मेडिकल साइन्समा प्रकाशित एउटा अनुसन्धान रिपोर्टअनुसार शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्यो भने यसले यौनांग वरपर हुने रक्तसञ्चारलाई निस्तेज गरिदिन्छ । जसले गर्दा कामोत्तेजना जाग्दैन । कोलेस्ट्रोलले महिलालाई चरमोत्कर्षमा पुग्न दिँदैन । त्यसैले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाएर यौन जीवन सुखमय बनाउन फलफूल र तरकारी बढी खाने गर्नुस् ।
यौनवद्र्धक खाना खानेः एभोकाडो, बदाम, स्ट्रबेरी, कुरिलो, खर्बुजा, कालो चकलेटलगायत यौनवद्र्धक खानेकुरामध्ये कुनै एक अथवा एकभन्दा बढीलाई दिनहुँ खानुहोस् । यी खानेकुराले तपाईंलाई स्वस्थ यौन जीवन प्रदान गर्छन् ।
व्यायाम गर्नेः व्यायामले यौन जीवनलाई सुखद बनाउन मद्दत गर्छ । महिलाको यौन जीवन भव्य बनाउन व्यायामले अझै बढी मद्दत गर्छ । व्यायाम पार्टनरसँग गर्दा राम्रो हुन्छ । हरेक साता आधा घण्टासम्म पसिना निस्किनेगरी व्यायाम गर्नाले यौन चाहना र सन्तुष्टि बढ्ने एक अनुसन्धानले देखाएको छ ।
स्वास्थ्यबारे सचेत रहनेः छाला तथा योनि सुक्खा हुने, कपाल झर्ने, आलस्य महसुस हुने, निद्रालगायत समस्या देखिँदा चिकित्सकलाई सम्पर्क गरिहाल्नुस् । किनकि, यो थाइराइडको लक्षण पनि हुन सक्छ । यो रोगले यौनेच्छामा कमी र गर्भक्षमतामा ह्रास ल्याउने गर्छ । रक्त परीक्षणले थाइराइड लागेको वा नलागेको थाहा पाई उपचार गर्न सकिन्छ ।
यौन चिकित्सकलाई भेट्नेः अमेरिकाको स्ट्यानफोर्ड हस्पिटल एन्ड क्लिनिकको महिला यौन उपचार संकायका वरिष्ठ डाक्टर लिह मिलहेइजरका अनुसार माथि उल्लिखित जीवनशैली अपनाउँदा पनि यौन क्षमता बढेन भने चिकित्सकको परामर्श लिनुपर्छ । सेक्स हर्मोन उत्सर्जन बढाउने औषधि चिकित्सकको सल्लाहमा खाएर यौन जीवन सुखमय बनाउन सकिन्छ । स्वास्थ्य खबरपत्रिका
धेरैबेर सम्म टिभी अथवा कम्प्युटरमा व्यस्त हुँदा, मध्यपान गरेर विहानीपख ह्याङ्गोभर हुँदा अनि घरव्यवहारको चिन्ताले गर्दा धेरैजसोलाई टाउको दुख्ने समस्याले सताइरहेकै हुन्छ। तर यसरी धेरै दिनसम्म लगातार टाउको दुख्ने समस्यालाई ‘माइग्रेन’ (migraine) भनिन्छ। माइग्रेनबाट ग्रसित हुनेहरूलाई विशेष गरी आधा टाउको दुख्ने गर्दछ। कहिले दाहिने टाउको दुख्छ भने, कहिले देब्रे! कहिले अगाडिको टाउको दुख्छ भने कहिले पछाडिको!
यसरी लगातार टाउको दुख्न थालेपछि विभिन्न थरीका औषधीहरू प्रयोग गर्ने गरिन्छ। तर यसरी नियमित रूपमा पेनकिलर तथा सिटामोलको प्रयोग गर्नाले टाउको दुख्ने समस्या झन् बढी हुँदै जाने नयाँ खोजले बताएको छ।
त्यसो भए यसको समाधान के त?
१. यौन सम्पर्क
न्यूरोलोजिस्टहरूका अनुसार माइग्रेन जस्तो लगातार टाउको दुख्ने समस्यालाई नियमित रूपमा यौन सम्पर्क गर्दा धेरै राहत मिल्दछ। अनुसन्धानमा संलग्न भएका आधाभन्दा बढी माइग्रेन ग्रसितहरूले यौन सम्पर्कपछि त्यसको लक्षणमा केहि कम आएको महशुस गरेका थिए। यौन सम्पर्क गर्नाले हाम्रो शरीरमा प्राकृतिक पेनकिलर ‘इण्डोरफिन’ (Endorphins) पैदा हुने गर्दछ र मांशपेसी दुख्ने, टाउको दुख्ने जस्ता समस्यालाई कम गर्दछ।
२. महङ्गा पेनकिलरको प्रयोग नगर्ने
‘प्लस’ अथवा ‘एक्स्ट्रा’ लेखेका पेनकिलरहरूबाट टाढै रहनुहोस्। यसको प्रयोगले छिटै टाउको दुखेको निको हुन्छ भन्ने धेरै मानिसहरूको धारणा रहेको हुन्छ, तर यस्ता औषधीहरूमा क्याफिन र कोडिन जस्ता रसायनहरूको प्रयोग गरिएको हुन्छ, जसले गर्दा हाम्रो शरीरलाई चाहिने हर्मोनहरूको विकासमा वाधा पुर्याउँदछ।
३. सिधा भएर बस्नु
टाउको दुख्यो भन्दैमा कुर्सीमा बसेर निहुरो पर्नु अथवा टाउको पछाडि पारेर बस्नु उचित हुँदैन। यसरी कुर्सीमा सी-आकार (C-shape) मा बस्दा हाम्रो टाउको ठाडो हुन जान्छ र घाँटी तन्किन जान्छ। यसरी घाँटी तन्किँदा मस्तिष्कका स्नायुहरू च्याप्पिने हुन्छ र टाउको दुख्न कुनै बेर लाग्दैन। त्यसैले कुर्सीमा बस्दा दुवै खुट्टाले सिधा भुइँमा टेक्नुहोस्, पिठ्युँ र घुँडालाई सिधा राख्नुहोस्, ढाडलाई पनि सिधा बनाउनुहोस् र अगाडि हेर्नुहोस्। यस्तो पोजिसनमा बस्दा शरीरको काम गर्ने प्रक्रियामा कुनै बाधा नपुग्ने चिकित्सक सल्लाह दिने गर्दछन्।
४. खानेकुरामा ध्यान दिने
यदि तपाईँलाई टाउको दुख्ने समस्याले सताइरहन्छ भने, ह्याम राखिएका बाह्य खानेकुराहरूको सेवन नगर्नुहोस्। यसमा ‘टाइरामाइन’ (tyramine) र ‘नाइट्रेट’ (nitrate) जस्ता तत्वहरू हुन्छन्, जसले मस्तिष्कमा रगतको चाप बढाउने काम गर्दछ। मस्तिष्कमा रगतको चाप बढेपछि टाउको दुख्नु स्वाभाविक नै हुन जान्छ। साँधेको, गाढेको, पोलेको र बफाइएको खानेकुराहरूमा पनि टाइरामाइन प्रशस्तै हुने गर्दछ, त्यसैले गाढेको अचार मीठो छ भन्दैमा नखानुहोला।
५. गेडागुडी धेरै खाने
गेडागुडीमा ‘म्याग्नेसियम’ जस्ता फाइदाजनक खनिजपदार्थ धेरै मात्रामा पाइन्छ, यसले शरीरका माशंपेसीहरूलाई आराम प्रदान गर्दछ। हाम्रो शरीरमा म्याग्नेसियमको मात्रा कमी भयो भने मस्तिष्कमा रगतको चाप कम हुने तथा रगतमा सुगरको मात्रा कम हुने हुन्छ, जसले गर्दा टाउको दुख्ने समस्या निम्त्याउने चिकित्सकहरूको धारणा रहेको छ। अनुसन्धानकर्ताहरूले खोज गरेअनुसार धेरैजसो माइग्रेन ग्रसितहरूमा म्याग्नेसियमको मात्रा कमी भएको देखिएको छ। म्याग्नेसियम प्रशस्तै पाइने अन्य खाद्यपदार्थहरूमा हरियो सागपात, गोलभेडा, आलु, जौ, फापर, आदि पनि पर्दछन्।
६. पर्फ्युमको प्रयोग
कडा बासना भएका पर्फ्युम, आफ्टरसेभ, साबुन, एयर फ्रेसनर तथा घरायसी सामान सफा गर्ने कुराहरूमा हाम्रो नाकमा भएका स्नायू कोषहरूलाई सक्रिय गराउने रसायनिक पदार्थहरू हुन्छन्। ती स्नायू कोषहरूको सिधा सम्बन्ध मस्तिष्कसँग हुने गर्दछ। कतिपय व्यक्तिहरूमा यसले गर्दा कडा टाउको दुख्ने समस्या हुन जान्छ। त्यसैले यदि फ्रेसनर प्रयोग गर्नुहुन्छ भने झ्यालबाट हावा छिर्न दिनुहोस् र रसायनबिहीन फ्रेसनरको प्रयोग गर्नुहोस्।
७. २०\२० नियमको पालना गर्ने
कार्यालयमा दिनैभरी कम्प्युटरको स्क्रीनमा हेरिराख्ने व्यक्तिहरूमा धेरैजसो टाउको दुख्ने समस्या देखापर्ने हुन्छ। त्यसको साथसाथै थकाइ लाग्ने र आँखा तिरमिराउने जस्ता शारीरिक समस्या पनि देखापर्न सक्छ। त्यसैले हरेक २० मिनेटमा कम्प्युटर स्क्रीनबाट आँखा हटाउनुहोस् र लगभग २० फिट पर २० सेकेण्डसम्म हेर्ने बानी बसाल्नुहोस्।
८. कपाललाई नकस्ने
कपाललाई बेस्सरी कसेर बाँध्दा तालुमा भएका स्नायू कोषहरू खुम्चिने गर्छन् र टाउको दुख्ने समस्या आउन सक्छ। त्यसैले, विशेष गरी महिलाहरूमा माइग्रेनको समस्या छ भने कपाल छोडेर राख्नुहोस् अथवा हलुका मात्रै बाँध्नुहोस्।
९. प्रशस्त पानी पिउने
पानीबिना कुन प्राणीको जीवन सम्भव छ होला र? मानिसहरूमा धेरैजसो शारीरिक समस्या तथा डरलाग्दा रोगहरूको कारण नै पानीको कमी हुनु हो। टाउको दुखिराखेको छ भने पनि १\२ गिलास सफा पानी आरामले पिउनुभयो भने पनि धेरै राहत पाउन सकिन्छ
१०. शरीरलाई प्रशस्त आराम
आफ्नो शरीरको स्वास्थ्यभन्दा महत्वपूर्ण अरू केहि पनि हुँदैन। त्यसैले प्रशस्त आराम गराउने । शरीर नै नरहे अरू के कुराको मतलब हुन्छ र? त्यसमाथि निन्द्रा भनेको त शरीरलाई नभई नहुने कुरा हो। दिनभरीको काम र व्यवहारले हामी शारीरिक तथा मानसिक दुवै तवरले थकित भइरहेका हुन्छौँ, त्यस्तो बेलामा शरीरलाई आरामदायी निन्द्राको खाँचो पर्दछ।
११. योग गर्ने
विहान उठेर विभिन्न योगका आसनहरू गर्नाले पनि टाउको दुख्ने समस्यामा कमी हुँदै जान्छ। योग गर्नाले शरीर तथा दिमागलाई आराम मिल्ने र आफ्नो दुखाइमा नियन्त्रण हुने पनि योगविदहरूको विश्वास रहेको छ।
१२. सहने बानी बसाल्ने
यदि तपाईँलाई माइग्रेन नै भएको हो भने, त्यसको दुखाईको बारेमा तपाईँलाई थाहै हुनुपर्ने! कुनै पनि पेनकिलर खाएपनि सञ्चो हुँदैन, न पानी पिएर ठीक हुन्छ, न मसाज गरेर! त्यसैले यसको सबैभन्दा उचित तर गाह्रो उपाय भएको ‘सहनु’ नै हो।
अनलाइनको साहारामा
वैज्ञानिकहरुले यस्तो प्रविधि पत्ता लगाएका छन् जसबाट मानिसको र्याल परीक्षण गरेर आयु पत्ता लगाउन सकिन्छ । अर्थात् अब तपाइँले आफु कति वर्षसम्म बाँच्छु भन्नका लागि आफ्नो र्याल परीक्षण गरे पुग्ने भएको छ ।
शोधकर्ताहरुका अनुसार र्यालमा हुने एन्टीबडी प्रोटिनको मात्राले मानिस कतिसम्म बाँच्दछ वा कति छिटो मर्दछ भन्ने कुराको निक्याैल गर्न सकिन्छ ।
यो निष्कर्षमा पुग्नका लागि शोधकर्ताहरुले सन् १९९५ मा ६३९ जना प्रौढ मानिसहरुको र्यालको नमूना संकलन गरेका थिए र त्यसलाई लगातार १९ वर्षसम्म परीक्षण गरेका थिए । त्यसक्रममा उनीहरुले र्यालमा पाइने सेक्रेटोरी इम्युनोग्लोबिन ए अर्थात् आइजिएको मात्राबाट मानिसको मृत्यु कहिले हुन्छ भन्ने कुराको अनुमान गर्न सफल भए ।
बेलायतको बर्मिंघम विश्वविद्यालयका शोधकता डाक्टर अन्ना फिलिप्सका अनुसार र्यालमा एन्टीबडीको मात्रा निकै घट्दै जानु भनेको मृत्यु नजिक आउँदैछ भन्ने कुारको प्रमाण हो । सरीरमा संक्रमण हुँदा सेता रक्तकोषले एन्टीबडीको उत्पादन गर्दछ जसले संक्रामक जिवाणु वा कोषिकालाई नष्ट गर्दछ ।
शोधकर्ताका अनुसार सरीरमा हुने संक्रमण, तनाव तथा अन्य खाले शारीरिक-मानसिक विमारीका कारण पनि यस्तो एन्टीबडीको मात्रामा घटबढ हुने भएकाले एन्टीबडीको मात्रा र मृत्युको भविष्यवाणीलाई अझ भरपर्दो बनाउनका लागि अन्य पक्षहरुसँग यसको सम्बन्धको गहन अध्ययन आवश्यक छ ।
अनलाइनको साहारामा
शोधकर्ताहरुका अनुसार र्यालमा हुने एन्टीबडी प्रोटिनको मात्राले मानिस कतिसम्म बाँच्दछ वा कति छिटो मर्दछ भन्ने कुराको निक्याैल गर्न सकिन्छ ।

बेलायतको बर्मिंघम विश्वविद्यालयका शोधकता डाक्टर अन्ना फिलिप्सका अनुसार र्यालमा एन्टीबडीको मात्रा निकै घट्दै जानु भनेको मृत्यु नजिक आउँदैछ भन्ने कुारको प्रमाण हो । सरीरमा संक्रमण हुँदा सेता रक्तकोषले एन्टीबडीको उत्पादन गर्दछ जसले संक्रामक जिवाणु वा कोषिकालाई नष्ट गर्दछ ।
शोधकर्ताका अनुसार सरीरमा हुने संक्रमण, तनाव तथा अन्य खाले शारीरिक-मानसिक विमारीका कारण पनि यस्तो एन्टीबडीको मात्रामा घटबढ हुने भएकाले एन्टीबडीको मात्रा र मृत्युको भविष्यवाणीलाई अझ भरपर्दो बनाउनका लागि अन्य पक्षहरुसँग यसको सम्बन्धको गहन अध्ययन आवश्यक छ ।
अनलाइनको साहारामा
थाइराइड भनेको एउटा ग्रन्थी हो । यो हाम्रो घाँटीको अगाडीको भागमा हुन्छ । रुद्रघण्टीको ठिक तल रहेको यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्छ । सोही हर्मोनलेनै हाम्रो शरिरको अंगको क्रियाकलापलाई नियन्त्रण गर्छ । थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो । त्यसैले यसलाई शरीरको एक्सिलेटर पनि भन्ने गरिन्छ । तर जब थाइराईड ग्रन्थीको प्रणालीमा बाधा उत्पन्न हुँदा विभिन्न स्वास्थ्य समस्या आउने गर्दछन् । तथ्यांकले लाखौं मानिस थाइराईडले प्रभावित भएको देखाउँछ ।
धेरैलाई आफूलाई थाइराईड भएको पत्तै हुदैन । यदि थोरै खाना खाँने गर्दा पनि ताैल बढिरहेको छ, साना साना कुराले पनि तनाव दिईरहेको , सन्तान प्राप्तिको लागि समस्या छ र पटक पटक गर्भ तुहिने समस्या छ भने हामीलाई थाइराइड पनि भएको हुनसक्छ । थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ । हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म् भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइरोडिज्म् भनिन्छ ।
यो शरीरको आफ्नै कारण (अटो इम्युन) ले हुने रोग हो । यसमा शरीरले एन्टिबडी बनाएर थाइराइडलाई काम गर्न दिँदैन । अथवा बढी काम गर्न दिँदैन । कहिलेकाहिं रुघाखोकी वा घाँटी दुख्ने भएमा र कतिपय अवस्थामा सुत्केरी समयमा पनि थाइराइड हर्मोनको गडबडी देखिन्छ । तर, केही समयपछि यो समस्या आफैं निको भएर जान्छ । कसैलाई मुटु र डिप्रेशनको औषधिका कारण पनि थाइराइडको समस्या हुनसक्छ । थाइराइड रोग जो सुकैलाई र जुनसुकै उमेरमा पनि हुनसक्छ । तर महिलामा बढी देखिन्छ । रोगको अनुपात हेर्दा १० जना महिलामा देखिएमा एक जना पुरुषमा देखिन्छ । महिलामा रोग प्रतिरोधात्मक क्षमतामा हुने गडबडीले यो रोग बढी भएको हो । बालबालिकामा वंशाणुगत कारणले हाइपो थाइरोडिज्म् रोग लाग्नसक्छ । यसले सबैभन्दा बढी प्रभाव बालबालिकामा पार्छ ।
यो रोग लागेमा बालबालिकाको दिमागको बृद्धिविकास रोकिन जान्छ र उनीहरु सुस्त मनस्थितिका हुन पुग्छन् । यदि महिलालाई गर्भावस्था वा सो भन्दा अघि थाइराइडको समस्या भएमा बच्चामा सर्ने जोखिम बढी हुन्छ । त्यसैले जन्मेको एक हप्ताभित्र बच्चाको थाइराइड परीक्षण गराउनु पर्छ । अर्को कुरा १३ देखि १४ बर्षका युवतीमा महिनावारी गडबड भएमा एकपटक थाइराइड परीक्षण गराउनु पर्छ । गर्भावस्थामा थाइराइडको समस्या देखिएमा औषधि सेवन गर्नुपर्छ ।
थाइराइडका लक्षण
अस्वाभाविक रूपमा ताैल बढ्नु
गलगाँड आउनु
तनाव
छिटो छिटो महिनावारी हुनु र अत्यधिक रक्तश्राव
कपाल झर्नु
छाला फुस्रो हुनु
मुटुको गति सुस्त हुनु
चाँडो थकाई लाग्नु
मुड छिनछिनमा परिवर्तन भईरहनु र कमजोर स्मरणक्षमता
चिसो लाग्नु
आवाजमा भारीपन बढ्नु
युवाहरुमा थाइराइडको समस्या भएमा केही समयका लागि खुट्टा नचल्ने लक्षण देखिन सक्छ । शरीरमा पोटासियम कम भएर यस्तो अवस्था देखिएको हो । तर यस्तो समस्या थाइराइडका कारण पनि हुन्छ भनेर बिचार पुर्याउनु पर्छ । रोगको समयमा पहिचान हुन नसक्दा धेरै समस्या भोग्नुपर्छ । थाइराइडका कारण बाँझोपनको समस्या पनि आउन सक्छ । थाइराइडले पुरुषमा यौनइच्छामा कमी र वीर्यमा कमी देखिन्छ भने महिलामा अण्डा उत्पादन गर्नमा कठिनाई र छिटो रजनोवृत्ति हुन सक्छ ।
थाइराइड हुनबाट बच्न कस्तो भोजन लिने ?
हाइपोथाइरोडिजम भएकालाई भर्जिन नरिवलको तेल लाभदायक हुन्छ । यसमा चेन फ्याटी एसिड हुन्छ जसले मेटाबोलेटिज्मलाई बढाएर वजन घटाउन मद्दत गर्छ ।
१. कृत्रिम चीनीको प्रयोगबाट बच्ने
२. बदाम लगायतका चिल्ला ड्राइफुट नखाने, धुमपानबाट बच्ने र पोषणका औषधीहरु नखाने
३. आवश्यक मात्रामा आयोडिन र भिटामिन ए को सेवन गर्ने । एक वयस्क व्यक्तिका लागि १ सय ५० माइक्रोग्राम आयोडिन प्रतिदिन लिन आवश्यक छ ।
४. बन्दा, काउली, ब्रोकोली जस्ता तरकारीबाट बनेका काँचो सलाद नखाने । यी तरकारीमा पाइने गोट्रोजेन्स नामको तत्वले थाइराइडलाई प्रभाव पार्छ । बरु पकाएर खानाले खासै असर गर्दैन ।
५. सामुद्रिक माछा प्रशस्त खाने । त्यस्तै हरियो पत्तेदार तरकारी र दुग्धजन्य पदार्थमा पनि प्रशस्त आयोडिन पाउन सकिन्छ ।
६. अण्डा, पहेलो पाकेको फलफूल र हरिखा सागसब्जीले भिटामिन एको मात्र परिपूर्ति गर्छ ।
७. गर्भवती महिलालाई प्रतिदिन २ सय २० माइक्रोग्राम आयोडिन आवश्यक पर्ने हुनाले यसमा विशेष विचार पुर्याउने ।
नियमित अाैषधी सेवनबाट थाइराइड निको हुन्छ ।
अनलाइनको साहारामा ।
पछिल्लो समय उच्च रक्तचापको समस्या मानिसहरुमा बढ्दो छ । यदी तपाईं पनि यस समस्याबाट पीडित हुनुहुन्छ भने निम्न उपायहरु अपनाउन सक्नुहुन्छः
१) कुद्नेः हप्तामा एक घण्टा कुद्ने हो भने पनि त्यसले मानिसको आयुलाई ६ वर्ष बढाउने विभिन्न अध्ययनहरुले दाबी गरेको छ । शोधकर्ताहरुका अनुसार कुद्नुको विभिन्न स्वास्थ्यसम्बन्धी फाइदाहरु रहेका छन् । जसमध्ये शरीरले अक्सिजन लिने मात्रा बढाउने र रक्तचाप घटाउने पनि रहेको छ । हप्तामा एक पटक एक घण्टा कुद्दा पनि यसले तपाईंको मुटुलाई दह्रो बनाउन मद्दत गर्छ जसले कम मिहिनेतमा नै यसले रक्तसञ्चार गर्न सक्छ । यसरी आर्टरीमा कम चाप पर्छ र रक्तचाप कम हुन्छ ।
२) दही खानेः दैनिकरुपमा एउटा सानो कचौरामा दही खायो भने पनि त्यसले रक्तचापको संभावनालाई एक तिहाई कम गर्छ । वैज्ञानिकहरुका अनुसार दहीमा पाउने क्याल्सियमले रक्तनलीहरुलाई केही मात्रामा फैलिन मद्दत गर्छ जसले रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ ।
३) केरा खानेः केराजस्तै पोटासियमको मात्रा धेरै पाइने खानेकुरा खाँदा रक्तचापका रोगीहरुलाई निकै फाइदा गर्छ । पोटासियमले शरीरको तरल पदार्थको मात्रालाई नियन्त्रण गरी रक्तचापलाई नियन्त्रण गर्छ । कम्तीमा पाँच वटा केरा खाने गर्नुहोस् ।
४) नुन कम खानेः नुनले रक्तचाप बढाउने गर्छ । यसमा घरमा तरकारीमा हाल्ने नुनभन्दा पनि प्रशोधन गरिएको नुन जस्तै तयारी खानेकुरामा बढी ध्यान दिनुपर्छ । किन भने तयारी खानेकुराबाट हामीले खाने ८० प्रतिशत नुन आउँछ ।
५) तौल घटाउनुहोस्ः विभिन्न अध्ययनले केही किलोग्राम तौल बढ्दा पनि रक्तचापमा ठूलो असर पुग्छ । धेरै तौलको अर्थ मुटुले बढी काम गर्नुपर्छ जसले रक्तचाप बढाउँछ ।
६) काम कम गर्नेः नियमितरुपमा हप्तामा ४० घण्टा वा सोभन्दा बढी काम गर्ने हो भने त्यसले हाइपरटेन्सन बढाउँछ । जुन उच्च रक्तचापको प्रमुख कारण हो ।
७) चुरोट नखानेः चुरोटमा भएको निकोटिनले हाम्रो शरीरमा भएको एड्रेनलिनको मात्रा बढाउँछ । यसले मुटुको रफ्तार बढ्छ र रक्तचाप पनि बढ्छ ।
८) घुर्नुहुन्छ भने उपचार गर्नुहोस्ः ठूलो आवाजले घुर्नु भनेको अबस्ट्रक्टिभ स्लिप एपनियाको संकेत हो । उच्च रक्तचाप हुनेमा यस्तो समस्या देखिन्छ ।
९) कफी कम खानेः कफीमा रहेको क्याफिनको मात्रा ५०० मिलिग्राम भयो भने त्यसले रक्तचापलाई ३ अंकले बढाउँछ । सकेसम्म कम कफी खाने ।
१०) सलगम खानेः दैनिक रुपमा २५० मिलिलिटर सलगमको जुस खाने हो भने यसले रक्तचापलाई ७ प्रतिशतले कम गर्छ । यसमा पाइने नाइट्रेटले प्राकृतिक रुपमा रक्तचापको नियन्त्रण गर्छ । रातोपाटी
डण्डीफोर आम समस्या हो । यसले अनुहारको सुन्दरता बिग्रन्छ कि भनेर मानिसहरू चिन्तित हुन्छन् । डण्डीफोर निको भए पनि दागको रुपमा यो लामो समयसम्म रहिरहन्छ । डण्डीफोरलाई चाँडो निको बनाउने धुनमा त्यसलाई निचोर्नु नै समस्या निम्त्याउनु हो । फेरि त्यसको दागलाई हटाउने नाममा प्रयोग गरिने क्रिमले छालामा साइडइफेक्ट गर्न सक्छ । त्यसैले घरेलु उपाय तपाईको लागी फाइदाजनक हुन्छ ।
१. आलुः आलुको टुक्रा काट्नुस् र अनुहारमा बिस्तारै रगडेर लगाउनुस् । एउटा टुक्रा सुक्यो भने अर्को लगाउनुस् । यो क्रमलाई १५ मिनेटसम्म निरन्तरता दिएपछि अनुहारलाई सुक्न दिनुस् । त्यसपछि धोएर मोस्चराइजर लगाउनुस् । यो प्रयोग हप्तामा ३–४ पटक गर्नुहोस् ।
२. कागतीको रसः डण्डीफोरको दागमा कागतीको रस लगाउनुस् र सुक्न दिनुहोस् । त्यसपछि पानीले धुनुस् । यो प्रयोग साँझमात्र गर्न सक्नुहुन्छ । दिउँसो कागतीको रस लगाउने हो भने सनस्क्रीन लोसन अवश्य लगाउनुस् ।
३. गोलभेंडाः गोलभेंडा काटेर डण्डीफोरमा लगाउनुस् र त्यसलाई १५–२० मिनेटसम्म रहन दिएर धुनुस् । यस प्रक्रियालाई हप्तामा एक वा दुइपटक गर्नुस् ।
४. महः एउटा माटोको भाँडोमा मह र घिउकुमारी मिसाउनुस् । त्यसमा केही निमको पात क्रस गरेर राख्नुस् र त्यसलाई एक दिनभरका लागि चिसो स्थानमा राख्नुस् । अर्को दिन त्यसमा गुलाब जल मिसाएर डण्डीफोरमा लगाउनुस् र सुकेपछि धुनुस् । यो प्रक्रिया दिनहुँ गरेपछि डण्डीफोरको दाग मेटिनेछ ।
५. ओलिभ आयलः ओलिभ आयलको केही थोपा डण्डीफोरको दागमा लगाउनुस् । यसले अनुहारको रगतमा निखार ल्याउँछ र दाग फिका हुन थाल्छ । नियमित लगाउन थालेपछि बिस्तारै दाग हट्दै जान्छ ।
६. खाने सोडाः फेसवासमा एक चिम्टी खाने सोडा मिसाएर लगाउनुस् र चिसो पानीले अनुहार धुनुस् । यसबाट छालामा थोरै झनझनाहट हुन्छ । छालाका क्लिनिकमा छालामा चमक ल्याउन यो उपाय अपनाइन्छ । तर यसलाई अनुहारमा २० सेकेण्डभन्दा बढी नराख्नुस् ।
७. भिटामिनः खानामा भिटामिनको मात्रा बढाउनुस् । त्यसका लागि बिहानको सूर्यको किरण आफ्नो अनुहारमा पर्न दिनुस् ।
८. चन्दन पाउडरः एक चम्चा चन्दन पाउडर लिएर त्यसमा केही थोपा रोज वाटर हाल्नुस् । यो पेस्टलाई डण्डीफोरको दागमा लगाउनुस् र १५–२० मिनेटपछि धुनुस् ।
यसरी कुनैपनि तरिका अपनायमा तपाइको डन्डीफोरको दाग केही दिनमै हट्न थाल्छ । स्वास्थ्य खबरपत्रिका
सामान्यतया पायल्स रोग त्यस्तो रोग हो
जुन मलद्वारसँग सम्बन्धित छ । यसको लक्षण भनेको दिसा गर्दा रगत आउने, मलद्वारमा मासु पलाउने, दुख्ने, सुन्निने र चिलाउने गर्दछ । पायल्स
रोगीमध्ये कसैको पीप बग्छ, अंगुरको
झुप्पोजस्तो पलाएको हुन्छ र रातो सुन्निएको डल्लो हुन्छ । यो रोग लाग्दा कसैलाई
रगत आउँछ भने कसैलाई आउँदैन ।
कसरी हुन्छ पायल्स?

दिसा कब्जियत, वा दिसा थोरै आउनु, गोटा पर्नु, नियमित दिसा नहुनु, दिसा तथा पाद रोक्नु, दिसा पिसाब लागेको बेलामा नगर्नु, अत्यधिक गर्मी वातावरणमा बस्नु, चिल्लो तथा तेलको प्रयोग बढी हुनु पनि
यसको कारण हो । शरीरलाई आवश्यकभन्दा बढी खानु, तनाव लिनु तथा जीवनशैली एकनासको नभएका
कारण पायल्स हुन्छ ।
पायल्स
रोगीले के खाने ?
हरियो सागपात काँचै खाने, चोकरसहितको गहुँको पिठो, रोटी, जौ, ब्राउन राइस, रहर तथा मुगको दाल खाने, पानी प्रशस्त पिउने, फलफुलको रस पनि प्रशस्तै सेवन गर्ने ।
खाना खाँदा मुला, काँक्रो, गाँजर खाने । नरिबल, अनार, स्याउ, बेलजस्ता फलफुल, करेला, धनिया, लौकाले पनि पायल्स रोगीहरुलाई निकै फाइदा पुर्याउँछ ।
खाना खाँदा मुला, काँक्रो, गाँजर खाने । नरिबल, अनार, स्याउ, बेलजस्ता फलफुल, करेला, धनिया, लौकाले पनि पायल्स रोगीहरुलाई निकै फाइदा पुर्याउँछ ।
घरेलु
उपचारः
एक गिलास गाइको दुधमा आधा कागती निचोरेर
तुरुन्त खाँदा कसै कसैलाई रगत तथा पिप आउने जस्ता समस्या ठीक भएका छन् ।
कसैलाई फिटकिरी एक टुक्रा राखेर दश लिटर
जति पानीमा दिनको दश मिनेट बस्दा धेरै आराम मिल्छ ।
नरिवलको बाहिरको जटा डढाएर एक चिम्टी
खरानी र दुबोको २ चम्चा रस घोलेर बिहान बेलुका एक गिलास मनतातो पानीसंग खाँदा
सन्चो भएको पाइएको छ ।
मुलाको बिउ कुटेर तोरीको तेलमा फिटेर
दिसा गरिसकेपछि लगाउने गर्दा पनि कसैलाई राहत मिल्दछ ।
आफ्नो पिसाबले गद्द्वार धुने ।
नियमित रुपमा योग र शारीरिक व्यायाम
गर्दा पनि सन्चो हुन्छ । यो समस्याको नआत्तिइकन उपचार गर्नुपर्छ । औषधि उपचारबाट
निको हुन केही समय लाग्न सक्छ । शल्यक्रिया पनि अन्तिम उपचार भने होइन । कहिलेकाही
शल्यक्रियापछि पनि समस्या बल्झिएको र निको नभएको पाइन्छ ।
पायल्सका बिरामीले के नगर्ने के नखाने ?
अदुवा, मासको दाल, पिरो, अमिलो, चिल्लो तथा मसला बढी भएको, माछामासु, बासी खानेकुरा, चना, भन्टा, आलु, बोतलबन्द खानेकुराहरु, पूरानो अचार, रेडिमेड खानेकुरा, चियाकफी, चुरोट रक्सीजस्ता चिज उपभोग नगर्ने, स्त्री सम्भोग कम गर्ने, खाली पेट नबस्ने, बिहान अबेरसम्म नसुत्ने लगायतका कुरामा ध्यान दिने । यी तरिका अपनाउँदा लागिसकेको रोग पनि बिस्तारै कम हुँदै जान्छ ।
अदुवा, मासको दाल, पिरो, अमिलो, चिल्लो तथा मसला बढी भएको, माछामासु, बासी खानेकुरा, चना, भन्टा, आलु, बोतलबन्द खानेकुराहरु, पूरानो अचार, रेडिमेड खानेकुरा, चियाकफी, चुरोट रक्सीजस्ता चिज उपभोग नगर्ने, स्त्री सम्भोग कम गर्ने, खाली पेट नबस्ने, बिहान अबेरसम्म नसुत्ने लगायतका कुरामा ध्यान दिने । यी तरिका अपनाउँदा लागिसकेको रोग पनि बिस्तारै कम हुँदै जान्छ ।
विशेष ध्यान दिनुपर्ने कुराः
पायल्सका बिरामीले हप्तामा एकपटक
वा आवश्यकताअनुसार पेट सफा गराउने, पेट हल्का राखी उपचार गर्नु एकदम राम्रो
विधि हो । एकदम कम र हल्का खाने, शरीरले पचाउन सक्ने गरी खानुपर्छ ।
हप्तामा दुई तीनदिन शुरुमा रोग
बढेको अवस्थामा एकदिन बिराएर फलफूलको रस वा पानीमात्र खाएर बस्नुपर्छ । डाक्टरको
सल्लाहअनुसार केही राम्रो भएपछि बिस्तारै काँचै खानेकुरा खाएर बस्ने, पेटलाई हलुंगो बनाएर औषधि गर्दै जाने ।
यस्तै, पिपलको
बोक्रा मसिनो बनाएर सुकाएर पिस्ने, शुद्ध तोरीको तेलमा मिसाएर नियमित
बिहानबेलुकी मासु बढेको ठाउमा एकदेखि तीन महिनासम लगाएमा पलाएको मासु
बिस्तारै सुक्दै जान्छ र पायल्स पनि बिस्तारै कम हुँदै जान्छ ।
१. कार्डियोभास्कुलर स्वास्थ्यमा सुधार ल्याउँछ
हालै भएका अनुसन्धानले महिनामा एकपटक या सोभन्दा कम सेक्स गर्नेभन्दा हप्तामा दुईपटक सेक्स गर्नेहरुमा हृदयाघातको सम्भावना कम भएको पाइएको थियो ।
२. रोगप्रतिरोधी क्षमतामा सुधार ल्याउँछ
नियमित सेक्स गर्नाले शरीरमा रोगप्रतिरोधी क्षमतामा सुधार ल्याउँने एन्टिबडी इम्युनोग्लोबुलिन वृद्धि गर्छ र रुघा, ज्वरोजस्ता रोग लाग्नबाट बचाउँछ ।
३. तनाव हटाउँछ
जसले नियमित रुपमा बेडरुम क्रियाकलाप गर्छ या नियमित सेक्स गर्छ, त्यस्ता मानिसमा तनाव हुँदैंन र सधैं खुशी रहन्छन् ।
४. पीडा हटाउँछ
सेक्सका क्रममा जब मानिस चरमोत्कर्षमा पुग्छ, त्यतिबेला शरीरमा अक्सिटोसिन नामक हर्मोन ५ गुणाले वृद्धि हुन्छ । यसले शरीरका पीडालाई बिर्साउँछ ।
५. आयु बढाउँछ
मानिस चरमोत्कर्षमा पुगेका बेला डिहाइड्रोइपियान्ड्रोस्टेरोइन नामक हर्मोन निस्कन्छ । जसले रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ, शरीरका तन्तु मर्मत गर्छ र छाला स्वस्थ बनाउँछ । जुन पुरुष कम्तीमा साताको दुईपटक चरमोत्कर्षमा पुग्छ, उनीहरुको आयु पनि बढ्छ ।
६. रक्तसञ्चार वृद्धि गर्छ
सेक्सका क्रममा मुटुको चाल तीब्र हुँदा शरीरका अंग तथा कोषमा ताजा रगत आपूर्ति हुन्छ । त्यतिबेला शरीर पनि फूर्तिलो हुन्छ ।
७. राम्रोसंग निद्रा लाग्छ
नियमित सेक्स गर्ने मानिसले आराम महसुस गर्ने हुनाले निद्रा पनि राम्रोसंग लगाउन मद्दत गर्छ ।
८. समग्र फिटनेशमा वृद्धि गर्छ
यसले मानिसको फिटनेशमा पनि वृद्धि गर्छ । आधाघण्टा सेक्स गर्नाले ८० क्यालोरी शक्ति खर्च हुन्छ । यस्तै, यसले मांसपेशी र हड्डी पनि मजबूत बनाउँछ । स्वास्थ्य खवर पत्रिका
हालै भएका अनुसन्धानले महिनामा एकपटक या सोभन्दा कम सेक्स गर्नेभन्दा हप्तामा दुईपटक सेक्स गर्नेहरुमा हृदयाघातको सम्भावना कम भएको पाइएको थियो ।
२. रोगप्रतिरोधी क्षमतामा सुधार ल्याउँछ
नियमित सेक्स गर्नाले शरीरमा रोगप्रतिरोधी क्षमतामा सुधार ल्याउँने एन्टिबडी इम्युनोग्लोबुलिन वृद्धि गर्छ र रुघा, ज्वरोजस्ता रोग लाग्नबाट बचाउँछ ।
३. तनाव हटाउँछ
जसले नियमित रुपमा बेडरुम क्रियाकलाप गर्छ या नियमित सेक्स गर्छ, त्यस्ता मानिसमा तनाव हुँदैंन र सधैं खुशी रहन्छन् ।
४. पीडा हटाउँछ
सेक्सका क्रममा जब मानिस चरमोत्कर्षमा पुग्छ, त्यतिबेला शरीरमा अक्सिटोसिन नामक हर्मोन ५ गुणाले वृद्धि हुन्छ । यसले शरीरका पीडालाई बिर्साउँछ ।
५. आयु बढाउँछ
मानिस चरमोत्कर्षमा पुगेका बेला डिहाइड्रोइपियान्ड्रोस्टेरोइन नामक हर्मोन निस्कन्छ । जसले रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ, शरीरका तन्तु मर्मत गर्छ र छाला स्वस्थ बनाउँछ । जुन पुरुष कम्तीमा साताको दुईपटक चरमोत्कर्षमा पुग्छ, उनीहरुको आयु पनि बढ्छ ।
६. रक्तसञ्चार वृद्धि गर्छ
सेक्सका क्रममा मुटुको चाल तीब्र हुँदा शरीरका अंग तथा कोषमा ताजा रगत आपूर्ति हुन्छ । त्यतिबेला शरीर पनि फूर्तिलो हुन्छ ।
७. राम्रोसंग निद्रा लाग्छ
नियमित सेक्स गर्ने मानिसले आराम महसुस गर्ने हुनाले निद्रा पनि राम्रोसंग लगाउन मद्दत गर्छ ।
८. समग्र फिटनेशमा वृद्धि गर्छ
यसले मानिसको फिटनेशमा पनि वृद्धि गर्छ । आधाघण्टा सेक्स गर्नाले ८० क्यालोरी शक्ति खर्च हुन्छ । यस्तै, यसले मांसपेशी र हड्डी पनि मजबूत बनाउँछ । स्वास्थ्य खवर पत्रिका
पिसाब शरीरको सामान्य प्रक्रिया हो । पसिनाजस्तै पिसाबका माध्यमबाट पनि शरीरका लागि अनावश्यक तत्वहरु बाहिर निस्कन्छन् । जसलाई महसुस भएको एकदेखि दुई मिनेटभित्र फ्याँक्नुपर्छ । पिसाब थैली भरिनेबित्तिकै स्नायुप्रणालीले त्यसको संकेत मष्तिष्कमा पुर्याउँछ र पिसाब फेर्न मन लाग्छ । यदि पिसाब थोरै समय पनि रोकियो भने संक्रमण सुरुवात हुन्छ ।
पिसाब रोक्दा कस्ता समस्या निम्तन्छन् त ?
१. ब्याक्टेरियाको जोखिम : मानिसहरु पिसाब केही मिनेटका लागि या लामो समयसम्म रोकेर राख्छन् । तपाईं पिसाब कतिबेर राख्नुहुन्छ भन्ने कुरा पिसाबको उत्पादनमा भर पर्छ । यसका अलावा तरल पदार्थको उपभोग या पिसाब थैलीको कार्यक्षमतामा भर पर्छ । जति बढी समय तपाईं पिसाब रोकेर राख्नुहुन्छ, तपाईंको पिसाब थैलीमा उति बढी ब्याक्टेरिया विकसित हुन्छ र स्वास्थ्य जोखिमको कारण बन्न जान्छ ।
२. पत्थरी हुने डर : पिसाबलाई एकदेखि दुई घण्टासम्म रोक्नाले महिला वा कामकाजी युवामा पिसाबसम्बन्धी समस्या देखिन थाल्छ । जसअन्तर्गत सुरुमा पिसाब थैलीमा पीडा हुन्छ । पिसाब जतिबेर रोकेपनि त्यस क्रममा मिर्गौलाबाट पिसाब थैलीमा जम्मा भइरहेको हुन्छ । हरेक एक मिनेटमा दुई मिलिलिटर पिसाब थैलीमा पुग्छ, जसलाई प्रति एकदेखि दुई घण्टामा खाली गरिरहनुपर्छ । थैली खाली गर्न तीनदेखि चार मिनेटसम्म पनि ढिला गर्यो भने पिसाब फेरि मिर्गौलामै फर्कन थाल्छ । यसको परिणाम पत्थरीको सुरुवात हुन सक्छ, किनकि पिसाबमा युरिया र अमिनो एसिडजस्ता हानिकारक तत्व हुन्छन् ।
३. मुत्रमार्ग संक्रमणको जोखिम : कहिल्यै पनि पिसाब गरिरहेको बेलामा हठात् रोक्नुहुन्न । पिसाब लाग्नेबित्तिकै शौचालय जानुपर्छ । अन्यथा मुत्रमार्ग संक्रमण (युरिनरि ट्राक्ट इन्फेक्सन या युटिआई) हुने खतरा बढ्छ । पिसाब रोकिँदा यस्तो संक्रमण फैलन्छ । सामान्यतः महिलाहरुमा मुत्रमार्गमा संक्रमण बढी हुन्छ । यो जिवाणुजन्य संक्रमण हो, जसमा मुत्रमार्गको कुनै पनि भाग प्रभावित हुन सक्छ ।
४.इन्टस्र्टिशल सिस्टाइटिस : यो एक पीडादायी ब्लाडर सिन्ड्रोम हो, जसका कारण पिसाब थैली सुन्निन सक्छ र पीडा हुन्छ । इन्टस्र्टिशल सिस्टाइटिसबाट पीडित मानिसलाई पटक–पटक पिसाब लाग्छ । तर, पिसाब भने कम आउँछ । अहिलेसम्म यसको खास कारण पत्ता लाग्न नसकेपनि डाक्टरहरुका अनुसार यो जिवाणुको संक्रमणकै कारणबाट हुन्छ । यस्ता बिरामीहरु कोही त दिनमा ६० पटकसम्म पनि पिसाब गर्न जान्छन् । यसको पूर्णतः निमुल पार्ने उपाय छैन । तर, उपचारबाट लक्षण कम गर्न सकिन्छ ।
५.मिर्गौला फेल : पिसाबसंग सम्बन्धित हरेक प्रकारको संक्रमणले मिर्गौलामा नराम्रो असर पुर्याउँछ । शरीरमा युरिया तथा क्रियटिनिन दुवै तत्व बढ्नाले पिसाबबाट बाहिर निस्कन पाउँदैंन । जसको परिणाम ती तत्व रगतमा फैलन थाल्छन् । यसबाट भोक कम लाग्नु, बान्ता हुनु, कमजोरी हुनु, थकाई लाग्नु, सामान्यभन्दा कम पिसाब आउनु र शरीरका भागहरु सुन्निनुजस्ता लक्षण देखा पर्छन् ।
६. पिसाबको रंग गाढा हुन्छ : लामो समयसम्म पिसाब रोक्नाले पिसाबको रंग अलि गाढा हुन्छ । यसरी गाढा हुने कारण पनि संक्रमण नै हो । केही खाद्यपदार्थको सेवनले पनि पिसाबको रंग गाढा हुन्छ । भिटामिन बीले पिसाबको रंग रातो बनाउछ ।
७. पिसाबथैलीको मांसपेशी कमजोर हुन्छ : यदि पिसाब लागेको तीनदेखि चार मिनेटसम्म पनि खाली गरिएन भने पिसाबको टक्सिक तत्व मिर्गौलामा फर्कन्छ, जसलाई रिटेन्सन अफ युरिन भनिन्छ । यसका अलावा पिसाब पटक–पटक रोक्नाले पिसाब थैलीको मांसपेशी कमजोर हुन्छ । स्वास्थ्य खवर पत्रिका
नियमित व्यायाम मांसपेशीलाई नियमित व्यायामको आवश्यकता पर्छ। उचित व्यायामले शरीरमा अक्सिजन प्राप्त हुन्छ।
नियमित व्यायामले फुर्ती बढ्नुका साथै शक्ति पनि प्राप्त हुन्छ। व्यायाम गर्ने मानिसले काम गर्दा थाकेको महसुस गर्दैन। व्यायाम विभिन्न किसिमका हुन्छन्।
यौगिक व्यायाम, खेलाडी व्यायाम, आधुनिक व्यायाम एवं घरायसी व्यायाम यसका केही रूप हुन्। यौगिक व्यायामका लागि योगगुरुसँग सम्पर्क राख्नुपर्छ।
खेलाडी व्यायाम खेलाडीसँग सम्बन्धित व्यायाम हो। आधुनिक व्यायाम भन्नाले प्रविधिले बनाएका विद्युतीय सामग्रीबाट गरिने व्यायाम हो भने घरेलु व्यायाम भन्नाले घरधन्दाको कामलाई नियमित गर्ने व्यायाम हो।
धूम्रपानको त्याग
वैज्ञानिकहरूले धूम्रपान गर्ने मानिसमा साधारण व्यक्तिमा भन्दा दुई गुणा बढी हृदय रोग लाग्ने कुरा पत्ता लगाएका छन् । धूम्रपान त्याग गरेको १० वर्षपछि मात्र बिरामीहरू यस्तो खतराबाट मुक्त हुन्छन्। धूम्रपानको माध्यमबाट साधारण खोकी लाग्ने लक्षण देखापर्दै विभिन्न रोग लाग्ने सम्भावना हुन्छ । महिलाहरूमा पनि धूम्रपान गर्ने प्रवृत्ति बढ्दै गएको छ भने सहरी क्षेत्रमा पुरुषहरू बढी धूम्रपान गर्छन्।
तौलको नियन्त्रण
वजन आवश्यकभन्दा बढी छ भने मुुटुमा नकारात्मक प्रभाव पर्नसक्छ। बढी तौल हुने व्यक्तिको धड्कन कम तौल हुने व्यक्तिको तुलनामा बढी हुन्छ। व्यक्तिको तौल बढ्नुमा अनियन्त्रित खाना एवं व्यायामप्रति ध्यान नदिनु प्रमुख कारण हुनसक्छन्। फलस्वरूप रोगले सजिलै आक्रमण गर्छ। यसबाट बच्न ताजा फलफूल, हरियो सागपात, सन्तुलित भोजन तथा नियमित व्यायाममा ध्यान दिनुपर्छ।