६ महिना नियमित औषधी सेवन गरे क्षयरोग पूर्णरुपमा निको हुन्छ

आज मार्च २४ विश्व क्षयरोग दिवस, क्षयरोग विनाको संसार, मेरो जीवनमै गर्नुपर्छ साकार भन्ने नाराका साथ मनाइदैछ ।
आज शनिबार परेकाले नेपालमा भने हिजो नै औपचारिक रुपमा यो दिवस मनाइएको छ ।  प्रधानमन्त्री बाबुराम भट्टराईले दिबसको अबसरमा शुभकामना सन्देश निकाली सन् २०१५ सम्ममा क्षयरोग उन्मुलन गर्ने प्रतिबद्ध जनाउनु भएको छ । क्षयरोग निको हुने रोग भएकाले शंका लाग्नेबित्तिकै स्वास्थकेन्द्रमा उपचार गराउन आग्रह गर्नुभएको छ ।
राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक काशीकान्त झाले क्षयरोगीलाई माया गरेर नियमित औषधी सेवन गर्न प्रेरित गर्न आग्रह गर्नुभएको छ ।
सन् १८८२ मा जर्मनीका वैज्ञानिक रोवर्ट ककले क्षयरोग लाग्ने जिवाणु माईकोे व्याक्टेरियम ट्युबरकुलोसिस पत्ता लागाएको एक वर्षपछि विश्वभर यो दिवस मनाउन सुरु गरिएको हो ।
राष्ट्रिय क्षयरोग केन्द्रको तथ्यांकअनुसार नेपालमा क्षयरोगीको संख्यामा उल्लेख्य मात्रामा कमी आएको छ ।
अहिले नेपालमा ४५ हजार क्षयरोगी रहेको तथ्यांक छ । ६ महिना नियमित औषधी सेवन गरे क्षयरोग पूर्णरुपमा निको हुन्छ ।
सरकारले देशभरका स्वास्थ्य केन्द्रमा क्षयरोगको निशुल्क औषधी वितरण गर्दै आएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार ९५ प्रतिशतभन्दा वढि क्षयरोगिका विरामी दक्षिण एसिया, अफ्रिका तथा ल्याटिन अमेरिकामा रहेका छन् ।
सरुवा रोग भएपनि नियमित रुपमा औषधी सेवन गरे क्षयरोग निको पार्न सकिने चिकित्सकहरुको सुझाव छ । क्षयरोगका कारण दक्षिणपूर्वी एसियाली राष्ट्रमा बर्सेनि ५ लाखको मृत्यु हुने गरेको बिश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा बसेर्नि १५ हजार नयाँ क्षयरोगी फेला पर्ने तथ्याङले देखाएको छ । अझै पनि २० प्रतिशत क्षयरोगीले उपचार पाउन सकेका छैनन् ।
सरकारले क्षयरोगका बिरामिहरुका लागि भनेर देशभर १ हजार १ सय २२ प्रत्यक्ष निगरानीमा गरिने उपचार विधि अर्थात डट्स उपचार केन्द्र चलाएको छ ।

प्रकाशित मिति: Saturday, March 24, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses