प्याजका उपयोगीता

भान्सामा धेरै प्रयोग गरिने तरकारी मध्ये प्याज पनि एक हो । यो  प्याज तरकारीमा राम्रो मात्र नभएर झनै राम्रो औषधि समेत हो । प्याजमा केलिसिन र राइबो फलेबिन (भिटामिन बी० पर्याप्त मात्रामा हुन्छ । प्याजमा ११ प्रतिशत कार्बोहाइड्रेट हुन्छ ।

प्याजमा गन्ध हुनुको कारण एन(प्रोपाइल डाइसल्फाइड हुनु हो । यो पदार्थ पानीमा घुलनशील एमिनो अम्ल माथि एन्जाइमको प्रतिक्रियाले गर्दा निर्मित हुन्छ ।

आधुनिक चिकित्सा विज्ञानको नयाँ अध्ययन अनुसार, प्याजको नियमित उपयोगले ग्यास्ट्रिक अल्सरबाट बचाउ हुनसक्छ ।

यस्तै, स्विटजरल्यान्डस्थित बर्न विश्वविद्यालयमा गरिएको अध्ययनले यसको नियमित सेवनले ओस्टियोस्पोरोसिस हुने सम्भावना समेत कम हुने देखाएको छ ।  केही अन्य अध्ययनले प्याजको नियमित उपयोगबाट पेट र मस्तिष्कको क्यान्सर हुने जोखिम कम हुने उल्लेख गरेका छन् ।

प्याजले रगतमा कोलेस्ट्रोल, ट्राइग्लिसराइड र थ्रोम्बोक्सेनको स्तरमा समेत कमी ल्याउँछ । विभिन्न अध्ययन अनुसार, प्याजमा एन्टिब्याक्टेरियल र एन्टिफंगल गुण समेत हुन्छ ।    

आयुर्वेदमा प्याज अजीर्ण अर्थात् खाना नरुच्ने(नपच्ने र झाडापखालामा उपयोगी हुने उल्लेख छ । यो जीवाणुरोधी, तनावरोधी, पीडानाशक, मधुमेह नियन्त्रक, पत्थरी विरोधी र वाथरोधी मानिन्छ ।

प्याज प्राचीन कालदेखि नै कति उपयोगी रहँदै आएको छ भने, मिश्रको पिरामिडका निर्माताहरूसमेत प्याज खान्थे रे । पिरामिडका ममी (मानव शवह० रूपमा समेत प्याज पाइएको छ ।

प्रकाशित मिति: Saturday, March 24, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses