नया नेपालको नया पाटी ‘सामाजिक लोकतान्त्रिक बहुल राष्ट्रिय पार्टी’


नयाँ पार्टी घोषणामा अगुवा आदीवासी जनजाती नेताहरुविच विवाद भएपछि आदीबासी अगुवाहरुले प्रस्तावित नयाँ पार्टीको घोषणा गरेका छन् ।

राजधानीमा पत्रकार सम्मेलन गरेर प्रस्तावित ‘सामाजिक लोकतान्त्रिक बहुल राष्ट्रिय पार्टी’ घोषणा गरिएको हो ।

आदीवासी जनजातीको नयाँ पार्टी नै घोषणा गर्ने बताइएपनि अगुवा नेताहरुविच कुरा नमिलेपछि पार्टीको नाम प्रस्तावित गर्दै नयाँ घोषणापत्र सार्बजनिक गरिएको छ ।

विश्व आदिवासी जनजाती दिवसको अवसर पारेर राष्ट्रिय योजना आयोगका पूर्वसदस्य एवम् जनजाती अगुवा चैतन्य सुब्बाले नयाँ पार्टीको घोषणापत्र सार्बजनिक गर्नुभएको हो ।
आदिवासी जनजातिको सामाजिक लोकतान्त्रिक बहुल राष्ट्रिय पार्टी को
 घोषणापत्र सार्वजनिक समारोहमा आदिवासी जनजाति अभियन्ताहरु ।
आज प्रस्ताव गरिएको नयाँ पार्टी असोज १५ गतेपछि औपचारिक रुपमा सार्बजनिक गर्ने उहाँले जानकारी दिनुभयो ।
पार्टी गठनबारे विवाद नभएको दावी गर्दै सुब्बाले नयाँ पार्टीको नेतृत्व एमाले उपाध्यक्ष अशोक राईले नै गर्ने जिकिर गर्नुभयो ।
उहाँले आफ्नो पार्टी क्षेत्रीय नभएको भन्दै देशमा नयाँ शक्तिको रुपमा आफ्नो पार्टीले भूमीका खेल्ने बताउनुभयो ।


नयाँ पार्टी घोषणाका बिषयमा आदिवासी जनजाती आन्दोलनका अगुवाहरुबीच बिबाद भएको र नेकपा एमाले तथा मधेशी नेताहरु तत्काल सामेल नहुने भएपछि घोषणापत्र मात्रै सार्बजनिक गरिएको हो ।

पार्टीभित्र अन्तरसंघर्षलाई जारी राख्दै सकभर पार्टीलाई नै रुपान्तरण गर्ने प्रयास जारी राख्ने निष्कर्शमा एमाले नेताहरु पुगेका छन भने असन्तुष्ट मधेशी नेताहरु पनि तत्काल पार्टी छाड्ने मनस्थितिमा देखिँदैनन ।

प्रकाशित मिति: Thursday, August 09, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses