मायाप्रीति कति, हर्मोनले निर्धारण गर्छ


तपाईं कसैसँग प्रेममा हुनुहुन्छ र त्यसको आयुबारे चिन्तित हुनुहुन्छ भने, तपाईंलाई यो खबर उपयोगी हुन सक्छ ।

प्रेमको आयु वास्तवमा तपाईं र पार्टनरको हार्मोनले निर्धारण गर्छ । अर्थात्, तपाईंको मायाप्रीति कति समयसम्म टिक्छ भन्ने कुराको निर्धारण मुटुले नभई लभ हार्मोनले गर्ने गर्छ ।

इजराइलको बार इलान विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अध्ययन अनुसार, रगतमा भएको अक्सिटोसिन अर्थात् लभ हार्मोनको स्तर परीक्षणले माया कति दिनसम्म चल्छ भन्ने जानकारी दिन्छ । जुन जोडीको रगतमा अक्सिटोसिनको मात्रा बढी हुन्छ, उनीहरूको सम्बन्ध समेत धेरै दिनसम्म चल्छ । रगतमा अक्सिटोसिनको मात्रा कम भएका जोडीको सम्बन्ध भने कम समयमै टुक्रिन्छ ।

यो अध्ययन अन्तर्गत अनुसन्धानकर्ताहरूले भरखरै सम्बन्ध सुरु गरेका जोडीहरूको रगत नमुना परीक्षण गरेर अक्सिटोसिनको मात्रा विश्लेषण गरेका थिए । अनुसन्धानकर्ताहरूले ६ महिनापछि फेरि सबै जोडीको रगतमा अक्सिटोसिनको मात्रा परीक्षण गरे ।

अध्ययन परिणाममा देखिए अनुसार, जुन जोडीको रगतमा अक्सिटोसिनको मात्रा बढी थियो उनीहरू आफ्नो सम्बन्ध कायम राख्न इच्छुक थिए । तर जुन जोडीको अक्सिटोसिनको मात्रामा कमी देखिएको थियो, उनीहरूको सम्बन्ध टुट्ने स्थितिमा पुगिसकेको थियो । यसैले, अब उसो कसैसँग दीर्घकालीन सम्बन्ध जोड्नु छ भने यस्तै परीक्षण गराउने हो कि ? ekantipur 

प्रकाशित मिति: Monday, March 19, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses