मान्छेमा तनाव हुनु सामान्य कुरा हो । दैनिक जिवनका विभिन्न घटनाक्रम तथा परिस्थितिले मानिसमा तनावको सिर्जना गर्छन् । यस्ता तनावको सही व्यवस्थापन गर्न सकिएन वा तनावको कारण पत्ता लगाएर त्यसको समाधान गर्न सकिएन भने त्यसले नराम्रो अवस्थाको सिर्जना गर्नसक्छ ।
मान्छेमा तनाव हुनु सामान्य कुरा हो । दैनिक जिवनका विभिन्न घटनाक्रम तथा परिस्थितिले मानिसमा तनावको सिर्जना गर्छन् । यस्ता तनावको सही व्यवस्थापन गर्न सकिएन वा तनावको कारण पत्ता लगाएर त्यसको समाधान गर्न सकिएन भने त्यसले नराम्रो अवस्थाको सिर्जना गर्नसक्छ ।
सामान्य जिवनमा विभिन्न कुराहरुले तनाव सिर्जना गर्ने भएपनि किशोर किशोरी र युवायुवतीमा प्रेमसम्बन्धको विषयमा आउने उतारचढावले सबैभन्दा बढि तनाव सिर्जना गर्छ ।
अपरिपक्व उमेरमा हुने यस्तो तनावको सही व्यवस्थापन हुन सकेन भने काँचो दिमागले खतरनाक बाटो पनि रोज्नसक्छ त्यसैले प्रेम सम्बन्धमा आउने तनावलाई कम गर्न निम्न उपाय अपनाउनुपर्छ:
१. प्रेम सम्बन्धको विश्लेषण गर्नुपर्छ : सम्बन्धमा किन तिक्तता आयो ? वा के कारणले गर्दा तनाव भयो भन्ने कुराको चुरोमा जानुपर्छ । एक अर्कालाई दोषारोपण गर्नुको साटो सामूहिक हिसावले समस्याको समाधान गर्नु आवश्यक छ ।
२. एकअर्काको कुरा राम्ररी सुन्नुपर्छ : सम्बन्धमा आउने तिक्ततापन र त्यसबाट उत्पन्न हुने तनाव हटाउने उपयुक्त उपाय भनेको प्रभावकारी संचार हो । पार्टनरको कुरा र समस्या राम्रोसँग सुन्ने बानीको विकाश गर्नुपर्छ, खाली आफ्नो कुरामात्र सुनाउने र आफैलाई माथि राख्ने गल्ती गर्नुहुँदैन ।
३.राम्रोसँग कुराकानी गर्नुपर्छ : मनमा कुरा गुम्साएर राख्नुहुँदैन, समस्या वा चित्त नबुझेको कुरा के हो भन्न हिच्किचाउनुहुँदैन । तपाइँले भनेका कतिपय कुरा पार्टनरलाई चित्त नबुझ्नसक्छ तर खुलस्त रुपमा कुरा गर्नाले समस्याको समाधान गर्न सघाउ पूराउँछ ।
४.समाधानको प्रयास आफै थाल्नुपर्छ : समस्या समाधान गर्ने विषयमा अर्काको मुख ताक्नुहुँदैन र आफै सक्रिय बन्नुपर्छ । मेरो गल्ती छैन त्यसैले मैले किन कुरा अघि बढाउनु वा माफी माग्नु भनेर धुम्म परेर वा हात बाँधेर बसेमा समस्याको समाधान हुन सक्दैन ।
५. आरोपको खेती गर्नु हुँदैन : एकअर्कालाई औँला ठडाउन सजिलो हुन्छ तर समस्याको समाधान गर्न गाह्रो हुन्छ । त्यसैले पार्टनरलाई कडा आरोप लगाउनुभन्दा नरम भएर गल्ती गर्नेलाई उसको गल्तीको अनुभुति गर्ने मौका दिनुहोस् ।
५.केही समय अलग्गीएर एक अर्काको महत्व बुझ्नुपर्छ : सम्बन्ध बिगि्रएको बेलामा दिनदिनै भेटेर झगडा गर्नुभन्दा केही दिन छुटि्टएर समस्याको चूरो पत्ता लगाउने र समाधानको उपाय खोज्ने कुरामा ध्यान केन्दि्रत गर्नुपर्छ । रिसको पारो सेलाएपछि भेटेर समझदारी गर्न सजिलो हुन्छ र टाढिँदा एक अर्काको महत्वको समेत बोध हुन्छ ।
६. मध्यस्थकर्ताको सहयोग लिन सकिन्छ : दुइजनाको प्रयासले मात्र सहमतिमा पुग्न सकिएन भने कोही विश्वासिलो व्यक्ति वा साथीको सहयोग लिन सकिन्छ । त्यस्तो साथी दुबैले विश्वास गर्ने वा दुबैको भलो चिताउने हुनुपर्छ ।
यदि उपर्युक्त उपाय अपनाएर सम्बन्धमा आएका समस्या समाधान गरियो भने सम्बन्ध फेरी बलियो बन्छ र तनाव पनि हट्छ ।
online
online
भान्सामा धेरै प्रयोग गरिने तरकारी मध्ये प्याज पनि एक हो । यो प्याज तरकारीमा राम्रो मात्र नभएर झनै राम्रो औषधि समेत हो । प्याजमा केलिसिन र राइबो फलेबिन (भिटामिन बी० पर्याप्त मात्रामा हुन्छ । प्याजमा ११ प्रतिशत कार्बोहाइड्रेट हुन्छ ।
प्याजमा गन्ध हुनुको कारण एन(प्रोपाइल डाइसल्फाइड हुनु हो । यो पदार्थ पानीमा घुलनशील एमिनो अम्ल माथि एन्जाइमको प्रतिक्रियाले गर्दा निर्मित हुन्छ ।
आधुनिक चिकित्सा विज्ञानको नयाँ अध्ययन अनुसार, प्याजको नियमित उपयोगले ग्यास्ट्रिक अल्सरबाट बचाउ हुनसक्छ ।
यस्तै, स्विटजरल्यान्डस्थित बर्न विश्वविद्यालयमा गरिएको अध्ययनले यसको नियमित सेवनले ओस्टियोस्पोरोसिस हुने सम्भावना समेत कम हुने देखाएको छ । केही अन्य अध्ययनले प्याजको नियमित उपयोगबाट पेट र मस्तिष्कको क्यान्सर हुने जोखिम कम हुने उल्लेख गरेका छन् ।
प्याजले रगतमा कोलेस्ट्रोल, ट्राइग्लिसराइड र थ्रोम्बोक्सेनको स्तरमा समेत कमी ल्याउँछ । विभिन्न अध्ययन अनुसार, प्याजमा एन्टिब्याक्टेरियल र एन्टिफंगल गुण समेत हुन्छ ।
आयुर्वेदमा प्याज अजीर्ण अर्थात् खाना नरुच्ने(नपच्ने र झाडापखालामा उपयोगी हुने उल्लेख छ । यो जीवाणुरोधी, तनावरोधी, पीडानाशक, मधुमेह नियन्त्रक, पत्थरी विरोधी र वाथरोधी मानिन्छ ।
प्याज प्राचीन कालदेखि नै कति उपयोगी रहँदै आएको छ भने, मिश्रको पिरामिडका निर्माताहरूसमेत प्याज खान्थे रे । पिरामिडका ममी (मानव शवह० रूपमा समेत प्याज पाइएको छ ।
आज शनिबार परेकाले नेपालमा भने हिजो नै औपचारिक रुपमा यो दिवस मनाइएको छ । प्रधानमन्त्री बाबुराम भट्टराईले दिबसको अबसरमा शुभकामना सन्देश निकाली सन् २०१५ सम्ममा क्षयरोग उन्मुलन गर्ने प्रतिबद्ध जनाउनु भएको छ । क्षयरोग निको हुने रोग भएकाले शंका लाग्नेबित्तिकै स्वास्थकेन्द्रमा उपचार गराउन आग्रह गर्नुभएको छ ।
तपाईं कसैसँग प्रेममा हुनुहुन्छ र त्यसको आयुबारे चिन्तित हुनुहुन्छ भने, तपाईंलाई यो खबर उपयोगी हुन सक्छ ।
प्रेमको आयु वास्तवमा तपाईं र पार्टनरको हार्मोनले निर्धारण गर्छ । अर्थात्, तपाईंको मायाप्रीति कति समयसम्म टिक्छ भन्ने कुराको निर्धारण मुटुले नभई लभ हार्मोनले गर्ने गर्छ ।
इजराइलको बार इलान विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अध्ययन अनुसार, रगतमा भएको अक्सिटोसिन अर्थात् लभ हार्मोनको स्तर परीक्षणले माया कति दिनसम्म चल्छ भन्ने जानकारी दिन्छ । जुन जोडीको रगतमा अक्सिटोसिनको मात्रा बढी हुन्छ, उनीहरूको सम्बन्ध समेत धेरै दिनसम्म चल्छ । रगतमा अक्सिटोसिनको मात्रा कम भएका जोडीको सम्बन्ध भने कम समयमै टुक्रिन्छ ।
यो अध्ययन अन्तर्गत अनुसन्धानकर्ताहरूले भरखरै सम्बन्ध सुरु गरेका जोडीहरूको रगत नमुना परीक्षण गरेर अक्सिटोसिनको मात्रा विश्लेषण गरेका थिए । अनुसन्धानकर्ताहरूले ६ महिनापछि फेरि सबै जोडीको रगतमा अक्सिटोसिनको मात्रा परीक्षण गरे ।
अध्ययन परिणाममा देखिए अनुसार, जुन जोडीको रगतमा अक्सिटोसिनको मात्रा बढी थियो उनीहरू आफ्नो सम्बन्ध कायम राख्न इच्छुक थिए । तर जुन जोडीको अक्सिटोसिनको मात्रामा कमी देखिएको थियो, उनीहरूको सम्बन्ध टुट्ने स्थितिमा पुगिसकेको थियो । यसैले, अब उसो कसैसँग दीर्घकालीन सम्बन्ध जोड्नु छ भने यस्तै परीक्षण गराउने हो कि ? ekantipur
online
पुरुष मित्रहरु, चिल्लो पदार्थ भएका खानेकुराहरु धेरै खानुहुन्छ भने अबदेखि आफ्नो आहारामा परिवर्तन गर्नुहोला । यसो भन्दैमा चिल्लो पदार्थ खाँदै नखानुहोला भन्ने खोजेको होइन ।
पुरुष मित्रहरु, चिल्लो पदार्थ भएका खानेकुराहरु धेरै खानुहुन्छ भने अबदेखि आफ्नो आहारामा परिवर्तन गर्नुहोला । यसो भन्दैमा चिल्लो पदार्थ खाँदै नखानुहोला भन्ने खोजेको होइन ।
चिल्लो पदार्थ भएका खानेकुराको अत्यधिक सेवनले तपाइँको यौनस्वास्थ्यमा नराम्रो असर पूराउँछ । अमेरिकी वैज्ञानिकहरुले हालै गरको अध्ययनले धेरै चिल्लो पदार्थ खाने पुरुषहरुमा शुक्रकिटको उत्पादन कम हुने तथ्य पत्ता लगाएका छन् ।
स्वस्थ सन्तानको चाहना नराख्ने दम्पती को होलान् र ? तर, त्यस्तो इच्छा पाल्ने सम्भावित आमाले गर्भधारणा गर्नुभन्दा अघिदेखि नै नियमित रूपमा फलिक एसिड खान थाल्नुपर्छ । यस्तो अभ्यास गरे अरू विभिन्न फाइदा त भई नै हाल्छन्, सँगसँगै तपाईंका सन्तानमा हुन सक्ने न्युरल ट्युब डिफेक्टु को सम्भावना धेरै कम हुन्छ । अर्थात्, तपाईंको शिशुको मस्तिष्क र ढाडको हाडको विकास अवरुद्घ हुनबाट जोगिन्छ । यो समस्या ज्यानमारा हुन्छ । यसले शिशुलाई जीवनभर विकलाङ्ग बनाउन सक्छ ।
न्युरल ट्युब डिफेक्ट सामान्य भाषामा जन्मजात हुने मस्तिष्क र मेरुदण्ड विकास सम्बन्धी समस्या हो । आमाको शरीरमा फलिक एसिडको कमीले गर्दा गर्भमा रहेको शिशुको न्युरल ट्युब (स्नायु ट्युब० जस्तो बन्नुपर्ने हो, त्यस्तो बन्दैन । अनि यो समस्या उत्पन्न हुन्छ ।
महिलाहरूमा फलिक एसिडको कमीले गर्दा बच्चामा न्युरल ट्युब डिफेक्ट हुने समस्या नेपालमा बढदो छ, वीर अस्पताल, न्युरो सर्जरी विभागका प्रमुख डा. पवन सुल्तानिया भन्छन्, हाम्रो न्युरो सर्जरी विभागमा आउने कुल रोगीमध्ये चार प्रतिशतभन्दा माथिको न्युरल ट्युब डिफेक्टका कारण शल्यक्रिया हुने गरेको छ ।
हालसम्म मुलुकमा न्युरल ट्युब डिफेक्टबारे बृहत् अध्ययन नगरिए पनि प्रा।डा। सुल्तानियाको अनुमान अनुसार, वर्षेनि पाँचदेखि सात हजार शिशु यो समस्या लिएर जन्मिने गरेका छन् । विश्वव्यापी रूपमा भने प्रत्येक एक हजार जीवित जन्ममा ०.२२२ जना न्युरल ट्युब डिफेक्ट सहित जन्मिन्छन् ।
न्युरल ट्युबसँग जोडिएको नकारात्मक असर गर्भावस्थाको पहिलो सातामै अस्तित्वमा आउँछ । सन्तानको चाहना राख्ने महिलाहरूले गर्भधारण अगावैदेखि नै पाँच मिलिग्राम फलिक एसिड सेवन गर्नुपर्छ, त्रिवि शिक्षण अस्पतालका वरिष्ठ नशा रोग विशेषज्ञ प्रा।डा। जगदीशप्रसाद अग्रवाल भन्छन्, अर्थात्, सन्तानको इच्छा राख्दा अन्तिम महिनावारी भएसँगै फलिक एसिड सेवन गर्नुपर्छ । अधिकांशले आफू गर्भवती भएको जानकारी महिनावारी रोकिएपछि पाउँछन् । तर, यति खेर धेरै ढिलो भइसकेको जनाउँदै अग्रवाल छिमेकी मुलुक चीन र विकसित राष्ट्रमा हामीले नुनमा आयोडिन राखेझैं खाद्य पदार्थमै फलिक एसिड राखिने चलनलाई समेत औंल्याउँछन् ।
अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी० का अनुसार, अमेरिकामा करिब आधा गर्भधारणा विनायोजना हुने गरेको छ । अमेरिकामा गर्भधारण प्रक्रिया यस्तो स्थितिमा रहेको बेला नेपालमा भने योजना बनाएर गर्भधारण गर्नेको संख्या कति होला, सहजै अनुमान गर्न सकिन्छ । सिडिसीको सुझाव अनुसार आमा बन्न योग्य महिलाहरूले नियमित रूपमा दिनहुँ चार एमजी फलिक एसिड लिनुपर्छ र गर्भाधान हुनु अघिदेखी गर्भधारणको १४ सातासम्म जारी राख्नु पर्छ । यो अवधिमा भ्रुणमा शिशुको विकास तीव्र गतिले हुन्छ । यस्तै भ्रुणमा भएको न्युरल ट्युब गर्भावस्थाको पहिलो चार सातामा बन्द हुन्छ । प्रा.डा. अग्रवालका अनुसार, यसपछि यो नखाए पनि केही फरक पर्दैन । गर्भावस्थाको अवधिभर खाँदा समेत कुनै हानि(नोक्सानी हुँदैन ।
फलिक एसिड पर्याप्त मात्रामा नभएका आमाहरूमा गर्भपातको समस्या समेत देखिएको उल्लेख गर्दै प्रा.डा. अग्रवाल भन्छन्, 'प्रकृतिले समेत दोषयुक्त गर्भलाई स्वीकार गर्न नसकेर होला, गर्भपात बढी हुने गरेको देखिन्छ ।'
छारे रोगको औषधि खाने महिलाले समेत फलिक एसिडको औषधि खानुपर्ने अग्रवाल औंल्याउँछन् । उनका अनुसार, छारे रोग भएका महिलाले एन्टिएप्लिटिक (छारे रोगको० औषधि लिइरहेका छन् भने उनीहरूले सामान्य जनसंख्याको दाँजोमा तीन गुणा बढी न्युरल ट्युब डिफेक्ट सहितका शिशु जन्माउने सम्भावना हुन्छ ।
सिडिसीको अनुसार, फलिक एसिडले शिशु खुँडे हुने वा मुटु सम्बन्धी कुनैकुनै खराबी जस्ता जन्मजात शारीरिक विकृतिबाट समेत जोगाउँछ । यस्तै, पुरुष र महिलालाई यसले केही अन्य स्वास्थ्य सम्बन्धी फाइदा दिन सक्छ । तर यस्ता फाइदाहरूबारे किटान गर्न अझ बढी स्वास्थ्य सम्बन्धी अनुसन्धानको खाँचो छ ।
सिडिसीले गर्भधारणका लागि तयारी गरेका वा नगरेका महिलाले दिनहँ चार सय माइक्रोग्राम फोलिक एसिड पर्याप्त हुने उल्लेख गरेको छ । यस अतिरिक्त उनीहरूले फलेटको माध्यमले प्राकृतिक रूपमा पाइने फलिक एसिड समेत लिइरहेका हुन्छन् । कुनै महिलाको पूर्वगर्भ मस्तिष्क र ढाड सम्बन्धी जन्मजात दोषले प्रभावित भएको खण्डमा चिकित्सकले बढी मात्रामा फलिक एसिड प्रस्तावित गर्न सक्छन् ।
के हो फलिक एसिड ?
फलेट समेत भन्ने गरिएको फलिक एसिड भिटामिन बी समूहमध्ये एउटा भिटामिन हो । फलेट साग, हरियो तरकारी, अमिलो फल, जुस, गेडागुडीमा प्राकृतिक रूपमै पाइन्छ ।
फलिक एसिड मानवद्वारा निर्मित हुन्छ । भिटामिन बी ९ को नामले समेत चिनिने फलिक एसिड करिब ५० प्रतिशत त प्राकृतिक रूपमा भोजनबाटै पाइन्छ । शरीरले फलिक एसिडलाई बनाउँदैन र शरीरमा जम्मा गरेर समेत राख्न सक्दैन । शरीरमा यसको मात्रा खानपानमा निर्भर हुन्छ । खाना पकाउँदा भने यो बाँकी रहेको ५० प्रतिशत नष्ट हुने गर्छ । अनुसन्धान अनुसार, गर्भवती महिला सन्तुलित आहारमा मात्र निर्भर रहे भने तिनलाई पर्याप्त फलिक एसिड प्राप्त हुन कठिन हुन्छ ।
के गर्छ फोलिक एसिडले ?
कोष विभाजनमा फलिक एसिडले महत्त्वपूर्ण भूमिका खेल्छ । यसले शरीरमा आवश्यक रहेको रातो रक्त कणिका, नोरपाइनप्रmाइन, सेरोटोनिन (स्नायु प्रणालीको रासायनिक घटक० को निर्माणमा सघाउँछ । यति मात्र होइन, यसले शरीरको आनुवांशिक सामग्री अर्थात् डिराइबो न्युक्लिक एसिड (डिएनए० बनाउन समेत सघाउँछ, जसले मस्तिष्कको कामलाई सामान्य बनाउँछ । यो ढाडको द्रव्यको एउटा महत्त्वपूर्ण खण्ड हो । यसले स्पाइना बिफिडा जस्तो न्युरल ट्युब डिफेक्टलाई समेत रोक्ने गरेको छ । बेलायतमा गरिएको एउटा अध्ययन अनुसार, गर्भभन्दा अघि र गर्भाधानपछि शरीरमा उपयुक्त मात्रामा फलिक एसिड छ भने यसले करिब ७२ प्रतिशत शिशुमा जन्मजात मस्तिष्क र ढाडमा ठूलो खराबी हुनबाट जोगाउँछ ।
फलेट पाइने खाद्य पदार्थ
हरियो पात भएको साग फलेटको राम्रो स्रोत हो । केराउ (मटर, काउली, हरियो खुर्सानी, मकै, भिन्डी आदि फलेट अर्थात् प्राकृतिक फलिक एसिड भएका तरकारी हुन् । बदाम, ओखर, तिल, काजु समेत यसको राम्रो स्रोत हो । पिठो, ब्रेड, भटमास, राजमा, दाल, चनामा पनि यो पाइन्छ । फलफूलमा भने फलेट केरा, मेवा, सुन्तला, स्ट्रबेरी, खरबुजा आदिमा पाइन्छ ।
ekantipur
आज नेपाल सहित विश्वका १ सय २९ वटा राष्ट्रले हाम्रो पैसा हाम्रै अधिकारको लागी भन्ने नाराका साथ यो दिवस मनाउदैछन् ।
नेपालका विभिन्न उपभोक्तावादी संघसंस्थाहरुले आज विहानै देखि प्रभातफेरि लगायतका कार्यक्रमहरु गरिरहेका छन् ।
–दिउसो १ वजे वाणिज्य विभागमा उपभोक्ताको अधिकार सुरक्षित गर्ने विषयमा विशेष अन्तरिक्रिया हुँनेछ ।
–खाद्य प्रविधि तथा गुण नियनत्रण विभागले पनि दिउसो ३ वजे गुणस्तरीय खाद्यन्नका विषयमा छलफल कार्यक्रमको आयोजना गरेको छ ।
–उपभोक्ता हित संरक्षण मंच नेपालले सरकारलाई नयाँ खाद्य ऐन र खाद्य सुरक्षाका सम्वन्धमा अवधारणा पत्र वुझाउदैछ ।
दिवसका अवसरमा आधिकारकर्मीहरुले उपभोक्ता सम्वन्धी अधिकारमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले पुराना ऐन नियमको परिमार्जन सहित कार्यान्वयन गर्न , उपभोक्ता अदालतको स्थापना गर्न माग गरेका छन् ।
यसैविच वाणिजय तथा आपुर्ति मन्त्रि लेखराज भट्टले उपभोक्ताको अधिकारलाई संरक्षण गर्न वजारमा हस्तक्षेपकारी भुमिका निर्वाह गर्न आफु लागिपरिरहेको वताउनुभएको छ ।
मेक्सिकोका कार्लोस स्लिम विश्वकै धनी व्यक्ति भएको फोब्र्स पत्रिकाले सार्वजनिक गरेको छ । उनी यसअघि २ पटक विश्वकै धनी व्यक्ति बनिसकेका छन् ।
दुरसञ्चार र निर्माण सम्बन्धी व्यवसाय गर्ने मेक्सिको ७२ वर्षीय धनी कार्लोस स्लिमसँग ६९ अरब डलर सम्पति रहेको छ । यस्तै ६१ अरब डलर सम्पति सहित विश्वप्रसिद्ध माइक्रोसफ्ट कम्पनीका मालिक ५६ वर्षीय बिल गेट्स दोस्रो धनी व्यक्ति बनेका छन् भने अमेरिकाका अनुसन्धानकर्ता बारेन बफेट ४४ अरब डलरसहित तेस्रो धनी व्यक्ति बनेका छन् ।
फोर्ब्सको धनी सूचिमा चौथोमा फ्रेन्चका बर्नार्ड अर्नाल्ट, पाँचौमा आमासियो ओर्टेगा, छैटौंमा ल्यारी इलिसन, सातौंमा आइका बाटिस्टा, आठौंमा स्टेफन पेर्सन, नवौंमा हङकङका लि का(सिङ र दशौं धनीमा कार्ल अल्र्बेच्ट छन् ।
यस्तै भारतका मुकेश अम्बानी १९ औँ र लक्ष्मी मित्तल २१ औँ धनी व्यक्ति रहेको फोब्र्स पत्रिकाले जनाएको छ ।
बैज्ञानिकहरुले अबको केही घण्टामा पृथ्बीमा पाँच वर्ष यताकै ठुलो सुर्य आँधी आउने दाबी गरेका छन् । आँधीले मानिसलाई असर नगर्ने तर यसले विद्युत गृह, विमान तथा स्याटलाइटबाट चल्ने उपकरणहरुमा भने असर गर्ने बताइएका छन् ।
सुर्यबाट अत्यन्तै तेजमा आएका कणहरु जोडका साथ पृथ्बीमा ठोक्एिपछि आउने आँधी नै सुर्य आँधी हो । सुर्य आँधी नेपाली समयअनुसार बिहिबार बिहान पौने १२ बजेदेखि ४ घण्टाको बिचको अवधिमा आउने बैज्ञानिकहरुले दाबी गरेको बिबिसीले जनाएको छ ।
प्रकाशितः फागुन २५, २०६८
विश्वमा मोबाइल फोनको बजार निकै फस्टाइरहेको छ । यो वर्षको अन्त्यसम्ममा मान्छेको संख्या भन्दा मोबाइल फोनको संख्या बढि हुने यसअघि नै तथ्य सार्वजनिक भैसकेको सन्दर्भमा मोबाइल फोनको संख्यामा मात्र नभएर गुणस्तर तथा सुविधा र प्रविधिमा पनि ठूलै फड्को देखा परेको छ । विश्वमा यस्तो मोबाइल फोन समेत उत्पादन भएका छन् जसले तपाइँको सास गन्हाएको कुरा पत्ता लगाउँछन् ।