कार्लोस स्लिम हेलु तेस्रोपटक विश्वकै धनी व्यक्ति

मेक्सिकोका कार्लोस स्लिम विश्वकै धनी व्यक्ति भएको फोब्र्स पत्रिकाले सार्वजनिक गरेको छ । उनी यसअघि २ पटक विश्वकै धनी व्यक्ति बनिसकेका छन् ।

दुरसञ्चार र निर्माण सम्बन्धी व्यवसाय गर्ने मेक्सिको ७२ वर्षीय धनी कार्लोस स्लिमसँग ६९ अरब डलर सम्पति रहेको छ । यस्तै ६१ अरब डलर सम्पति सहित विश्वप्रसिद्ध माइक्रोसफ्ट कम्पनीका मालिक ५६ वर्षीय बिल गेट्स दोस्रो धनी व्यक्ति बनेका छन् भने अमेरिकाका  अनुसन्धानकर्ता बारेन बफेट ४४ अरब डलरसहित तेस्रो धनी व्यक्ति बनेका छन् ।

फोर्ब्सको धनी सूचिमा चौथोमा फ्रेन्चका बर्नार्ड अर्नाल्ट, पाँचौमा आमासियो ओर्टेगा, छैटौंमा ल्यारी इलिसन, सातौंमा आइका बाटिस्टा, आठौंमा स्टेफन पेर्सन, नवौंमा हङकङका लि का(सिङ र दशौं धनीमा कार्ल अल्र्बेच्ट छन् ।

यस्तै भारतका मुकेश अम्बानी १९ औँ र लक्ष्मी मित्तल २१ औँ धनी व्यक्ति रहेको फोब्र्स पत्रिकाले जनाएको छ ।

प्रकाशित मिति: Thursday, March 08, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses