• मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरञ्जन
  • तपाइको
  • जानकारी
  • सञ्जिवनी





  • डा सि पी सेढाई, 
नेपालमा पारिवारिक कलह, काममा असफलता, श्रीमान्को विदेश बसाइँ, प्रेममा वियोग, आफन्तको मृत्यु, व्यापारमा नोक्सानी, जागिर जानु, बाल्यअवस्थामा आमाबाबुबाट टाढा रहनु र राजनीतिक असन्तुलनलगायतका कारणले डिप्रेसन भएको पाइन्छ । डिप्रेसनका कतिपय बिरामी राती निदाउँदैनन् । उनीहरू आत्तिने खालका सपना देख्छन् । धेरैजसो आफूलाई असफल ठान्छन् र भविष्यप्रति निराशावादी हुन्छन् । कोही यौनक्रियामा कमी भयो भन्दै डाक्टरकहाँ आउँछन् ।

डिप्रेसन विभिन्न प्रकारका हुन्छन् । यो रोग यकिन गर्न यस्ता लक्षणहरू कम्तीमा २ साता रहनुपर्छ । महिलामा यो समस्या बढी देखिने गरेको पाइन्छ । खास कारण एकिन नभएपनि उनीहरूमा सहन सक्ने क्षमता कम हुने भएकाले यो समस्या बढी हुने गरेको अनुमान छ ।

डिप्रेसनका बिरामी नेपालमा धेरै छन् । कतिपयलाई सुरुमा बेलुकी पख टाउको दुख्ने, कुराहरू बिर्सने, आत्मबल घट्ने, आत्तिएको महसुस गर्ने, दुःख परेको मानिस देख्दा मन थाम्न नसक्ने हुन्छ । यो समस्याका कारण कतिपय बिरामी घाँटीमा केही अड्कियो भन्छन्, आफूलाई क्यान्सर भयो भनी रुन्छन्, मर्ने भइयो भनेर आत्तिन्छन् र परिवारको बारेमा कुनै चिन्ता लिँदैनन् ।

उनीहरूले सामान्य कुरामा पनि मन थाम्न सक्दैनन् । जस्तै– सडकमा बिरामी वा मरेको मानिस देख्दा आत्तिने र चिन्तित हुने गर्छन् । एउटै घटनालाई आधारमानी सधैं त्यसमा अनावश्यक विवाद गर्छन् । जस्तै– परिक्षमा एक पटक असफल भएमा अब फेल भइन्छ भनी आतिन्छन्, जुन गलत हो । कतिपय नकारात्मक सोचाइबाट पिडित हुन्छन् । मनमा यस्तो सोच्दिन भने पनि यस्ता बिरामीमा त्यस्तो सोचाइ आउँछ, जसले उनीहरू छट्पटिन्छन् । यस्ता बिरामीको मस्तिष्क परीक्षण, सिटी स्क्यान, एमआरआई गर्दा कुनै खराबी देखिदैन ।

प्रकार र लक्षण :

  • न्यूरोटिक डिप्रेसन: यस्ता बिरामीहरू मलाई कस्तो रोग लाग्यो भनी चिन्ता गर्छन् ।
  • साइकोटिक डिप्रेसन: यस्ता बिरामीहरू अरू मानिसदेखि शंका गर्छन् ।
  • सेनाइल डिप्रेसन: बुढेसकालमा देखिने डिप्रेसनलाई सेनाइल डिप्रेसन भनिन्छ । यस्ता बिरामीले प्रायः आत्महत्या गर्ने डर हुन्छ । उनीहरू एक्लै बोल्ने, एक्लैे हाँस्ने पनि गर्न सक्छन् ।
  • डिप्रेसन स्टूपर: यस्ता बिरामी अत्यन्त नचली र नबोलि बस्छन् । कोही आँसु बगाउँछन् ।
  • एजिटेटेड डिप्रेसन: यस्ता बिरामी अत्यन्त छटपटी गर्छन् । एक ठाउँमा बस्न सक्देैनन् । आत्तिने र अस्थिर मनस्थिती भएका हुन्छन् ।
  • रेटाडेड डिप्रेसन: यस्ता बिरामीहरू कम बोल्छन् र टोलाउने गर्छन् ।
  • बच्चामा देखिने डिप्रेसन: बच्चामा दखिने डिप्रेसन केही फरक हुन्छ । पेट दुख्ने, टाउको दुख्ने, रिसाउने, पढ्न नजाने आदि लक्षण देखिन्छ । स्वास्थ्यखबरपत्रिका
  • डा विनिता जोशी, वालरोग विशेषज्ञ, नर्भिक इन्टरनेशनल अस्पताल
चिसो मौसममा बालबालिका कमन कोल्डको समस्या सबैभन्दा बढी देखिन्छ । विशेष गरी ६ महिना देखि ३ वर्षसम्मको बालबालिकालाई यसले बढी आक्रान्त पार्छ । कमन कोल्ड अन्तर्गत रुघाखोकी र टन्सिलको समस्या  प्रमुख हो ।

वातावरणमा दुई सयभन्दा बढी प्रकारका भाइरसहरु दौडिरहेका हुन्छन् । चिसो मौसममा त्यस्ता भाइरसहरु बढी सक्रिय हुन्छन् । त्यसैले यो मौसममा बालबालिकामा इन्फेक्सनको सम्भावना ज्यादा हुन्छ । यस्ता भाइरसहरु ढोकाको हेन्डिलमा, सोफामा, बालबालिकाको खेलौनामा बढी हुन्छन् । जाडोमा झ्याल ढोकाहरु प्राय बन्द गरिन्छ । चिसोका कारणले सरसफाइका काम कम हुन्छन् । यसकारण जाडोमा बालबालिलाई संक्रमणको जोखिम ज्यादा हुन्छ । यसमा पनि क्रस इन्फेक्सन बढी हुन्छ । बच्चाहरु ६ महिना पुगेपछि आमाको एन्टीबडी घट्दै जान्छ । यो बच्चा ३ वर्षको हुँदासम्म बढी हुन्छ । किनकी चिसोले समात्ला भनेर बच्चालाई गुम्म पारेर राख्ने चलन छ ।


३० दिनसम्मकालाई नवजात शिशु भनिन्छ । आमाको कोखबाट जन्मिने वित्तिकै यिनीहरुमा रोग प्रतिरोधी क्षमता निकै कम हुन्छ । भर्खरै जन्मेको बच्चाको शरिर र टाउकोको आकार मिलेको हुँदैन । टाउकोको आकार ठूलो हुन्छ । शरिरको आकार सानो हुन्छ । बच्चाको बडी सर्फेस एरिया अनुसार बच्चामा तातोपनाको बढी खपत हुन्छ । त्यसैले नवजात शिशुलाई जन्मिने वित्तिकै न्यानो गरेर राख्नुपर्ने हुन्छ ।

रोग संक्रमणको जोखिम बाह्य वातावरणका कारणले हुन्छ । बच्चाहरुलाई आफन्तहरु आउने, भेट्ने र छुने लगायतका काम हुन्छ । त्यसले संक्रमणको जोखिम बढाउँछ । नवजातहरुमा यस्तो समस्या देखिन्छ । समयमा दुध पुगेन भने ग्लुकोजको मात्रामा कमी हुने सम्भावना पनि बढी हुन्छ ।

एक दुई महिनादेखि एक वर्षका बच्चाहरुमा भने फरक खालको समस्या देखिन्छ । आमाकै दुध खाने बच्चाहरुमा तुलनात्मक रुपमा इन्फेक्सनको समस्या कम हुन्छ । तर, त्योभन्दा माथिको उमेरको बालबालिकामा रुघाखोकी लगायतको समस्या देखिने हुन्छ । त्यो बाहेक ५\६ महिना काटेपछि ठोस पदार्थहरु दिने गरिन्छ । जसले पखाला हुने, पेट दुख्ने, अपच हुने लगायतका समस्या देखिन सक्छन् ।

विश्व स्वास्थ्य संगठनको मान्यता अनुसार जन्मेको ६ महिनासम्म शिशुहरुलाई आमाको दुध मात्रै खुवाउनुपर्छ । यस अवधिमा अरु केही नखुवाउँदा पनि पुग्छ । छ महिनादेखि दुई वर्षको उमेरसम्म ठोस पदार्थ पनि दिने र आमाको दुध पनि दिने हाम्रो प्रचलन छ । जो आमाहरु यस अवधिमा घरमा बस्नुहुन्छ, उहाँले दुध मात्रै चुसाउँदा राम्रो हुन्छ । । कामकाजी आमाहरु पनि हुनुहुन्छ भने ब्रेस्ट पम्पबाट दूध निकालेर स्टोर गर्ने र चाहिएको बेला खुवाउने गर्नुपर्छ । छ महिनासम्मको लागि यो उपाय राम्रो हो । छ महिनापछि भने आमाको दुधमा हुने क्यालोरी कम हुँदै जान्छ । त्यसैले ६ महिनापछि ठोस पदार्थ खुवाउन सुरु गर्नुपर्छ । ठोस पदार्थ सुरु गर्दा लिटोबाट सुरु गर्नुपर्छ ।

लाग्न सक्ने रोग
बालबालिकालाई रुघाखोकीमा पनि इन्फ्लुएन्जाको डर बढी हुन्छ । यो भाइरसबाट लाग्ने रोग हो । त्यसमा कडा ज्वरो आउने, वान्ता हुनेजस्ता लक्षण देखिन्छन् । बच्चामा कानको समस्या र दमको समस्या पनि हुन्छ । चिसोमा संक्रमण कारण बालबालिकामा दम र कोल्ड डाइरिया पनि हुन सक्छन् । यदि बच्चालाई चिसो लाग्ने खतरा धेरै छ भने यसबाट जोगाउनुपर्छ । संक्रमितको सम्पर्कबाट टाढा राख्नुपर्छ । श्वास फुलेको चाल पाएमा नजिकको स्वास्थ्य संस्थामा लिएर जाँच गराउनुपर्छ । स्वास्थ्यखबरपत्रिका
खानालाई स्वादिलो बनाउनमा मसलाको महत्वपूर्ण भूमीका रहेको हुन्छ। साथै नेपाली खानामा प्रयोग गरिने मसलाका परिकारहरू (जीरा, बेसार, मरिच, खुर्सानी, लसुन, अदुवा, प्याँज)लाई स्वस्थवर्द्धक पनि मानिन्छ।

जीराको दाना अथवा धूलो- नेपाली परिकार बनाउनको लागि नभई नहुने मसला। चाहे त्यो मासुको परिकार होस्, या साधारण तरकारी, अथवा दाल नै किन नहोस्, जीराको एक चिम्टी धूलो राखेपछि त्यसको स्वाद त मीठो भैहाल्छ, साथै बासना पनि मीठो नै आउँछ।

तर के तपाईँलाई थाहा थियो, तरकारी स्वादिलो र सुगन्धित बनाउनुको लगायत स्वास्थ्यमा कैयौँ फाइदाहरू दिने कारणले पनि जीराको धूलोलाई खानाका परिकारहरूमा मिसाउने परम्परा चल्दै आएको हो।

विश्वास लाग्दैन होला, तर जीराको एक चिम्टी दाना वा धूलोले मोटोपना घटाउने तथ्य अनुसन्धानबाट पत्ता लागेको छ। साथै यसले शरीरमा भएका बोसोलाई घटाउने, अनि नराम्रा कोलेस्ट्रोलको मात्रालाई प्राकृतिक रूपले नियन्त्रण गर्ने पनि उक्त अनुसन्धानबाट पत्ता लागेको छ।

खानामा जीराको धूलो राख्नुको महत्व

जीरामा पाइने थाइमोल (Thymol) र अन्य फाइदाजनक चिल्लो पदार्थले हाम्रो मुखमा रहेका सालिभा ग्रन्थी (Salivary Glands) हरूलाई सक्रिय बनाउँदछ, जसले हामीले खाएको खानालाई पचाउन मद्दत गर्दछ। यसलगायत, जीराले हाम्रो कमजोर पाचनप्रणालीलाई बलियो बनाउन मद्दत गर्दछ। त्यसैले यदि अपच हुने समस्याले सतायो भने जीराको चिया बनाएर पिउँदा त्यसबाट राहत पाउन सकिन्छ।

मोटोपनाको समस्याको लागि जीराको दाना

तरिका १:
  • १ गिलास पानीमा १ चम्चा जीराको दाना राख्नुहोस् र उमाल्नुहोस्।
  • पानी उम्लिएर खैरो रङ्गको भएपछि ग्यास बन्द गरेर भाँडोलाई छोप्नुहोस्।
  • त्यसपछि हलुका चिसो भएपछि त्यसलाई दिनको ३ चोटि पिउनुहोस्। यसले पाचनप्रक्रियामा राहत दिनुको साथै सामान्य पेट दुखेको समस्यालाई पनि समाधान गर्दछ।

तरिका २:
  • २ चम्चा जीराको दानालाई एक गिलास पानीमा राख्नुहोस् र त्यसलाई छोपेर रातभरी भिज्न दिनुहोस्।
  • विहान त्यस पानीलाई चिसै अथवा उमालेर पिउनुहोस्।
  • पिउँदा जीराको दानालाई पनि चपाउनुहोस्। यसले शरीरमा भएका अनावश्यक बोसोलाई हटाउँदछ।

तरिका ३:
  • १ गिलास दहीमा १ चम्चा जीराको धूलो राख्नुहोस्।
  • चिनी नराखी, त्यस मिश्रणलाई दिनको एकचोटि खानुहोस्। यसरी नियमित सेवन गर्दा पनि तौल घटाउन मद्दत गर्दछ।

तरिका ४:
  • १ चम्चा जीराको धूलो र आधा चम्चा महलाई पानीलाई मिसाएर दिनहुँ पिउनुहोस्।
  • यसरी पिउँदा पनि तौल नियन्त्रण गर्न सहज हुन्छ।

तरिका ५:
  • थोरै शुद्ध र सफा पानीमा गाँजर, काउसली र बन्दा काटेर मिसाउनुहोस् र त्यसलाई बफाउनुहोस्।
  • बाफिइसकेपछि त्यसमा लसुनको १/२ पोटि काटेर राख्नुहोस् र कागतीको रस पनि मिसाउनुहोस्।
  • त्यस मिश्रणमा १/२ चम्चा जीराको धूलो मिसाउनुहोस्। यसलाई खाना खानेबेलामा दिनहुँ खानुहोस् र २ हप्ताभित्र जादु हेर्नुहोस्।

जीरा खानुका फाइदाहरूः
  • पाचनप्रक्रियामा सुधार ल्याउँदछ।
  • पाइल्सबाट राहत दिन्छ।
  • रुघाखोकीको समस्यालाई कम गराउँदछ।
  • मधुमेहबाट रोकथाम गराउँदछ।
  • स्तनपान गरिरहेका सुत्केरी महिलाहरूको दूध उत्पादन शक्ति बढाउँदछ।
  • शरीरमा भएका विषाक्तलाई फाल्ने काम गर्दछ।
  • तनाव र थकानबाट मुक्त गराउँदछ।
  • प्रतिरक्षा शक्तिमा सुधार ल्याउँदछ।
नेपालीहेडलाइनस्
१.दुधको साथमा घ्यु अन्डा,रुखकटहर,कोदाको ढिंडो र फापरको ढिडो खानु  हुदैन ।
२.दुधको साथमा बडर,काँचो केरा,आँप,जामुन तित्री,ओखर,दारिम नरिवल खानु हुदैन । यसरी खाएमा दम हुने सम्भावना हुन्छ ।
३.दुध र भटमास  एकैसाथ खाएमा पत्थरी हुनसक्छ ।
४. भिण्डीको साथ दही मोहि,घ्यु,दुध खानु हुदैन खाएमा अम्लपित्त बढ्छ ।
५. करेलामा साग वा भिण्डी एकसाथ पकाएर खान हुदैन । खाएमा अम्लपित्त बढ्छ ।
६.माछा र सक्खर सँगै खान हुदैन यसले पित्त विगार्छ।
७.हाँस वा बकुल्लाको मासु खाएको बेला गेडागुडी र कालो दाल खानु हुदैन । यसरी खाएमा क्यान्सर समेत हुन सक्छ ।
८.परेवाको मासु, दुध र मह लामो समय सँगै सेवन गरेमा गलगाँड हुनसक्छ् ।
९.गुर्जो र तुलसी एकैसाथ खाएमा अम्लपित्त हुनसक्छ ।
१०.बाँसको तामा,बडरको फल,मह र दुध सँगै खान हुदैन यसले वीर्य नास हुन्छ् । नेपालपाटी
नेपाल विद्युत् प्राधिकरणले  माघ १८ गतेदेखि लागू हुने गरी प्राधिकरणले लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको छ ।

सोमबारदेखि लागू हुने गरी हप्तामा ९३ घन्टा लोडसेडिङको समय बढाइएको विद्युत प्राधिकरणले जनाएको छ।

यसअघि दैनिक १२ घण्टा लोडसेडिङ हुँदै आएकोमा अब सोमबारदेखि हप्तामा पाँच दिन १३ घन्टा र दुई दिन १४ घन्टा लोडसेडिङ हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

सुख्यायाम नदीमा पानीको बहाव कम भएकाले लोडसेडिङको समय बढाउनु परेको प्राधिकरणले जनाएको छ।
लोडसेडिङ्ग समूह



  • डा. राजेन्द्र भद्रा 
लिङगको योनिमा प्रवेशपछि वीर्य स्खलन हुने समय सामान्य नै छ, त्यसैले यसलाई रोग भनेर चिन्ता गर्नुपर्ने आवश्यकता छैन । मानव यौनप्रतिक्रिया चक्रको कुरा गर्दा महिला र पुरुषमा हुने केही भिन्नतालाई विचार गर्नुपर्ने हुन्छ । यौनउत्तेजनाको सुरुआत मानिसमा मानसिक तथा शारीरिक कारण दुवैले हुने गर्दछ । यसको लागि एकातिर यौन उत्तेजनात्मक कुरासम्बन्धी सोचाइ तथा परिकल्पना हुन्छ भने अर्कोतिर यौनसंवेदनशील अंगहरूकै सीधा घर्षण । यौनसम्पर्कलाई शारीरिक भन्ने गरिए पनि यो मानसिक, भावनात्मक अनि शारीरिक कुराको समिश्रणबाट प्राप्त हुने कुरा हो ।

प्रायजसो पुरुषको तुलनामा अधिकांश महिलालाई चरमसुखको स्थितिमा पुग्न केही बढी समय लाग्छ । कतिपय दम्पतीले यौनसम्पर्कको सुरुआत नै एकै पटक योनिमा लिङ्ग प्रवेशका साथ गर्छन् । यसो गर्नाले पुरुष तथा महिला यौनप्रतिक्रिया चक्रको विभिन्न चरणमा फरक समयमा पुग्ने हुँदा दुवैले एकै समयमा चरम यौनआनन्द पाउन गाह्रो हुन सक्छ ।

एक राम्रो प्राक्क्रीडा गर्दा महिला वा पुरुषलाई राम्ररी उत्तेजित गराउन र यौनसुख राम्ररी प्राप्त गर्न मद्दत मिल्छ ।  सामान्यतया योनिमा लिङ्गको प्रवेश सुरु गर्नुभन्दा पहिले यौनउत्तेजना दिलाउन वा लिन गरिने विभिन्न किसिमको यौनक्रियाकलापलाई नै प्राक्क्रीडा भन्ने गरिन्छ । अंग्रेजीमा यसलाई फोर प्ले भन्ने गरिन्छ । कसै–कसैले यस किसिमको यौन क्रियाकलापलाई मात्र पाक्क्रीडा नभनी यौनक्रियालाई सुमधुर बनाउन गरिने पूर्वक्रियाकलाप जस्तैः दुवै जनाले मायालु वातावरणमा गर्ने भोजन वा रमाइलो प्रेमवार्तालाई पनि प्राक्क्रीडा नै ठान्ने गरेको पाइन्छ ।

धेरैजसो परिस्थितिमा चुम्बन, शरीर तथा यौनांग सुम्सुम्याउने वा चलाउने इत्यादि यौनक्रियाक्लाप गरेर एक–आपसको यौनउत्तेजनालाई बढाउने गरिन्छ । गहिरो चुम्बन तथा शरीरका अन्य संवेदनशील अंगको चुम्बन निकै नै सहयोगी हुन सक्छ ।

त्यसैगरी विभिन्न अंगको मालिस गर्ने पनि एक महत्त्वपूर्ण क्रियाकलाप हुन सक्छ । मधुरो प्रकाशमा सुगन्धित तेलको प्रयोग गरेर मालिस गर्ने वा दम्पती सँगसँगै नुहाउने वा पानीमा अर्ध डुबेर मालिस गर्न सकिन्छ । त्यसैगरी शरीर तथा यौनांगलाई सुम्सुम्याउनु वा हल्का स्पर्श गर्नु अर्को महत्त्वपूर्ण यौनक्रियाकलाप हो ।  यसो गर्दा आफ्नो यौनसाथीको कुन–कुन भाग संवेदनशील छ वा कुन–कुन अंग कसरी छोइएको मनपराउँछ भन्ने कुरा पनि थाहा पाउनुपर्छ । यी संवेदनशील अंगहरु सुम्सुम्याउने कुरा मात्र नभई चुम्बन गर्ने, चाट्ने, चुस्ने, थपथप गर्ने, हल्का चिमोट्ने, माड्ने, हल्का टोक्ने, हल्का चिथोर्नेजस्ता थुप्रै क्रियाकलाप आफ्नो रुचिअनुरुप गर्न सकिन्छ ।

यस किसिमको प्राक्क्रीडाले यौनआनन्दलाई चरम विन्दुमा पुर्‍याउन सहयोग गर्नेमात्र नभई एक–आपसमा राम्रो सञ्चार गरी आपसी समझदारी बढाउन पनि मद्दत गर्दछ । आपसी समझदारीका कुरालाई धेरै दम्पतीले यथार्थमा बेवास्ता गर्ने भए पनि वैवाहिक जीवनको धुरीको रुपमा यसले कार्य गर्दछ । यसो गर्न सकिएमा यौनसम्पर्कलाई वास्तविक अर्थमा सम्भोग बनाउन सकिन्छ । सम्भोग अर्थात् ‘समं+भोग’ जसको अर्थ दुवै जना यौनसाथीले समान रुपमा यस सुखलाई महसुस पाऊन् । स्वास्थ्य खबर पत्रिका
१. अण्डामा भिटामिन ए, डी, बी १२ सँगै रिबाफ्लेविन, फस्फोरस, फोलेटलगायत तत्व पाइन्छन् । यी तत्वले शरीरलाई बलियो राख्ने, दिमाग तेजिलो बनाउने र आँखाको ज्योति बढाउने गर्छ । 

२. शरीरको वजन घटाउने सोचिरहनुभएको छ भने अण्डा तपाईंका लागि उपयोगी हुन सक्छ । एउटा अण्डामा ७० क्यालोरी र छ ग्राम प्रोटिन हुन्छ । त्यही भएर अण्डालाई कम क्यालोरी भएको खानाका रूपमा चिनिन्छ । भोक लागेको बेला अण्डा खानुभयो भने यसले शरीरमा क्यालोरीको इन्टेक उल्लेख्य मात्रामा नबढाई तपाईंको भोक शान्त गराउँछ र शरीरलाई मोटाउन दिँदैन । 

३. अण्डाको सेतो भागमा अल्ब्युमिन नामक प्रोटिन प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरलाई ऊर्जावान राख्न मद्दत पुर्‍याउँछ । त्यही भएर ब्रेकफास्टमा अण्डा लिने गर्नुभयो भने दिनभरि तपाईंलाई काम गर्ने ऊर्जा प्राप्त भइरहन्छ । 

४. अण्डामा क्याल्सियम, भिटामिन डी आदि पाइन्छन्, जसले हड्डीलाई बलियो बनाउन मद्दत गर्छन् । 
५. बिहान उठेपछि अल्छी महसुस गर्नुभयो भने अण्डा खाने गर्नुस् । यसले ‘इनर्जी बुस्टर’को काम गर्छ र तपाईंलाई जाँगरिलो बनाउँछ । 

६. अण्डाको पहेँलो भागमा पाइने बायोटिन नामक तत्वले कपाल र छालालाई बलियो र चम्किलो बनाउन मद्दत पुर्‍याउँछ । खानुको साथै अण्डाको पहेँलो भागलाई कपालमा लगाउने गर्नाले कपाल नरम र चम्किलो बन्छ । स्वास्थ्य खवर पत्रिका

१) सूर्यको किरणमा भिटामिन डी पाइन्छ । हड्डि बलियो बनाउछ । भिटामिन डीको कमीले शरीरमा मेटाबोलिक हड्डिको रोग लाग्छ । 
२) बिहानको पारिलो घाममा बस्नाले शरीरमा मेलाटोनिन नामको हम्रोन विकसित हुन्छ । जसले निद्रा लगाउछ । 
३) घाममा बस्नाले तौल पनि कम हुने बिभिन्न अध्ययनहरुले देखाएका छन् । सूर्यको प्रकाश र बीएमआइ बिच सम्बन्धन भएको अध्ययनले देखाएको हो । 
४) चिसोबाट लाग्ने रोगबाट बचाउछ । 
५) सूर्यबाट निस्कने अल्ट्रावायलेट किरणले इम्युन सिस्टम मजबुत बनाउछ ।
६) उमेर बढाउन मद्धत गर्छ । घाममा बस्दा रगत जम्नबाट बचाउछ । सूर्यको किरणले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउछ । 
७) पुरुषलाई बाँझोपन हुनबाट बचाउछ । सूर्यको किरणले शुक्राणुको क्षमता बढाउछ । टेस्टोस्टोरन हम्रोन पनि बढाउछ । जसले यौन सक्रियता बढाउछ । 
८) सूर्यको किरणमा पाइने भिटामिन डीले दिमाग स्वस्थ राख्न मद्धत गर्छ । भिटामिन डीले मानसिक अवस्था स्वस्थ राख्न मद्धत गर्छ । 
९) गर्भवती महिला घाममा बस्दा पेट भित्रको बच्चालाई पनि फाइदा हुन्छ । 
१०) सूर्यको किरणले मधुमेह र मुटुरोगबाट बचाउन मद्धत गर्छ । 
आफ्नो सम्झिने शक्ति बढाउने हो भने धेरै केही गर्न पर्दैन । खानेकुरामा अलिकति मात्रै ध्यान दिने हो भने त्यसले दिमागको शक्ति बढाइदिन्छ । नेपालको परिप्रेक्ष्यमा धेरैलाई थाहा छ, रातो मासु खानेभन्दा भेज खानेकुरा जोड दिनेहरु पुस्तौंदेखि राज गरिरहेका छन् । उनीहरुलाई बुद्धिमानी मानिन्छ । त्यसैले आफ्नो खानपानमा ध्यान दिएर बुद्धि बढाउने हो कि ? 
गाढा हरियो पात भएको तरकारी: (पालुंगो र ब्रोकाउली)

गाढा हरियो पात भएको तरकारी  सम्पूर्ण स्वास्थ्यका लागि राम्रो मानिन्छ । यसमा पनि यो ब्रेनका लागि अझ धेरै लाभदायी हुन्छ  । पालुंगो र ब्रोकाउली ब्रेनका लागि असाध्यै उपयुक्त तरकारी मानिन्छन् । किनभने यीनीहरुमा  एन्टिओअक्सिडेन्ट, फोलेट, बेटा–क्यारोटिन र भिटामिन सि पाइन्छ ।
माछा: (असला जातको माछा)

माछा स्वास्थ्यका लागि लाभदायक भएको भन्ने पर्दैन । यी मध्य पनि नेपालको पहाडी क्षेत्रमा पाइने असला जातको माछामा त बुद्धि बढाउने तत्व प्रचुर मात्रामा हुन्छ र यसको अर्थ अरु माछामा नहुने होइन । विशेष गरी हेर्दा चिल्लो जस्तो लाग्ने माछामा ओमेगा–३ फ्याट्टी एसिड पाइन्छ, जुन तत्व ब्रेनका लागि असाध्यै राम्रो मानिन्छ । दुई हप्ता लगतार यस्तो माछा खान सकियो भने स्मरण शक्ति ह्रास हुने समस्याबाट समेत केही राहत मिल्न सक्छ ।
अण्डा:
अण्डाको पहेँलो भागमा धेरै मात्रामा भिटामिन र मिनिरल्स हुन्छन्, यीनीहरुले दिमागको विकासमा राम्रो भूमिका निर्वाह गर्छन् । यसमा प्रशस्त मात्रा आइरन पाइन्छ, रेड ब्लड सेल्सहरु उत्पादन गर्नमा मद्धत गर्छ । जसले दिमागसम्म अक्सिजन पुर्‍याउने काम गर्छ । यसमा भिटामिन ‘बि १२’ र आयोडिन पनि पाइन्छ । जसले दिमागलाई  धारिलो बनाउन मद्दत गर्छ ।
ग्रिन टी:
तपाईँलाई थाहा छँदैछ, हाम्रो दिमाग ७० प्रतिशत भन्दा धेरै पानीले बनेको हुन्छ । यसमा पानी धेरै हुनुको कारण राम्रोसँग काम गरिरहेको हुन्छ । थकित भइयो भने पानीको आवश्यक यसकारण पनि पर्छ । पानीसँगै ग्रिन टी पिउन सकियो भने दिमागमको विकासमा सघाउँछ । यसले अक्सिजन आपूर्ति गर्ने तत्व उत्पादन गर्नुका साथै दिमागलाई कमजोर पार्ने रोगबाट समेत बचाउँछ । स्वास्थ्यखबर पत्रिका
यदि आँप फलफूलको राजा हो भने अनारको भूमिका त्यो डाक्टरको जस्तै हुन्छ, जोसित तमाम रोगको औषधी छ। अनारको यही उपयोगिताका कारण 'एक अनार सय बिमार' भन्ने भनाइ प्रचलनमा छ।

अनारमा प्रचुर मात्रामा लाभदायक प्रोटिन, कार्बोहाइड्रेट, फाइबर, भिटामिन र खनिज पदार्थ पाइन्छ । एक सय ग्राम अनार खाँदा हाम्रो शरीरलाई करिब ६५ किलो क्यालोरी ऊर्जा प्राप्त हुन्छ । यसको प्रयोग थुप्रै आयुर्वेदिक औषधि बनाउनसमेत गरिन्छ ।

अनारमा रक्त सञ्चारसम्बन्धी रोगसँग जुध्ने क्षमता हुन्छ । यसले रक्तचाप घटाउँछ, सुन्निएको वा पोलेको अंगलाई बिसेक गर्छ, बात रोगको सम्भावना कम गर्छ । क्यान्सर रोकथाममा समेत यो फल सहयोगी मानिन्छ ।

अनारले महिलामा मातृत्वको सम्भावना र पुरुषमा पुरुषत्व बढाउँछ । यो गुणकारी फलबारे दुई सयभन्दा बढी अध्ययन/अनुसन्धान भएका छन् । इजराइलस्थित हाइफा विश्वविद्यालयका प्रा. एफाइम लास्कीले यो फलमा पाइने उपयोगी तत्त्वले शरीरको रोग प्रतिरोधी प्रणाली रक्षा गर्छ भनेर प्रमाणित गरेका छन् । उक्त अध्ययन अनुसार यसमा पाइने भिटामिन, खनिज तत्त्व र एन्टिअक्सिडेन्टले रुघाखोकी, फ्लुमा प्रत्यक्ष अनुभव गर्न सकिने किसिमले आराम पुर्‍याउँछ ।

अनारले छाला, स्तन र प्रोस्टेट ग्रन्थीको क्यान्सर तथा पेटको अल्सरको सम्भावनामा समेत कमी ल्याउँछ । अमेरिकी चिकित्सकहरूले उल्लेख गरेअनुसार यसको रसको सेवनले वृद्घावस्थामा हुने रोग अल्झाइमरको जोखिमसमेत कम पार्छ ।

वैज्ञानिकहरूले अनारमा रेड वाइन वा हरियो चियाको तुलनामा तीनदेखि चार गुणा बढी पालिफेलोन जस्तो एन्टिअक्सिडेन्ट पाएका छन् जसले फिर्‍याडिकल्सलाई बाँध्ने काम गर्छ ।

स्वास्थ्यका दृष्टिले यो निकै महत्त्वपूर्ण फल हो । स्वास्थ्यवर्धक गुणकै कारण यो हरेक रोगमा सेवन गरिन्छ । यसको नियमित सेवनले बुढो हुने प्रक्रिया पर सर्ने विश्वास गरिन्छ ।

प्रयोगहरूअनुसार एक वर्षसम्म अनार सेवनपछि 'आर्टेरियोस्क्लेरासिस' अर्थात् धमनीसम्बन्धी रोगीको गलाको धमनीको मोटाइ ३० प्रतिशतसम्म घट्यो । यस्तै उच्च रक्तचाप २१ प्रतिशतसम्म तल आयो र हृदयनजिकको धमनीमा तनावजन्य कठोरताले गर्दा मत्थर हुन गएको रक्त प्रवाहमा तीन महिनामै १७ प्रतिशतसम्म सुधार देखियो ।
अनलाइनको साहारामा
संसारमा माया भन्ने कुरा अजिबको हुन्छ । मानिसहरु एकले अर्कोलाई माया गर्छन् । तर थाहा हुँदैन कति खेर कसले धोका दिईरहेको छ । मुखमा राम राम भन्ने मायालुको बगली छुरा छिपेको जो कोहीले सजिलै देख्न सक्दैनन् ।

यदि तपाई कसैको मायामा पर्नु भएको छ र प्रेमिकाको मनको कुरा के हो भन्ने लागीरहेको छ भने हामी तपाईलाई सहयोग गर्छौ । अब तपाईले कुनै मनोवैज्ञानिक विमर्श बीना नै आफ्नो गर्लफ्रेन्डको केही व्यवहारबाटै थाहा पाउनु हुनेछ की उसले तपाईलाई धोका दिंदैछ कि माया ?

इन्डियाको एक यूनिर्भसिटीमा भएको रिसर्चले धोका दिदै गरेका युवती र युवकको अध्ययन गरेको छ । अध्ययनका अनुसार अनुसन्धानमा २३ प्रतिशत पुरुषहरुले धोका दिने गरेको खुल्न आएको छ भने १९ प्रतिशत महिलाहरुले पनि पुरुषलाई धोका दिने गरेको तथ्य खुल्न आएको छ ।

महिलाले धोका दिने प्रसंगमा अध्ययन गर्दा महिलाहरुले धोका पुर्व केही यस्ता व्यवहार देखाउने गरेको तथ्य सार्वजनिक भएको छ ।

धोका दिनु पूर्व युवतीले निम्न व्यवहारहरु गर्छन् :

मोबाइलः उसले एकछिन पनि अाफ्नो मोबाइल फोन छाड्ने छैन । फोनको पासवर्ड छिटो छिटो परिवर्तन गर्नेछ । उसले फोन पनि प्रायः तपाईको अगाडि प्रयोग गर्ने छैन ।  यसको मतलब बुझ्नुपर्छ उसले तपाईलाई केही लुकाउदैछिन ।

मेकअपः उसले अरुदिन भन्दा धेरै नै मेकअप गर्नेछिन् । पटक पटक ऐना हेर्नेछिन् । बाराम्बार पार्लर जानेछिन् । लुगा अलि नयाँ र सेक्सी देखिने लगाउने छिन् । यस्तो अवस्था फेला पार्नु भयो भने सोच्नुहोस् त्यहाँ केही हुन गइरहेको छ ।

साथीको कुराः पहिला कहिल्यै नसुनेको केटीसाथीको बारेमा उसले तपाईसँग कुरा गर्नेछिन् । उसले पाएको सुखको बारेमा तपाईसँग कुरा गर्न थाल्नेछिन् । पहिला भन्दा बढि नै उसको बयान गरेका कुराहरु तपाईले सुन्न सक्नु हुनेछ । यसको मतलब तपाईले बुझ्नुपर्छ की उ तपाईको जीवनसँगको सन्तुष्टी कम हुँदै गएको छ अब । उसले नयाँ नयाँ जीवनको बारेमा अथवा तपाईको भन्दा उन्नत प्रकृतिको जीवनको बयानबाट बुझ्नुपर्छ कुनैपनि बेला उसले तपाईलाई धोका दिन सक्छ ।

स्पेसको कुराः पहिला सल्लाह मिल्ने जोडीको बिचमा अब केही स्पेस चाहिएको जिद्धी उसले गर्न थाल्छ । तपाईले उसलाई स्वतन्त्रता नदिएको जस्ता कुराहरु उसले गर्न थाल्छ । कतिपय अवस्थामा तपाई चकित पर्न सक्नुहुन्छ की कहाँ निर गल्ती भयो ? यस्तो अवस्था बढ्न थाल्यो भने सोच्नुहोस् सम्बन्धमा केही चिसोपन बढेको छ ।

सम्पर्कः बाराम्बार तपाईसँग सम्पर्क रहने साथी विचमा एकाएक सम्पर्क कम हुँदै जान थाल्छ । पटक पटक फोन गर्नु पर्ने हुन सक्छ । एस.एम.एस, इमेल, फेसबुक, ट्वीटर लगायतबाट बिस्तारै न्युन सम्पर्क हुन थाल्यो भने तपाई गम्भीर हुन आवश्यक छ ।

घुम्नः माया प्रोमको शुरुवातमा जसरी दुई जना हात समाएर हिड्नु,  एउटै आइसक्रीम शेयर गरेर खानु, एकै प्लेटमा खाना खानुमा जुन उस्तुकता हुन्छ । त्यो विस्तारै कमजोर हुँदै जानु  मेसेजमा लव यू, मिस यू भन्ने जस्ता विलकुल आन्तरिक कुराहरुमा कमी हुँदै जान थाल्यो भने तपाईले बुझ्नुपर्छ सम्बन्धमा केही गडबडी हुनेवाला छ ।

शंका उपशंकाः सम्बन्धमा दुबै जना पार्टनको उत्तिकै समजदारी हुन आवश्यक छ । सम्बन्धमा जब दरार पैदा हुन थाल्छ तब तपाई प्रति उसले अरु अवस्थामा भन्दा बढि शंका गर्न थाल्नेछन् । उसले धोका दिदैछ भने तपाईले धोका दिदैछ जस्तो भान बनाउन उसले भएको नभएको शंका गर्न थाल्नेछन् । यो व्यवहारबाट तपाई गम्भीर हुन आवश्यक छ ।

बाहानाः  तपाईले कुनै स्थानमा गएर डिनर, लन्च या यस्तै घुमघामको योजना बनाउनु भएको छ भने उसले अन्तिम अवस्थामा आएर कुनै बाहना गरेर प्लान परिवर्तन गर्न सक्छ । अपरझट कुनै नयाँ बाहाना बनाउन सक्छ । आफू सहभागी हुन सक्दै नसक्ने बताउन सक्छ । यसबाट तपाईले बुझ्नुपर्ने हुन्छ सम्बन्धमा केही भइरहेको छ ।
अनलाइनको साहारामा
अनुहारको दाग हटाउने तरिका
-दुई चम्चा जौको धूलोमा कागतीको रस मिसाई पेस्ट बनाएर दाग भएको ठाउँमा लगाउने गर्नुपर्छ ।
-कागतीको रसमा ब्लिचिङ गुण हुन्छ । यसले कालो धब्बा हटाउन मद्दत गर्छ । यसका लागि कागती काटेर अनुहारमा दल्ने र केही समय त्यसै छोडी मनतातो पानीले धुने गर्नुपर्छ ।
-बदामलाई रातभरि भिजाउने र बिहान उठी यसको पेस्ट बनाई यसमा चन्दनको पाउडर मिसाएर बनाएको पेस्ट अनुहारमा दल्ने गर्नाले अनुहारका दाग बिस्तारै हराउँदै जान्छन् ।
-आलुलाई स्लाइस पारी काट्ने । यसलाई दाग भएको ठाउँमा दली सुक्न दिने र मनतातो पानीले धुने गर्नाले दाग हराउँदै जान्छ । आलुको पेस्ट बनाई यसमा मह मिसाएर अनुहारमा दली केही समय त्यसै छोडेर धुने गर्नाले अनुहारको दाग हराउँछ ।
-पाकेको मेवाको भित्री भागलाई अनुहारमा दलेर २० मिनेटपछि पखाल्ने गर्नाले अनुहारको दाग हराउँदै जानुका साथै अनुहार चम्किलो बन्दै जान्छ ।
-प्याजको रसले कटनको टुक्रा भिजाई दाग भएको ठाउँमा दल्ने र केही समयपछि धुने गर्नुपर्छ । साथै, एक चम्चा प्याजको रसमा दुई चम्चा मह मिसाई अनुहारमा दलेर २० मिनेटपछि पखाल्ने गर्नाले दाग हराउँदै जान्छ ।
-भुइँकटहरको जुसमा कपास डुबाई अनुहारमा दल्ने र २० मिनेटपछि पखाल्ने गर्नाले दाग हराउँदै जान्छ ।
-दूधमा ल्याक्टिक एसिड पाइन्छ । काँचो दूधमा कपास डुबाई अनुहारमा बिस्तारै दल्ने र केही समय त्यसै छोडेर सुकेपछि मनतातो पानीले धुने गर्नुपर्छ ।
-बेसारमा काँचो दूध र कागतीको रस मिसाई दाग भएको ठाउँमा लगाएर केही मिनेट त्यसै छोडी मनतातो पानीले पखाल्नुपर्छ ।
-हरेक रात सुत्नुअघि अनुहारमा जैतुनको तेल लगाउनुस् । यसले अनुहारलाई नरम बनाउँछ । यसले छालामा जमेको कालो दाग कम गर्न पनि मद्दत पुर्‍याउँछ ।
-केरा, मौसम, अन्डाको प्याकले अनुहारमा भएका दागहरू हटाउन मद्दत गर्छ ।
-तपाईंको छाला एकदमै तैलीय छ भने अन्डा र गहुँको पिठोको प्याक लगाउनुहोस् । यसले छालाको तेललाई नियन्त्रण गर्छ ।
अनुहारलाई चम्किलो पार्ने तरिका
-घ्यूकुमारीमा छालासम्बन्धी अनेक समस्या समाधान गर्ने गुण हुन्छ । यसका लागि अनुहारमा घ्यूकुमारी दलेर सुक्न दिई धुने गर्नुपर्छ । यसले छालालाई म्वइस्चराइज गर्न पनि मद्दत पुर्‍याउँछ ।
-गोलभेँडा, कागती र अन्डाको प्याक लगाउनाले डन्डीफोर, कालो धब्बा हट्नुका साथै छालामा चमक पनि आउँछ ।
-ओखरलाई कुटेर त्यसमा दही र केही थोपा बदामको तेल हाल्नुहोस् । यसलाई अनुहारमा लगाउनुहोस् । यसले छालामा चमक ल्याउँछ
-गोलभेँडा, कागती र महको प्याक लगाउनाले अनुहार चम्किलो हुन्छ ।
-घामले डढेर कालो भएको छालामा काँचो दूधले मसाज गर्दा फाइदा हुन्छ ।
-खैरो चिनी, कागती र नरिवलको तेल मिसाई मसाज गर्नाले सनबर्नको असर कम गर्न सकिन्छ ।
-काँक्रोको पेस्ट, मुल्तानी माटो र रोज वाटरको प्याक बनाएर लगाउँदा अनुहारमा चमक आउँछ ।
-एक चम्चा नुनमा आधा चम्चा खाने सोडा र एक चम्चा मह राखेर घोल्ने र त्यसले अनुहारमा मसाज गर्ने यसबाट पनि अनुहारको छालामा चमक आउँछ ।
अनलाइनको सहायतामा
तिते करेला खादा यसको स्वाद सबैलाई मन नपर्न सक्छ ।  तर, यहि तिते करेलामा भिटामिन ए, भिटामिन
बि १, भिटामिन बी २, भिटामिन सि, फाइबर, क्याल्सियम, पोटासियम, जिङक, फलाम, कपर तथा फोस्फोरस लगायतका गुणकारी भिटामिनहरु पाइन्छ । करेला विभिन्न रोगका लागि उपयोगी खानेकुरा हो ।
तिते करेलाको बारेमा केहि जानकारीः
१. श्वासप्रश्वास समस्यामा :
ताजा करेला दम, रुघाखोकीजस्ता श्वासप्रश्वासको समस्या भएकाहरुका लागि करेला निक्कै गुणकारी हुन्छ । यसको सेवनबाट यस्ता प्रकारका रोगिहरुलाई केहि राहत मिल्न सक्छ ।
२. लिभर टनिक :
दैनिक एक गिलास करेलाको जुसले कलेजोको समस्या समाधान हुन्छ । स्वास्थ्यमा परिवर्तन आएको हेर्न कम्तीमा पनि एक साता करेलाको जुस पिउनै पर्ने हुन्छ ।
३. रोग प्रतिरोधक :
पानीमा उमालेको करेलाको पात दिनहुँ खानाले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ ।
४. डण्डीफोरमा :
करेलाको सेवनले डण्डीफोर, दागलगायतका छालाको संक्रमण हटाउनुका साथै रगतमा भएको अनियमितता हटाउछ । कागती मिसाएको करेलाको जुस ६ महिनासम्म खाली पेटमा खानाले अनुहारको सुन्दरतामा निखार ल्याउछ ।
५. मधुमेह :
करेलाको जुसले टाइप टु मधुमेहलाई सबैभन्दा बढी लाभ मिल्छ । चिनिया र भारतीय प्राचिन चिकित्सा पद्दतिमा करेला लामोसमयदेखि प्रयोग हुँदैं आएको विश्वास गरिन्छ । हालै भएका अनुसन्धानले पनि यसलाई पुष्टि गरेको छ । इन्सुलिनको अभाव वा विकासका प्रतिरोधकका कारण कोषहरुले रगतबाट सुगरको मात्रा लिन असफल भएमा टाइप टु मधुमेह लाग्छ । दुवै अवस्थामा कोषहरु सुगर लिन असमर्थ रहन्छन् । किनासे नामका प्रोटिन सक्रिय नहुँदा कोषले सुगर लिन नसक्ने भएकाले करेलाले किनासेहरुलाई सक्रिय बनाउछन् । करेलामा रहेका केही रासायनिक तत्वहरुले पनि इन्सुलिनको जस्तै काम गर्छन्, जसले रगतमा सुगरको मात्रा कम गर्न मद्दत गर्छन् ।
६. कब्जियतमा : 
यसमा भएका फाइबरहरुले खाना पचाउन मद्दत गर्छन् । यसले गर्दा कब्जियतको समस्या पनि हट्छ ।
७. मिर्गौला र ब्लाडर :
यसले मिर्गौला र ब्लाडरलाई स्वस्थ बनाउन मद्दत गर्छ । यसका साथै मिर्गौलाको पत्थरी हटाउन पनि सहयोग गर्छ ।
८. मुटुको रोग :
यो मुटुको समस्याका लागि पनि लाभदायी मानिन्छ । यसले शरीरमा भएको खराब कोलेष्टेरोल हटाई हृदयाघात हुने सम्भावना कम गर्छ । यसले रगतमा चिनीकोमात्र घटाई मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।
९. क्यान्सरमा :
करेलाको सेवनले क्यान्सरका कोष वृद्धि हुनबाट जोगाउछ ।
१०. तौल घटाउन :
यसमा भएका एन्टिअक्सिडेन्टले शरीरलाई स्वस्थ राख्छ । यसले मेटाबोलिजम र पाचन प्रणालीलाई सुधार गर्ने भएकाले चााँडो चाँडो तौल घटाउन यसले मद्दत गर्छ ।
११. छालाको समस्यामा :
करेलाको नियमित सेवनले छालालाई चम्किलो राख्न मद्दत गर्नुका साथै दागरहित बनाउन मद्दत गर्छ । छालाका रोग तथा संक्रमण हटाउछ । यसमा भएको भिटामिन सिले चाउरीपना हटाउछ ।
१२. कपाल चम्काउन :
करेलाको रसमा एक कप दही मिसाएर लगाउनुस् र केही समयपछि धुनुस, यसले कपालमा प्राकृतिक चमक आउछ । करेलाको जुसले कपाल झर्ने समस्या पनि हटाउछ । करेलाको जुसमा चिनी मिसाएर लगाउनाले कपाल झर्ने समस्या समाधान हुन्छ । 
अनलाइनको साहारामा ।
तुलसीलाई हिन्दूधर्मालम्वीहरुले विष्णुका रुपमा पूजा गर्ने गर्छन । हरेकका घरको आँगनमा तुलसी रोपिएको हुन्छ । तर, यसको उपयोग गर्न सके हाम्रो स्वास्थ्यमा निकै लाभदायक हुन्छ । हिन्दूधर्ममा जुन घरमा तुलसी रोपिएको हुन्छ त्यो घरमा सर्प, विच्छी जस्ता हानिकारक किराहरु आउँदैनन् भन्ने विश्वास गरिन्छ । यो धार्मिक कुरा हो । हामीले उठाउन खोजेको प्रसङ्ग हो– तुलसी प्रयोग तथा उपभोगले हाम्रो स्वास्थ्यमा पुर्याउने फाइदाका कुरा ।
१. ज्वरो र सर्दीका लागि तुलसीः तुलसीको ६५ पत्ता र आठ ओटा मरिचको दानालाई २५० मिलीलिटर पानीमा राम्रोसँग पकाएर छान्ने । यसमा दूध र चिनी राखेर चियाको रुपमा पिउँदा ज्वरो र सर्दी ठिक हुन्छ । फेरि २० तुलसी र ६ वटा मरिचको दाना मिलाएरु खाँदा पनि आराम मिल्छ ।

२.वान्ता रोक्न तुलसीः तुलसी पत्ताको रस र मह बराबरको मात्रा मिलाएर पिउनाले वान्ता रोकिन्छ । र रिंगटा लागेको पनि कम हुन्छ । १० ग्राम तुलसीको पत्ता १ ग्राम अलैंचीलाई मिलाएर पिस्नु र १० ग्राम चिनी राखेर खानुहोस् । यसले पित्तको कारण हुने वान्ता तुरुन्तै रोकिन्छ ।

३. दाँतको दुखाइका लागि तुलसीः तुलसी पत्ता, मरिच र कपुरलाई पिसेर दुखिरहेको दाँतकोबीचमा दबाएर राख्नुहोस् । अथवा तुलसी पत्ता र मरिचलाई मिसेर चक्की बनाएर दुखिरहेको दाँतमा राख्दा पनि आराम मिल्छ । तुलसी पत्ताको रस पानीमा मिलाएर हल्क तातो बनाएर कुल्ला गर्दा पनि दाँतको दुखाई, मुखबाट रगत आउन तथा दाँत सम्बन्धि सबै रोग निको हुन्छ ।

४. टाउकोको दुखाई पनि हटाउँछः टाउको दुखेको बेलामा तुलसी अचुक औषधि बन्न सक्छ । तुलसीको पत्ता पिसेर निधारमा लगाउँदा टाउको दुख्ने समस्या हट्छ ।

५. कलेजो सम्बन्धि समस्याः तुलसीको १०–१२ पत्तालाई तातो पानीमा धोएर दैनिक विहान खाने गरे कलेजो सम्बन्धि समस्या अन्त्य हुन्छ ।

६. मृगौलाको पथ्थरीः तुलसीले मृगौला स्वस्थ बनाउने काम गर्छ । यदी कसैको मृगौलामा पथ्थरी भएको छ भने उसले महमा तुलसी मिलाएर दैनिक खानुपर्छ । यसरी नियमित रुमा खाँदा ६ महिनामा फरक देखिन्छ ।

७. तानव मुक्त गराउन तुलसीः तुलसीको पत्तामा तनाव प्रतिरोधात्मक क्षमता हुन्छ । तनावलाई हटाउन तुलसीको १२ वटा पत्ता दैनिक २ पटक खानुपर्छ ।

८. छालाजन्य रोगः छालाजन्य रोगको निदानका लागि पनि तुलसी उपयोगी बन्न सक्छ । दाद, लुतो जस्ता छालाजन्य रोगको निदानका लागि प्रभावित छालामा तुलसी केही दिनसम्म लगाउँदा निको हुन्छ । तुलसीको ताजा पत्तालाई संक्रमित छालामा रगेड्दा यसले इन्फेक्सन फैलनबाट पनि जोगाउँछ ।

९. स्वास गनाउने समस्या हटाउँछः तुलसीको सुकेको पत्तालाई तोरीको तेलमा मिलाएर दाँत सफा गर्दा पनि स्वास गनाउने समस्या हटाउँछ ।

१०. कानको दुखाई चट्ः तुलसीको पत्तालाई तोरीको तेलमा भुटेर र लसुनको रस मिलाएर कानमा काल्दा कान दुखाई पनि अन्त्य हुन्छ ।
अनलाइनको साहारामा
यौन सम्पर्कको आनन्द उठाउने मामिलामा धार्मिक व्यक्तिहरूभन्दा नास्तिक व्यक्तिहरू बढी भाग्यमानी हुन्छन् । नास्तिककै यौनजीवन तुलनात्मक रूपमा राम्रो हुन्छ । अनुसन्धाताहरू यस्तै दाबी गर्छन् । धार्मिक मनोवृत्तिका व्यक्तिहरू यौनको समय प्रयोग गर्नबाट हच्किन्छन् रे, ।

अनुसन्धाताहरू भन्छन्, 'धार्मिक व्यक्तिहरू सुरुमा त यौनको नाम सुन्नासाथ हच्किएजस्तो गर्छन् । सहवासको नयाँ विधि प्रयोग गरेर मन लगाउन खोजे पनि उनीहरूको मस्तिष्कबाट पापधर्मको कुरा हट्दैन र यौनसम्पर्क गरिहाले पनि पछि अपसोस जनाउँछन् ।' नास्तिक व्यक्तिहरूचाहिँ खुलेर यौनबारे कुरा गर्छन् र त्यस्ता अनुभव एकअर्कासँग साटासाट गरिरहन्छन् । उनीहरू यौनसम्बन्धको कल्पना गर्छन् र त्यसलाई साकार पार्न प्रयासरत हुन्छन् । यसमा उनीहरूले आफ्नो पार्टनरको सहयोग पनि पाउँछन् ।

तर धार्मिक प्रकृतिका व्यक्तिहरूले यस्तो यौनानन्द उठाउन सक्दैनन् । उनीहरू यस्तो कर्म धर्म र नीतिअनुसार छैन भन्ने भ्रममा बसिरहेका हुन्छन् ।

एउटा अध्ययन अनुसार १९ प्रतिशत भारतीय दिनहुँ यौनक्रियामा लिप्त हुन्छन् । सातामा तीनदेखि पाँच पटकसम्म यौनसम्बन्ध गर्ने पुरुष र महिलाको संख्यामा वृद्घि भइरहेको छ । सर्वेक्षण अनुसार यौनको समय २० प्रतिशत भारतीय सक्रिय हुँदा रहेछन् । उक्त सर्वेक्षणमा एक हजार व्यक्तिसँग उनीहरूको यौनजीवनबारे प्रश्न गरिएको थियो ।

 २६ प्रतिशतले सातामा दुईदेखि तीन पटकसम्म यौनजीवनको आनन्द उठाउने बताए । १५ प्रतिशतचाहिँ सातामा एक, दुई महिनामा दुईपटक मात्र यौनसम्पर्क राख्दा रहेछन् ।

भाइरस इन्फेक्सनबाट आफ्नो फेसबुक एकाउन्ट सुरक्षित राख्नका लागि निम्न प्रक्रिया अपनाउनुहोस ।

गर्मी समयमा अंगुर खानाले तत्कालका लागि चिसोको अनुभव त गराउँछ नै साथै यसले शरीरलाई स्वस्थ राख्नका लागि पनि उत्तिकै भूमिका निर्वाह गर्छ । अंगुरको सेवनबाट अपच, थकान, कब्जियतलगायतका बिरामीका लागि तत्काल राहत मिल्छ । साथै यसको सेवनले आँखालाई मोतिबिन्दु जस्तो खतरनाक रोग लाग्नबाट समेत बचाउँछ । अंगुरमा भिटामिन ए, सी, बी ६ लगायत कयौं मिनरल्स, पोटासियम, प्रोटिन, क्याल्सियम, फस्फोरसलगायतका मानव स्वास्थ्यका लागि अत्यावश्यक तत्वहरु समेत प्राप्त हुन्छ । जसले मानव स्वास्थलाई स्वस्थ राख्न मदत गर्छ ।

अंगुरको सेवनबाट हुने केही फाईदाहरु:
दमको समस्या: दमको समस्या हुने मानिसहरुका लागि अंगुरको सेवनले निकै फाईदा पुर्याउँछ । अंगुरमा हुने पानीको मात्राले फोक्सोमा पानीको अभावलाई पुरा गर्छ जसले गर्दा दमको सम्भावनालाई कम गराउँछ ।

माइग्रेन: पाकेको अंगुरको रस खानाले माइग्रेन लगायतका समस्यामा आराम मिल्छ । प्रत्येक दिन बिहान एक गिलास अंगुरको जुस खानाले माइग्रेनमा फाईदा हुन्छ ।

मुटु रोग: अंगुरको नियमित सेवनले मानिसको रगतमा नाइट्रिक अक्साईडको मात्रलाई नियन्त्रण गर्छ । एक चम्चा कालो अंगुरको जुस र एसपिरिन औषधि घोलेर खाएमा हृदयघातको समस्या बाट जोगिन सकिन्छ । जसले गर्दा रक्तसञ्चार राम्रोसँग हुन्छ र हृदयघात हुने

समस्या न्युन हुन्छ । अंगुरको सेवनले स्तन क्यान्सर हुनबाट समेत जोगाउँछ । कालो अंगुरमा हुने फलोवोनाइड्स र एसपिरिनले रगत जम्न दिँदैन ।

कब्जियत: अंगुरमा पाइने अग्र्यानिक एसिडले पाचन प्रक्रियालाई नियमित गर्न र भोजनलाई पचाउनमा सघाउँछ ।  दैनिक ३५० ग्राम अंगुर सेवन गर्नाले पाचन प्रक्रियालाई नियमित र स्वस्थ राख्न मदत गर्छ । अंगुरमा ग्लुकोज पर्याप्त हुन्छ । यसले पाचन संयन्त्र बलियो बनाउने, शरिरमा स्फूर्ति जगाउने, कपाल, आँखा र छालाको सौन्दर्यमा पनि सहयोग गर्दछ ।

हड्डिका विमारीका लागि: अंगुर कपर र आइरनका लागि निकै राम्रो स्रोत मानिन्छ । जुन हड्डिका निर्माण र बलियो बनाउनका लागि निकै अत्यावश्यक हुन्छ । अंगुरको नियमित सेवन गर्नाले हड्डी खिइने लगायतका समस्यामा उपयोगी साबित हुन्छ ।

थकाई लागेमा: अंगुरको जुस पिउनाले शरीरमा आईरन र मिनरल्सको मात्र बराबर बन्छ । जसले गर्दा थकाई जस्ता समस्यालाई टाढा राख्ने गर्छ । एनिमिया जस्ता समस्याबाट छुट्कारा पाउनका लागि पनि अंगुरको सेवनले मद्दत गर्छ । साथै यसले दिमागलाई समेत क्रियाशिल बनाउन मद्दत गर्छ ।

सुगर: सुगरको समस्या हुनेहरुका लागि पनि अंगुर फाइदाजनक हुन्छ । अंगुरको सेवनले कोलेस्ट्रोल र यूरिक एसिड नियन्त्रणमा पनि सहयोग पुग्छ । अंगुरको सेवनले सुगरको मात्र घटाउँने हुँदा यसको नियमित सेवन सुगरका बिरामीका लागि उपयोगी हुन्छ । अंगुरमा भिटामिन, क्याल्सियम, पोटासियम, आइरनजस्ता पौष्टिकताले भरिएको हुन्छ । यसको नियमित सेवनबाट छालाको सौन्दर्यता, रुघाखोकीका समस्याबाट छुटकारा पाउनु जस्ता फाइदा हुन्छ ।

अल्जाइमर: अंगुरमा पाइने रेसवेराट्रल नामक तत्वले अल्जाइमरको रोगीका लागि फाइदा पुर्याउँछ । नियमित अंगुरको सेवनले दिमागलाई स्वस्थ बनाउन र मानिसको स्मरण शक्ति बढाउन सहयोग पुर्याउँछ । 

पेठको जलनः पेटमा गर्मी  भएको बेला त्यसलाई शान्त पार्न राति २० दाना अंगुर पानीमा भिजाउने र बिहान त्यसको रसमा सखर मिसाएर खाएमा आराम हुन्छ । तर पेट खाली भएको अवस्था चाहिन्छ । यसका साथै भोजनपछि अंगुरको जुस खाने गर्नाले रगत बढाउन सहयोग गर्छ । पेटको वायु नियन्त्रण गर्न पनि सहयोग पुर्याउँछ ।

रक्तस्रावः रक्तस्रावको समस्या भएका व्यक्तिले एक गिलास अंगुरको जुसमा दुई चम्चा मह घोलेर खाने हो भने नियन्त्रणमा आउँछ ।

फंगल इन्फेक्सनः अंगुरमा पोलिफेनोलिक फाइटोकेमिकल कम्पाउण्डले क्यान्सर, अल्जाइमर्स, कोरोनरी डिजिज, फंगल इन्फेक्सन आदिमा पर्याप्त फाइदा दिन्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ: अंगुरमा पाइने भिटामिन ए र सीको कारण मानिसको प्रतिरोधात्मक क्षमता बढाउन तथा रुघाखोकी लगायतका संक्रमणबाट हुने समस्याबाट छुट्कारा दिलाउँछ । अंगुरको नियमित सेवनले मोतिबिन्दु, किड्नी, छालाको समस्या, दाग धब्बा लगायतका समस्याबाट समेत छुट्कारा पाउन सकिन्छ ।  अंगुरले घाउ, खटिरा निको पार्न सहयोसहयोग गर्छ । अंगुरको रसले मुख धुने गरेमा डण्डिफोरजस्ता समस्या बाट छुटकारा पाइन्छ ।  नुन र मरिच घोलेर अंगुरको जुस खाएमा एसिडिटी र बान्ता आउने समस्यामा फाइदा पुग्छ ।

हाडे बदाम मध्यम खालको रुखमा फल्ने फल हो । यसका छिप्पिएका पातहरू साधारणया फुस्रा अथवा खरानी रंगका हुन्छन् । यसका फूलहरू सेतोमा रातो रंग मिसिएका हुन्छन् र झुन्डिएर फुल्छन् । फलहरू भने दुई भागमा विभाजित मखमली दाना भएका र कडा खोलयुक्त हुन्छन् । यसैभित्रको गुदीलाई हाडे बदाम भनिन्छ । यही गुदी र गुदीबाट आउने तेललाई विभिन्न औषधीय प्रयोजनका लागि प्रयोगमा ल्याइन्छ । 
हाडे बदामको गुण
बदामको गुदीमा पेट सफा राख्ने, पिसाब खुलाउने, शरीरलाई पोषण दिने, दुखाइ कम गर्ने, शरीरको भित्री भाग सुन्निएर वा चिलाएर दुखेको भए त्यसलाई निको पार्ने, नसाहरूलाई सक्रिय राख्ने क्षमता रहेको हुन्छ । बदामको तेल मीठो र शीतलता प्रदान गर्ने खालको हुनुको साथै यसमा मांसपेशीहरूलाई बाउँडिनबाट बचाउने क्षमता हुन्छ । 
गर्भवती अवस्थामा हाडे बदामः
पोषणका रूपमाः हाडे बदाम अत्यन्तै पोषिलो हुने भएकाले गर्भवती महिलाहरूका लागि एकदमै उपयुक्त शक्तिको स्रोत मानिन्छ । अझ प्रभावकारी नतिजाको लागि बदामलाई दूधमा भिजाएर एकचिम्टी केसर मिलाई प्रत्येक दिन खाँदा आमा तथा बच्चा दुवैलाई भरपूर पोषण मिल्छ ।

दिमागका लागिः दिमागलाई पोषण दिने स्रोतको रूपमा बदाम प्रख्यात छ । विभिन्न पोषक तत्वहरू तथा अत्यावश्यक चिल्लो पदार्थहरूले युक्त यस फलमा स्मरणशक्ति र बुद्धि बढाई दिमाग तेजिलो राख्ने गुण निहित हुन्छ । दिनदिनै ४ देखि ६ दाना बदामलाई पानीमा भिजाएर यी दानाहरूको सेवन गर्दा शरीर र दिमागका लागि अत्यन्त फाइदा हुन्छ ।

शरीरको शीतलताको लागिः पिसेको बदामलाई दूधमा पकाएर बनाएको खीरलाई शरीरमा शीतलता प्रदान गर्ने, थकान मेटाउने तथा दिमागलाई सुचारु राख्ने प्रभावकारी पदार्थ मानिन्छ ।

हेमोग्लोबिनको स्रोतः बदाममा हुने उच्च मात्राको ताम्र तथा लौहपदार्थले रगतमा हेमोग्लोबिन बढाउन सहयोग गर्छ ।

बढ्दै गएको उमेर संगै धेरै सुत्ने, गलत आचरण, अत्यधिक सहबास, कुनै पनि प्रकारको नशा, ध्रुम्रापन सेवन, अबेर सुत्ने अबेर उठ्ने, दिनमा सुत्ने या आबश्यक पोषक तत्वको कमी आदिले गर्दा समरण शक्ति कमजोर बनाउँछ, यदि तपाई पनि बार–बार बिर्सिने समस्या बाट ग्रस्त र हैरान भै रहनुभएको छ भने अपनाउनुस तल दिएका उपायहरु...
१. दालचीनीको धुलो पाउडर १० ग्राम मह ९कस्ती० मा मिलाएर चाटनुस, यसले कमजोर दिमागको राम्रो औषधी गर्छ । अदूवा, जीरा र मिश्री तिन चिज पिसेर सेवन गर्दा कमजोर समझना शक्ति भएकाकोलागि लाभदायक हुन्छ।  
 २. आधा खाना खाई सके पछी हरियो अमलाको रसमा ३० ग्राम पानि मिसाएर पिउनुस् । फेरी आधा खाना खानुस् । यसरी २१ दिन सेवन गर्नु सम्झना शक्ति बढ्छ । 
३. ओखरले पनि स्मरण शक्ति बढाउनमा फाईदा गर्छ । यसको नियमित सेवन फाइदा जनक हुन्छ । २० ग्राम ओखर र साथमा १० ग्राम किशमिश पनि लिन सक्नु  हुन्छ ।
४. बदाम ५ वटा बेलुका पानीमा भिजाई बिहान बोक्रा निकाली पिसेर लिदो बनाउँनु, अनि त्यसमा २ चम्चा मह पनि मिसाउनु । अब एक गिलास तातो दूध्दमा बदामको पेस्ट राखेर हलाउनुस र सेवनगर्नुस । यो मिश्रित दुध्द पिएर दुई घण्टा सम्म केहि नखानुस् ।
५. ब्राह्मी दिमागको शक्ति बढाउने प्रख्यात जडिबुटी हो। हरेक दिन यसको एक चम्चा रस पिउदा लाभदायक हुन्छ, यसको ७ वटा पात चपाएर खाँदा पनि त्यहि लाभदायक हुन्छ, ब्राह्मीमा एन्टी ऑक्सीडेंट तत्व पाईन्छ जसलेदिमागको शक्ति बढाउँन थाल्छ ।

पुराना सामग्री मूलपेज
View all
Get your own
Henkhama The Earth
अन्य लिङ्क
  • नेपालीबाट युनिकोड रुपान्तरण

  • हेन्खामा ब्लग

  • अति अावश्यक लिङ्क

एफएम रेडियो
  • नेपाल एफएम
  • रेडियो कान्तिपुर
  • उज्यालो अनलाइन
ताजा अपडेट
पेजमेनु
  • मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरन्जन
  • तपाइको चौतारी
  • विविध
पपुलर पोष्ट
  • रुघाखोकी र घाँटीको खसखसबाट कसरी जोगिने ?
  • दुबी रोग, उपचार
  • लसुनको फाइदा र बेफाइदा
  • नेपाल विद्युत प्राधिकरणको Loadshedding Schedule
  • एपेन्डिक्स भनेको के हो ? यस्का लक्षणहरु
  • स्मरण शक्ति बढाउने ५ उपाय
  • सुताइको सहस्य
  • जडिबुटी:सिस्नु घरिया र ऐंसेलु
  • थोरै खाएर आफ्नो जीवनलाई खतरामा
  • नमस्ते खोटाङ बृतचित्र
आर्काइभ
  • ►  2010 (4)
    • ►  November (1)
    • ►  December (3)
  • ►  2011 (68)
    • ►  February (2)
    • ►  March (4)
    • ►  April (1)
    • ►  July (10)
    • ►  August (22)
    • ►  September (6)
    • ►  October (5)
    • ►  November (10)
    • ►  December (8)
  • ►  2012 (94)
    • ►  January (5)
    • ►  February (10)
    • ►  March (11)
    • ►  April (3)
    • ►  May (10)
    • ►  June (3)
    • ►  July (14)
    • ►  August (8)
    • ►  September (3)
    • ►  October (6)
    • ►  November (2)
    • ►  December (19)
  • ►  2013 (19)
    • ►  January (5)
    • ►  February (2)
    • ►  March (9)
    • ►  April (1)
    • ►  May (1)
    • ►  August (1)
  • ►  2014 (14)
    • ►  February (1)
    • ►  June (6)
    • ►  December (7)
  • ►  2015 (30)
    • ►  January (6)
    • ►  March (7)
    • ►  April (1)
    • ►  June (1)
    • ►  August (1)
    • ►  September (3)
    • ►  December (11)
  • ►  2016 (28)
    • ►  January (13)
    • ►  February (7)
    • ►  March (8)
  • ►  2017 (1)
    • ►  February (1)
  • ▼  2018 (2)
    • ►  August (1)
    • ▼  October (1)
      • गर्भावस्थामा पिउनैपर्ने जुस
©: सञ्जिवनी २०१५

| मूलपेज | सञ्जिवनी | नेपाली युनिकोड | सम्पर्क |