मोटालाई खतरा

शारिरिक वजन धेरै भएका अर्थात मोटा टिनएजर पुरुषहरुलाई पित्तथैलीमा पथ्थरी हुने खतरा उच्च रहने एक अध्ययनले देखाएको छ ।

अमेरिकी अनुसन्धाकर्ताले गरेको अध्ययनले यस्तो देखाएको हो । उनीहरुले १० देखि १९ वर्षसम्मका ५ लाख १० हजार पुरुषमा गरेको अनुसन्धानपछि यो निष्कर्ष सार्वजनिक गरेका हुन् ।

अध्ययनका क्रममा मोटो पुरुषमा कम तौल भएको पुरुषभन्दा २ गुणा बढी स्टोनको खतरा रहेको र त्यसको लक्षणसमेत देखिएको पाइएको अनुसन्धाकर्ताको दाबी छ ।
जति मोटो त्यति नै स्टोनको खतरा पनि दोब्बर हुँदै गएको उनीहरुले अध्ययनका क्रममा भेटेको बताएका छन् ।
अमेरिका लगायत पश्चिमा मुलुकमा पछिल्लो समयमा मोटोपन भएका व्यक्तिको संख्या बढ्दै गइरहेको छ । यसले विभिन्न रोग ल्याउने भन्दै बेला बेला यस्ता अध्ययनहरु आउने गरेका छन् ।

प्रकाशित मिति: Saturday, August 25, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses