एउटा विश्व, एउटा घर र एउटा मुटु

आज सेप्टेम्बर २९ तारिख,  विश्व मुटु दिवस । एउटा विश्व, एउटा घर र एउटा मुटु भन्ने नाराका साथ विविध कार्यक्रम गर्दै विश्वभर मनाइँदैछ ।

दिवसको अवसरमा राजधानीको राष्ट्रिय सभागृहमा विशेष ककार्यक्रम गरिएको छ ।
विश्वव्यापी रुपमा भइरहेको औद्योगीकरण, मानिसको जिवनशैलीमा भएको परिवर्तनबाट मुटुरोगीको संख्या पनि बढ्दै गएको छ । मुटुरोग प्राणघातक रोग भए पनि ८० प्रतिशत मुटुरोग नियन्त्रण गर्न सकिने चिकित्सकहरु बताउँछन् ।


विश्व मुटु महासंघका अनुसार विश्वमा प्रत्येक वर्ष १ करोड ८० लाख मानिसको मृत्यु मुटुसम्बन्धि रोगले हुने गरेको छ र यो संख्या बढ्दै गएको छ । मृत्यु हुनेमा विकासोन्मुख र गरिब देशका ८० प्रतिशत छन् ।
विश्व स्वास्थ्य संगठनले नियन्त्रणका लागि प्रभावकारी कदम नअपनाइए सन् २०२० सम्ममा विकासोन्मुख देशमा यसले महामारीको रुप लिने चेतावनी दिएको छ ।

नेपालमा पनि मुटुरोगीको संख्या दैनिकजसो बढ्दै गएको चिकित्सकहरुले बताएका छन् । नेपालमा १५ प्रतिशत मानिसलाई  कुनै न कुनै किसिमको मुटु रोग लागेको तथ्यांक छ । २५ प्रतिशत युवामा उच्च रक्तचापको समस्या रहेको तथा ९४ प्रतिशत नेपालीको रक्तचाप अनियन्त्रित रहेको तथ्यांकहरुले देखाएका छन् ।
नियमित व्यायाम गर्ने, धुमपान नगर्ने, उपयुक्त आहार, सकारात्मक सोच राख्ने गरे मुटुरोग नलाग्ने चिकित्सकको सुझाव छ ।

प्रकाशित मिति: Saturday, September 29, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses