१३० रेडियोलाई सञ्चालनका लागि सिफारिस


सरकारले एकसय ३० रेडियोलाई सञ्चालनका लागि सिफारिस गरेको छ । गत आर्थिक वर्षमा थप रेडियो सञ्चालनका लागि १ सय ३० रेडियोलाई सञ्चालन सिफारिस गरिएको हो । दुर्गम तथा रेडियोको संख्या कम भएका जिल्लामा एफएम सञ्चालन गर्न सूचना तथा सञ्चार मन्त्रालयको प्राविधिक टोलीले रेडियो सञ्चालन गर्न सिफारिस गरेको हो ।

उपत्यका र देशका प्रमुख सहरबाहेकका स्थानमा फ्रिक्वेन्सी खाली रहेकाले अनुमित दिन सकिने भन्दै सूचना तथा सञ्चार मन्त्रालयले सिफारिस गरेको हो । सिफारिस लिएका मध्ये ७० रेडियोले सञ्चालन अनुमति पत्र ९लाइसेन्स० समेत लिएको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्ममा ६ सय भन्दा धेरै रेडियोलाई सञ्चालनका लागि सिफारिस गरिएको र चारसय ७६ वटा रेडियोले प्रसारण अनुमतिपत्र लाइसेन्स लिएको मन्त्रालयको अनगमन शाखाका विभागीय इन्जिनियर गौरब गिरीले जानकारी दिएका छन् । चार सय भन्दा धेरैले परिक्षण सुरु गरेको पनि उहाले बताउनुभयो । Online

प्रकाशित मिति: Monday, September 03, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses