शारिरिक वजन धेरै भएका अर्थात मोटा टिनएजर पुरुषहरुलाई पित्तथैलीमा पथ्थरी हुने खतरा उच्च रहने एक अध्ययनले देखाएको छ ।
अमेरिकी अनुसन्धाकर्ताले गरेको अध्ययनले यस्तो देखाएको हो । उनीहरुले १० देखि १९ वर्षसम्मका ५ लाख १० हजार पुरुषमा गरेको अनुसन्धानपछि यो निष्कर्ष सार्वजनिक गरेका हुन् ।
अध्ययनका क्रममा मोटो पुरुषमा कम तौल भएको पुरुषभन्दा २ गुणा बढी स्टोनको खतरा रहेको र त्यसको लक्षणसमेत देखिएको पाइएको अनुसन्धाकर्ताको दाबी छ ।
जति मोटो त्यति नै स्टोनको खतरा पनि दोब्बर हुँदै गएको उनीहरुले अध्ययनका क्रममा भेटेको बताएका छन् ।
अमेरिका लगायत पश्चिमा मुलुकमा पछिल्लो समयमा मोटोपन भएका व्यक्तिको संख्या बढ्दै गइरहेको छ । यसले विभिन्न रोग ल्याउने भन्दै बेला बेला यस्ता अध्ययनहरु आउने गरेका छन् ।
लिपस्टिक लगाउने महिलाहरूले त्यो प्रशाधनले जीवनभर आफ्नो सौन्दर्यवर्धन मात्रै गरिरहेका हुन्नन् । विश्वव्यापी तथ्यांक अनुसार, त्यस्ता महिलाले बाँचुन्जेल तीन किलोजति लिपस्टिक अज्ञानतावश खाइसकेका पनि हुन्छन् । लिपस्टिक लगाएर खानेकुरा खाँदा वा ओठलाई जिब्रोले चलाउने गर्दा त्यसको थोरैथोरै अंश निलिने पनि हुन्छ । रमाइलो त के भने, पुरुषहरूले पनि जीवनभर करिब एक किलो लिपस्टिक उदरस्थ गर्छन् । यसको कारण भनिरहनु नपर्ला ।
लिपस्टिक लगाएर चिरिच्याँट्ट पर्ने वा चुम्बनको आकर्षणमा लिपस्टिकको ख्याल नगर्दा यो स्लो पोइजनका रूपमा हाम्रो शरीरमा पुगिरहेको हुन्छ । दिनमै पटकपटक लगाइने र शरीरभित्र छाला र मुखको माध्यमले प्रवेश गर्ने लिपस्टिक खतरामुक्त नहुने अनुसन्धाताहरूको दाबी छ । यसमा अत्यधिक मात्रामा लिडको मात्रा पाइएको छ । लिडको उपयोग विभिन्न रंगको लिपस्टिक बनाउन गरिन्छ । लिड अर्थात् सिसा प्रकृतिमा पाइने घर्षण थेग्न सक्ने, सघन, प्वालहरू भएको नीलो, खैरो रंगको धातु हो । यसको उपयोग पाँच हजार वर्षदेखि हुँदै आएको छ । हाल लिडको प्रयोग विभिन्न प्रकारका शृंगार प्रशाधनमा समेत गरिएकोले यसले मुख्यतः बालबालिका र महिलाको स्वास्थ्य मा नकारात्मक असर पारिरहेको छ ।
जन स्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र (सिफेड) ले नेपालमा पाइने लिपस्टिकको परीक्षण गर्दा नमुनाहरूमा सिसा (लिड) को मात्रा अमेरिकी मापदण्डभन्दा १४५० गुणासम्म बढी पाएको छ । अमेरिकास्थित फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) को तथ्यपत्र अनुसार, लिपिस्टिकमा लिडको मात्रा ०.१ पीपीएमभन्दा बढी हुनु हुँदैन । सिफेडको परीक्षणमा नेपालमा पाइने विभिन्न ब्रान्डका लिपस्टिकहरूमा लिडको मात्रा ३० देखि १४५ पीपीएमसम्म पाइएको थियो । परीक्षणमा सबैभन्दा बढी १४५ पीपीएम म्याक ब्रान्डको रगत जस्तो रातो रंगको लिपस्टिकमा पाइएको थियो । यो लिडको निर्धारित मात्राभन्दा १४५० गुणा बढी हो ।
लिपस्टिकमा भएको घटक तत्त्व यसको लेबलमा उल्लेख नभइरहेको तर्फ औंल्याउँदै धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण भन्छन्, 'यस्तो स्थितिमा एफडीएले मान्यता दिएको बाहेक अन्य लिपस्टिक उपयोग गर्नु जोखिमपूर्ण हुन्छ । गुणस्तरहीन लिपस्टिकहरूले स्वास्थ्य मा गम्भीर असर पार्न सक्छ ।' उनका अनुसार, रातो रंगका लिपस्टिकहरूमा बढी लिड हुने भएकोले अर्कै रंगका गुणस्तरीय लिपस्टिकको प्रयोग गर्नुपर्छ ।
सिफेडको परीक्षणको नतिजा अनुसार, नेपालमा बेचिनेमध्ये लोरियल पेरिस ब्रान्डको लिपस्टिकमा लिडको मात्रा सबैभन्दा थोरै अर्थात् ३० पीपीएम पाइयो । तर यो पनि अमेरिकी मापदण्डभन्दा ३ सय गुणा बढी हो । सिफेडको परीक्षणमा रेभ्लोन, ल्याक्मी, सिसिडो, डिली, च्यानल र मिडी जस्ता ब्रान्डहरूमा लिडको मात्रा क्रमशः ४०, ५०, १२३, १०१ र ११६ पीपीएम पाइएको थियो ।
'हाम्रो परीक्षण अनुसार सबै लिपस्टिकमा पाइएको लिडको औसत मात्रा ९०.१२५ पीपीएम छ । यसको तात्पर्य नेपाली महिलाले अमेरिकी मापदण्डभन्दा ९०१ गुणा बढी हानिकारक लिपस्टिक लगाउने गर्छन् ।' सिफेडका कार्यकारी निर्देशक, वातावरण वैज्ञानिक रामचरित्र साह भन्छन्, 'परीक्षणको लागि प्रयोग गरिएका नमुनाहरूका बट्टामा लिडको मात्रा बारेमा कुनै जानकारी दिइएको थिएन ।'
विदेशमा सौन्दर्य प्रशाधनलाई खाद्य तथा औषधि प्रशासनले हेर्ने गरेको छ । नेपालमा भने सौन्दर्य प्रसाधनको अनुगमन तथा मुल्यांकन गर्ने कुनै आधिकारिक निकाय छैन । साह भन्छन्, 'तपाईं महँगो लिपस्टिक उत्पादन किन्नुहुन्छ भने पनि त्यसमा लिड छैन भनेर ढुक्क नहुनुस् ।' हाम्रो मुलुकमा जुनसुकै मूल्यका लिपस्टिकमा लिडको मात्रा मानव स्वास्थ्य को लागि निर्धारित स्तरभन्दा निकै बढी पाइने गरेको छ ।
लिड छाला, श्वासप्रश्वास वा खानाको माध्यमले मानव शरीरमा प्रवेश गरे यसले विषाक्त प्रभाव देखाउन थाल्छ । मानव शरीरको लागि लिड आवश्यक हुँदैन । त्यसैले यसको थोरै मात्राले ठूलो असर गर्छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार, लिड धातुबाट मानिसलाई कुनै किसिमको जैविक फाइदा हुँदैन । शरीरमा धेरै मात्रामा लिडको उपस्थितिबाट स्नायु, प्रजनन जस्ता थुप्रै प्रणालीलाई क्षति पुग्छ । मृगौलालाई असर गर्छ, उच्च रक्तचाप, रक्तअल्पता हुन सक्छ ।
'लिडले बाल्यावस्थामा मस्तिष्क र स्नायु प्रणालीको विकासमा अवरोध पुर्याउँछ,' स्नायु रोग विशेषज्ञ डा. वसन्त पन्त भन्छन्, 'अनिद्रा हुने, टाउको दुख्ने, मन विचलित हुने, छारे रोग लाग्ने, चिडचिडोपन विकास हुने र अचेत अवस्थामा पुग्ने सम्भावना पनि हुन्छ ।' नपुंसकता पनि हुन सक्छ ।
गर्भवतीहरू लिड विषाक्ततामा परे गर्भपतनसँगै बाँझोपनको खतरा उत्पन्न हुन जान्छ । डा। पन्तका अनुसार, लिडले गर्भस्थ शिशुको हाड र अन्य अंगहरूलाई हानि पुर्याउँछ ।
'सम्भव भएसम्म गर्भावस्थाभन्दा अघिदेखि नै अत्यधिक र निरन्तर रूपमा लिपस्टिक लगाउनबाट जोगिनु नै राम्रो हुन्छ,' डा। पन्तको सुझाव छ । लिडले मृगौला र स्नायुमा बढी क्षति पुर्याउने उल्लेख गर्दै वीर अस्पतालका डा। अनिलकुमार मिश्र भन्छन्,
'कसैको बंगारामा ब्लू लाइन देखिनु पनि लिड विषाक्तता हो ।'
Ekantipur
सरकारले गर्भवती र सुत्केरी महिलालाई आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउने भएको छ । सरकारले यसअघि गर्भवती महिलाको नियमित स्वास्थ्य जाँच, आइरन, क्याल्सियम चक्की वितरण र सुत्केरी सेवा निःशुल्क गराउँदै आएको थियो । तर, सुत्केरी गर्दा शल्यक्रिया गर्नुपरेमा वा अत्यधिक रक्तश्राव भएर बिरामीलाई रगत दिनुपर्ने अवस्थामा बिरामी आफैंले रगत को व्यवस्था गर्नुपथ्र्यो । सरकारको निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रमले बिरामी आफैंले रगत खोज्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन् ।
बिरामीले समयमै रगत जुटाउन नसक्ने, आवश्यक समूहको रगत नपाइने समस्याबाट छुटकारा पाउनेछन्, स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाका शिलु अर्यालले भनिन्, यो कार्याक्रम लागू भएपछि बिरामीलाई जुनसुकै समूहको रगत आवश्यक भए पनि समयमै उपलब्ध गराइनेछ । सरकारले यस वर्षदेखि २६ वटा जिल्ला अस्पताल, स्वास्थ्य संस्थामा यो कार्यक्रम लाने तयारी गरेको हो । सुगममा भएका अञ्चल अस्पतालबाहेक दुर्गम ठाउँमा जहाँ शल्यक्रिया गराइन्छ, बिरामीलाई रगत दिइन्छ त्यस्ता स्वास्थ्य संस्था र अस्पतालमा कार्यक्रम लैजान लागेको डाक्टर अर्यालले जानकारी दिइन् । दैलेख, बैतडी, अछाम, भोजपुर, खोटाङ लगायत २६ जिल्लामा कार्यक्रम पुर्याइनेछ ।
जिल्लामा कति रगत आवश्यक पर्छ भन्नेबारे विवरण आइनसकेको उनले जानकारी दिइन् । काठमाडौंको प्रसूतिगृहमा मासिक तीन सय १३ महिलालाई रगत दिनुपरिरहेको तथ्यांक छ । सामान्यतया शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि १र२ पोका (प्वाइन्ट) रगत आवश्यक पर्छ । एक पोका बराबर तीन सय मिलिलिटर हुन्छ । कार्यक्रम अन्तर्गत एक बिरामीका लागि दुई हजार मिलिलिटरसम्म रगत निःशुल्क वितरण गरिनेछ ।
यसअन्तर्गत सरकारी स्वास्थ्य प्रयोगशाला (पब्लिक हेल्थ ल्याबोरेटरी) मार्फत रेडक्रस सोसाइटीसँग सहकार्य गरी रगत उपलब्ध गराउने तयारी भइरहेको छ । प्रयोगशालामार्फत रेडक्रस सोसाइटीलाई रकम बुझाइने र रेडक्रसले आवश्यक समयमा रगत वितरण गर्ने सम्झौता गरिएको छ । यस वर्षदेखि सुरु गर्न लागेको निःशुल्क रगत वितरण कार्यक्रमका लागि सरकारले २० लाख रुपैयाँ बजेट छुटयाउने भएको छ ।
ekantipur
आर्थिक अभावका कारण उपचार गराउन नसकेका मृगौला रोग पिडितहरुले निशुल्क उपचारको माग गर्दै आजदेखि आमरण अनसनमा सुरु गरेका छन् ।
नेपाल किड्नी समाजका अध्यक्ष राजेश तुलाधरको नेतृत्वमा करिब ५० जना रत्नपार्कमा रहेको शान्तिबाटिकामा अनसनमा बसेका हुन् ।
अनसनामा पत्रकार एवम मृगौला पिडित रमेश चालिसे पनि सहभागी हुनुहुन्छ ।
अनसनमा बसेका मृगौलापिडितले एकमुष्ट आर्थिक सहयोग गर्नु पर्ने, स्वेच्छाले अंगदान गर्न पाउनु पर्ने, ब्रेन डेथ भएकाहरुको मृगौला निकाली प्रत्यरोप गर्ने ब्यवस्था गरिनु पर्ने, प्रत्येक जिल्लामा कम्तिमा एउटा हेमोडायलासिस केन्द्र सञ्चालन गर्नु पर्ने, डायलायसिस सेवा २४ घण्टा नै सन्चालन गर्नु पर्ने, बन्द हडतालको बेलामा मृगौला रोगीलाई अस्पताल लान लैजान छुट्टै सवारी साधनको ब्यवस्था गरिनु पर्ने, मृगौला रोग पिडितलाई हवाई जहाज र सवारी साधनमा पुरै भाडा मिनाहा गर्नु पर्ने लगायतका माग राखेका छन् ।
नयाँ पार्टी घोषणामा अगुवा आदीवासी जनजाती नेताहरुविच विवाद भएपछि आदीबासी अगुवाहरुले प्रस्तावित नयाँ पार्टीको घोषणा गरेका छन् ।
राजधानीमा पत्रकार सम्मेलन गरेर प्रस्तावित ‘सामाजिक लोकतान्त्रिक बहुल राष्ट्रिय पार्टी’ घोषणा गरिएको हो ।
आदीवासी जनजातीको नयाँ पार्टी नै घोषणा गर्ने बताइएपनि अगुवा नेताहरुविच कुरा नमिलेपछि पार्टीको नाम प्रस्तावित गर्दै नयाँ घोषणापत्र सार्बजनिक गरिएको छ ।
विश्व आदिवासी जनजाती दिवसको अवसर पारेर राष्ट्रिय योजना आयोगका पूर्वसदस्य एवम् जनजाती अगुवा चैतन्य सुब्बाले नयाँ पार्टीको घोषणापत्र सार्बजनिक गर्नुभएको हो ।
आदिवासी जनजातिको सामाजिक लोकतान्त्रिक बहुल राष्ट्रिय पार्टी को घोषणापत्र सार्वजनिक समारोहमा आदिवासी जनजाति अभियन्ताहरु । |
आज प्रस्ताव गरिएको नयाँ पार्टी असोज १५ गतेपछि औपचारिक रुपमा सार्बजनिक गर्ने उहाँले जानकारी दिनुभयो ।
पार्टी गठनबारे विवाद नभएको दावी गर्दै सुब्बाले नयाँ पार्टीको नेतृत्व एमाले उपाध्यक्ष अशोक राईले नै गर्ने जिकिर गर्नुभयो ।
उहाँले आफ्नो पार्टी क्षेत्रीय नभएको भन्दै देशमा नयाँ शक्तिको रुपमा आफ्नो पार्टीले भूमीका खेल्ने बताउनुभयो ।
नयाँ पार्टी घोषणाका बिषयमा आदिवासी जनजाती आन्दोलनका अगुवाहरुबीच बिबाद भएको र नेकपा एमाले तथा मधेशी नेताहरु तत्काल सामेल नहुने भएपछि घोषणापत्र मात्रै सार्बजनिक गरिएको हो ।
पार्टीभित्र अन्तरसंघर्षलाई जारी राख्दै सकभर पार्टीलाई नै रुपान्तरण गर्ने प्रयास जारी राख्ने निष्कर्शमा एमाले नेताहरु पुगेका छन भने असन्तुष्ट मधेशी नेताहरु पनि तत्काल पार्टी छाड्ने मनस्थितिमा देखिँदैनन ।
आज अगष्ट ९ तारिख, १८ औँ विश्व आदिवासी दिवस । आदिबासी जनजाति र यससंघ सम्बन्धित संघसंघठनहरुले आदिवासी जनजातिहरुको अभियान, जातीय पहिचान सहितको संघीय संविधान भन्ने नाराका साथ नेपालमा पनि मनाउँदैछन ।
सन् १९८२ मा संयुक्त राष्ट्रसंघले अगष्ट ९ तारिखलाई विश्व आदिवासी दिवस र २००४ देखि २०१४ सम्मलाई आदिवासी दशकका रुपमा मनाउने घोषणा गरेको छ ।
नेपालका आदिवासीले आफ्नो भाषा, धर्म, संस्कृति, रितीरिवाज संरक्षण र विकासका साथै शिक्षा, स्वास्थ्य, विकास, मानवअधिकार, राजनीतिक अधिकार तथा राज्यका सबै तहमा पहिचानसहितको समानुपातिक प्रतिनिधित्व र पहुँचसहितका माग सम्बोधन गराउन अवसरको रुपमा दिवस मनाउँदैछन् ।
दिवसको अवसरमा आदिवासी जनजाति महासंघले केहिबेरमा भृकुटीमण्डपबाट झाँकीसहितको र्याली निकालीएको छ ।
अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसमा अवसरमा बिहीबार भृकुटीमण्डपमा आयोजित समारोहमा धनुषकाड हान्दै प्रधानमन्त्री बाबुराम भट्टराई । |
नेपालमा ७० प्रतिशत आदिवासी रहेका छन् । पिछडिएको मानिने आदिवासीलाई विश्वका प्राय सबै राज्यले अवसर दिन थालेको छ ।
मंगल ग्रहमा जीवको थप खोजी गर्न नासाका बैज्ञानिकहरुले पठाएको क्युर्योसिटी सफलतापूर्वक अवतरण गरिएको छ ।
मंगल ग्रहमा सुरक्षित अबतरण भएको यानले त्यहाँको थप जानकारी हासिल गर्न सहयोग पुर्याउने बैज्ञानिकको दाबी छ । यो अभियानका लागि २ दशमलब ५ अर्ब अमेरिकी डलर खर्च गरिएको छ । लामो तयारी पछि यो
रोवर्टलाई मगंल ग्रह पठाइएको हो ।
बैज्ञानिक स्टेल्त्नेरको समूहले रोवर्टलाई मंगल ग्रहमा सुरक्षित अबतरणका लागि रकेटको मद्दतबाट एउटा क्रेन पनि त्यसतर्फ पठाएको थियो ।
स्काईक्रेनमार्फत स्पेसक्राफ्ट मंगल ग्रहमा ल्याण्ड गरिएको हो । यसबाट प्राप्त हुने तथ्यका आधारमा मंगल ग्रहमा जीवन सम्भव भए नभएको पत्ता लाग्ने बताइएको छ ।
यो रोवर्टलाई नासाले २६ नोभेम्बर २००१ मा केप क्यानेवरल स्पेस स्टेशनबाट एटलस९५ नामक रकेटबाट प्रक्षेपण गरेको थियो । मंगलग्रहमा रेडियोआइसोटप जेनेरेटरबाट प्राप्त हुने विजुलीले चल्नेछ भने इन्धनका रुपमा प्लूटोनियम९२३८ को प्रयोग गरिएको छ ।
बैज्ञानिक स्टेल्त्नेरको समूहले रोवर्टलाई मंगल ग्रहमा सुरक्षित अबतरणका लागि रकेटको मद्दतबाट एउटा क्रेन पनि त्यसतर्फ पठाएको थियो ।
स्काईक्रेनमार्फत स्पेसक्राफ्ट मंगल ग्रहमा ल्याण्ड गरिएको हो । यसबाट प्राप्त हुने तथ्यका आधारमा मंगल ग्रहमा जीवन सम्भव भए नभएको पत्ता लाग्ने बताइएको छ ।
उक्त यान यसरी अवतरण गरेको थियो
यस्तो थियो यानको दृष्यहरु
के हो क्यूरियोसिटीः
६ खुट्टा भएको क्यूरियोसिटीको तौल ९ सय किलो छ । ३ मिटर उचाई भएको यसको गति औसत ३० मिटर प्रति घण्टा छ । यो रोवर्टले मंगल ग्रहमा २ वर्षसम्म काम गर्ने छ । उक्त समयमा क्यूरियोसिटीले कम्तिमा १९ किलोमिटर दुरी पार गर्नेछ ।यो रोवर्टलाई नासाले २६ नोभेम्बर २००१ मा केप क्यानेवरल स्पेस स्टेशनबाट एटलस९५ नामक रकेटबाट प्रक्षेपण गरेको थियो । मंगलग्रहमा रेडियोआइसोटप जेनेरेटरबाट प्राप्त हुने विजुलीले चल्नेछ भने इन्धनका रुपमा प्लूटोनियम९२३८ को प्रयोग गरिएको छ ।
आँपमा हुने विभिन्न मिनेरलका कारण आपँले शरिरलाई एकै थरीमात्र फाइदा नगरी यसले शरिरका विभिन्न भागलाई स्वस्थ राख्न मद्धत गर्छ ।
आपँमा पाइने शक्तिशाली एण्टिअक्सिडेन्टले हाम्रो सेलहरू नष्ट गर्ने त्तवहरुलाई नष्ट गर्छ । आपँले विभिन्न समस्या जस्तै मुटुको रोग, बुढ्यौलीपना, क्यान्सर जस्ता रोगहरुसँग पनि लड्ने क्षमताको विकास गर्छ । यस्तै आँपका अन्य केही फाइदाहरू पनि छन् ।
ती यस्ता छन्।
१ आँपले ग्याष्टिकको समस्याबाट केहि राहत दिन्छ । आँपमा हुने पाचक इन्जाइमहरुका कारण एसिडिटी तथा पाचन प्रणालीमा सहयोग गर्छ । आँपमा पाइने इन्जाइमहरुले प्रोटिनलाई सहजै टुक्राउन सक्छन् ।
२ आँपमा प्रचुर मात्रामा फलाम पाइने भएका कारन यसको प्रयोगले गर्भवति महिलालाई राम्रो गर्छ ।
४ आँपमा प्रचुर मात्रामा हुने पोटासियमले मानिसको उच्च रक्तचाप नियन्त्रणमा पनि सहयोग गर्छ । आँपमा हुने पेक्टिन नामक फाइबरले रगतमा भएको कोलस्टोरेलको मात्रालाई कम गर्छ ।
५ मोटोपन बढाउनका लागि पनि आँपको प्रयोग राम्रो साबित हुन सक्छ । आँपमा पाइने क्यालोरी तथा कार्बोहाइड्रेट्सले मोटोपन बढाउन सहयोग गर्छ ।
६ केहि अनुसन्धानहरूले आँपको प्रयोगले कलेजोमा हुने स्टोनको समस्याबाट पनि मुक्ति दिन सक्ने बताएका छन् ।
७ चीनको मेडिकल अनुसन्धान अनुसार आँपले एनेमिया, रूघगा खोकी, ज्वरो, समुन्द्रि बिमारी, रक्तस्रावमा पनि औषधीको काम गर्छ ।
८ आँपमा पाइने ग्लुटामाइन एसिडका कारण स्मरण क्षमता बढाउन पनि आँपले सहयोग गर्छ ।
९ आँपमा पाइने भिटामिन इ का कारण मानिसको यौनजिवनमा समेत यसले सकारात्मक प्रभाव पार्ने बताइन्छ ।